Privacy policy

Sunday, January 30, 2022

गजल

 परिचय

गजल अरबी, फारसी ,हुँदै नेपाली साहित्यमा भित्रिएको काव्य विधा हो । मुख्यतय यसलार्इ फारसी स्रोतबाट उत्पत्ति भएको मानिन्छ । यसलार्इ अरबको गजल नाम गरेको व्यक्तिको प्रेमकथासँग पनि जोडेर हेर्नेगरेको पाइन्छ ।अरबी भाषामा को अर्थ वाणीको अर्थ नारी र अलको अर्थ को वा सँग हुन्छ  गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।

हिजो देशभक्ति तथा राष्ट्रप्रेमका भावहरूका साथै प्रकृति प्रेम ,परिवार तथा साथी र सामाजिक प्रेमका कुराहरू पनि यसका विषयवस्तु बन्न थालेका छन् ।मोतिराम भट्टले नेपाली साहित्य जगतमा यसलार्इ भित्र्याएका हुन् । काव्य विधाको एउटा स्वरूपको रूपमा यसलार्इ लिने हुनाले यसमा प्रसस्त भाव वा विषयवस्तु हुनाको साथै कल्पना, बिम्ब,प्रतिक र सङ्गितको प्रयोग गरिन्छ ।

 यसको अाफ्नै प्रकृतिको  सङ्चना हुन्छ ।त्यसलार्इ यसरी हेरिन्छ -

मिसरा -गजलको हरफलार्इ मिसरा भनिन्छ ।

 शेर - गजलमा प्रत्येक दुर्इ मिसरालार्इ शेर भनिन्छ । हरेक शेर अाफैमा एक स्वतन्त्र कविता हुन्छ ।शेरको माथिल्लो मिसरालार्इ मिसरा -ए - उला र तल्लो मिसरालार्इ मिसरा ए - सानी भनिन्छ।उल्लाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ । (उला +सानी  - शेर )

 काफिया – यो अन्त्यानुप्रास र रदिफ भन्दा अगाडिपट्टि उने अनुप्रासशब्दलार्इ बुझाउँछ ।

रदिफ – गजलको पहिलो शेर वा मतलाको दुवै पंतिको अन्त र अन्य शेरका दोस्रा –दोस्रा पंतिको अन्त्यमा भएको दोहोरिने शब्द वा पदावली नै रदिफ हो ।

      तखल्लुस- मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।









वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...