Privacy policy

Wednesday, May 13, 2026

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः

वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखालाई वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्ञानिक अध्ययन, विश्लेषण र वर्गीकरण गरिन्छ। यसले मानिसको मुखबाट निस्कने ध्वनिहरूको उत्पादन, सञ्चार र ग्रहण प्रक्रियाको अध्ययन गर्छ।यो अङ्ग्रेजीको phonology को रूपान्तरित रूप हो ।कुनै पनि भाषाको वर्णहरूको निर्धारण र वर्णानुक्रमको अध्ययन यसले गर्दछ । भाषामा प्रयोग भएका ध्वनिहरू  कति मिल्दा जुल्दा छन्, ती एउटै वर्गमा समाहित हुन सक्छन् वा सक्दैनन् भनेर विशिष्टिकृत गर्ने कार्य वर्णविज्ञानमा हरने गर्दछ । भाषाका खास क्रममा  आउने ती ध्वनिले कस्तो अर्थला सङ्केत गर्दछ रअर्थगत भेद देखाउँदछ त्यसको पनि अध्ययन गर्ने कार्य वर्ण विज्ञानले गर्दछ ।

ध्वनि विज्ञान र वर्ण विज्ञानः


 

नेपाली भाषामा निम्न वर्णको प्रयोग भएको पाइन्छ ।
क)    स्वरवर्ण
 नेपालीमा लेख्य परम्परामा निम्न तेह्र प्रकारका स्वरवर्ण छन् , आ, इ, ई, उ, ऊ, ए, ऐ, ओ, औ, अं, अः ।
उच्चारणका हिसाबले नेपाली स्वरवर्ण जम्मा ६ प्रकारका मात्रै छन् – , इ, उ, ए, ‌ओ 
नेपाली स्वर वर्णलाई उच्चारण गर्दा हुने उच्चारण अवयवको भूमिका अनुसार निम्नलिखित तरिकाले वर्गीकरण गरिएको पाइन्छः
·         मांसपेशीको आधारमाः
          दृढ स्वर इ  आ उ,
         शिथिल स्वर ए अ ओ
·         जिब्रोको सक्रिय भागः 
        अग्र इ ए
        केन्द्रीय आ 
        पश्च उ ओ अ
·         जिब्रोको उचाइः
 उच्च उ इ, 
उच्च-मध्य ए ओ, 
निम्न-मध्य अ 
 निम्न आ
·         ‍ओठको अवस्थाः गोलित उ ओ र अगोलित अ आ इ ए)

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...