Privacy policy

Wednesday, March 19, 2025

मानवेतर भाषा👉

 

मानवेतर भाषा👉

मानवको मात्र एकलटी सम्पत्तिको रूपमा भाषालार्इ मानिन्छ तर वास्तवमा मानवको मात्र सम्पत्ति नभइ मानवेतर अन्य प्राणीहरू पनि कुनै न कुनै प्रकारको भाषाको  प्रयोग गर्दछन् । हरेक पशुपंक्षी तथा किराहरू फ्ना समूहले बुझ्ने ध्वनि, सङ्केत ,स्पर्श र वाज निकाल्ने गर्दछन् । पशुको भाषा पशुले बुझ्न सक्दछन् तर उनीहरूका बिच दोहोरो संवाद भने हुदैन । कुनै दुःख, पत,विपद,त्रास वा भयबाट तिएको मान्छेले झै पशुहरूले पनि वाज निकाल्दछन् । पशुहरूको सञ्चार प्रक्रियालार्इ भाषाविधहरूले चार प्रकारको ठम्याएका छन् ।जसमाः

क.     गन्ध सङ्केत

ख.    गीत वा ह्रवान

ग.     दृश्य सङ्केत

घ.     स्पर्श सङ्केत

क.गन्ध सङ्केतः

विभिन्न प्रकारका पशुहरू मध्ये एकथरी पशु तथा किराहरूले फ्नो समूहलार्इ फू एको वा फू त्यहाँबाट ठाउ छोडेको सन्देश दिने गन्ध छोड्दछ । जस्तैः सलहले छोडेको गन्ध सात कोशसम्मको सलहले थाहा पाउछ भनिन्छ ।धेरैजसो पशु तथा किराहरूले सहवास या प्रजनन् हुने अवस्थामा खास प्रकारको सङ्केत गर्दछन् ।त्यसैगरी भय, डर, त्रासको अभिव्यक्तिको क्रममा,भोजनको सङ्कलनको क्रममा र कहिँ उपस्थिति जनाउने क्रममा वा सङ्कट परेको वेलामा फ्नो प्रकारको गन्ध छोडेर अरूलार्इ सङ्केत गर्छन् जसलार्इ गन्ध सङ्केत भनिन्छ ।

 

ख.गीत वा ह्रवान

 कतिपय चराहरू र किराहरू क्रमिक रूपमा वाज गुञ्जाइरहन्छन् ।उनीहरूको यस गुञ्जाइले नै फ्नो सङ्केत अरूलार्इ गर्दछन् ।कतिपय चराहरूले फ्नो जात र स्वरूपको परिचय दिने वाज निकाल्दछन् । कुनै चराहरूले उच्चारण गरेको वाजलार्इ ध्यान दिँदा नेपाली प्रकृति अनुशारको अभिव्यक्तिलार्इ सङ्केत गरेको भान हुन्छ । जस्तैः पोखरा जाम,वीउ कुइयो, काफल पाक्यो दी त्यसैगरी भ्यागुता ट्वार ट्वार गरी कराइ रहन्छ भने झ्रयाउकिरी झ्याँइ इयाँइ गरेर एक प्रकारको लयात्मक वाज प्रकट गर्दछ । यी गीतमय ध्वनी र वाजका माध्यमबाट यी पशुपंक्षी वा किराहरूले फ्नो भोकको अवस्था,समयको स्थिति,सहवासको इच्छा,भय, त्राश र डरको अवस्था साथै फ्नो एक्लो र सामूहिक उपस्थितिको समेत सङ्केत जनाउने कार्य गर्दछन् । त्यस्तै कुकुर, स्याल, बाँदरको ह्रावनयुक्त बोली र सङ्केत पाइन्छ ।

 

ग.दृश्य सङ्केत

प्रकाश वा अन्य कुनै माध्यमले सङ्केत गर्ने प्रक्रियालार्इ दृश्य शङ्केत भनिन्छ । यस अन्तरगत प्रकाश,मुखाकृति,पोज तथा ढाँचा पर्दछन् ।यसमा खास गरेर प्रकाश सङ्केत पाइन्छ। जुनकिरीहरूले प्रकाश छरेर सङ्केत दिन्छन भने माछाहरूले पनि उज्यालो छरेर सङ्केत दिन्छन। चराहरूले पनि नाचेर घुमेर तथा शरीर फुलाएर अनि शारीरिक रङ्ग बदलेर सङ्केत गर्दछन्। समुद्री जनावरहरू पनि यस्तो दृश्य सङ्केत गर्दछन् । कतिपय जनावरहरूले मानिसको जीवनमा पाइने जस्ता शारीरिक आकृति र स‌ङ्केतहरू देखाउने गरेको पाइन्छ जस्तै कुकर गाई, भैसी गोरु घोडा जस्ता जनावरहरूले आफ्नो मालिक बाहेक अर्कोलाई कुनै सङ्केतले नौलो मान्छे भएको सङ्केत गर्दछन। यसैगरी आफ्नो पोज तथा ढांचाद्वारा केही सङ्केत गर्ने जनावरहरूमा मृग, हरिण, जरायो-खरायो तथा बाघ आदि देखा पर्दछन। बाघको हेराइ र उभ्याइमा, मृग र हरिणको दौडाइ, उफ्राइ ,फर्काइ र हेराइमा यस्तै दृश्यात्मक सङ्केतहरू देखिन्छन ।



घ स्पर्श सङ्केत

एकले अर्कोलाई छोएर कुनै कुराको उल्लेख गर्नु वा कुनै प्रकारको छुवाइले (कुनै अङ्ले कुनै अङ्गलाई) यही कुराको सङ्केत गरेको हो भनेर बुझ्नु यी दुवैतर्फी अर्थलाई  नै स्पर्श सङ्केत मानिएको पाइन्छ। कतिपय प्राणीहरू छोएर आफ्नो कुराको अभिव्यक्ति गर्छन् । यो स्पर्श सङ्केत खासगरी माछाहरूमा पाइन्छ भन्ने उल्लेख छ । सहवासको वा प्रजननको बेलामा भाले माछाले पोथी माछालाई छोएर सङ्केत गर्दछ। यसैगरी चराहरूमा र बाँदरहरूमा पनि प्रजननको बेला स्पर्श सङ्केत गर्ने प्रवृत्ति देखिन्छ । कतिपय चराचुरुङ्गी र जनावरहरू अघिपछि एक्लै बस्छन भने प्रजननको बेला सगोलमा बस्दछन् र कतिपय चाहिँ सधैभरी फ्नै बथानमा बस्ने गर्दछन् । यसरी विभिन्न पशुपंक्षी,चराचुरूङ्गी,किरा फट्याङ्ग्राहरूको सङ्केतको उपयोग खासगरी सहवास र प्रजननको बेला, पसी सहयोग र एकताका निम्ति उपस्थति भएको पाइन्छ ।

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...