काव्यको शोभा वढाउँने तत्त्वलार्इ अलङ्कार भनिन्छ । अलङ्कार साहित्यको अाभुषण हो । जसले काव्यलार्इ शृङ्गार गरेर मिठास र मधुर बनाउँछ ।अाचार्य भरतले अलङ्कारलार्इ काव्यको अङ्गको रूपमा प्रस्तुत गर्दै अाफ्नो नाट्यशास्त्रमा उपमा ,रूपक ,यमक दीपक अलङ्कारको चर्चा गरेका छन् तापनि यिनी अलङ्कारवादी नभएर रसवादी विचारधाराका अाचार्य मानिन्छन । अलङ्कारवाद सम्प्रदायका पहिलोअाचार्य भामह हुन्। यिनले शब्दमा वाणीको वक्रता नै अलङ्कार हो भन्दै वक्रतालार्इ अलङ्कारको स्रोत ठानेका छन् । त्यसपछि अर्का अाचर्य दण्डी काव्यको शोभा वढाउँने तत्त्वको रूपमा अलङ्कारलार्इ स्वीकार्दछन् । उनले अतिसयोक्तिलार्इ अलङ्कारको मूल रूप मानेका छन्। अाचर्य वामनले अलङ्कारलार्इ अलङ्कारले युक्त हुनाले काव्य ग्रहण गर्नु पर्दछ । सुन्दरता नै काव्य अलङ्कार हो भनि अलङ्कारको भाव साैन्दर्यको महत्त्व दिएका छन् । भोजराजका अनुशार शब्दका अाधारमा गरिने साैन्र्दर्य परक अभिव्यक्ति अलङ्कार हो । विशेष प्रकारको कथन अलङ्कार हो भन्ने विचार रूद्रटको देखिन्छ। अग्निपुराणका अनुशार काव्य शोभाकारक धर्मलार्इ अलङ्कार भनिन्छ । अलङ्कारले शब्द, अर्थ र शब्दार्थोमयलार्इ अलङ्कृत पार्दछ भन्ने विचार अग्निपुराणको हो । अाचर्य मम्मटले शब्द र अर्थमा शोभित भएर अवस्थित रसको उपकारक हुने अनुप्रास , उपमा अादि अलङ्कार हार अादि गहना जस्तै हुन् भन्दै शब्दगत अनुप्रास अादि र अर्थगत उपमा अादिलार्इ नै अलङ्कार भनिन्छ ।
विभिन्न अाचर्यहरूले अलङ्कारलार्इ काव्यको अपरिहार्य तत्वको रूपमा स्वीकारेको पाइन्छ । अलङ्कारकै कारण काव्यमा विशेष शोभा बढ्छ । अलङ्कारको कारण काव्य गुणयुक्त र रसात्मक बन्दछ ।त्यसकारण काव्यमा अलङ्कार सिद्दान्तको चर्चा परिचर्चा भएको पाइन्छ ।