Follow बटनमा थिच्नुहोस् पूर्वीय अाचार्यहरूका रस सङ्ख्याका वारेमा अा अाफ्नै धारणा छन् । भरतमूनिले शृङ्गार,वीर ,राैद्र र विभत्स गरि मुख्य चार रस हुने र यिनै मूल रसवाट वन्ने हास्य ,करूण , भयानक र उद्भुत समेत गरी जम्मा अाठअोटा रसको चर्चा गरेका छन् । विश्वनाथले वात्साल्य रस समेत थपेर रसको सङ्ख्या नाै वटा पुर्याएका छन् । रूपगोस्वामीले भक्ति रसको चर्चा गरी रसको संख्या दश पुर्याएको पाइन्छ ।समग्रमा रस समग्रमा रस नाै वटा छन् । तिनको सोधारण परिचय यसप्रकार छ ः
क) शृङ्गार रस
एक अर्काको अनुरागका कारण नायक नायिका वीच उत्पन् हुने रसलार्इ शृङ्गार रस भनिन्छ ।यो संयोग (सम्भोग) रविप्रलम्भ गरी दुर्इ प्रकारमा हुन्छन् ।
अ)संयोग(सम्भोग)शृङ्गार
नायक नायिकाको मिलनलार्इ एकअापसमा प्रेम सम्भन्धि क्रियाकलापको वर्णन गर्दा समंयोग शृङ्गार रस उत्पन्न हुन्छ । यसको स्थायीभाव रति हो । यसमा नायक ,नायिका ,अालम्वन विभाव , एकान्त स्थल ,जुनेली रात , फूल फूलेको ठाउँ अादि उद्दिपन विभाव ,हाउभाउ ,नजर मुस्कान लज्जा अादि अनुभाव ,लज्जा उत्सुकता अादि व्यविचारी भाव बन्छन् ।
उदाहरणः
अाउ प्रिये नयर वेर भनी मलार्इ
राखेर काख वीच दुवै हात समार्इ
ती लाल अोठ मुखनेर पुर्याउनु भो
लाै भन्न सक्दिन म ता पछि कुन्नि के भो । राधानाथ लोहोनी (अनि कुन्नि के भो )
माथिको उदाहरणमा नायक नायिका अालम्वन विभाव ,काख वीच राखेर हात समाउनु अनुभाव ,लाल अोठ मुखनेर पुर्याउनु र नायिकामा देखवएको लज्जा सञ्चारी भाव (व्यभिचारी)र रति स्थायी भाव भएको देखिन्छ ।
अा)विप्रलम्भ शृङ्गार ः
नायक नायिकाको वियोग जन्य प्रेमको वर्णन गर्दा विप्रलम्भ शृगार रस उत्पन्न हुन्छ ।यसमा नायक नायिका अालम्वन विभाव ,सम्योग वा मिलनको क्षेणको यादअनुभाव ,चिन्ता उत्सुकता अादि व्यविचारी भाव र रति स्थायी भाव बन्दछन् ।
उदाहरणः
पर्खे ,शब्द सुने ,बसेँ ,शयनमा लेटे, उठे ,झोक्रिए ँ
हेरेँ ,मार्ग घुमेँ,चटक्क चुँडिए, फर्के, सुकेँ अात्तिए
टोलाएँ, मनले झलक्क सम्झे , झस्के कुनामा गएँ
निस्केँ , दृष्टिदिए ,फिरेँ धुरूधुरू रोए म हा के भए । लेखनाथ पाैडेल (शुक्तिसिन्धु)
माथिकोउदाहरणमा नायक नायिका अालम्व ,विगतको क्षण सम्झनु उद्दीपन , छटपटाउनु ुरूनु अादि अनुभाव ,चिन्ता ,स्मृति अादि व्यविचारी भाव र रति स्थायी भाव रहेको देखिन्छ ।
ख) हास्य रस ः
मानिसको मानसिक ,शारीरिक ,भाषिक वा अन्य कुनै क्रियाकलाप वाट हास्य रस उत्पन्न हुन्छ । कुनै हास्य पात्र (व्यक्ति वा वस्तु ) यसको अालम्वन विभाव हुन्छ ।उसका विकृत रूप वा हास्यस्पद क्रियाकलाप हाउभाउ यस रसका अनुभाव हुन । (मुख बङ्ग्याउनु ,मुख बाउनु अादि ) चपलता रोमाञ्च ,कम्प पसिना अादि व्यविचारी भाव हुन्छन् र हास्य (हाँसो ) स्थायी भाव हास्य रस बन्दछ ।
उदाहरणः
मनभोग ,पुरी ,सेल ठेलमेल भइरहोस्
भोको बाहुनको पेट कुभिण्डो सरिको हअोस् । शम्भुप्रसाद ढुङ्गेल
यस उदाहरणमा बाहुन अालम्वन विभाव ,उसको पेट कुभिण्डो जस्तो बन्नु उद्दीपन ,मुख वहाउनु अनुभाव ,श्रम अादि व्यविचारी भाव र हास(हाँसो) स्थायी भाव रहेको देखिन्छ ।
ग)करूण रसः
प्रियजनको मृतु वा दुःखद खबर सुन्दा करूण रस उत्पन्न हुन्छ । यसमा मृत प्रियजन वा वियोग भएको वस्तु अालम्वन विभाव ,उसका राम्रा गुणहरू उद्दीपन विभाव ,रूनु ,विलाप गर्नु अनुभाव ,ग्लानी, चिन्ता ,मोह अादि व्यभिचारी भाव तथा शोक स्थायी भव रहेका हुन्छन् ।
उदाहरणः
गयाै बाबा मेराे हृदय टकुडा लाैन नि कहाँ ?
उनै फिर्ता ल्याउने सुर , नर तथा यक्ष म कहाँ ।
भनी डाँको छाड्दी मृतक शिशुकी दुग्ध जननी
सबै अाँशु झार्छिन थरथर कपाएर अवनी ।।
यस उदाहरणमा मृतक शिशु अालम्वन विभाव ,शिशुको मृतुको अघिको क्षेणको स्मरण उद्दीपन विभाव रूनु ,विलाप गर्नु अनुभाव , अावेग, उन्माद,चिन्ता अादि व्यभिचारी भाव र शोक स्थायी भाव रहेको देखिन्छ ।
घ) वीर रस
युद्ध वा कुनै उत्साह पूर्ण क्रियाकलापको वर्णन हुँदा वीर रस उत्पन्न हुन्छ । यसमा शत्रु प्रतिद्वन्दी वा प्रतिस्पर्धी अालम्वन विभाव ,उसको पराक्रम वा उसका वारेमा सुनिएको प्रशंसा उद्दीपन विभाव गर्वयुक्त वाणी हाउभाउ देखाउनु अनुभाव ,धैर्य स्मृति , अावेग अादि व्यभिचारी भाव र उत्साह स्थायी भाव वन्दछ ।
उदाहरणः
छप्कार्इ शत्रुलार्इ छपछप खुकुरी धार हम्रो कुँडिन्न
गर्दी घम्सान पर्दा पछितिर मुहुडा हेर हाम्रो मुडिन्न
नेपाली वीर तातो रगत छ कहिल्यै शक्ति गल्दैन हाम्रो
अाफ्नै सत्मा उठेको ध्वजपट कहिल्यै हेर ढल्दैन हाम्रो । माधवप्रसाद घिमिरे
यस उदाहरणमा शत्रु अालम्वन विभाव ,शत्रुको वल र प्रभाव उद्दीपन विभाव ,खुकुरीको धार नकुडिनु ,मुहुडा पछिल्लितिर अनुभाव ,धैर्य ,गर्व , अावेग अादि व्यभिचारी भाव र उत्साह स्थायी भाव रहेको देखिन्छ ।
ङ)राैद्र रस ः
अात्मिय व्यक्ति वा गुरू ,धर्म , देश र जनतालार्इ शत्रुले अपमानजन्य व्यवहार गरेमा त्यसवाट राैद्र रसको उत्पत्ति हुन्छ । यसमा शत्रु अालम्वन विभाव हुन्छ ,हतियार समाउनु ,दाँत कटकटाउनु ,अाँखा रातो पार्नु अादि अनसभाव र मद , उग्रता , अावेग अादि व्यविचारी भाव हुन् र क्रोध स्थायी भाव हो ।
उदाहरणः
कसको पुत्र त होस वता मकनरे जाबो पुरानू धनु
बाँच्दैनमा अति गर्भभो तँकन ता धेरै कुरा के भनुँ ।
यो त हो हरिको धनु वीर भया ताँदो यसैमा चढो
भन्दै खुब रिसले रह्रया परशुराम रामकै अगाडी खडा।। भानुभक्त अाचार्य (रामायण)
यस उदाहरणमा राम अालम्वन विभाव ,शिवधनु भाच्नु उद्दीपन विभाव ,परशुरामको कठोर वचन अनुभाव , राममा रहेको गर्भ व्यभिचारी भाव र क्रोध स्थायी भाव रहेको देखिन्छ ।
च) विभत्स रस
कुनै घृणित वस्तुलार्इ देख्दा वा छुदा उत्पन्न हुने रसलार्इ विभत्स रस भनिन्छ । यसको स्थायी भाव घृणा हुन्छ।घृणित वस्तु अालम्वन विभाव ,घिनलाग्दो दृष्य ,गन्ध उद्दीपन विभाव ,थुक्नु ,मुख फाल्नु ,नाक थुन्नु अादि व्यविचारी भाव हुन् ।
उदाहरणः
खेरै कुकुर एक घाउ छ हरे ।रोगी लुत्यहाकन
पालेको घरमा पुछरको डोलाउ त्यो सज्जन ,
साह्रै भक्तभर्इ शिलाहरू खप्यो ढुङ्गामुडा बेसरी
फेरी खप्पर क्याकलाङ्ग गरि थियो यो रक्त अाफै हरि। देवकोटा
यस उदाहरणमा लुत्याहा खैरे कुकुरअालम्वन विभाव ,कुकुरको घाउ र लुतो उद्दीपन विभाव फुटेको खप्पर र अाफ्नै रगत पिएको देखेर विचलित हुनु व्यविचारी भाव र घृणा स्थायी भाव हुन् ।
छ) भयानक रस
कुनै डरलाग्दो कुरा सुन्दा वा देख्दा उत्पन्न हुनेरस भयानक रस हो ।यसमा भयानक वस्तु अालम्वन विभाव हुन्छन् । तिनै हिंसात्मक क्रियाकलाप उद्दीपन विभावका रूपमा रहन्छन् । रूनु कराउनु ,अनुहार रातो बनाउनु , डराउनु ,काम्नु ,पसिना अाउनु अादि अनुभाव हुन । वोली लरखराउनु ससङ्कित हुनु मूर्छा पर्नु उत्तेजित हुनु अादि व्यविचारी भाव हुन्छ ।
उदाहरणः
का लग्नि सरीको भयङ्कर स्वरूप रामको भएथ्यो जसै
कामिन पृथ्वी पनि भयङ्कर स्वरूप देखिन र रामको तसै ।
रावणका पनि चित्तमा भय पर्यो उल्का बहुतै भयो ।
क्या गर्छन प्रभुले यहाँ सवलोक डरार्इ गयो । भानुभक्त अाचार्य
यस उदाहरणमा राम अालम्वन विभाव ,रामको भयङ्कर स्वरूप उद्दीपन विभाव ,डराउनु अनुभाव स्वप्ना ,जडता ,अपस्मार अादि व्यभिचारी भाव तथा भय डर स्थायी भावका रूपमा अाएका छन् ।
ज) शान्त रस
संसारको अस्तित्वहिनता तथा निस्सारताको वोध भएपछि उदासिएको अवस्थामा शान्त रस उत्पन्न हुन्छ । यसमा सांसारिक निस्सारता ,वैराग्य ,अात्मतत्वको वोध ,मोक्ष वा अात्मानान्द अादि अालम्वन विभाव हुन्छन् ।तिर्थ स्थल क्रृषिहरूको अाश्रय एकान्त ,सांसारिक मोहलार्इ त्याग्ने तत्परता यसका उद्दीपन हुन्छन् । रोमाञ्च ,ग्लानि ,त्रास स्मृति अादि यसका व्यविचारी भाव हुन भने सम(वैराज्ञ्य) वा निर्वेद यसको स्थायी भावको रूपमा रहन्छ ।
उदारहणः
छुती विद्दान होसवा मलिन कुलको मूर्ख अछुती
कुनै त्यागी होस वा विषय रस रागी लखपती ,
समानै ठान्थे ती विधिविहित चैतन्य पुतली ,
पछि हेर्दा हेर्दै हृदय हास्यो अलीअली । लेखनाथ पाैड्याल
यस उदाहरणमा विद्दान ,मूर्ख अालम्वन विभाव ,त्यागिले भरिएको संसार उद्दीपन विभाव ,सवैलार्इ समान ठान्नु अनुभाव ,हास्य व्यभिचारी भाव र वैराज्ञ्य स्थायी भावको रूपमा देखिन्छ ।
झ)अद्भुत रस
अनाैठा कुरा सुन्दा वा देख्दा उत्पन्न हुने रस अद्भुत रस हो । यसमा असाधारण वस्तु ,व्यक्ति अालम्वन विभाव हुन्छ ।ती वस्तुका अनाैठो र अाश्चर्य जनक गुणकरू तथा क्रियाकलापहरू यसका उद्दीपन विभाव हुन भने ट्वाल्ल पर्नु ,पसिना अाउनु अक्कन वक्क हुनु अनुभाव र मोह ,हर्ष ,उत्सुकता चञ्चलताअादि व्यविचारी भाव र अ।श्चर्य वा विश्मय यसको स्थायी भाव हुन्छ ।
उदाहरणः
मुख खोलिदिँदा सव विश्व खुली
नत मट्टि मिली झलमल वली।
सव दिव्य चराचरा छक्क परी
जननी स्तुती गर्दिभइन विचरी ।। देवकोटा
यस उदाहरणमा वालक कृष्ण अ।लम्वन विभाव ,म,ख खोल्दा सारा विश्व खुल्नु ,दिव्य चराचर देखिनु उद्दीपन विभाव ,भाव विहोल भएर स्तुति गर्नु ,छक्क पर्नु व्यविचारी भाव तथा अाश्चर्य स्थायी भावको रूपमा देखिन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें