: कविता र काव्य

 १.कविता सिद्ान्त

कविताको परिचय

    कविता साहित्यको एक सशक्त विधा हो । कवि’ आधारपदमा ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवन सँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगत्मा ऋग्वेदमहाभारत र रामायण तथा पश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै   काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले गधयात्मक वा पधयात्मक कृतिलाई जनाउँछ ।

  

    मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै  आएको हो । आजको समयमा कविता विधालाई हेर्ने b[i6L कोणमा  धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.. रिचर्डस सम्मका विद्धान हरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् । परिभाषाहरुमा  अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार हुन्छ ।

कविताको परिभाषा

     कविताको परिभाषा गर्ने क्रममा पूर्वीय तथा पाश्चात्य विद्धानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् । तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन्

. शब्द र अर्थले संयुक्त रुप काव्य हो ।             – भामह

. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो ।             – दण्डी

. रसात्मक वाक्य नै काव्य हो ।                 – विश्वनाथ

. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो ।         – आनन्दवर्धन

. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो ।         –मम्मट

. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो ।     – कुन्तक

. कवितको आत्मा रीति वा शैली हो ।             – वामन

. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो ।        – जगन्नाथ

. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।         – वर्डस्वर्थ

१०. कल्पना र संवेग द्धारा गरिने जीवनको व्याख्या नै काव्य हो ।   – हड्सन

११. गण मिलाइएको संरचना नै कविता हो ।         – जोन्सन

१२. कविता भनेको जीवनको समालोचना हो ।        – मैथ्यु अर्नाल्ड 

१३. भावनाको बौद्धिक कोमलता कविता हो ।         – बालकृष्ण सम

१४. मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको लयद्धार  मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ ।

                        – लक्ष्मीप्रसाद देवकोटा

१५. शब्द र संगीतअर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छत्यही नै कविता हो ।   – माधवप्रसाद घिमिरे

 

   कवितासम्बन्धी चर्चापरिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका विद्धानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यम द्धारा  प्रस्तुत गरिने कविको स्वानुभुतिको कोमलकलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।

 

 

  २.कविताका तत्त्वहरू

   कविता निर्माण हुने अवयवहरुलाई नै कविताका तत्वहरु भनिन्छ । कविताको संरचना पूर्ण हुनको लागि निम्न तत्त्वहरूको आवश्यक पर्दछ :-
  शीर्षक-
१.शीर्षकले कुनै पनि समग्र रचनाको प्रतिनिधित्त्व गरेको हुन्छ । 
२.यो संक्षिप्त र प्रतीकात्मक हुन्छ ।
३. कृतिमा वर्णन भएको विषय र शीर्षकको सङ्गति मिल्नुपर्छ ।
४शीर्षकले कविता कस्तो छ भन्ने जानकारी गराउँछ 

 .भा विचार

१.यो कविताको मेरुदण्ड वा केन्द्रीय तत्त्व हो ।  

२. भाव कविताको विषयवस्तुमा आधारित रहन्छ ।

३.भावले शब्दशब्द र समग्र रचनाको अर्थ प्रकट गर्दछ ।

४.सर्जकले मनमा उठेका तरङ्गविचारभावलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्ने क्रममा नै कविता प्रष्फुटित हुन्छ ।

.लयात्मकता

१. लय भनेको कविता उच्चारणका क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो ।

२. कवितामा प्रयोग हुने छन्दअनुप्रास आदि लय निर्माणका घटकहरु हुन् ।

३. पद्य कवितामा पाउश्लोक र छन्दले लय सिर्जना गराउँदछन्भने गध कवितामा वर्ण र शब्दको पुनरावृति  तथा अन्तर अनुप्रासका माध्यमले लय सिर्जना हुन्छ ।

४.कविताको आस्वादमा प्रभावकारिता र रोचकता थप्नु नै लयको मुख्य कार्य हो ।

 कवितालाई अन्य विधाभन्दा भिन्न देखाउने प्रमुख तत्त्व नै लय भएकाले लय कविताको महत्त्वपूर्ण तत्त्व हो ।

. भाषा शैली

१.भाषा विचार आदान प्रदानको सशक्त माध्यम हो भने शैली अभिव्यक्तिको एक प्रकार ।

२.गध र पद्य दुवै शैलीमा कवितात्मक भाषा हुन जरुरी छ ।

३.जसमा बिम्बअलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ ।

४.शैली व्यक्ति पिच्छे फरक फरक हुन्छन् । 

सरलआलङ्कारिकनाटकीयवर्णनात्मक आदि शैली कवितामा प्रयुक्त हुन्छन् ।

कथन पद्दती

कथन पद्दती कविताको अभिव्यक्तिको प्रक्रिया हो ।

२.कविले कविता पाठकसम्म पु-याउन कुन रुपमा गरेको छकसको वर्णन गरेको छ भन्ने आधारमा कथन पद्दती निर्धारित हुन्छ ।

३.कवितामा महामी उपयोग गरिएको छ भने कवि प्रढाैक्ति , ऊत्योउनीतिनी आदि सर्वनाम प्रयोग गरिएकोलार्इ कविनिवद्दो प्रढाैक्ति भनिन्छ ।

३.साहित्यका अन्य विधाका तुलनामा कविता



४. कविताका उपविधाहरू


१फुटकर कविता

२.खण्डकाव्य/ मध्यम रूप

३.महाकाव्य /बृहत रूप

४. गीत / गजल

१फुटकर कविता 

  कविताको प्रस्तुतीको छोटो रूप वा ढाँचा नै फुटकर कविता हो । फुटकर कवितालार्इ दुर्इ वर्गमा विभाजन गरेर हेरेको पाइन्छ जसमा

क.    लघुतम रूप – फुटकर कवितामा पनि सबैभन्दा छोटो रूप अन्तर्गत यो पर्दछ । यसमा चार हरफ देखि एक अनुच्छेद सम्मको कविताहरू पर्छन् ।यसमा भावको केवल निरिक्षण मात्र हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुईतिन वा चार पाउसम्मका मुक्तकहाइकुसायरी र लोकसूक्तिहरू पर्दछन्

ख.    लघु रूप – फुटकर कविताको लघुतम रूप भन्दा केहि ठूलो रूप लघुरूप हो । यसमा लघुतमको भन्दा विस्तृत र खण्डकाव्य भन्दा सानो  कारका कविताहरू यस भित्र पर्दछन् ।यसमा थोरैमा दुर्इवटा श्लोक देखि सयँ पंतिहरू हुन सक्छन् ।यसमा कुनै एक मनोदशा वा भावधाराको सिङ्गो अभिव्याक्ति हुनु यसको विशेषता हो ।  पत्र पत्रिका,रेडियो ,टेलिभिजन र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश कविता जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ।

२.खण्डकाव्य/ मध्यम रूप

फुटकर कविता भन्दा लामो र महाकाव्य भन्दा छोटो कविताको रूप नै कविताको मध्यम रूप हो ।खण्डकाव्य र लामा कविताहरू यस अन्तर्गत पर्दछन् ।कविताको मध्यम रूपमा ख्यानिकरणको प्रयोग हुन्छ । यसमा मानव जीवनको कुनै एक पक्षको उद्घाटन हुन्छ ।

३.महाकाव्य /बृहत रूप

कविताको यामको हिसावले सबैभन्दा ठूलो आकार यसमा हुन्छ ।यसमा कविले मानव जीवनको सम्पूर्ण पक्षहरू उद्घाटन गरेको हुन्छ । आख्यानात्मक ढंगले प्रस्तुत गरिने कविताको यो रूपको सृजना गर्ने क्षमता सबै कविको नहुन पनि सक्छ ।यसमा एकभन्दा बढि रसको प्रयोग गरिएको हुन्छ ।साथै कुनै समयको समाजिक विषयवस्तु,ऐतिहासिक वा पौराणिक विषयवस्तुहरू समेटिएको हुन सक्छ ।

४. गीत / गजल

गीत तथा गजल फुटकर कवितासँग नजिक देखिन्छ । गीत विशेषत गाउनकोलागि निर्माण गरिन्छ । यसमा संगित भरेर लालित्य थपिन्छ ।संगित यसको विशेषता हो ।यसमा रागात्मक तत्वको महत्व रहन्छ । गजलको मुख्य विशेषता भनेको नारी प्रेमका विषयमा गायन शैलीका माध्यमबाट संगितको साथ प्रस्तुति दिनु हुन्छ ।यसमा हिजोज देशप्रेम ,पारिवारिक तथा मानव प्रेमको प्रसङ्ग पनि जोडिएको पाइन्छ । काल्पनिकता भन्दा वास्तविक यथार्थका कुराहरूको  बहस उतारिन्छ ।

 

 

 

५.  नेपाली कविताको ऐतिहासिक विकासक्रम

 नेपाली भाषाको थालनी सँगसँगै नेपाली कविताको पनि  थालनी भएको हो भनिन्छ । विक्रमको १८औसताब्दीमा पृथ्वीनारायण शाहको पराक्रमलार्इ लिएर सुवानन्द दासले लेखेको पृथ्वीनारायण कविता जुन १८२६लार्इ यसको सुरूवातको विन्दुको रूपमा लिइन्छ ।नेपाली कविताको विकाशक्रमलार्इ तिन चरणमा विभाजन गर्न सकिन्छ ।

क.प्राथमिक काल वि.सं.१८२६- १९४०

ख.माध्यामिक काल वि.सं.१९४१ – १८७४

ग.धुनिक काल वि.सं. १८७५ – हाल सम्म

क.प्राथमिक काल वि.सं.१८२६- १९४०

नेपाली कविताको प्राथमिक काल पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सँगै थालिएको हो । पृथ्वीनारायण शाहले देखाएको वीरताको गुणगान गाउँदै कवि सुवानन्द दासले लेखेको पृथ्वीनारायण’ कविता नै नेपालीमा लेखिएको पहिलो कविता हुन पुग्यो भने शक्तिवल्लभ अज्र्यालउदयानन्द अज्र्याल आदिले पनि सुवानन्द दासकै प्रवृति  लाई पछ्याए । प्राथमिक काल मोतीराम भट्टको उदय हुनुपूर्वसम्म विस्तारित रहेको पाइन्छ । यस कालमा सुन्दरानन्द बाँडाराधावल्लभ अज्र्यालगुमानी पन्तवीरशाली पन्तवसन्त शर्माहीनव्याकरणी विद्यापतिरघुनाथ पोख्रेलरामभद्र पाध्याभानुभक्त आचार्यपतञ्जली गुज्रयाल  आदि कविहरुको उदय भएको पाइन्छ । प्राथमिक काललाई पनि दुई भागमा वर्गीकरण गर्न सकिन्छ

अ.वीरधारा काल

नेपाली कविताको इतिहासको आरम्भमा वीरतापूर्ण भाव भएका वीर रसयुक्त कविता लेखिए । तत्कालीन परिवेशको प्रभाव नै यसको कारण थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान चलाएको समयमा त्यस कार्यमा भाग लिने सैन्यहरुको आत्मबल बढाउन एवं पृथ्वीनारायण शाहको प्रशंसा गरी केही प्राप्त गर्न पनि तत्कालीन कविहरुले वीर भावका कविता रचना गरेको पाइन्छ । वीरधाराकाल वि.सं१८२५ देखि अंग्रेजसँगको सुगौली सन्धिकाल वि.सं.१८७१ सम्म रहेको छ । सुवानन्द दासको पृथ्वीनारायण’ कवितासँगै आरम्भ भएको यस धाराका अन्य कवि तथा कविताहरुमा शक्तिवल्लभ अज्र्यालको तनहूँ भकुण्डो’, उदयानन्दको पुरानु बातको अर्जी’, अज्ञात कविको साँढ्याको कवित्’, सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’, यदुनाथ पोखरेलको गोर्षा सेना वर्णन’, गुमानी पन्तको धन्य गोरखाली राजा’, रामचन्द्र पाध्याको लक्ष्मी धर्म सम्वाद आदि रचनाहरु उल्लेखनीय छन् । यस धाराका कविताहरुमा युद्धको वर्णनका साथै राष्ट्रिय एकता र राष्टप्रेम झल्किएको पाइन्छ । कवितात्मक अभिव्यक्तितर्फ उन्मुख मौलिकताको स्पर्श गर्ने कोसिस यस कालका कविताका मुख्य प्रवृतिहरु हुन् । यस समयमा फुटकर कविताको साथै खण्डकाव्य र महाकाव्यकै स्तरमा कविता रचना भएको पाइन्छ ।

आ. भक्तिधारा काल

    पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा वीरवन्दनाका कविताहरु लेखिए भने नेपाल अंग्रेजको युद्धपछि भएको सुगौली सन्धिबाट भक्तिधारामा आधारित कविताहरु लेखिन थाले । युद्ध र सन्धिले ल्याएको नैराश्यता र पीडाको अभिव्यक्ति स्वरुप ईश्वर प्रति भक्तिभाव देखाउने कविता सिर्जना गर्न थालियो । धार्मिक ग्रन्थहरु जस्तै पुराण आदि कविता सिर्जनाका आधार स्रोतहरु हुन पुगे । ईश्वरको साकार र निराकार दुवै रुपको वर्णनभाषा परिष्कारमा अभावलोकछन्द र शास्त्रीय छन्दमा कविता सिर्जित कविताहरु भक्तिधाराकालका कविताका विशेषताहरु हुन् ।

भक्तिधाराकाललाई पनि तीन भागमा वर्गीकरण गर्न सकिन्छ

 

कृष्णभक्तिधारा-     कृष्ण भक्तिधाराका कविहरुले कृष्णलाई आधार मानेर कविताको सिर्जना गरेका छन् । श्रीकृष्णको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । यस कालमा कृष्णभक्तिलाई कवितात्मक अभिव्यक्ति दिने कविहरु इन्दिरसबिध्यार्ण  केशरी अज्र्यालवसन्त शर्मा लुइटेलवीरशाली पन्तयदुनाथ पोखरेलहीनव्याकरणी बिध्यापति पतञ्जली गुज्रयाल  आदि हुन् ।

राम भक्तिधारा- श्रीरामको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । रामभक्ति धाराका केन्द्रीय कविका रुपमा भानुभक्त आचार्यलाई लिइन्छ । उनले संस्कृत भाषामा लिखित ‘रामायण’ को नेपाली भाषामा अनुवाद गरेका थिए । नेपाली भाषामा लेखिएको रामायण नेपालीको पहिलो महाकाव्य पनि हो । अनुवाद र मौलिकताको दोसाँधमा रहेपनि रामायणले नेपाली कविता साहित्यमा विशिष्ट स्थान राखेको छ । यसको साथै आचार्यका भक्तमाला (१९१०)प्रश्नोत्तर (१९१०)रामगीता (१९२५आदि कृतिहरु छन् । यस भक्तिधाराका अर्का सशक्त कवि रघुनाथ पोख्रया हुन् । यिनले रचना गरेको सुन्दरकाण्ड’ मा रामभक्तिको उत्कृष्ट नमूना पेश गरेका छन् ।

.निर्गुण भक्तिधारा

 यो धाराको आरम्भ जोसमनी सन्तका रचनाबाट भएको हो । यो धाराका कविहरुले सामाजिक अन्धविश्वासको चर्को विरोध गरेको पाइन्छ । हिन्दू वर्णाश्रम व्यवस्थाप्रति  तीक्ष्ण प्रहारमा यस धाराका कविहरुको कलम चलेको पाइन्छ । सन्त कविहरुको मुख्य उद्देश्य जातिगत विभेदअत्याचारदुराचारको विरोध र मानवतावादको समर्थन गरी मुक्तिको चाहना राख्नु हो । निर्गुण भक्तिधाराका कविहरुले अदृश्य ;Qfमाथि विश्वास गर्दै ब्रह्म’ वा मनलाई ईश्वरको रुप मानेका छन् । यस धाराका केन्द्रीय प्रतिभा ज्ञानदिलदास हुन् भने अन्य कविहरुमा शशिधरअगमदिलदासअखण्डदिलदास आदि पर्दछन् 

प्राथमिक कालिन कविताका विशेषताहरू

 लेख्य युगको थालनी,

 वीर र भक्ति रसका कविताहरुको रचना,

 संस्कृत साहित्यलाई मूल आधार मानेर कविताको रचना,

 पुराणधर्मशास्त्रपूर्वीय दर्शनलाई आधार बनाई अनुवाद गरिएको ,

 लोकलय र शास्त्रीय छन्दको प्रयोग

ख.माध्यमिक काल वि.सं.१९४१-१९७४

    नेपाली कविताको इतिहासमा माध्यमिक कालको थालनी मोतिराम भट्टको आगमनसँगै भएको मानिन्छ ।यो समयलार्इ छापाखानाको युगको रुपमा चिनिन्छ ।  मोतिराम भट्टले रामायणको ‘सुन्दरकाण्ड’ छपाएपछि नेपाली कविताको मुद्रण युग आरम्भ भएको हो । मोतीराम भट्टले सुरुमा भारतेन्दु हरिश्चन्द्रबाट प्रभावित भएर मोतीमण्डलीको गठन गरी नेपाली कवितामा श्रृङ्गारिक कविता र समस्यापूर्ति लेख्ने कार्यमा आकृष्ट भएका हुन् । यस कालमा श्रृङ्गारिक कविता रचिएको पाइन्छ । नेपालको इतिहासमा तत्कालीन शासक  वर्ग  भोगविलासी भएकाले उनीहरुको मनोरञ्जन र सुखका लागि श्रृङ्गारिक कविताहरु लेखिए । शम्भूप्रसाद ढुङ्गेल पनि श्रृङ्गारिक कविकै रुपमा कहलिए । उनको शंभोजनमाला’  वेश्यावर्णन’ जस्ता श्रृङ्गारिक रचना प्राप्त छन् ।यस कालका अर्का प्रतिभालक्ष्मीदत्त पन्त हुन् । यिनले पत्रपत्रिकामा कवितागजल आदि प्रकाशन गरेको पाइन्छ । यस्तै माध्यमिक कालका अन्य कविहरु गोपीनाथ लोहनीको संगीतचन्द्रोदय’, ‘गफाष्टक’, तेजबहादुर रानाको श्लोकसंग्रह’, आदि कृतिहरु उल्लेख्य छन् । यस कालका अन्य प्रतिभाहरु नरदेव पाण्डेतीर्थराज पाण्डे उल्लेख्य मानिन्छन् । त्यसबाहेक शिखरनाथ सुवेदीलक्ष्मीदत्त पन्तपहलमानसिंह स्वाँरकेदारनाथ खतिवडाकृष्णप्रसाद रेग्मीशम्भूप्रसाद ढुङ्गेल  आदिले माध्यमिक कालीन कवितालाई उर्वर पारेको पाइन्छ ।

माध्यमिक कालिन कविताका प्रमुख विशेषताहरु

१.      सामूहिक रुपमा कविता लेख्ने कार्यको थालनी,

२.    २.  अनुवाद गर्ने कार्यको निरन्तरता,

३.     ३. मुख्य रुपमा श्रृङ्गारिक भावधारामा कविता लेखन,

४.      ४.वर्णनात्मकताको आधिक्य,

५.      ५.युगीन परिवेशको व्यङ्ग्यात्मक प्रस्तुति,

६.     ६ कवितामा देशप्रेम र जातीय गौरव गान एवं ईश्वर भक्तिभाव झल्किएको,

७.      ७संस्कृतहिन्दीउर्दूफारसी आदि मिश्रित भाषाको प्रयोग बाहुल्य,

ग. आधुनिक काल वि.सं.१९७५ – हाल सम्म

 

    शास्त्रीयतावादी-परिष्कारवादी धारा१९७५- १९९०

आधुनिक नेपाली कविताको पहिलो धारा परिष्कारवादी धारा हो । यस धारालार्इ शास्त्रीयतावादी धारा वा क्लासिकल धारा भनेर पनि भनिन्छ । यस धाराका प्रवर्तक लेखनाथ पौड्याल हुन् । पौड्यालको प्रयासबाट नै  आधुनिक नेपाली कविताको टुसा पलाएको हो । यो समय सूक्तिसिन्धुको प्रकाशन पछि देवकोटाको उदय हुनपूर्वको समयावधिलार्इ मानिन्छ । लेखनाथ पौड्यालको ऋतुविचार(१९७५) खण्डकाव्यको प्रकाशन सँगसँगै यस युगको सुरूवात भएको हो ।

यसका विशेषता

१भाषा ,व्याकरण ,शैलीमा शुद्धता र लयको परिपालन चाहन्छ ।

२.श्रृङ्गारितालार्इ हटार्इ पूर्वीय शास्त्रीय मान्यता अनुरूप वौद्दिकता पूर्ण पाण्डित्य पूर्ण कविता लेख्ने उद्देश्य लिन्छ ।

 यो समय माध्यमिक काल र आधुनिक कालको मध्यम समयको रूपमा पर्छ ।यसलार्इ कसैले आधुनिक काल भनेका छन् भने कुनै विद्वानले स्वच्छन्दतावाद देखि आधुनिककालको सुरूवात भएको भन्ने मान्यता दिएका छन् ।

 

 

    २.   स्वच्छन्दतावादी धारा १९९१- २०१६

      ३.         प्रयोगवादी धारा  २०१७ - २०२९      

       ४.    समसामयिक धारा २०३० – हाल सम्म

१९९१ सालमा थालिएको स्वच्छन्दतावादी धारादेखि नेपाली कवितामा आधुनिक काल प्रारम्भ भएको हो । तत्कालीन नेपाली कविहरू लक्ष्मीप्रसाद देवकोटासिद्धिचरण श्रेष्ठगोपालप्रसाद रिमालयुद्धप्रसाद मिश्र आदिले कवितामा भावविषयछन्द आदिमा पुरानो परम्परा भत्काएर नवीनताको बीजारोपण गरेपछि नेपाली कवितामा आधुनिकता थालिन्छ । देशकाल र परिवेशको सापेक्षतामा पश्चिमीजगतको मध्यकालीन प्रवृत्ति स्वच्छन्दतावाद नेपालीमा आधुनिक प्रवृति भएर देखापरेको छ । यो पूर्ववर्ती शास्त्रीयतावाद वा परिष्कारवादको कठोर बन्धनका विरुद्धमा आएको विद्रोहात्मक काव्य प्रवृति हो । यस कालमा लेखकीय आत्मचेत र नवीनतम शैलीको प्रयोग आधुनिकताको खास अभिलक्षण भएर देखापरेको छ । नेपाली कवितामा परम्परित शास्त्रीयताको विरोध गर्दै थालिएको आधुनिकतामा लेखकीय आत्मचेतनाशैलीशिल्पगत परिवर्तननवीन मूल्यमान्यताको वरणविद्रोहीक्रान्तिकारी स्वरका साथै युगीनतानवीन सौन्दर्य चेतनातार्किकतावैज्ञानिक दृष्टिकोणको प्रस्तुति आदि प्रवृति देखापर्छन् । नेपाली कवितामा देवकोटा आदि कविहरूको आगमनपछि १९९१ देखि न्यूनाधिक रूपमा थालिएर क्रमशः विस्तारित हुँदै गएको आधुनिकताले २००७/२००८ सालपछि स्पष्ट स्वरूप प्राप्त गर्दै गई २०१७ सालमा पुग्दा परिपक्वता प्राप्त गरेको देखिन्छ ।

.   स्वच्छन्दतावादी धारा

१९९१ देखि थालिएको नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही थुप्रै कविहरूले प्रतीकात्मकआख्यानात्मक र नाटकीय संरचनाका प्रशस्तै कविताहरू सिर्जना गरेका छन् । देवकोटाबाट थालिएर उनीसँगै अन्त्य भएको भनिने स्वच्छन्दतावादी कविता पछिल्लो समयमा पनि प्रशस्तै लेखिएका छन् । नेपाली कविताको स्वच्छन्दतावादी धाराअन्तर्गत रही कविता सिर्जना गरेको विवरणलाई हेर्दा नेपाली कविताको स्वच्छन्दतावादी धाराको समयावधिमा थुप्रै  कविहरूले विभिन्न थप र ढाँचाका कविता लेखी नेपाली कविताको उन्नयन र विकासमा उल्लेख्य योगदान पु-याएको देखिन्छ । यस समयका सबैजसो कविका कवितालाईहेर्दामानवीयप्रेमप्रणययौवनजन्यइच्छाआकाङ्क्षासमानतास्वतन्त्रतामातृत्वआशानिराशाबिछोडमिलनछटपटीराष्ट्रप्रेमप्रकृतिप्रेम आदिकै स्वच्छन्द अभिव्यक्ति पाइन्छ ।

 

.         प्रयोगवादी धारा

नेपाली कवितामा प्रयोगवादी धाराको थालनी २०१७ को राजनैतिक परिवर्तनपछि भएको हो । देवकोटाको अवसान र मोहन कोइरालाको आगमनसँगै थालिएको यस धाराका कविहरूले परिस्थितिजन्य कारणबाट उत्पन्न हीनताकुण्ठाअसन्तुष्टिउकुसमुकुस आदिलाई अमूर्त लेखनका माध्यमबाट दुरुहक्लिष्टअसम्प्रेषणीय ढङ्गले कवितात्मक प्रस्तुति गरेका छन् । जीवनलाई विसङ्गतनिस्सारविशृङ्खलशून्यव्यर्थ ठान्ने यस धाराका कविहरूले अनेक बिम्बप्रतीक र मिथका साथै चेतन प्रवाह पद्धतिको प्रयोग गरी कवितालाई  दुर्बोध्य  तुल्याएका छन् । यस प्रवृति को अनुसरण गरी विभिन्न कविहरूले पनि कविता सिर्जना गरेको देखिन्छ ।
समग्रमा नेपाली कविताको प्रयोगवादी धाराको समयावधिमा लेखिएका कवितालाई हेर्दा प्रतीकात्मक र सूक्ष्म आख्यानात्मक संरचनायुक्त लामा कविताको सिर्जनाप्रतीकात्मकअमूर्तबौद्धिकक्लिष्टदुर्बोध्यदुरुह र जटिल अभिव्यक्तिअतियथार्थवादीप्रतीकवादीअस्तित्ववादीविसङ्गतिवादी चिन्तनयुगीन जनजीवनमा व्याप्त निस्सारताअर्थहीनतानिराशासन्त्राससंशयकुण्ठा  आदिको चित्रणकथ्य र शिल्पगत नवीनता विशृङ्खल अनुभूतिको विस्तारआनुप्रासिक र गधयात्मक शिथिलता एवं शुष्कतापरम्पराभन्दा भिन्न नवीन भाषिक विन्यासजस्ता प्रवृतिको प्रबलता भेटिन्छ । यसै समयमा यीभन्दा भिन्न प्रवृतिका स्वच्छन्दतावादी भावधारामा आधारित केही कविताहरू पनि लेखिएका छन् ।

समसामयिक धारा

प्रयोगवादी क्लिष्टताका कारण कविता र पाठकका बीचको सम्बन्ध प्रायः विच्छेद भएका अवस्थामा २०३० को दशकदेखि विभिन्न कविहरूले सरल र सुबोध कविता सिर्जना गर्न थाल्छन् । २०३६ सालमा भएको जनमत सङ्ग्रहको घोषणासँगै नेपाली कविता सडकमा ओर्लिन्छ र सडक कविता क्रान्तिका नामले अगाडि बढ्छ । यसरी २०३६ सालदेखि थालिएर अधावधि निरन्तर रहेको यस अवधिमा सडक कविता क्रान्तिजनआन्दोलन कवितागणतान्त्रिक कविता आदि विभिन्न अभियानहरू पनि देखापरेका छन् । यस अवधिमा थुप्रै नेपाली कविहरूले कविता सिर्जना गरी नेपाली कवितामा उल्लेख्य योगदान पु-याएका छन् । नेपाली कविताको समसामयिक धारा पनि प्रवृतिगत भिन्नताका आधारमा पूर्वार्ध २०३६२०४६, र उत्तरार्ध २०४६ देखि यता गरी दुई चरणमा विभाजन गर्नुपर्ने अवस्था देखापरिसकेको छ । २०४६ सालअघिका कवितामा मूलतः तत्कालीन पञ्चायती व्यवस्थाका विकृति  र विसङ्गतिको चित्रण पाइन्छ भने त्यसपछिका कवितामा प्रजातान्त्रिक व्यवस्थाभित्रका अव्यवस्था विकृति  –विसङ्गतिनेताहरूका दुष्वृतिको चित्रणसशस्त्र सङ्घर्षको समर्थनविरोध एवं शान्तिको कामनागणतन्त्र प्रतिको आस्थाविश्वासअविश्वासखबरदारीवर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण आदिको अभिव्यक्ति पाइन्छ । यी सबै खाले प्रवृति विभिन्न कविका कवितामा पनि फेला पर्छन् ।

 


 

नेपाली कविताको आधुनिक कालका प्रमुख विशेषताहरु

 

-वर्तमान युगीन विविध क्षेत्रका यथार्थको प्रकटीकरण

-वासुलभ प्रेमप्रणयविरहराष्ट्रप्रेमप्रकृतिप्रेमसुधारवादी मानवतावादी दृष्टि

- प्रगीतात्मक संरचनामा संरचित

- निम्नवर्गीय आर्थिक अभावदैनिक जीविकोपार्जनका समस्यान्यूनतम आधारभूत

- देशप्रेममानवीयप्रेममानवतावादी चिन्तनअन्यायअत्याचार एवं यौन विकृति  र यौन शोषणको विरोध

- धार्मिक मान्यता र पितृसत्तात्मक मानसिकताको विरोध

- मानवीयप्रेमप्रणययौवनजन्यइच्छाआकाङ्क्षासमानतास्वतन्त्रतामातृत्वआशानिराशाबिछोडमिलनछटपटीराष्ट्रप्रेमप्रकृतिप्रेम आदि कै स्वच्छन्द अभिव्यक्ति

 

 

 

 

 



 

 

 

 

 

 

 

 

 

 

 

 


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...