बुधवार, 16 नवंबर 2022

कारक र विभक्ति

 

कारक र विभक्ति

"क्रियापदसँग सम्बन्ध राख्ने नामिक पदहरू (नाम, सर्वनाम र विशेषण) लाई कारक भनिन्छ ।" क्रियापदसँग अन्वित भएर अाउँने नाम, सर्वनाम वा विशेषण नै कारक हुन् । 'कारक' शब्द संस्कृतको 'कृ' धातुमा 'अक' प्रत्यय जाेडिएर बनेको हो । यसरी वाक्यमा क्रियापदसँग अन्य पदहरुको सम्बन्धलाई नै कारक भनिन्छ ।

कारकको अर्थलाई पुष्टि गर्न प्रयोग हुने चिह्न वा सङ्केतलाई विभक्ति भनिन्छ । विभक्तिहरू कारकसँग जोडिएर कारकको अर्थ स्पष्ट पार्छन् ।

कारककाविभक्तिका प्रकार

१) कर्ता कारक (कसले ?/काम गर्ने)

प्रथमा विभक्ति

जसले काम गर्छ त्याे नै कर्ता हाे । वाक्यमा जसले काम गर्छ त्याे व्यक्ति वा वस्तु नै कर्ता हाे । कर्ता कारकमा प्रथमा विभक्ति (ले) जाेडिन्छ । जस्तै;

क) रामले घाँस काट्याे ।

ख) घर जान्छु ।

ग) कुकुर भुक्छ ।

घ) तिनीहरूले धान रोपे ।

माथिको उदाहरणको '' मा काट्ने काम रामले गरको छ । '' मा जाने काम मैले गरेको छु । '' मा भुक्ने काम कुकुरले गरेको छ । '' मा रोप्ने काम तिनीहरूले गरेका छन् त्यसैले (राम, , कुकुर, तिनीहरू) कर्ता कारक हुन् ।

२) कर्म कारक (के?कसलाई? कामको असर पर्ने)

द्वितीया विभक्ति

कर्रमले गरेको कामको असर जसमा पर्छ त्यसलाई कर्म कारक भनिन्छ । कर्म कारकमा द्वितीया विभक्ति लाग्छ।

 जस्तै;

क) रामले मुसोलाई मार्यो ।

ख) उसले स्याउ टोक्यो ।

ग) हरिले छोरोलाई पिट्यो ।

घ) बुबाले खसी काट्नुभयो ।

माथिको उदाहरणमा '' मा मार्दा मुसोमा असर परेको छ । '' मा टोक्दा स्याउमा असर परेको छ । '' मा पिट्दा छोरोमा असर परेको छ । '' मा काट्दा खसीमा असर परेको छ त्यसैले (मुसो, स्याउ, छोरो र खसी) कर्म कारक हुन् ।

३) करण कारक (केले? कर्ताले प्रयोग गर्ने साधन)

तृतीया विभक्ति

कर्ताले काम गर्दा प्रयोग गर्ने साधन वा उपकरणलाई करण कारक भनिन्छ । करण कारकमा तृतीया विभक्ति (ले,बाट, द्वारा) विभक्ति जोडिन्छ । जस्तै;

क) हजामले कैँचीले केस काट्यो ।

ख) किसानले कोदालोले खेत खन्यो ।

ग) मैले झटारोले आँप झारेँ ।

घ) म कागतीबाट भिटामिन सी पूर्ति गर्छु ।

ङ) राम श्यामद्वारा आफ्नो काम पूरा गर्छ ।

च) मानिसहरू कोरोनाले सङ्क्रमित भए ।

माथिका उदाहरणहरूमा कर्ताले आफ्नो काम गर्दा उपयोग गरेको साधन, व्यक्ति वा वस्तुहरू (कैँची, कोदालो, झटारो, कागती, श्याम र कोरोना) करण कर्ता हुन् ।

४) सम्प्रदान कारक (कसलाई? जसका लागि काम हुन्छ)

चतुर्थी विभक्ति

कर्ताले जसका लागि काम सम्पन्न गर्छ त्यो व्यक्ति वा वस्तु नै सम्प्रदान कारक हुन् । यसमा चतुर्थी विभक्ति ( लाई, लागि, निम्ति) विभक्ति जोडिन्छ ।

जस्तै;

क) रामले सीतालाई चिठी लेख्यो ।

ख) बुबाले छोरोलाई लुगा किन्नुभयो ।

ग) रमलाले पूजाको लागि फूल टिपी ।

घ) म देशको निम्ति बलिदान गर्छु ।

माथिको उदाहरणमा कर्ताले (सीता, छोरो, पूजा र देश) मन लागि कार्य गरेको छ । त्यसैले यिनीहरू सम्प्रदान कारक हुन् ।

५) अपादान कारक (कहाँबाट? छुट्टिने ठाउँ वा समय)

पञ्चमी विभक्ति

कुनै ठाउँ र समयबाट व्यक्ति वा वस्तु छुट्टिएको जनाउने कारकलाई सम्प्रदान कारक भनिन्छ । यसमा पञ्चमी विभक्ति (देखि, बाट) विभक्ति जोडिन्छ ।

जस्तै ;

क) राम भीरबाट लड्यो ।

ख) रुखदेखि पात झर्यो ।

ग) बिहानदेखि लगातार पानी परेकाले समस्या भयो ।

ङ) काठमाडौंबाट बस छुट्यो ।

माथिको उदाहरणमा राम भीरकाट छुट्टिएको छ । पात रुखकाट छुट्टिएको छ । पानी बिहानबाट पर्यो । बस माठमाडौंबाट छुट्यो । त्यसैले छुट्ने स्थान वा समय (भीर, रुख, बिहान र काठमाडौं) सम्प्रदान कारक हुन् ।

६) अधिकरण कारक ( कहाँ? व्यक्ति वा वस्तु रहने आधार)

 सप्तमी विभक्ति

व्यक्ति वा वस्तुसँग क्रियाको आधार देखाउँने कारकलाई अधिकरण कारक भनिन्छ । यसमा सप्तमी विभक्ति ( मा, माथि) लाग्छ । जस्तै;

क) झोलामा पुस्तक छ ।

ख) छानामाथि घिरौँला छ ।

पुस्तक रहने आधार झोला हो । घिरौँला रहने आधार छाना हो त्यसैले (झोला र छाना) अधिकरण कारक हुन् ।

**षष्ठी विभक्ति (को,का,कि,रो,रा,री,नो,ना,नी) यिनीहरूले क्रिया र नामिक पदको कारकीय सम्बन्ध नजनाई नामिक पदसँग अन्य पदको सम्बन्ध वा स्वामित्व स्थापित गर्छन्। नामिक पदमा षष्ठी विभक्ति जोडिँदा कारक नभई भेदक विशेषण बन्दछन् ।

**** कर्ता कारकमा 'ले' विभक्ति र कर्म कारकमा 'लाई' अनिवार्य लगाउँनै पर्छ भन्ने छैन । नलगाई पनि वाक्य बन्दछ।

 जस्तै;

क) कर्ता कारक

उसले पुस्तक पढ्यो ।......'ले' सहित ऊ

ऊ पुस्तक पढ्छ । ..... 'ले' बिना ऊ

ख) कर्म कारक

मैले घाँस काटेँ। ..... 'लाई' बिना घाँस

 उसले भाइलाई पिट्यो ।.....'लाई' सहित भाइ

 

 

शब्दवर्ग/ पदवर्ग

 

शब्दवर्ग/ पदवर्ग

  एक वा एक भन्दा बढी वर्णहरुबाट बनेको स्वतन्त्र रुपमा प्रयोग हुन सक्ने भाषाको अर्थ युक्त एकाइलाई शब्द भनिन्छ | शब्द जब वाक्यमा प्रयोग हुन्छ तब त्यसलाई पद भनिन्छ | यस्ता पद वर्गहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

क) नाम

कुनै व्यक्ति,वस्तु,र अवधाराणा जनाउने शब्दहरुलाई नाम भनिन्छ | यस्ता नामहरु व्यक्ति वाचक,जाति वाचक,समूह वाचक,द्रव्य वाचक,र भाव वाचक गरी पाँच प्रकारका हुन्छन् |

-व्यक्तिवाचक:- नेपाल, गोपाल,दशैं,सगरमाथा,विराटनगर आदि
-
जाति वाचक :- देश,मानिस,चाड,हिमाल, जनावरआदि
-
समूह वाचक :- ताँती, झुप्पा, भीड, फौज, पल्टन, वर्ग आदि

- द्रव्य वाचक :- नुन,सुन,चिनी,पानी,तेल,घ्यू, आदि
-
भाव वाचक :- दया,माया,हर्ष,खुशी,पढाइ,लेखाइ, आदि
नाम शब्दमा सामान्यतय को, के , कसले ,कसलार्इ प्रश्नको उत्तरमा उँछ ।

जस्तै –

को उठ्छ ?

  - भाइ, भिनाजु , हरि

चउरमा के वस्यो ?

  -गार्इ, पाठो , घोडा

यो किताब कसले किन्छ ?

-   हरिले

जोकरले कसलार्इ हसायो ?

-   दर्शकलार्इ


कर्ता वा पुरकका रूपमा उने विशेषण वा क्रियाविशेषण वाक्यात्मक कार्यका धारमा नाम नै हुन्छन् ।

जस्तै  मोटीले भारी बोकी ( कर्ता)

   सरिताले कालालार्इ रोजिन (कर्म)

नामले विशेषणको विषेष्य भइ काम गर्छ ।

जस्तै – अग्लो घर

     पढेको मान्छे

ख) सर्वनाम

    नामको सट्टामा प्रयोग भई नामको सरह काम गर्ने शब्दलाई सर्वनाम भनिन्छ |सर्वनामपाँच किसिमका छन् |

 -पुरुष वाचक :- म,हामी,तँ,तिमी,तपाईं,हजुर,,उनी,ती,तिनी,यी,यिनी,यो,त्यो,यिनीहरु आदि |
 -
सम्बन्धवाचक:- जुन,जे,जो,जुनसुकै,जेसुकै,जोसुकै,कोही,केही,कुनै आदि |
 -
दर्शकवाचक:- यो,यी,यिनी,त्यो,ती,तिनी, आदि |
 -
प्रश्न वाचक :- को,के,कुन,कोको,केके,कुन कुन आदि |
 -
निज वाचक :- आफू,स्वयम्,आफैँ,निज आदि |

१.सर्वनामले वाक्यमा उद्देश्य वा कर्ताको काम गर्छ ।

जस्तै – हामीले घरको काम गर्यँ । (हामी – कर्ता/ उद्देश्य)

२. सर्वनामले वाक्यमा विभिन्न पुरूषको रूपमा काम गर्छ ।

जस्तै – पाठ पढ्छु । (प्रथम पुरूष)

तिमी कथा लेख्छ ।(द्वितिय पुरूष )

उनी भोली अमेरीका जाने छिन् । ( तृतिय पुरूष )

३. सर्वनामले सकर्मक क्रियाको कर्म भएर काम गर्छ ।

जस्तै-


ग) विशेषण

        नाम वा सर्वनामको विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ | नाम वा सर्वनाममा कति,कस्तो,कत्रो,कुन,कसको,जस्ता प्रश्न गर्दा आउने उत्तरहरु विशेषण हुन्छन् |

-
गुणबोधक:- अग्लो,ठूलो,सानो,गाउँले,जङ्गली,पाल्पाली,प्राचीन,मासिक

विगत,कालो,निलो,सफा,हराभरा,फलामे,पन्यालो,उत्कृष्ट,निपूर्ण,सार्वजानिक आदि |
-
परिणामबोधक:-धेरै,थोरै,आधा,कम,प्रशस्त,निकै,यथेष्ट,सबै,सम्पूर्ण आदि |
-
सङ्ख्याबोधक :- एक,दुई,पचास,लाख,चौथो,पाँचौ,पचासौं,प्रत्येक,हरेक  आदि |
-
सर्वनामिक:- यो भकुण्डो,जे काम,जुन ठाउँ,केही मान्छे,ती रुख आदि |
-
भेदक:- मन्दिरको देश,हाम्रो संस्कृति,आफ्नी बहिनी आदि |
- 
कृदन्त :-धातुमा एको,एकी,एका,दो,ने प्रत्याय लागेर निर्माण हुने :
   
लेखेका,उठेकी,बस्दो,लेख्ने आदि |


घ) क्रियापद

क्रियापदले कर्ताले गरेको काम,घटेको घटना,परिस्थिति वा अवस्था विशेषलाई सङ्केत गर्दै वाक्यलाई टुङ्ग्याउंछ,|

जस्तै:
पढ्यो, गर्छन्, खेल्दैछन्, बसेकाछन्, गएछ, पढ्थे आदि |


ङ) क्रियाविशेषण / क्रियायोगी

           समय, स्थान, कामको तरिका तथा कारण बुझाउने शब्दलाई क्रियाविशेषण भनिन्छ | यसलाई क्रियायोगी पनि भनिन्छ | क्रियाविशेषणले क्रियाविशेषणको विशेषता बुझाएको हुन्छ | जस्तै:
आज,भोलि,हिजो/तल,माथि,वर,पर,अगाडि,पछाडि/

विस्तारै,सुस्तरी,राम्ररी,जोडले,लुसुक्क,भुसुक्क,कपाकप,फटाफट,पढ्न,खान,सुत्न,हाँस्न,र धातुमा इ/एर/न/तै/दै/ता/दा/नाले/इन्जेल/उन्जेल/अरी प्रत्याय लागेर बनेका शब्द क्रियाविशेषण हुन्छन् |

१.वाक्यमा क्रियाको वर्णन गर्छ ।

जस्तै – केटो टक्क अडियो ।

२. विशेषणको विषेषता पनि बुझाउछ ।

 जस्तै - निमको पात निकै तितो छ ।

३.क्रियायोगिको विशेषता जनाउँछ ।

जस्तै - उर्मिला असाध्यै विस्तारै वोल्छे ।

४. वाक्यको अगाडिपट्टि एर पुरै वाक्यको विषेषता जनाउँछ ।

जस्तै – भाग्यले राम परीक्षामा पास भयो ।

५.यसले कहिलेकाहि विशेषण , क्रियाविशेषण र पुरै वाक्यको पनि विशेषता बुझाउँछ ।

६. यसलार्इ पहिचान गर्न कहाँ , कहिले , कता  किन , कसरी कतिपल्ट जस्ता प्रश्न गर्नुपर्छ ।

 

च) नामयोगी

          नामिक पदसँग (नाम,सर्वनाम र विशेषण) जोडिएर उने एक प्रकारको अव्यय पदलार्इ नामयोगी भनिन्छ । यसले वाक्यमा अर्को पदसँग अर्थगत सम्भन्ध जनाएको हुन्छ ।

 

जस्तै- प्रमोध खाटमाथि वस्यो ।(क्रियासँग)

रामभन्दा सुवोध ज्ञानी छ । (नामसँग )

नामयोगीले वाक्यमा समय,स्थान,रीति,अवधि,

दिशा,सहभाव,दि सम्भन्ध  जनाउँछ ।

 जस्तै- स्थान – माथि तल , मुनि , भित्र, बाहिर

         काल- खेर , पूर्व , पश्चात,पल्ट , वित्तिकै ताका

        रीति – झै , बमोजिम , |

जस्तै:
अघि,पछि,तल,माथि,भित्र,बाहिर,अनुसार,बमोजिम,सम्म,पर्यन्त,तिर,तर्फ,विना,बाहेक,सिवाय,सित,सँग आदि |

 छ) संयोजक

दुई वा सो भन्दा बढी पद,पदावली,र उपवाक्यलाई जोड्न प्रयोग गरिने अव्यय शब्दलाई संयोजक भनिन्छ | संयोजक सापेक्ष र निरपेक्ष गरी दुई प्रकारका हुन्छन् |

 
जस्तै:- जब,तब,भनी आदि सापेक्ष हुनभने र,वा,तर आदि निरपेक्ष हुन् |


ज) विस्मयादिबोधक

         आकस्मिक रुपमा कुनै काम भयो वा घटना घट्यो भने व्यक्तिले प्रकट गर्ने हर्ष,खुसी,घृणा,आश्चर्य,दु:ख,सुख,पीडा,आदि मानिसका मनमा उत्पन्न हुने मानसिक संवेगलाई विस्मयादिबोधक भनिन्छ|


जस्तै: अहो,अरे,आम्मै,आहा,कठै,बिचरा,ऐय्या,स्याबास,वाह,धत्तेरी,हत्तेरी,कसम,नाइँ,अहँ आदि |


झ) निपात

       आफ्नो स्वतन्त्र रुपमा केही अर्थ नभएका तर वाक्यमा प्रयोग भएपछि अर्थलाई चमत्कारी बनाउने पदहरुलाई निपात भनिन्छ |

जस्तै:
खै,पो,,नि,नै,रे,,सायद,हँ,हगि,है,,ता, आदि |

विशेषत: नेपाली व्याकरणमा पदवर्ग निम्न अवस्थामा विचलन हुने गर्छन् =

1.नामबाट विशेषणमा= नाम पदमा षष्ठी विभक्ति लागेको अवस्थामा। जस्तै= राम= रामको

2. सर्वनामबाट विशेषणमा विशेष गरी दर्शकवाचक सर्वनाम भएको अवस्थामा सर्वनामका साथ नाम पद आएमा। जस्तै= त्यो यतै आयो( त्यो = सर्वनाम ), त्यो मान्छे यतै आयो। (त्यो विशेषण )

3. विशेषणबाट क्रियायोगीमा = विशेषणको पहिचानका लागि कस्तो, कत्रो, कति, कुन को उत्तरमा आउने शब्द विशेषण हुने भनिए पनि= क्रियासङ्ग प्रत्यक्ष सम्बन्ध राख्ने अवस्थामा कति? को उत्तरमा आउने पदसमेत क्रियाविशेषण हुने। जस्तै, रामले धेरै खाना खायो।( धेरै विशेषण ) राम धेरै जान्ने/ सिपालु छ। ( धेरै= क्रियाविशेषण )

4 धातुबाट क्रिया बन्छ भन्ने अवधारणाबाहेक विशेषण र क्रियाविशेषणमा = पढ् =धातु , धातुमा कालिक प्रत्यय लागे क्रिया । त्यसबाहेक धातुमा ने, एको लागेमा विशेषण अनि धातुमा न, नाले, दै लागे क्रियाविशेषण .

5.नामयोगीबाट क्रियाविशेषणमा यदि नामिक पदसङ्ग एउटै डिकोमा जोडिएर आए नामयोगी।जस्तै तिमी मेरो मुटुभित्र छौ। नायो

6. केही संयोजकबाट निपातमा

 















नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...