कुनै पनि साहित्यिक असाधारण भाव वा विशेष भावलार्इ सामान्य वनाउनु साधारणीकरण हो । साधारणीकरण सिद्धान्तको जन्म रस निष्पत्ति व्याख्याको क्रममा भएको हो । साधारणीकरण शब्दको पहिलो प्रयोग भट्टनायक वाट भएको मानिन्छ । उनको भुक्तिवादको प्रसङ्गमा यो शब्दको प्रयोग भएको हो । यसमा कुनैपनि साहित्यिक कृति पढ्दा वा दृश्य हेर्दा त्यसमा वर्णित पात्रहरूलार्इ दिइएको विशिष्ट दर्जाका पर्दाहरू (छेकवार) भावकत्व व्यापारले हटाएर दर्शक,भावकका सुख,दुःखका भावहरू साभारण तथा सामान्य बन्न पुग्दछ । यहि क्षेणमा पात्रका सुख ,दुःख दर्शक र भावकले अाफ्नै सुख ,दुःखकोअनुभव गर्न थाल्दछ अनि स्वयम ती पात्र सँग पाठक तथा दर्शक एकाकार हुन थाल्दछन्। यहि क्षेण वा अवस्था नै साधारणीकरणको अवस्था हो । यसमा दर्शक ,पाठक पात्रमा हराएर उ अाफू स्वयम्व त्यहाको पात्रको अनुभूति गर्न पुग्दछ भनिएको छ । साधारणीकरणका बारेमा विभिन्न अाचार्यहरूले अा अाफ्नो धारणा राखेका छन् । जसमाः
रविवार, 20 सितंबर 2020
रस साधारणीकरण
भट्टनायकको भुक्तिवादी सिद्धान्त जसमा रसलार्इ उत्पत्ति र अनुमानको विषय नभइ भोग पक्षसँग सम्भन्धित छ भनिएको छ । यो विचारलार्इ अभिनवगुप्तले पूर्ण रूपमा स्वीकार नगरे पनि त्यसमा नै अडिएर अाफ्नो माैलिक धारणा व्यक्त गरेका छन् । यिनले भावकत्व व्यपार प्रयोग विना पनि साधारणीकरण हुनेकुरा व्यक्त गरेका छन् । यिनका विचारमा दर्शक , पाठक ,वा लेखकमा मानसिक व्यापार हुन्छ र यो प्रकृया लार्इ कुनैपनि देशकाल र सीमाले वाधा पुर्याउँदैन भन्ने धारणा सहित विभावादीको सम्पर्क हुनासाथ दर्शक पाठकमा भएका स्थायी भाव उद्वुद्ध् हुन पुग्दछन् । साधारणीकरणले दर्शक पाठकलार्इ एकाग्र वनाउँछ र त्यहि एकाग्रताका स्थितिमा उसले कविनिवद्ध भावलार्इ पूर्ण अाश्वादन गरेर उ भावविहोर वन्दछ । त्यसकारण अभिनव गुप्त कविका भावमा अाफ्नो भाव मिसाएर दर्शक वा पाठकले रसानुभाव गर्छ भन्ने ठान्दछन् । वास्तवमारसानुभावको स्थिति अाउन साधारणीकरणको अवस्थामा नपुगेसम्म रसानुभाव नहुने कुरा यिनको मत हो ।
विश्वनाथका विचारमा दर्शक ,भावकले नै पात्रमा नै अाफ्नो तादम्य गराउदँछ भन्नेमत प्रस्तुत गर्दै उनका दृष्टिमा दर्शक ,भावकमा देखापर्ने यो तादाम्यको स्थिति नै साधारणीकरणको परिणाम हो ।
दर्शक पाठकका मनमा अाएको तादाम्यको अनुभूतिले नै रसको अनुभूति गराउँछ ।रसानुभूतिका समयमा दर्शक ,पाठकले अाफ्नो सम्पूर्ण नीजि व्याक्तित्व ,अाकांक्षा ,उत्तरदाइत्व वोध विर्सन्छ र मूक्तिको स्थितिमा पुग्दछ ।यहि स्थितिको सिर्जना हुनु नै साधारणीकरण हो ।
जगन्नाथ पूर्वीय साहित्य शास्त्रमा १६अाै शताब्दीमा रस गंगाधर ग्रन्थ लेखेर पूर्वीय काव्य परम्परामा अाफ्नो छवी स्थापित गरि यिनले साधारणीकरणको व्याख्या दोष दर्शनका अाधारमा गर्दै त्यसमा अाफ्नो असहमती व्यक्त गर्दछन् । उनले व्यञ्जना वृतिवाट दोषात्मक माध्यमद्दारा नायक नायिकालार्इ अाफू जस्तै कल्पना गरेका छन् । शिपिलार्इ टाढा देख्दा किरणका कारण चाँदी ढुङ्गा जस्तै लाग्दछ तर त्यो वास्तवमा सिपि हो भन्दै नायक नायिका पनि खास त्यहाँ खोलेका हुदैनन् । नाटकका सन्दर्भमा केवल हाम्रो भ्रम मात्र हो भन्ने तर्क अगाडि सारेका छन् । उनको भनाइ अनुशार पात्रले केवल टाढैवाट अनुकरण मात्र गरेका हुन्छन् तर त्यसको वास्तविकता ठानी दर्शक व्यञ्जना वृतिका दोषत्वका कारण साधरणीकरणको स्थितिमा पुग्दछ । यो सवै व्यञ्जनाको कारणले हुनेकुरा व्यक्त गर्दछन् ।
अनुकार्य र दर्शक वीच चित्तको तादाम्य हुन जान्छ । यसलार्इ संवेद्य भनिन्छ । संवेद्यको अवस्था ममत्त्व र परत्त्वको परिहार हुन जान्छ । यसको परिहार भएपछि दर्शकले अानन्दानुभूति गर्छ त्यहि नै काव्यको रस हो ।
निष्कर्षमा भन्नुपर्दा साधरणीकरण काव्यको मूलभाव सँग दर्शक ,पाठकले असल सम्भन्ध स्थापित गर्नु हो र यो सम्भन्ध स्थापित भएपछि रसभावको अास्वादन हुन्छ।
स्थान:
nepal

सदस्यता लें
संदेश (Atom)
नाटकको परिचय र परिभाषा
नाटकको परिचय र परिभाषा परिचयः नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ । रङ...
-
Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र ...