Privacy policy

Tuesday, January 30, 2024

कथाको वर्गीकरण

 

कथाको वर्गीकरण

 समाज सापेक्ष विधाको रूपमा विकसित हुँदै आएको कथाले प्रारम्भदेखि आजसम्म आउँदा अनेक स्वरूप बदलेको छ। विषय र शैलीका दृष्टिले पनि यसमा एकरूपता पाइदैन। कथाको वर्गीकरण प्रसङ्गमा के भन्न सकिन्छ भने कथा यति नै प्रकारका हुन्छन् भनेर किन गर्न सकिँदैन  , कथाको वर्गीकरण पनि विभिन्न समीक्षकहरूले आ-आफ्नै तरिकाले  धारणा प्रस्तुत गर्दै कथाका विविध प्रकारलाई देखाएको पाइन्छ ।

 कथाको वर्गीकरण गर्दा

 विषयलाई मात्र, शैलीलाई मात्र, वा उद्देश्यलाई मात्र आधार मानी कथाका प्रकारगत विभाजन गर्न सकिन्न । त्यसैले कथाको वर्गीकरण गर्दा निम्नप्रकारका आधारलाई लिई गर्नु उपयुक्त देखिन्छ

क.चिक्षेत्र

 एउटै विषयमा पनि विभिन्न रुचि भएका कथाकारले विभिन्न कथाहरू रचना गर्न सक्छन्। यसैले कथाको विषयलाई कथाकारले रुचिक्षेत्रसँग गाँसेर हेर्नु पर्दछ । कुनै पनि विषयवस्तु प्राप्त गर्ने वित्तिकै एउट समाजशास्त्रीय दृष्टिकोणमा रुचि लिने कथाकारले सोहीअनुरूप कथालाई ढाल्दछ भने मनोविज्ञानमा रुचि लिने कथाकारले त्यसलाई मनोवैज्ञानिक कथाको रूपमा प्रस्तुत गर्दछ अनि दर्शनमा रुचि भएका कथाकारले त्यही विषयवस्तुलाई दार्शनिक रूपले प्रस्तुत गर्दछ।यसरी कथाकारले रुचिअनुसार एउटै विषयलाई सामाजिक, मनोवैज्ञानिक, दार्शनिक कथाका रूपमा प्रस्तुत गर्न सक्छ । प्रत्येक कथाकारको आ-आफ्नो रुचि हुन्छ र त्यसै अनुसारका कथाहरू उसले रचना गर्दछ । मैनाली, पुष्कर शमशेरको रुचिक्षेत्र सामाजिक भएकाले उनीहरुबाट सामाजिक कथा लेखिए। गोठाले, विजय मल्ल, भिक्षु, विश्वेश्वरप्रसाद कोइरलाको रुचिक्षेत्र मनोविज्ञान भएकाले मनोवैज्ञानिक र मनोविश्लेषणात्मक कथाहरू निर्माण भए। यसरी कथाको वर्गीकरण विषयलाई मात्र पक्डेर होइन कथाकारको रुचिक्षेत्रलाई आधार बनाई वर्गीकरण गर्नु पर्ने हुन्छ। यस आधारमा कथाका प्रकारहरू यी हुन सक्छन्

 सामाजिक:

सामाजिक विषयवस्तुमा रुचि लिएर लेखिएका कथाहरू सामाजिक हुन्छन् । यो कल्पित हुन्छ र आफ्नो समाजको सामयिक जीवनको चित्र यसमा उतारिएको हुन्छ । यसमा समाजका घटना, पात्र, समस्या, कार्य आदिको चित्रण रहन्छ

 मनोवैज्ञानिक

जुन कथामा कुनै पात्र वा पात्रको मनको अध्ययन र विश्लेषण गरिन्छ, सामान्य र असामान्य मनोदशाको चित्रण गरिन्छ त्यसलाई मनोवैज्ञानिक वा मनोविश्लेषणात्मक कथा भनिन्छ । यसमा पात्र वा चरित्रका मनको विभिन्न तहहरूको विश्लेषण र पात्रका मनमा परेको कुष्ठा वा विकृतिको उद्घाटन गरिएको हुन्छ। गोठाले, विजय मल्ल, विश्वेश्वरप्रसाद कोइराला आदिका कथा यस फाँटमा पर्दछन् ।

ऐतिहासिक तथा पौराणिक

इतिहासका प्रसिद्ध घटना र चरित्रलाई लिएर वा पुराणका प्रसिद्ध घटना वा चरित्रलाई लिई लेखिएका कथाहरू यसअन्तर्गत पर्दछन्। यस क्षेत्रमा बदरीनाथ भट्टराई , रुद्रराज पाण्डे जस्ता कथाकारहरूको विशेष रुचि देखिन्छ।

 राजनैतिकः

 कुनै खास राजनैतिक वाद वा सिद्धान्तको विरोध वा समर्थनमा लेखिएका कथाहरू राजनैतिक कथाहरू हुन् । यस्ता कथाहरू कुनै शासन वा सिद्धान्तलाई हटाउन वा स्थापित गर्न रुचि लिएका कथाकारले लेखेका हुन्छन् ।

 दार्शनिकः

कुनै दार्शन वा विचारसँग वद्ध भएर तार्किक विचारहरू प्रकाशन गर्ने रुचिले लेखिएका कथाहरू दार्शनिक कथा हुन्।

रीतिक्षेत्र

कुनै पनि विषयवस्तुलाई कथाकारले कस्तो रूप दिन चाहन्छ त्यसै अनुरूप ती स्वतन्त्र हुन सक्छन्। जस्तो सामाजिक विषयलाई कथाकारले आफ्नोतिक्षेत्रअनुसार यथार्थवादी, स्वच्छन्दतावादी, प्रकृतवादी, अस्तित्ववादी, आदर्शवाद प्रगतिवादी आदि बनाउन सक्दछ। यसरी कथावस्तुलाई कुन प्रवृतिमा ढालिएको छ, त्यसैको धारमा  कथाका प्रकारहरू बनाउन सक्दछ । विषयलाई सम्पादन कसरी गरिएको छ त्यसै अनुरूपका कथाहरूको सिर्जना हुन सक्छ।

 शैली

कथाको वर्गीकरणको एउटा आधार शैली पनि हो । शैलीका आधारमा कथाका प्रकारहरू यस किसिमले निर्धारण गर्न सकिने देखिन्छ –

अभिव्यक्ति प्रणालीका र रचन विधान

 अभिव्यक्ति प्रणालीका आधारमा कथाका प्रकारहरू यी हुन सक्छन् :

 क. वर्णनात्मक शैली

ख. डायरी शैली

ग. पत्रात्मक शैली

घ. नाटकीय शैली

. रचनाविधानका आधारमा

 क. घटना प्रधान

ख. चरित्र प्रधान

ग. परिवेश प्रधान

परम्परागत र आधुनिक शैलीका आधारमा

क. परम्परागत शैलीका कथा

ख. आधुनिक शैलीका कथा

कथानकको ढाँचाका आधारमा

क.    रैखिक

ख.    वृत्ताकारीय

शब्द प्रयोगको आधारमा

क.    संस्कृत शब्द प्रयुक्त

ख.     स्थानीय शब्द प्रयुक्त

अर्थका तहका आधारमा

क. अभिधात्मक

ख. अन्योक्तिमूलक

ग.प्रतीकात्मक

दृष्टिविन्दु

क. प्रथमपुरुष प्रधान (आन्तरिक दृष्टिविन्दु)

ख. तृतीय पुरुष प्रधान (बाह्य दृष्टिविन्दु)

 

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...