जन्म – २००३ चैत्र
१३ गते
जन्मस्थान - देवीचोक, जनकपुर
शिक्षा – विद्या
वारिधि(भाषा विज्ञान)
नेपाली , हिन्दी र मैथलीमा एम् .ए.
पेशा – प्राध्यापन
पहिलो कथा –
पोष्टमार्टम(२०४६)
सम्मान तथा पुरस्कार
– राष्ट्रिय प्रतिभा पुरस्कार,मिथिली विभूति सम्मान,जगम्बाश्री पुरस्कार
कथासङ्ग्रह -‘र्इ हमरे कथाथिक’(मैथिली भाषामा),राजेन्द्र विमलका कथाहरू(२०६२),समयका आँखा(२०६९)
कथागत प्रवृत्ति –
१. ऐतिहासिक तथा पौराणिक विषयवस्तुलार्इ अँगालेर कथा लेख्नु,
२. स्वतन्त्रता र मानव कल्याणका विषयमा वकालत गर्नु
,
३. राष्ट्रिय एकताका वारेमा आवाज उठाउँनु,
४. नेपाली समाज र संस्कृतिलार्इ परिवेश वनाएर कथा
लेख्नु ,
५. समाजमा रहेका गलत घटनाहरूको विरोध गर्नु,
६. राष्ट्रका उन्नतिको पक्षमा कलम चलाउनु,
७. नेपाली ,हिन्दी,मैथिली ,अंग्रेजी भाषामा कलम
चलाउनु
शीर्षक
वाल्मीकिले लेखेको
रामायण महाकाव्य(संस्कृतमा)मा
२४००० हजार श्लोकहरू छन्।यसमा ७ अध्यायहरू छन् ।यसलार्इ काण्डका नामले चिनिन्छ
।जसमा
१.
बाल काण्ड - यसमा भगवान राम तथा उनकादाजुभाइहरूको जन्म र यौवन काल एवम् राम र
लक्ष्मणका पराक्रमहरूको वर्णन गरिएको, सीताको स्वयम्बर र राम सीताको विवाहको वर्णन
२. अयोध्या
काण्ड - रामको वनवास र दशरथको
मृत्युको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम
३.अरण्य काण्ड - रामले वनबासका क्रममा गरेका यात्राहरूको विवरण, रावणद्वारा सीता हरण
४. किष्किन्धा
काण्ड - राम र लक्ष्मणको हनुमानसँगको भेट, रामबाट बालीमाथि वाण प्रहार, शुग्रिब राजा घोषित
५. सुन्दर
काण्ड - हनुमानको लङ्का यात्रा, सीतासँगको भेट
६. युद्द
काण्ड(लङ्का काण्ड) - वानर र लङ्का सेनाको
युद्द वर्णन् र राम-लक्ष्मणको पराक्रम
७. उत्तर
काण्ड - सीताको अग्नि परीक्ष, रामको मृत्युवरण
आदिका वर्णन
यिनै मध्य युद्ध काण्ड((लङ्का काण्ड)लार्इ
प्रतिकात्मक रूपमा यसको शीर्षक चयन गरिएको हो ।त्रेता युगमा लङ्कामा भएको युद्ध
सत्य र असत्यका बिच भएको थियो ।यसै कुरालार्इ कथाकारले यस कथामा तादाम्य बनाएका
छन् ।मदेश आन्दोलनलार्इ सङ्केत गरि लेखिएको यस कथामा पनि पहिचानका लागि एक आपसमा भएको फरक
विचारका कारण निम्तिएको द्वन्द लङ्का काण्ड जस्तै थियो त्यसैले यो शीर्षक सन्दर्भ सार्थक
देखिन्छ ।
सन्दर्भ-
१समयका आँखा(२०६६) कथा सङ्ग्रहमा सङ्ग्रहित,
२.
पौराणिक
सन्दर्भलार्इ सङ्केत गरेको,
३.
मधेस आन्दोलन तर्फ
सङ्केत गरेको ,
४.अखण्ड राष्ट्र,विभेध युक्त समाज र सामाजीक दायित्वको
प्रत्याभूति गराउनु,
कथाका पत्रहरू
म(राम बहादुर),म
पत्रको हजुरबा,मोतीलाल माडवारी,म पात्रको बाबु मन बहादुर, म पात्रकी आमा मनतोरिया,म
पात्रकी हजुर आमा लछ्मिनियाँ,गुरू गलफुला,नर्स,मोटे डाक्टर,लाल,लालकी आमा,फेकनी,मङ्गला,महन्थी
बाबु,महन्थीका नातिहरू-ननटुन र टुनटुन,बिरिछिया ,भगतसिंह,कौशल ,गान्धी आन्दोलनकारी
समूहहरू चौधरी सर
कथाको विश्लेषण
देशभक्ती,राष्ट्रिय एकता, मानवता, स्वतन्त्रता,न्याय र समानताको
खोजि आफ्ना
साहित्य मार्फत गर्ने कथाकार राजेन्द्र विमल (२००३) पोष्टमार्टम(२०४७)बाट आफ्नो कथा यात्रा सुरू
गरेका थिए । विद्यावारिधि सम्मको औपचारिक शिक्षा हासिल गरेका विमल नेपाली ,हिन्दी
, मैथिली र अंग्रेजी भाषामा ज्ञाता हुनुकासाथै कथा , कविता , गीत, गजल ,नाटक ,उपन्यास
, समालोचना जस्ता विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यिक फाँटमा ठूलै योगदान
पुर्याएका छन् ।समसामयिक विषयवस्तुलार्इ टपक्क टिपेर आफ्नो साहित्यमा समेट्ने
विमलले पौराणिक ,ऐतिहासिक ,साँस्कृतिक जस्ता कुराहरूलार्इ पनि समेटेको देखिन्छ
।राष्ट्रिय प्रतिभा पुरस्कार ,जगदम्बाश्री
पुरस्कार ,मिथिला विभुति सम्मान लगायत विभिन्न सम्मान र पुरस्कारहरूद्वारा
सम्नित विमल पेशाले प्रध्यापक हुन् । इ हमारे कथा थिक (मैथिली), राजेन्द्र विमलका
कथाहरू(नेपाली ),समयका आँखा जस्ता कथा
सङ्ग्रहहरू प्रकाशित गरेका विमलको लङ्काकाण्ड कथा समयका आँखा नामक कथा सङ्ग्रहमा
सङ्ग्रहित छ । राष्ट्रिय एकताको विकुल फुकिएको उक्त कथामा भौगोलिक ,जातिय, भाषिक
,लिङ्गिय ,वर्गिय विभेदका कारण निम्तिएका समस्यालार्इ प्रस्तुत गर्दै मानविय
चेतनाको खोजि गरिएको देखिन्छ।
पहाडि मूलका पिता र तरार्इ मूलकी आमाबाट
जन्मिएको सन्तान र उसले भोग्नुपरेका पिडालार्इ उतारिएको उक्त कथामा ‘म’ पात्र
वेहोस भएर अस्पतालको आपतकालिन ‘कक्ष’को ओच्छ्यानमा सुतेको र तीन दिन पछि होसमा आएकोबाट
कथाको अरम्भ भएको छ । नर्स ,डाक्टर ,म पत्रकी हजुरआमा लछ्मिनियाँ ,म पात्रलार्इ
पाठशालामा पढाउँने गलफुल्ला गुरू , बुवा मानबहादुर , आमा मनतोरिया ,ठूली आमा फेकनी
ठूलाबा मङ्गला ,गाउँका जमिन्दार मन्थली बाबु ,म पात्रका सहपाठी साथीहरू ,जमिनदारका
चम्चाहरू, जमिनदारका नातिहरू , चौधरी सर , आन्दोलनकारीहरू , आदि जस्ता बहुल
पात्रको प्रयोग गरि लेखिएको उक्त कथामा ‘म’ मधेषे र पहाडे बीचको द्वन्दमा परेको छ
। सानैमा आफ्नो बाबुको साथमा मधेष झरेका म पत्रका बाबु हुर्कदै गर्दा आफूसँगै
खेल्ने मिल्ने बालसखा मनतोरिया जसकी आमाले उसलार्इ पनि छोराको स्थान दिएकि थिइन
।उसैसँग मनतोरियाकी आमाले बिवहा गराइदिइन ।समाजको तिरस्कार सहेर छोरिको खुसि
खोज्ने मनतोरियाकी आमा लछ्मिनीयाले ‘म’ पात्र नातिलार्इ उत्साह पूर्वक हुर्काइ
बढार्इ गरीन र प्यारो नाम ‘पहाडे’ ले पुकार्न थालिन । सानो छदा पहाडेको अर्थ
नबुझेको ‘म’ पात्रले त्यहि पहाडे नाम र पहिरनले तिरस्कार खेप्नु पर्यो । उसलार्इ
साथिभाइ , छरछिमेक सबैले तिरस्कार गर्छन । केहि हुर्कदै गर्दा उसकी ठूली आमाको
निसन्तान काखमा सन्तान बनेर पुग्दछ । साहुका जडौरी लगाइदिएर ठूलीआमाले उसलार्इ
मधेषी पहिरनमा उभ्याइदिएपछि उसलार्इ पहाडे नामले हेपाइ खानु पर्दैन र ऊ त्यसमै
फूरूङ्ग हुन्छ ।साहुका घरमा उघ्रेको जुठो खानाले आफ्नो जीवनमा खुसी हुँदै आएको
उसको जीवनले नयाँ मोड लिन्छ ।उसकी ठूलीआमा गर्ववती हुन्छे ।यसै दिनदेखि उसले अरू
दुःख खेप्नु पर्छ । ठूलीआमा र ठूलाबाले
उसलार्इ मायाँ गर्न छोड्छन् ,चोर दोष लगाउँछन् ।भाइको आगमन सँगै आफ्नो स्थान
सकिएपछि म पात्र पुन आफ्नै आमा बाबुको घरमा फर्कन्छ । त्यहि पढ्न थाल्छ । सरको
पढार्इको प्रभावले ‘म’पात्र र उसको सहपाठी साथी गान्धी पहिरन र गान्धी विचारमा
उत्रिन्छन् । म पात्र गान्धी पहिरनमा आफ्नो पहाडिया पहिचान टोपि थप्छ ।
हुल्यहाहरूले गान्धी विचारको फाइदा उठाइ वेसरी कुट्छन् । उता मधेष आन्दोलनमा
भानुभक्तको शालीक ढाल्ने प्रयास हुन्छ । त्यसलार्इ रोक्न पुग्दापहाडेको आरोपमा ‘म’
पात्रलार्इ गोली लाग्छ ।विस्तारै उठेर अगाडी बढ्दा भानुभक्तको शालीक ढाल्नेका
विरूद्ध पहाडेहरूले विद्धापतिको शालीकमा हमला गर्न पुग्छन् । म पात्रलार्इ रोकेको आरोपमा
फेरि गोली खानु पर्छ । यहि सेरोफेरोमा कथाको कथानक अन्त्य भएको छ ।
विभेद मूलक समाजको चित्रण गरिएको उक्त कथामा
भुगोलको नाममा वर्गको नाममा ,जाती र धर्मको नाममा ,जनताहरू कसरी पिल्सिरहेका छन्
भन्ने कुरा देखाउन खोजिएको छ । पुस्तौं पुस्ता देखि ठूला भनाउँदाहरूले समाजमा
त्रास फैलार्इ रहेका छन् । शोषक वर्गले
सोझा र निमुखा वर्गलार्इ शोषण गरिरहेका छन् । राजनीतिका नाममा अराजकता फैलिएको छ ।
राजनीतिलार्इ नेताहरूले मागिखाने भाडो बनाउँदा जनताहरू त्यसमा पिल्सिन वाध्य छन् ।
कहिले पाटिको नामले कहिले भूगोलको र क्षेत्रको नामले त कहिले धर्मको नामले जनता
जनता बीच विचलन र विद्रोह पैदा गराउने काम तिनै नेताहरूले गरिरहेका छन् ।ताकि आफू
कुन तरिकाबाट कुर्चिमा पुग्न सकिन्छ । निहित स्वार्थ पुरागर्न सरल र सोझा जनताहरूको
प्रयोग भइरहेको छ ।सँगै मिलेर बसेका, एउटै परिवार भएका व्याक्तिहरूलार्इ एक आपसमा
लडाएर त्यहि मौका छोप्ने र आफ्नो स्वार्थ पुरागर्ने कार्यको अन्त्य हुनुपर्छ ।समाजमा
एकता हुनुपर्छ । कुनै भेदभाव रहित स्तन्त्र जीवन यापन गर्न पाउनु हरेक व्याक्तिको
अधिकार हो । सबैले आफ्नो अधिकार उपयोग गर्न पाउनु पर्छ । हिमालको हिउँ, पहाडको
फापर र कोदो तथा तरार्इंको तोरी तथा धान यी एक अपसका परिपुरक हुनुपर्छ ।हिमालको
मनोरम दृश्य हेर्ने पूर्ण अधिकार तरार्इंबासीको हुन्छ भने तरार्इको धान तोरी उपयोग
हिमालबासीले गर्न पाउछन् । यी सबै आफन्त हुन् भन्ने सन्देश यो कथाले दिन खोजेको छ
। राष्ट्रका विभुति जोगाइ राख्नुपर्छ भने भुगोल र पहिरनलार्इ आधार बनाएर एक
अर्कामा भएको अपनत्व मेटाउने काम मूर्खता हो भन्ने सन्देश यस कथाले दिएको छ ।
निष्कर्षमा भन्नुपर्दा राष्ट्रिय एकता
,सामाजिक भेदभावको अन्त्य र जनजागरणको विकास अपरिहार्य रहेको कुरा यस कथाले दिन
खोजेको छ । जातिय ,वर्गीय ,धार्मिक , भौगोलिक भेदभावको अन्त्य गरि मानव एकता समृदि
र विकासको बाटो खोज्नु आजको आवस्कता हो । विज्ञानको चमत्कारको दुनियामा विश्वसामू आफूलार्इ
चिनाउनुपर्ने समयमा भाइ – भाइ विचमा लडार्इं गरेर आफ्नो र आफन्तको चित्त दुखाउनुको
सट्टा राष्ट्र निर्माणको निमित्त एकजुट हुनुपर्छ भन्ने कुराको सङ्केत यस कथाले दिन
खोजेको छ ।
म
पात्रको चरित्र चित्रण
१.
हजुबा दोलखाबाट कामको खोजिमा मधेष
झरेको ,बाबुले मधेष मूलकी केटीसँग विबाह गरि जन्मेको मधेषी आमा र पहाडी बाबुको
सन्तान,
२.
मधेषी पहिचान धोती र पहाडी पहिचान
टोपी लगार्इ पहाड र तरार्इ दुवैको सम्मान र संस्कृतिलार्इ जोगाएको ,
३.
तरार्इ र पहाड बीच युद्ध हुनु
हुँदैन, एकता हुनुपर्छ भन्ने चाह बोकेका समस्त युवाहरूको प्रतिनिधि पात्र ,
४.
निम्नवर्गीय वालवालीका तथा युवाहरूले
समाजमा झेल्नुपरेका समस्याहरूको प्रतिनिधित्व गरेको ,
५.
राष्ट्रिय विभूतिलार्इ जोगाउनुपर्छ
,राष्ट्रिय अखण्डता हुनुपर्छ भन्ने सन्देश बोकेको मुकपात्र,
परिवेश
र भाषाशैली
परिवेश-
१.तरार्इ क्षेत्रसँग
सम्भन्धित विशेषगरि नेपालगन्ज आसपासको क्षेत्र ,
२. दोलखाको उल्लेख,
३. तरार्इमा भएको
मधेषवादी आन्दोलनको झल्को ,
४.तरार्इका
चाड-पर्वहरूको चर्चा,
५.पुरातन शिक्षण
पद्दतिको चित्रण,
भाषाशैली-
१.सरल ,सहज तथा
प्रभाहमय भाषाको प्रयोग,
२.तत्सम शब्दहरूको
प्रयोग,
३.तरार्इमा
प्रयोगहुने स्थानिय शब्दहरूको प्रयोग,
४. पात्र अनुसार
भाषिक शैलीको उपयोग ,