कारक र विभक्ति
"क्रियापदसँग सम्बन्ध राख्ने नामिक पदहरू (नाम, सर्वनाम र विशेषण) लाई कारक भनिन्छ ।" क्रियापदसँग अन्वित भएर अाउँने
नाम, सर्वनाम वा विशेषण नै कारक हुन् । 'कारक' शब्द संस्कृतको 'कृ'
धातुमा 'अक' प्रत्यय
जाेडिएर बनेको हो । यसरी वाक्यमा क्रियापदसँग अन्य पदहरुको सम्बन्धलाई नै कारक
भनिन्छ ।
कारकको अर्थलाई पुष्टि गर्न प्रयोग हुने चिह्न
वा सङ्केतलाई विभक्ति भनिन्छ । विभक्तिहरू कारकसँग जोडिएर कारकको अर्थ स्पष्ट
पार्छन् ।
१) कर्ता कारक (कसले ?/काम
गर्ने)
प्रथमा विभक्ति
जसले काम गर्छ त्याे नै कर्ता हाे । वाक्यमा
जसले काम गर्छ त्याे व्यक्ति वा वस्तु नै कर्ता हाे । कर्ता कारकमा प्रथमा विभक्ति
(ले) जाेडिन्छ । जस्तै;
क) रामले घाँस काट्याे ।
ख) म घर जान्छु ।
ग) कुकुर भुक्छ ।
घ) तिनीहरूले धान रोपे ।
माथिको उदाहरणको 'क' मा काट्ने काम रामले गरको छ । 'ख' मा
जाने काम मैले गरेको छु । 'ग' मा
भुक्ने काम कुकुरले गरेको छ । 'घ' मा रोप्ने
काम तिनीहरूले गरेका छन् त्यसैले (राम, म, कुकुर, तिनीहरू) कर्ता कारक हुन् ।
२) कर्म कारक (के?कसलाई?
कामको असर पर्ने)
द्वितीया विभक्ति
कर्रमले गरेको कामको असर जसमा पर्छ त्यसलाई कर्म
कारक भनिन्छ । कर्म कारकमा द्वितीया विभक्ति लाग्छ।
जस्तै;
क) रामले मुसोलाई मार्यो ।
ख) उसले स्याउ टोक्यो ।
ग) हरिले छोरोलाई पिट्यो ।
घ) बुबाले खसी काट्नुभयो ।
माथिको उदाहरणमा 'क' मा मार्दा मुसोमा असर परेको छ । 'ख' मा
टोक्दा स्याउमा असर परेको छ । 'ग' मा
पिट्दा छोरोमा असर परेको छ । 'घ' मा
काट्दा खसीमा असर परेको छ त्यसैले (मुसो, स्याउ,
छोरो र खसी) कर्म कारक हुन् ।
३) करण कारक (केले? कर्ताले
प्रयोग गर्ने साधन)
तृतीया विभक्ति
कर्ताले काम गर्दा प्रयोग गर्ने साधन वा
उपकरणलाई करण कारक भनिन्छ । करण कारकमा तृतीया विभक्ति (ले,बाट, द्वारा) विभक्ति जोडिन्छ । जस्तै;
क) हजामले कैँचीले केस काट्यो ।
ख) किसानले कोदालोले खेत खन्यो ।
ग) मैले झटारोले आँप झारेँ ।
घ) म कागतीबाट भिटामिन सी पूर्ति गर्छु ।
ङ) राम श्यामद्वारा आफ्नो काम पूरा गर्छ ।
च) मानिसहरू कोरोनाले सङ्क्रमित भए ।
माथिका उदाहरणहरूमा कर्ताले आफ्नो काम गर्दा उपयोग
गरेको साधन, व्यक्ति वा वस्तुहरू (कैँची,
कोदालो, झटारो, कागती,
श्याम र कोरोना) करण कर्ता हुन् ।
४) सम्प्रदान कारक (कसलाई? जसका लागि काम हुन्छ)
चतुर्थी विभक्ति
कर्ताले जसका लागि काम सम्पन्न गर्छ त्यो
व्यक्ति वा वस्तु नै सम्प्रदान कारक हुन् । यसमा चतुर्थी विभक्ति ( लाई, लागि, निम्ति) विभक्ति जोडिन्छ ।
जस्तै;
क) रामले सीतालाई चिठी लेख्यो ।
ख) बुबाले छोरोलाई लुगा किन्नुभयो ।
ग) रमलाले पूजाको लागि फूल टिपी ।
घ) म देशको निम्ति बलिदान गर्छु ।
माथिको उदाहरणमा कर्ताले (सीता, छोरो, पूजा र देश) मन लागि कार्य गरेको
छ । त्यसैले यिनीहरू सम्प्रदान कारक हुन् ।
५) अपादान कारक (कहाँबाट? छुट्टिने ठाउँ वा समय)
पञ्चमी विभक्ति
कुनै ठाउँ र समयबाट व्यक्ति वा वस्तु छुट्टिएको
जनाउने कारकलाई सम्प्रदान कारक भनिन्छ । यसमा पञ्चमी विभक्ति (देखि, बाट) विभक्ति जोडिन्छ ।
जस्तै ;
क) राम भीरबाट लड्यो ।
ख) रुखदेखि पात झर्यो ।
ग) बिहानदेखि लगातार पानी परेकाले समस्या भयो ।
ङ) काठमाडौंबाट बस छुट्यो ।
माथिको उदाहरणमा राम भीरकाट छुट्टिएको छ । पात
रुखकाट छुट्टिएको छ । पानी बिहानबाट पर्यो । बस माठमाडौंबाट छुट्यो । त्यसैले
छुट्ने स्थान वा समय (भीर, रुख, बिहान
र काठमाडौं) सम्प्रदान कारक हुन् ।
६) अधिकरण कारक ( कहाँ? व्यक्ति वा वस्तु रहने आधार)
सप्तमी
विभक्ति
व्यक्ति वा वस्तुसँग क्रियाको आधार देखाउँने
कारकलाई अधिकरण कारक भनिन्छ । यसमा सप्तमी विभक्ति ( मा, माथि) लाग्छ । जस्तै;
क) झोलामा पुस्तक छ ।
ख) छानामाथि घिरौँला छ ।
पुस्तक रहने आधार झोला हो । घिरौँला रहने आधार
छाना हो त्यसैले (झोला र छाना) अधिकरण कारक हुन् ।
**षष्ठी विभक्ति (को,का,कि,रो,रा,री,नो,ना,नी) यिनीहरूले क्रिया र नामिक पदको कारकीय सम्बन्ध नजनाई नामिक पदसँग अन्य
पदको सम्बन्ध वा स्वामित्व स्थापित गर्छन्। नामिक पदमा षष्ठी विभक्ति जोडिँदा कारक
नभई भेदक विशेषण बन्दछन् ।
**** कर्ता कारकमा 'ले' विभक्ति र कर्म कारकमा 'लाई' अनिवार्य
लगाउँनै पर्छ भन्ने छैन । नलगाई पनि वाक्य बन्दछ।
जस्तै;
क) कर्ता कारक
उसले पुस्तक पढ्यो ।......'ले' सहित ऊ
ऊ पुस्तक पढ्छ । ..... 'ले'
बिना ऊ
ख) कर्म कारक
मैले घाँस काटेँ। ..... 'लाई' बिना घाँस
उसले भाइलाई पिट्यो
।.....'लाई' सहित भाइ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें