परिचय
गजल अरबी, फारसी ,हुँदै नेपाली साहित्यमा भित्रिएको काव्य विधा हो । मुख्यतय यसलार्इ फारसी स्रोतबाट उत्पत्ति भएको मानिन्छ । यसलार्इ अरबको गजल नाम गरेको व्यक्तिको प्रेमकथासँग पनि जोडेर हेर्नेगरेको पाइन्छ ।अरबी भाषामा गको अर्थ वाणी, जको अर्थ नारी र अलको अर्थ को वा सँग हुन्छ । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।
हिजोआज देशभक्ति तथा राष्ट्रप्रेमका भावहरूका साथै प्रकृति प्रेम ,परिवार तथा साथी र सामाजिक प्रेमका कुराहरू पनि यसका विषयवस्तु बन्न थालेका छन् ।मोतिराम भट्टले नेपाली साहित्य जगतमा यसलार्इ भित्र्याएका हुन् । काव्य विधाको एउटा स्वरूपको रूपमा यसलार्इ लिने हुनाले यसमा प्रसस्त भाव वा विषयवस्तु हुनाको साथै कल्पना, बिम्ब,प्रतिक र सङ्गितको प्रयोग गरिन्छ ।
यसको अाफ्नै प्रकृतिको सङ्चना हुन्छ ।त्यसलार्इ यसरी हेरिन्छ -
मिसरा -गजलको हरफलार्इ मिसरा भनिन्छ ।
शेर - गजलमा प्रत्येक दुर्इ मिसरालार्इ शेर भनिन्छ । हरेक शेर अाफैमा एक स्वतन्त्र कविता हुन्छ ।शेरको माथिल्लो मिसरालार्इ मिसरा -ए - उला र तल्लो मिसरालार्इ मिसरा ए - सानी भनिन्छ।उल्लाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ । (उला +सानी - शेर )
रदिफ – गजलको पहिलो शेर वा मतलाको
दुवै पंतिको अन्त र अन्य शेरका दोस्रा –दोस्रा पंतिको अन्त्यमा भएको दोहोरिने शब्द
वा पदावली नै रदिफ हो ।
•
तखल्लुस- मक्ताको कुनै मिसरामा
गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्।
यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।