शनिवार, 12 सितंबर 2020

काव्य हेतु

 पूर्वीय साहित्यमा काव्य शब्दले नै साहित्य वा सिर्जनाका सम्पूर्ण क्षेत्र भन्ने जनाउँछ  । साहित्यकार तथा सर्जकमा सिर्जना गर्न सक्ने बनाउँने तत्त्व नै काब्य हेतु हो । हेतु भनेको कारक हो । साहित्य पनि सर्जकले कुनै कारणबाट मात्र सिर्जना गर्दछ अर्थात साहित्य सिर्जना गर्ने प्रेरक तत्त्व हुन्छ भनिएको छ । साहित्य हेतुका सन्दर्भमा बिभिन्न विद्दानहरूले अध्यान गरि यसका मुख्य रूपमा तीन प्रकारका हेतु रहेको निचोड निकालेका छन् । कसैले प्रतिभालाई बढि महत्व दिएका छन् भने कसैले प्रतिभा , व्युत्पति र अभ्यासको समस्टि रूपबाट काव्य सिर्जना हुने कुरा व्यक्त गरेका छन् । पाश्चात्य विद्दानहरूको हकमा पनि यो कुरा लागु भएको पाइन्छ । काव्य सिद्दान्त सम्भन्धी चर्चा पूर्विय शस्त्रमा भरतमुनी देखि भएतापनि काव्य हेतु सम्भन्धी चर्चा भामह देखि हुन थाल्यो । छैटै।सताब्दीका विद्दानहरू भामह , राजशेखर , हेमचन्द्र , वाग्वट, जयदेव ,जगन्नाथ  जस्ता व्यक्तिहरूले प्रतिभालारई बढि महत्त्व दिदै व्यत्पति र अभ्यासलाई गौण मानेका छन् भने सातैा शताब्दिका वामन , रूद्रट ,दण्डी , मम्मट जस्ता विद्दानहरूले सिर्जनाकालागि प्रतिभाका साथै व्युत्पति र अभ्यसको पनि उतिकै महत्त्व दर्शाएका छन् । काव्य हेतुका तीन प्रकारहरू यसरी चर्चा गर्न सकिन्छ ।

   क) प्रतिभा 

       प्रतिभा भनेको सर्जकले सिर्जना गर्न सक्ने अन्तरनिहित क्षेमता हो । सिर्जना थोरैले गर्न सक्छन ् र धेरैले पढ्न सक्छन् । त्यहि सिर्जना गर्न सक्ने दिव्य शक्ति वा कला नै प्रतिभा हो  । प्रतिभाका वारेमाा विद्दानहरूले आ आफ्नो विचार व्यक्त गरेका छन् । जस्तै ः 

अ) जुन वुद्दिले जगतमा नभएको वस्तुको निर्माण सिर्जना  तथा रचना गर्दछ  त्यसलाई प्रतिभा भनिन्छ । ः     अविनभ गुप्त  

अ।) नविनता व्यक्त गर्न सक्ने प्रज्ञा वुद्दि प्रतिभा हो ।    ः         भट्टलोलट 

इ) नविनताको उल्लेख गर्ने प्रज्ञा वा वुद्दि नै प्रतिभा हो  ः हेमचन्द्र 

ख) व्युत्पति ः 

     व्युत्पतिको अर्थ उत्पादन गर्नु भन्ने हुन्छ यहाँ काब्यहेतुका सन्दर्भमा  व्युत्पतिलाई पनि महत्वपूर्ण स्थानमा रादिएको छ । सर्जकले हासिल गर्ने शास्त्रात्मक ग्यान नै व्युत्पति हो । यसलाई  साहित्य  निर्माणको साधनको रूपमा पनि लिइन्छ । यसका सम्भन्धमा विद्दानहरूको विचारलाई हेर्दा ः

अ) लोकशास्त्र र काव्यमा निपूर्णता नै व्युत्पतिलाई हो ।  ः हेमचन्द्र 

अ।)  बहुज्ञाता नै व्युत्पतिको अर्थ हुन्छ । ः राजशेखर 

इ) व्याकरण, छन्द , कोश , अर्थशास्त्र ,इतिहासश्रीत काव्य , लोकव्यवहार ,तर्कशास्त्र ज्ञान नै व्युत्पति हो । ः दण्डी 

  ग) अभ्यास 

          अभ्यासको अर्थ आवृति गर्ने प्रवृति हो। सैद्दान्तिक रूपमा जानेका कुराहरूलाई साधना गर्नु नै अभ्यास हो । स्रष्टाले अभ्यास गर्दा अैापचारिक ,अनाैपचारिक दुवै ढंगबाट गर्न सक्छ जानेका ज्ञाताबाट निर्देशन , सल्लाह  र सुझाव लिई गरिने  अभ्यास औपचारिक अभ्यास हो भने एक्लै साधना गर्नु अनाैपचारिक अभ्यास हो । निरन्तर साधनाले पनि मानिस सर्जक वन्न सक्छ ।जानेका कुरालाई निखारता ल्याउन पनि मानिसलाई अभ्यासको आवश्यकता पर्छ । अभ्यासले नै सर्जकलाई उत्कृष्ट र अब्बल बनाउँछ । अभ्यासका वारेमा विद्दानहरूका परिभाषाहरू ः 

अ) विना अवरोध काममा लागि रहनुलाई  अभ्यास भनिन्छ। निरन्तर अभ्यास गरिरहनाले सबैकुरा प्राप्त गर्नुका साथै विशिष्ट सीप प्राप्त हुन्छ । ःराज शेखर 

अ।) मानिसमा पहिलेनै अनेक अनेक गुण र वासना अद्भुतरूपमा रहेका हुँदैनन् । वास्तवमा भाषालाई सुन्दै र अभ्यास गर्दै जाँदा मानिसमा स्थायी ज्ञान प्राप्त हुन्छ । ः दण्डी 

इ) कविता रच्ने शक्ति र शास्त्र आदिको ज्ञानबाट अद्भुदहुने  निपुर्णता, काव्य जान्नेको शिक्षा ,उसको अभ्यास आदि नै काव्य उत्पतिको मूल कारण हो । ः मम्मट 

        यसरी अभ्यासले सर्जकलाई निखारता दिइ निपूर्ण बनाउँछ  भन्ने विचार विद्दानहरूको भेटिन्छ । यसैका आधारमा कविहरूलाई७ भागमा वर्गिकृत गरिएको छ । 

१हृदयकवि 

२अन्यापदेशिकवि 

३सेविताकवि 

४घटमानकवि 

५आवेशिककवि 

६आँशुकवि 

७महाकवि 

        सहित्य सिर्जना गर्ने व्यक्तिको अन्तर हृदयबाट प्रेरित गर्ने शक्ति , इच्छ , चाहनाले उसको प्रतिभालाई प्रष्फुटन गर्न सघाउँछ  ।प्रतिभा कम हुँदा पनि अभ्यास र व्युतपतिले उसलाई सिर्जना गर्न सघाउँछ  त्यसकारण प्रतिभा सँगसगै व्युत्पति र अभ्यास पनि काव्य हेतु हुन् भन्न सकिन्छ । 

In Eastern literature, the word kabya refers to the whole field of literature or creation. Poetry is the creative element that can be created in a writer and a creator. Hetu is the factor. It is said that literature is created by the creator only for some reason, that is, it is the motivating element to create literature. In the context of literary purposes, various scholars have studied and concluded that there are three main types of purposes. Some have given more importance to genius, while others have expressed that poetry is created through a combination of genius, etymology and practice. The same is true of Western scholars. Though the discussion on the doctrine of poetry started from Bharatmuni in Eastern arms, the discussion on the subject of poetry started from Bhamah. Sixth century scholars like Bhamah, Rajshekhar, Hemchandra, Vagvat, Jaydev, Jagannath have given more importance to genius and have given importance to etymology and practice. The three types of poetry can be discussed in this way.


   A) Talent


       Talent is an inherent ability that a creator can create. Few can create and many can read. Talent is the divine power or art that can create that. Scholars have expressed their views on talent. For example:


A) The intellect that creates and creates things that are not in the universe is called genius. : Avinav Gupta


A. Wisdom is the ability to express innovation. : Bhattalolat


E) Talent is the wisdom that mentions innovation: Hemchandra


B) Etymology:


     The meaning of etymology is to produce. The science acquired by the creator is the etymology. It is also considered as a means of making literature. Looking at the views of scholars in this regard:


A) Perfection is the etymology in folklore and poetry. : Hemchandra


A) Polygamy is the meaning of etymology. : Rajasekhara


E) Knowledge of grammar, verse, lexicon, economics, historical poetry, folklore, logic is the etymology. : Dandi


  C) Practice


          Practice means the tendency to repeat. The practice is to cultivate bananas that are known theoretically. While the Creator can practice in both informal and informal ways, the practice of seeking guidance, advice and suggestions from a knowledgeable person is an informal practice, while practicing alone is an informal practice. Man can also become a creator through continuous practice. Man also needs practice to bring clarity to what he knows. Practice makes the creator the best. Scholars' definitions of practice:


A) Continuing to work without interruption is called practice. Continuing to practice achieves everything as well as specific skills. Rajasekhara


A.) Man does not already have many qualities and lusts in a wonderful way. In fact, by listening and practicing the language, one acquires lasting knowledge. : Dandi


E) The power to compose poetry and the perfection of knowledge from the knowledge of scripture etc., the education of the knower of poetry, his practice etc. are the main reasons for the origin of poetry. : Mammoth


        Scholars are of the opinion that this practice gives perfection to the creator. Based on this, the poets are classified into 7 parts.


1 heart poet


2 other foreign poets


3 Sevitakavi


4 Ghatmanakavi


5 non-essential poets


6 Ashukavi


7 great poets


        The power, desire and desire to inspire the inner heart of a person who creates literature helps to develop his talent. Even when talent is lacking, practice and etymology help him to create it.

          




नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...