काव्यको उद्देश्य नै काव्यको प्रयोजन हो । काव्य वा साहित्य किन रचना गरिएको हो त्यसको सार्थकता के हो भन्ने कारणलाई स्पष्ट पार्नु नै साहित्यिक कृतिको प्रयोजन हो । विभिन्न प्रयोजनको फलस्वरूप साहित्य सिर्जना गरिएको हुनसक्छ । जस्तैः कुनैको उद्देश्य इतिहास सम्भन्धी जानकारि दिने ,कुनैको तत्कालीन समाजको अवगत गराउने उद्देश्य रहेको हुन्छ भने कुनैले मनोरञ्न गराउने , जनचेतना फैलाउने , कुप्रथा हटाउने नैतिक शिक्षा दिने आदि रहेका हुन सक्छन् । यति मात्र नभएर कसैको उद्देश्य नाम कमाउने हुन्छ , कसैको दाम कमाउने अनि कसैको आत्मसन्तुष्टिको लागि मात्र पनि काव्य (सिर्जना ) गरेका हुन्छन ।
काव्य प्रयोजन सम्भन्धी विद्दानहरूका विचारहरूलाई अध्यान गर्न सकिन्छः
क) धर्म, अर्थ , काम , मोक्ष, लोकोपदेश ,विश्राम ,वुद्दि ,विलास , नैतिक शिक्षा हित र विनोद नै साहित्यको प्रयोजन हो। ः भरतमुनी
ख) धर्म, अर्थ , काम , मोक्ष आनन्द दण्डबट रक्षा , व्याधि बाट सुरक्षा आदि नै साहित्यको प्रयोजन हो। ः भामह
ग) कीर्तिको विस्तार ,धनार्जन , सहृदयको प्रियता ,विपतिवाट रक्षा ,असाधारण आनन्द , मनले चाहेजस्तो फल प्राप्ति नै काव्य प्रयोजन हो । ःदण्डी
घ) समाजको सुधार गर्नु , हृदयलाई कोमल बनाउँनु ,मानवतावादको स्थापना तथा विकास गर्नु साहित्यको प्रयोजन हो ।ःबालकृष्ण सम
ङ) आनन्द ,साैन्दर्य वोध , हृदय शिक्षण नै काव्य कलाको प्रयोजन हो । ः देवकोटा
समग्र विचारलाई समेट्दा काव्य प्रयोजनहरूमा निम्न कुराहरू अाएका हुन्छन । ः
१.यश
२.अर्थ
३.व्यवाहारिक ज्ञान
४.शिवेतर ज्ञान
५.प्रीति (लोकले मनपराउने )
६.कान्त सम्मित उपदेश
७.चतुर्वगको प्राप्ति (धर्म ,अर्थ , काम , मोक्ष )
८.कलामा वैचित्त्रय
९.दुःखी ,श्रमिक र शोक सन्तब्दका लागि मलोरञ्न
यी प्रयोजनलाई मुख्य ४ भागमा बाँडेर हेर्न सकिन्छ ।
क) मुख्य प्रयोजन
सिर्जनाको मुख्य प्रयोजन अन्तर्गत प्रीति , आनन्द , तृप्ति र रस निष्पति पर्छन ्।
ख) व्यवहारिक प्रयोजन
साहित्य सिर्जनाका व्यवहारिक प्रयोजनमा धर्म ,अर्थ , काम , मोक्ष , लोक व्यवाहार पर्छन ्।
ग) व्यक्तिगत प्रयोजन
कृपा पात्रता (लायक ) , देवस्तुति ,व्याधि रक्षा (रोगवाट मुक्ति ) ,धन आर्जन आदि उद्देश्य यस अन्तर्गत पर्दछन् ।
घ) आन्तरिक प्रेरणा
आन्तरिक प्रेरणा अन्तरगत कीर्ति (नाम ) ,यश (आनन्द ) पर्दछन् ।
य ी उद्देश्यहरू सर्जक र पाठक दुवैका दृष्टिमा अध्यायन गरेर प्रयोगमा ल्याइएको छ । साहित्य सिर्जनाको मुख्य प्रयोजन तृप्ति , कीर्ति , आनन्द , प्राप्ति र नाम राख्ने छन् । पाठकका दृष्टिमा रस निष्पति र आनन्द प्रमुख हुन भने अन्य गाैण प्रयोजन हुन ।