वर्णविज्ञानको परिचयः
ध्वनि विज्ञान र वर्ण विज्ञानः
नेपाली साहित्य – जानकारीमूलक लेखहरूको संग्रह
वर्णविज्ञानको परिचयः
ध्वनि विज्ञान र वर्ण विज्ञानः
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
![]() |
| नारीको चिनारी |
म स्वार्थी भएकोमा,
तिमी खुलेर घृणा गर।
वर्षौँ बाँडेको उज्यालो,
आज आफ्नै तिर फर्कँदा डर।
सधैँ चुल्होमै जल्दिरहूँ,
त्यही नियम ठान्यौ भने—
एकदिन धुवाँ ननिस्किँदा,
मेरो अस्तित्वमाथि प्रश्न गर।
म मुस्काउँदा दोष देख,
आफ्नो लागि बाँचेँ भने।
तर सम्झ, नदी थाकेको दिन,
किनाराले पनि रुनुपर्नेछ भने।
हो, म स्वार्थी भएकी छु,
अब आफैँलाई रोजेकी छु।
त्यसैले तिमी घृणा गर,
म पहिलोचोटि बाँच्न खोजेकी छु।
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
कथाका तत्त्वहरू
ख } पात्र वा चरित्र :- कथामा सहभागी व्यक्तिहरुलाई नै पात्र वा चरित्र भनिन्छ ! पात्र वा चरित्र कथाको अत्यन्त महत्त्वपूर्ण तत्त्व हो ! पात्र वा चरित्र सजीव मात्र होइन निर्जीव भए पनि व्यक्तिसरह चित्रण गरिएको हुनसक्छ ! पत्रले नै कथाका घटनाहरु वा प्रसङ्गहरुलाई अघि बडाउने कार्य गर्छन् ! पात्र वा चरित्रलाई विभिन्न आधारमा बर्गीकरण गरिन्छ ! पात्रको वर्गीकरणका आधाक यी हुन् :१.लिङ्ग :- लिङ्गका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } पुरुष र ख } स्त्री पात्र !२.कार्य :- कार्यका आधारमा पात्र तीन प्रकारका हुन्छन् : क } प्रमुख पात्र ख } सहायक पात्र र ग } गौण पात्र !३.प्रवृति :- प्रवृतिका आधारमा पात्र दूई प्रकारका छन् : क } अनुकुल पात्र ख } प्रतिकुल पात्र !४.स्वभाव :- स्वभावका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } स्थिर पात्र ख } गतिशील पात्र !५. आसन्नता :- आसन्नताका आधारमा पात्र दूई किसिमका हुन्छ : क } मञ्चीय पात्र ख } नेपथ्य पात्र !६.आबद्धता :- आबद्धताका आधारमा पात्र दूई किसिमका छन् : क } बद्धपात्र ख } मुक्तपात्र !७.जीवनचेतना :- जीवनचेतनाका आधारमा पात्र तीन प्रकारका हुन्छ : क } उच्च पात्र ख } मध्य पात्र ग } निम्न पात्र !ग } परिवेश :- कथामा घटनाहरु जहाँ घट्छन् ,पात्रहरु जहाँ -जहाँ कार्य गर्छन् ती ठाँउ र घटना घटेको अनि कार्य गरेका समयलाई परिवेश भनिन्छ ! त्यसैले कथाभित्र उल्लेख भएका स्थान ,काल र परिस्थितिलाई परिवेशका रुपमा चिनाइन्छ ! परिवेशको चित्रण कथाकारले सोझै वर्णन गरेर वा दृश्यका रुपमा उपस्थित गरेर सक्छ ! जे जसरी चित्रण गरे पनि परिवेशअन्तर्गत विभिन्न समय र स्थानका रीतिस्थिति ,आचार -व्यवहार ,चालचलन ,वेशभूषा ,रहनसहन ,सोचविचार ,जीवनशैली ,मानसिकता ,सांस्कृतिकता आदिले व्यक्त हुने अवसर पाएका हुन्छन् !घ } संवाद /कथोपकथन :- पात्र वा चरित्रहरुकोबीच हुने वार्तालाप वा कुराहहानीलाई संवाद भनिन्छ ! कथामा संवादको प्रयोग गरिन्छ तापनि यो नभई कथाको रचनानै हुव सक्तैन भन्न चाहि सकिन्दैन ! अत्याधुनिक कथामा यसको प्रयोग हुन वा नहुन सक्छ तर परम्परागत ढाँचामा रचिएका आधुनिक कथामा संवादको प्रयोग गरेर कथालाई सुन्दर कलात्मक बन्उँदै कथात्मक स्वरुपलाई सुगठित बनाइएको हुन्छ !ङ } भाषा-शैली :- कथा प्रस्तुत गरिने माध्यमलाई भाषा भनिन्छ ! कथा गद्य भाषामा लेखिन्छ ! कथाको भाषा सरल ,सहज र प्रवाहमय हुनुपर्छ ! क्लिष्ट ,दुरुह र जटिल भाषाको प्रयोगले पाठकवर्गलाई बाधा पर्छ ! कथामा प्रयोग गरिने भाषा बोलचालसरह हुनु असल हो ! कथामा प्रयोग गरिने भाषामा हुनुपर्ने गुणहरु प्रवाहात्मकता ,आलङ्कारिकता ,चित्रात्मकता ,प्रतीकात्मकता ,व्यांङ्ग्यात्मकता ,नाटकीयता ,भावात्मकता आदि !कथा अभिव्यक्त गर्ने ढङ्गलाई शैली भनिन्छ ! शैली कथा रचना गर्ने व्यक्तिको व्यक्तित्वलाई दर्शाउने तत्त्व हो ! शैली अन्तर्गत ध्वानि वा वर्णदेखि ,शब्द ,पदावली ,वाक्य ,अनुच्छेद ,आदि भाषिक तत्त्वहरुको विशिष्ट र सौन्दर्यपरक प्रयोग पर्दछन् ! त्यसैले कथालाई विशिष्ट रचना तुल्याउने तत्त्व हो ! कथा रचना गर्दा प्रयोग गर्ने शैलीहरु यस्ता हुन सक्छन् : वर्णनात्मक शैली ,विश्लेषणात्मउद्देश्यआत्मकथात्मक शैली ,संवादात्मक वा नाटकीय शैली , डायरी शैली ,पत्र शैली ,काव्यात्मक शैली ,लोककथात्मक शैली ,स्मृतिपरक शैली ,स्वप्न शैली ,मनोविश्लेषणात्मक शैली , शैली आदि !च } उद्देश्य :- कथा लेखिने मूल प्रयोजनलाई उद्देश्य भनिन्छ ! कथा अनेकौ उद्देश्यहरुले लेख्ने गरिन्छ ! कथा लेख्नाका अनेक उद्देश्य हुन्छन् र तिनैमध्ये आफ्नो रुचिको प्रमुख उद्देश्यलाई प्रकट गर्न कथाकारले कथा लेख्ने गर्छ ! कथामा प्रमुख उद्देश्यहरु हुन् : मनोरञ्जन ,शिक्षा ,आनन्द ,कुतूहलताको सृजना ,हास्यसृष्टि ,आदर्शको स्थापना ,सुधारको चेतना ,यथार्थ -चित्रण ,जीवनदर्शनको अभिव्यक्ति ,मनोवैग्यानिक वा मनोविश्लेषणको प्रस्तुति ,व्याङ्गात्मकता आदि !छ } दृष्टिविन्दु :- कथाको वर्णन गर्ने व्यक्ति वा समाख्यातालाई दृष्टिविन्दु भनिन्छ ! कुनै पनि कथा कसको आख्यान गो र त्यसलाई वर्णन गर्ने समाख्याता को हो भन्ने कुरा दृष्टिविन्दुले निक्यौल गर्छ ! कथाकारले आफ्नो अनुभूतिलाई सोझै आफ्नैतर्फबाट बताउन पनि सक्छ र अरु कोहीलाई पात्र बनाएर पनि प्रस्तुत गर्न सक्छ !
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
मानस्वरको परिचयः
संसारका सबै भाषामा पाइने स्वर ध्वनिहरूको प्रतिनिधित्व हुने गरी तयार पारिएको मानक चिन्हलाई मानस्वर भनिन्छ । कुनै पनि भाषामा रहेका स्वर ध्वनिहरूलाई सही तरिकाबाट अध्ययन, विश्लेषण तथा मापन गर्ने सैद्धान्तिक आधार प्रदान गर्ने हुँदा यसलाई मानक स्वर वा आदर्श स्वर पनि भनिन्छ ।मानस्वरका आधारबाट संसारका सबै भाषाको स्वरध्वनिलाई मापन गर्न सकिन्छ । मानस्वरहरु स्वरध्वनिको उच्चारण श्रवणको संयोजनमा आधारित हुन्छन् । मानस्वर स्वरहरुको निर्धारण गर्ने काल्पनिक बिन्दु हुन् । यी काल्पनिक बिन्दुहरु भाषा विशेषमा ठ्याम्मै नमिल्न पनि सक्छन् । कुनै पनि भाषाका स्वरहरुको निर्धारण यसकै निकटता, दूरता, समता र भिन्नताका आधारबाट गरिन्छ । सैद्धान्तिक स्वरभन्दा भाषा विशेषमा स्वरहरु के कति मात्रामा, कुन कारणबाट फरक छन् वा समान छन् भनी यसैसँग दाँजर मापन गर्न सकिन्छ। यसकै आधारमा कुन भाषामा कति स्वर छन भन्ने कुराको लेखा जोखा गरिन्छ ।
प्रसिद्ध भाषाशास्त्री डानियल जोनले संसारका सबै स्वरहरुको निर्धारण गर्न सकिने मानस्वरको सैद्धान्तिक रूपरेखा प्रस्तुत गरेका छन् । उनले ई. १९१८ मा मानस्वरको विकास गर्दै मानस्वरहरुको निर्धारणमा जिब्रोको उचाइ र पश्चता तथा ओठको गोलाइलाई आधार मानेका छन् । जोनद्वारा प्रस्तावितः सैद्धान्तिक स्वरलाई अन्तर्राष्ट्रिय ध्वनि तात्त्विक वर्णमालामा मानस्वर भनिन्छ। जोन्सका अनुसार मानस्वरलाई लेख्य आधारमा मात्र सिक्न कठिन हुन्छ। यिनको सही उच्चारण सिक्नलाई ध्वनि शास्त्रीबाट उच्चारण सम्बन्धी प्रशिक्षण पनि लिनु पर्छ ।
| भाषा वैज्ञानिक हेलवेगका अनुशार |
मानस्वरलाई विभाजन गर्ने आधारहरु मध्ये जिब्रोको उचाइको निश्चित मात्रा र जिब्रोको खास भागको सक्रियताको निश्चित विन्दु किटान गरी छुट्याउन निकै कठिनाइ पर्छ। व्यक्ति र परिवेश अनुसार फरक हुन पनि सक्छ तर विभिन्न आधुनिक विद्युतीय उपकरणहरुद्वारा भाषा विशेषका स्वरहरुको सही निर्धारण गर्न चाहि सकिन्छ । यस्ता केही समस्या भए पनि मानस्वर व्यवस्थाले संसारका अरु विधि भन्दा सफलता हासिल गरेको छ।
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
पूर्णाङ्क ५०
सबै प्रश्नहरू अनिवार्य छन्
।
समुह क
सर्वोपयुक्त उत्तरमा रेजा(√) चिन्ह लगाउनुहोस् । १०
१. प्रायोगिक
भाषाविज्ञानको सीमित क्षेत्रअन्तर्गत पर्ने विषय कुन हो।
क भाषिक मूल्याङ्कन ख.शैलीविज्ञान
ग. कोशविज्ञान घ. सामाजिक विज्ञान
२. नेपाली र तामाङ
भाषा बोल्न र लेख्न सक्ने व्यक्ति भाषा प्रयोगका दृष्टिले कसी व्यक्ति हो ?
का एकभाषी ख. द्विभाषी
ग. बहुभाषी घ. विदेशी भाषी
३. नेपालको संविधान ‘२०७२' मा नेपालमा बोलिने मातृभाषाहरूलाई के भनिएको छ ?
क. सरकारी भाषा ख. स्थानीय भाषा
ग. राष्ट्रभाषा घ. राष्ट्रिय भाषा
४. मन्दिरमा चढाउने
पैसालाई 'भेटी' शवयात्रामा फाल्ने पैसालाई टिलो' भनिन् भाषाको कस्तो भेद हो ?
क. प्रयोजनपरक भेद ख. माध्यमगत भेद
ग. सामाजिक भेद घ. प्रसङ्गगत भेद
५. कुनै व्यक्तिमा
रहेको भाषा प्रयोगसम्बन्धी ज्ञानलाई के भनिन्छ?
क. भाषिक उपलब्धि ख. भाषिक सक्षमता
ग. भाषिक सम्पादन घ. भाषिक सामार्थ्य
६. सम्प्रेषणमा बाधा
सिर्जना गर्ने त्रुटिलाई कस्तो त्रुटि मानिन्छ ?
क. अर्थघातक ख.अर्थअघातक
ग. समानार्थी घ.सम्प्रेशित
७. 'मानिसको जीवन गुलाफको फूल जस्तै सुन्दर छ' भन्ने कथनमा कस्तो समानान्तरता प्रयोग भएको छ?
क. बाह्रय समानान्तरता ख. पदावलीगत समानान्तरता
ग. आन्तरिक
समानान्तरता
घ. वाक्यगत समानान्तरता
८. व्यतिरेकी
विश्लेषणको मुख्य विशेषता कुन हो?
क. वाक्यवादी विश्लेषण ख. शिक्षककेन्द्री अध्ययन
ग. तुलनावादी अध्ययन घ. विद्यार्थीकेंद्री विश्लेषण
९नेपालमा बोलिने
भारोपेली भाषा परिवारजन्तर्गतको भाषा कुन हो ?
क.राजवशी ख.झाँगड
ग. सतार घ. तामाङ
,
१०. भाषिक भेद सिर्जनाको मुख्य आधार के हो।
क. प्रयोजनपरकता ख. भौगोलिकता
ग. बोधगम्यता घ. ऐतिहासिकता
समुह ख ४ X ७ = २८
१. प्रायोगिक भाषाविज्ञानलाई भाषाशिक्षणमा कसरी उपयोग गर्न
सकिन्छ ? लेख्नुहोस् ।
२. मानिस द्विभाषी बन्नाका कारणहरू के के हुन्? उदाहरण सहित
चर्चा गर्नुहोस् ।
३. कोशीय र आर्थी विचलनलाई सोदाहरण चिनाउनुहोस्।
४. त्रुटिविश्लेषण आगनात्मक र निगमनात्मक पद्धतिविच फरक
छुट्याउनुहोस् ।
समुह ग
१ X १२ = १२
५. भाषाका प्रमुख भेदहरूको सूची बनाई त्यसका भेद सृजना
हुनाका कारणहरूको समीक्षा गर्नुहोस्।
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
Tribhuvan University2082 (Regular)Bachelor Level 4 Yrs. Prog/Humanities/1 Year
नेपाली ४२२ आधुनिक नेपाली कविता काब्य
Full Marks Time: 3 hrs.
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks
१. कुनै दुई प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस् : २×१५=३०
क) आधुनिक नेपाली कविताको विकासप्रक्रियामा देखापरेका प्रमुख धाराहरू उल्लेख गरी धारागत मुख्य प्रवृत्तिहरूको निरूपण गर्नुहोस्।
ख) हिमाल आरोहण माग्छ' लामो कविताका आधारमा मोहन कोइरालाका प्रवृत्तिहरूको विवेचना गर्नुहोस् ।
ग) महाकाव्यात्मक तत्त्वका आधारमा 'मकवानी बाला' महाकाव्यको समीक्षा गर्नुहोस् ।
२. तलको कुनै तीन प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस्: ३×१०=३०
क) 'पर्खनुपर्छ' कविताको मूल भाव के हो ?
ख) 'घुम्ने मेचमाथि अन्धो मान्छे' कवितामा पाइने शैलीगत विशेषता के के हुन् ?
ग) खण्डकाव्यका प्रमुख तत्त्व के के हुन् ?
घ) वासुदेव त्रिपाठी कस्ता खण्डकाव्यकार हुन् ?
ड) 'सुलोचना' महाकाव्यका आधारमा अनङ्गमा के कस्ता चारित्रिक विशेषता भेटिन्छन् ?
३. दुबै प्रश्नको उत्तर दिनुहोस् : ५+५=१०
क) तलको कवितांश पढी अन्त्यमा सोधिएका प्रश्नको अतिसम्छिप्त उत्तर दिनुहोस् :
विपनाको पखेटा सपना न हो।
चाहन्छौं भने उडेर आऊ न, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ।
म शकुन्तला झै फूलको सुसारमा हुन्छु ।
प्रश्नहरू:
अ) माथिको कवितांशमा कसको कुन कविताबाट लिइएको हो ?
आ) यहाँ 'तिमी' भनेर कसलाई भनिएको हो ?
इ) माथिको कवितांशको अन्तिम हरफमा कुन अर्थालङ्कारको प्रयोग गरिएको छ ?
ई) माथिको कवितांशमा के कस्तो लयविधान पाइन्छ ?
उ) माथिको कवितांशमा के कस्तो भाषाशैलीगत विशेषता पाइन्छ ?
ख) तलको उद्धरणको सन्दर्भ उल्लेख गर्दै विषयवस्तु, भाव, लय, भाषाशैली आदिबारे सप्रसङ्ग व्याख्या गर्नुहोस् ।
मेरो हात हावाको मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थें
तिम्रा आँखामा चुम्बन पोतेर
आँसु भुलभुल आउने प्वाल टाल्थे
तर म आकाश भइसकें ।
('मृत्युपछिको अभिव्यञ्जन' कविताबाट)
Namaste! 🙏 My name is Deepa Neupane. I am a teacher by profession and currently studying Nepali as my major subject. I am passionate about education and dedicated to promoting the Nepali language and literature.
वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने भाषाविज्ञानको शाखा लाई वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...