Privacy policy

Monday, December 25, 2023

भाषा विज्ञानको परिचय

 

भाषा विज्ञानको परिचय

Linguistics' शब्द ल्याटिन भाषाको 'Lingus' 'instics' शब्दको संयुक्तताबाट बनेको हो । lingus को अर्थ language instics को knowledge वा science हुन्छ । त्यही linguistics शब्द नेपाली रूपान्तर भाषा विज्ञान हो। भाषा र ज्ञान वा विज्ञानको समष्टिता प्राप्त गरेका भाषा विज्ञानले भाषाको वैज्ञानिक ढङ्गले अध्ययन गर्दछ । भाषा विज्ञानले भाषालाई मानवीय अन्तरक्रियाका रूपमा अध्ययन गर्ने परम्परा हालसम्म पनि चलि रहेको छ । हिजोआज भाषा विज्ञान स्वतन्त्र विधाका रूपमा विकसित भइ सकेको छ । यसले भाषासँग सम्बन्धित विविध प्रविधि र अध्ययन अनुसन्धानका अन्य क्षेत्रसंग पनि सरोकार राख्न थालेको छ । भाषा विज्ञानले भाषाका आन्तरिक सरचनामा पर्ने वर्ण, व्याकरण र शब्द भण्डारका साथै बाह्य संरचनामा पर्ने ध्वनि र अर्थ विज्ञान समेतको अध्ययन विश्लेषण गर्दछ ।

 मान्छेका उच्चारण अवयवद्वारा उच्चरित यादृच्छिक सार्थक ध्वनि समूहलाई भाषा भनिन्छ । यही भाषाको वैज्ञानिक अध्ययनलाई भाषा विज्ञान भनिन्छ । वैज्ञानिक अध्ययन भन्नाले वस्तुगत, स्पष्टनिश्चित सिद्धान्तका आधारमा निष्कर्षमा पुग्नु हो । विज्ञान काल्पनिक नभएर वस्तुगत हुन्छ र वैज्ञानिक अध्ययनमा निश्चित विधिहरुको संयोजन हुन्छ। भावात्मक तर्कका आधारमा हुने अध्ययनलाई वैज्ञानिक अध्ययन मानिदैन ।

 भाषा विज्ञानलाई सुरुमा भाषाशास्त्र भनिन्थ्यो । सामाजिक शास्त्रका रूपमा रहेको भाषाशास्त्रको अध्ययनमा विधिपूर्वक प्रमाण र तथ्यहरुका आधारमा निष्कर्षमा पुग्ने पद्धतिको विकास भयो। मुख्य रूपले सन् १९६० पछि भाषाको अध्ययन गर्ने शास्त्रलाई भाषा विज्ञान  भनिएको पाइन्छ । खासगरी भाषा विज्ञानमा भाषा सम्बन्धी सामान्य कुराहरु, भाषाको आन्तरिक संरचना, भाषिक सिद्धान्तहरु यसका सैद्धान्तिक तथा प्रायोगिक पक्षहरु, यसको इतिहास र व्यक्ति, समाज तथा संस्कृतिसँग यसको सम्बन्धका बारेमा अध्ययन गरिन्छ । भाषा विज्ञान सामाजिक शास्त्र भएकाले यसको प्रत्यक्ष सम्बन्ध व्यक्ति र समाजसित रहेको हुन्छ । मानव समुदायमा व्यवहृत भाषाको वैज्ञानिक अध्ययन गर्ने शास्त्रलाई भाषा विज्ञान भनिने निष्कर्षमा पुग्न सकिन्छ । भाषा विज्ञानका सम्बन्धमा विभिन्न विचारलाई यहाँ प्रस्तुत गरिएको छ

 भाषा विज्ञानको अर्थ भाषाको विज्ञान हो, यस अन्तर्गत भाषाको संरचना तथा विकासको अध्ययन गरिन्छइनसाइक्लोपेडिया इन विटानिका

भाषाको उत्पत्ति, विकास, परिवार, संरचना, परिवर्तन आदिलाई सूक्ष्म किसिमले अध्ययन गरिने शास्त्र, भाषाशस्त्र । - नेपाली बृहत

भाषा सम्बन्धी सम्पूर्ण तथ्यहरुको खोज र विश्लेषण गर्ने विज्ञान नै भाषा विज्ञान हो- ब्लूमफिल्ड

भाषा विज्ञान त्यो विज्ञान हो, जसले भाषाको अध्ययन त्यसका आन्त संरचनाको आधारमा गर्ने प्रयत्न गर्दछ । यसका लागि एक स्प सुनिश्चित एवं विशिष्ट तर्कपूर्ण पद्धति अपनाउँछ एच ए ग्लिसन

 भाषा विज्ञान भाषाको वैज्ञानिक अध्ययनलाई भनिन्- जोन लायन्स

भाषा विज्ञान त्यो विज्ञान हो जसमा भाषा वा भाषाहरुको एककालिय बहुकालिक तुलनात्मक व्यतिरेकी अथवा अनुप्रायोगिक अध्ययन, विश्लेष तथा तदविषयक सिद्धान्तहरुको निधारण गरिएको हुन्छडा भोलानाथ तिवारी

 भाषा विज्ञानको सोझो अर्थ हो भाषाको विज्ञान र विज्ञानको अर्थ विशिष्ट ज्ञान । यस प्रकार भाषाको विशिष्ट ज्ञानलाई भाषा विज्ञान भन्न सकिन्छ। - डा देवेन्द्र नाथ शर्मा

. भाषा विज्ञान त्यो विज्ञान हो, जसमा भाषा सम्बन्धी सम्पूर्ण विषयहरुको विभिन्न पद्धतिमा अध्ययन हन्छ । भाषा विज्ञानमा आन्तरिक भाषिक सिद्धान्तहरु यसका सैद्धान्तिक तथा प्रायोगिक पक्षहरु यसको इतिहास र व्यक्ति, समाज तथा संस्कृतिसंग यसको सम्बन्ध बारे अध्ययन गरिन्छ। - डा. चूडामणि बन्धु भाषा विज्ञान त्यो विज्ञान हो, जसमा भाषाहरुको सामान्य रूपले या कनै एक भाषाको विशिष्ट रूपले प्रकृति संरचना, इतिहास, तुलना, प्रयोग आदि दृष्टिबाट सिद्धान्त निश्चित गरी वैज्ञानिक अध्ययन गरिन्छ । डा. मन मोहन गौतम

उपर्युक्त विचारहरुलाई विश्लेषण गर्दा भाषा विज्ञान त्यो विज्ञान हो जसमा सामान्य वा कनै भाषा विज्ञानको शास्त्रीय तथा वैज्ञानिक विश्लेषण प्रस्तुत गरिन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यसको विश्लेषणमा ऐतिहासिक, तुलनात्मक र वर्णनात्मक आदि पद्धतिहरु हुन्छन् । जसका माध्यमले आजका आन्तरिक एवम् वाहय संरचना थाहा पाउन सकिन्छ । त्यसको सैद्धान्तिक एवम् व्यवहारिक स्वरूपको निर्धारण गरिन्छ । विभिन्न सामाजिक शास्त्र जस्तै भाषा विज्ञान पनि स्वतन्त्र र विकसित शास्त्र हो। यस शास्त्रमा भाषाको समग्र अध्ययन गर्दा आवश्यक पर्ने विविध पद्धति विकसित भएका छन् । कनै पनि भाषाका विविध पक्षको अध्ययन विश्लेषण गर्ने सन्दर्भमा अध्ययन विषयको चयन सामग्री सङ्कलन, अध्ययन विश्लेषण र प्रकाशन गर्न आवश्यक हुने सबै प्रविधि तथा पद्धति विकसित भएकाले यस शास्त्रलाई सफल र निपूर्ण शास्त्र मान्न सकिने आधार प्राप्त भएको छ । कुनै पनि भाषाको क्रमबद्दता र वैज्ञानिक अध्ययन गर्ने यस विषयलाई भाषा विज्ञान भनिनु यस कारण स्वभाविक हुन जान्छ ।

भाषा विज्ञानले भाषाको अध्ययन गर्दा कन कनियम र सिद्धान्तले काम गरेका छन भनेर गम्भीर भएर निरीक्षण गर्छ र वैज्ञानिकले जस्तै गरेर प्राप्त तथ्य र तथ्याङ्कलाई प्रयोगशालामा लगि प्रमाणित गर्ने प्रयास गर्छ। भाषा वैज्ञानिक पटक्कै पुर्वाग्रही हन हँदैन । उसले वस्तुगत तथ्यका आधारमा भाषिक तथ्यहरुको अध्ययन विश्लेषण गर्नु पर्छ। यस्ता अध्ययन विश्लेषण निर्वैयक्तिक रूपमा प्रस्तुत हुन सक्न पर्छ। खासगरी भाषा विज्ञानले भाषा सम्बन्धी सम्पूर्ण विषयका सबै पद्धति समकालिक कालक्रमिक तुलनात्मक व्यतिरेकी सैद्धान्तिक प्रायोगिक सामाजिक मनो भाषिक र भाषिक भूगोलसंग आधारित भएर कनै पनि भाषाको अध्ययन विश्लेषण गर्छ ।

आर. एच. रविन्सले भाषा वैज्ञानिक अध्ययनलाई स्तरीय बनाउने निम्नानुसार तिन ओटा आधार प्रस्तुत गरेका छन्-

 स्पष्टता

 दृढता /सङ्गतिमूलकता

 सूत्रात्मकता

 भाषाका अध्येताले सबै किसिमका आग्रह पूर्वाग्रह छोडेर तथ्य र तथ्याङ्कको वस्तुगत विश्लेषण गरेका खण्डमा मात्र आधिकारिक निष्कर्ष निस्कन्छ । त्यसको अध्ययन विश्लेषण र निष्कर्षलाई अत्यन्त स्पष्टताका साथ प्रस्तुत गर्नु पर्छ । यसैलाई पूर्वाग्रह रहित स्पष्टता भन्न सकिन्छ । अध्ययन विश्लेषण गर्दा प्राप्त खोट रहित तथ्यलाई नअलमलिकन आत्म विश्वासका साथ प्रस्तुत गर्नु पर्छ। यसलाई सङगति मूलकता भनिन्छ । भन्नु पर्ने कुरालाई यथासक्य सारगर्भित रूपमा भन्नु पर्छ । अभिव्यक्ति सङ्क्षिप्तिमा व्यक्तिका अभीष्ट हुनु पर्छ । भाषा वैज्ञानिकले अप्रामाणिक तथ्यलाई प्रयोग गर्दैन । आफ्नो अध्ययनलाई सक्षिप्त, वैज्ञानिक र वस्तुगत बनाउन उसले खास खास किसिमका आदर्श सिद्धान्त प्रामाणिक तथ्यलाई आधार बनाएर विषय छनोट गर्ने त्यसलाई गहन निरीक्षण गर्ने र त्यसको सम्यक अध्ययन गर्ने गर्छ । यस प्रक्रियामा प्रस्तावित पद्धतिको होइन वर्णनात्मक पद्धतिको अवलम्बन गरिन्छ भन्ने विचार भाषा वैज्ञानिक मार्टिनेटको देखिन्छ । 


No comments:

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...