सोमवार, 20 सितंबर 2021

कविताका उपविधाहरू


१फुटकर कविता

२.खण्डकाव्य/ मध्यम रूप

३.महाकाव्य /बृहत रूप

४. गीत / गजल

१फुटकर कविता

  कविताको प्रस्तुतीको छोटो रूप वा ढाँचा नै फुटकर कविता हो । फुटकर कवितालार्इ दुर्इ वर्गमा विभाजन गरेर हेरेको पाइन्छ जसमा

क.    लघुतम रूप – फुटकर कवितामा पनि सबैभन्दा छोटो रूप अन्तर्गत यो पर्दछ । यसमा चार हरफ देखि एक अनुच्छेद सम्मको कविताहरू पर्छन् ।यसमा भावको केवल निरिक्षण मात्र हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन्

ख.    लघु रूप – फुटकर कविताको लघुतम रूप भन्दा केहि ठूलो रूप लघुरूप हो । यसमा लघुतमको भन्दा विस्तृत र खण्डकाव्य भन्दा सानो  कारका कविताहरू यस भित्र पर्दछन् ।यसमा थोरैमा दुर्इवटा श्लोक देखि सयँ पंतिहरू हुन सक्छन् ।यसमा कुनै एक मनोदशा वा भावधाराको सिङ्गो अभिव्याक्ति हुनु यसको विशेषता हो ।  पत्र पत्रिका,रेडियो ,टेलिभिजन र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश कविता जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ।

२.खण्डकाव्य/ मध्यम रूप

फुटकर कविता भन्दा लामो र महाकाव्य भन्दा छोटो कविताको रूप नै कविताको मध्यम रूप हो ।खण्डकाव्य र लामा कविताहरू यस अन्तर्गत पर्दछन् ।कविताको मध्यम रूपमा ख्यानिकरणको प्रयोग हुन्छ । यसमा मानव जीवनको कुनै एक पक्षको उद्घाटन हुन्छ ।

३.महाकाव्य /बृहत रूप

कविताको यामको हिसावले सबैभन्दा ठूलो आकार यसमा हुन्छ ।यसमा कविले मानव जीवनको सम्पूर्ण पक्षहरू उद्घाटन गरेको हुन्छ । आख्यानात्मक ढंगले प्रस्तुत गरिने कविताको यो रूपको सृजना गर्ने क्षमता सबै कविको नहुन पनि सक्छ ।यसमा एकभन्दा बढि रसको प्रयोग गरिएको हुन्छ ।साथै कुनै समयको समाजिक विषयवस्तु,ऐतिहासिक वा पौराणिक विषयवस्तुहरू समेटिएको हुन सक्छ ।

४. गीत / गजल

गीत तथा गजल फुटकर कवितासँग नजिक देखिन्छ । गीत विशेषत गाउनकोलागि निर्माण गरिन्छ । यसमा संगित भरेर लालित्य थपिन्छ ।संगित यसको विशेषता हो ।यसमा रागात्मक तत्वको महत्व रहन्छ । गजलको मुख्य विशेषता भनेको नारी प्रेमका विषयमा गायन शैलीका माध्यमबाट संगितको साथ प्रस्तुति दिनु हुन्छ ।यसमा हिजोज देशप्रेम ,पारिवारिक तथा मानव प्रेमको प्रसङ्ग पनि जोडिएको पाइन्छ । काल्पनिकता भन्दा वास्तविक यथार्थका कुराहरूको  बहस उतारिन्छ ।

 

 

 

 


गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ कविताको विश्लेषण

 

गोपाल प्रसाद रिमालको ‘आमाको सपना कविता

परिचय,

गोपाल प्रसाद रिमाल

जन्म - (१९७५-२०३०)  काठमाडौँको लगनटोलमा

शिक्षा -  प्रमाणपत्र तह

पहिलो रचना -  वि.सं. १९९२मा शारदा पत्रिकामा प्रकाशित "प्रति" शीर्षकको कविता
*प्रगतिवादी साहित्यकार
,

*गद्यमा कविता लेखेको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै जस कमाउनेमा उनी पनि एक हुन् ।

*२०२० सालकमा मदन पुरस्कार, २०३०सालमा  त्रिभुवन पुरस्कार
कृतिहरू - मसान(नाटक, वि.सं. २००३),  यो प्रेम(नाटक,  वि.सं. २०१५), आमाको सपना (कविता सङ्ग्रह २०१९)

रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो गीत यिनैले लेखेका हुन् ।



कविताको विश्लेषण

धुनिक नेपाली कवितामा गद्यलयलार्इ भोयाउने स्वच्छन्दावादी – प्रगतीवादी कवि गोपालप्रसाद रिमाल (१९७५-२०३०) एक क्रान्तिकारी कवि हुन् ।मदन पुरस्कार(२०१९) ,त्रिभुवन पुरस्कार (२०३०)जस्ता उत्कृष्ठ पुरस्कारवाट पुरस्कृत भएका रिमालले माको सपना कविता सङ्ग्रह (२०२०) प्रकासित गरेका छन् । उनको उक्त माको सपना कविता सङ्ग्रहमा सङ्ग्रहित ‘आमाको सपना शीर्षक कविता एक राष्ट्रवादी चिन्तनले अतप्रोत भएको कविता हो ।यस कवितामा कविले मा र छोरा पात्रलार्इ उपस्थित गरार्इ समाजमा विध्दमान अन्याय ,अत्याचार तथा निरङ्कुशताको अन्त्य गर्न क्रन्तिरूपि छोरो जन्मने र सो क्रान्तिले सबैलार्इ समान हक अधिकार दिलार्इ समाजमा शान्ति ल्याउने कुरा प्रस्तुत गरिएको छ ।

   प्रश्नोत्तरात्मक शैलीमा रचिएको उक्त कविता एक गद्य कविता हो । यस कवितामा मा भन्नाले नेपाल मा र छोरोले सम्पूर्ण नेपाली जनतालार्इ बुझिन्छ । त्यसै गरि माले जन्माउने नयाँ सन्तान भन्नाले नेपाली नयाँ पुस्ता जसले देशमा क्रान्ति ल्याउन सक्छ । बिम्बात्मक शैलीलार्इ अंगालेर लेखिएको उक्त कवितामा कवि रिमालले नेपाली जनतामा क्रान्तिकारी विचार उनु पर्छ ।जुन विचार अटल भएर लड्न सक्ने अठोटका साथ अगाडि बढ्नु पर्छ ताकि प्रतिगामीले रोक्न र टोक्न नसकोस । त्यस्तो छवि अहिलेका जनतामा पनि नभएको भने होइन तर पैसा र कुर्चीका लागि अहिलेका जनताका अगुवाले प्रतिगामीहरूलार्इ नै साथ दिए ।त्यसले देशलार्इ हानी पर्न गयो अर्थात नेपाल माको मन खिन्न भयो । त्यसैले देशलार्इ क्रान्ति चाहिएको छ । त्यो क्रान्ति अवस्य उने छ र त्यो क्रान्तिमा नेपाली जनता अवस्य होमिने छन् त्यसमा कय जनताको रगत वगेतापनि  देशकैलागि वगेकाले सान्त्वना मिल्नेछ । पहिले पनि देशमा क्रान्ति एको थियो र देशमा विकास तथा देशको सुधार भएको थियो । समाजलार्इ स्वतन्त्रता दिलाउन क्रान्तिको वस्यकता पर्दछ त्यसैले क्रान्ति उनु पर्छ ।भन्ने विचार कविले गरेका छन् ।

   जव उछ क्रन्ति तव छाउछ शान्ति भनेझै समाजमा विद्धमान विसङ्गति ,विकृति,अन्याय ,अत्यचार शोषण,दमन जस्ता कुराहरू जरा गाडेर बसेको छ । जसको जरा उखेल्न क्रन्ति नै एक विकल्प हो ।जसले मात्र ती सम्पूर्ण कुराहरूलार्इ खरानी बनाएर देशमा शुसासन कायम गर्न सक्छ । समाजमा भएका नराम्रो कुराहरूको अन्त्य गरार्इ देशमा स्वतन्त्रता र प्रजातन्त्रको वस्यक हुन्छ । जसले राष्ट्रको गरवलार्इ वचार्इ सम्पूर्ण देशवासीहरूलार्इ गरम्वित वनाउन सक्छ भन्ने विचार यस कविताले व्यक्त गर्न खोजेको छ । देशलार्इ सधै स्वस्थ रूपमा बचाइरहनु पर्छ भन्नु नै यस कविताको उद्देश्य हो ।

 


नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...