विजयादशमीको हार्दिक शुभकामना:
शुभकामना
सबै भन्दा पहिले त सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा बडा दशै २०७८ को हार्दिक मंगलमय शुभकामना । सबै शुभ चिन्तक, अाफन्तजन तथा सम्पूर्ण मानवमा दुर्गा भवानीले रक्षा गरून ।
सुमन बहादुर गरूङ
मलेसिया
बधार्इ,
कोहि व्यक्ति कुनै तहमा उत्तीर्ण, भए,कुनै सङ्संथाको नेतृत्व वहनगर्ने जिम्वारी पायो भने वा जीवनमा नयाँ प्रगति गर्यो भने त्यस्तो अवस्थामा बधार्इ दिएर सो व्यक्तिलार्इ अझ हैसला प्रदान गरिन्छ ।विभिन्न पत्रिकामा छपाएर ,पत्र पठाएर तथा अन्य सञ्चार माध्यमको प्रयोग गरेर बधार्इ दिन सकिन्छ ।
नमुनाः
हार्दिक बधार्इ
फोटो
श्री पार्वती अधिकारी
गणेशमान सिंह बहुमुखी क्याम्पस कलंकी काठमाडाैंमा क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा सम्पूर्ण विद्यार्थी,अभिभावक, तथा सम्पूर्ण क्याम्पस परिवारको तर्फबाट हार्दिक बधार्इ ज्ञापन गर्दछैा ।
गणेशमान सिंह बहुमुखी क्याम्पस
कलंकी, काठमाडाैं
परिवार
श्रद्धाञ्रजली/ समवेदना
कसैकहाँ कोहि व्यक्तिको निधन भयो भने सहानुभुति जनाउन प्रयोग गरिने सन्देश श्रद्धाञ्जली / समवेदना हो । त्यस अवस्थामा दुर्इ किसिमको अभिव्यक्ति हुने गर्छ ।
क. मृत अात्माको चिर शान्तिको कामना
सम्भँन्भित मृत अात्माको लागि चिर शान्तिको श्रद्धाञ्जली
ख. शोक सन्तप्त परिवारजन प्रति समवेदना
पिरवारजन वा अाफन्त प्रति धैर्य धारणको क्षमता विकासको लागी समवेदना प्रकट गरिन्छ ।
नमुनाः
हार्दिक श्रद्धाञ्जली एवम् समवेदना
जन्म मितिः मृतकको फोटो मृत्यु मिति
यस संस्थामा लामो समयदेखि अध्यापन गरिरहनु भएका हाम्रा परम मित्र मत्रलाल अमात्य ज्यु को मिति ...........मा असामहिक निधन भएको हुँदा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाको परिवार तथा अाफन्तजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछाै ।
गणेशमान सिंह बहुमुखी क्याम्पस
कलंकी, काठमाडाैं
परिवार
व्याक्तिवृत्त
व्यक्तिको व्यक्तिगत विवरणलार्इ व्यक्तिवृत भनिन्छ ।व्यक्तिको व्यक्तित्व पहिचानको लागि अावस्यक जन्ममिति ,जन्मस्थान ,माता पिताको नाम लगाएत उसले हासिल गरेको योग्यता ,अनुभव तथा क्षमता जस्ता कुरा समावेश गरिन्छ ।
नमुनाः
नाम ः झमक घिमिरे
जन्मः वि.सं. २०३७ असार २१ गते
जन्मस्थानः धनकुटा
पिताः कृष्णबहादुर घिमिरे
माताः अाशादेवी घिमिरे
शिक्षः स्वअध्यायन
अभिरूचिः साहित्य
कृतहरूः मान्छे भित्रका यद्धाहरू, नाैलो प्रतिबिम्ब, जीवन काँडा कि फूल अादि
सम्मान तथा पुरस्कारः मदन पुरस्कार ,क्षेत्रिय प्रतिभा पुरस्कार , अपाङ्ग प्रतिभा पुरस्कार अादि