नेपाली साहित्य जगतमा गीत लेख्य परम्परा भन्दा पुरानो विधा हो ।यो नेपाली लोक संस्कृतिमा परम्पराको रूपमा रहेको छ । विभिन्न चाडपर्व ,मेलापात तथा विभिन्न शुभ कामको थालनी गीत सङ्गीतबाट गरिन्छ । यसलार्इ मनोरञ्जनको साधनको रूपमा प्रयोग गरेको पार्इन्छ । नेपाली लेख्य गीतको परम्परालार्इ हेर्दा यसको विकासक्रमलार्इ यसरी हेर्न सकिन्छः-
क.पहिलो चरणः- पृष्ठभूमीकाल (प्रारम्भदेखि - १९४०)
ख.दोस्रो चरणः- विकासकाल( १९४१ - २००७)
ग.तेस्रो चरणः- विस्तारकाल (२००७ - हालसम्म )
क.पहिलो चरणः- पृष्ठभूमीकाल (प्रारम्भदेखि - १९४०)
प्रारम्भिक बिन्दुको निश्चित यकिन नभएपनि सुवानन्ददासको पृथ्वीनारायण शीर्षकको कवितालार्इ गीतको सुरूवातको विन्दुको रूपमा लिनु पर्छ ।गीतमा अावस्क सम्पूर्ण तत्त्व यसमा नभएपनि झिनो गेयतत्त्व पाउन सकिन्छ ।यदुनाथ पोख्रेलको गोर्खा सेना,कृष्ण चरित्र पनि त्यस्तै कृति हो। यी कविताहरूले गीतको लिखित प्रारम्भ विन्दुको काम गरेका छन् । त्यसपछि गुमानी पन्तको दिनदिन खजनाको भारि बोक्नाले नामक रचनाले अलि गेयात्मकता थप्नेकाम गर्यो । विस्तारै प्रगतिको बाटो समातेको गिती साहित्यमा हिनव्याकरणी वद्यापति देखापरे उनिद्वारा अनुदित गीतगोविन्द नामक गीत नेपाली साहित्यमा स्थान पायो । वसन्त शर्माको समुन्द्र लहरी,इन्दिरसको गोपिका स्तूती,भानुभक्तको बालाजी वर्णन, ज्ञन दिलदासको उदयलहरी ,झ्याउरे भजन ,टुङ्ना, नरबहादुर रानाको जङ्गबहादुरको सवार्इ अादि गीतहरूले यो समयमा महत्तवपूर्ण भुमिका निर्भाह गरेका छन् ।
पृष्ठभूमि कालिन गीतका विशेषताहरूः
क . लिखित प्रारम्भको विन्दु ,
ख. गीतमा अावस्यक तत्त्वको अभाव ,
ग. अनुवादमा अाधारित गीत निर्माण ,
घ.सवार्इ , झ्याउरे टुङ्ना अादि लोकलयको प्रयोग ,
यसरी यस चरणमा नेपली साहित्यमा गीतले पाइला टेकेर विस्तारै झ्याङ्गिने माैका पाएको थियो ।त्यसैले यसलार्इ महत्त्वपूर्ण समयको रूपमा लिनु पर्छ र यदुनाथ पोख्रेल, भानुभक्त अाचर्य , ज्ञानदिलदास हीनव्यकरणी चाहि यतिवेलाका गीतकार हुन् ।मोतिराम भट्टको उदय पूर्व सम्म यसको अवधि रहेको मानिन्छ ।
ख.दोस्रो चरणः- विकासकाल( १९४१ - २००७)
नेपाली गीत परम्परामा मोतिराम भट्टको अागमनसँगै गीतिसाहित्यमा नयाँ स्वरूपको विकास भयो । मोतिराम भट्टको पिकदूत गीतिकाव्य तथा प्रियदर्शिका नाटिकामा गीतको प्रयोग भएको पाइन्छ । लक्ष्मीदत्त पन्तको गजल, शम्भुप्रसाद ढुङ्गेलकलको भजन,शकुन्तला नाटक, बहादुरसिंह बरालको बरालको अाँशु नामक गीत सङ्ग्रह,लक्ष्मीप्रसाद देवकोटाको फुल्यो अालुबखडा, मुनामदन, लक्ष्मी गीति सङ्ग्रह,अलिमियाँको सेतीको सुस्केरा ,न्याउलीको पुकार पहाडको उद्गार ,सम्झनाको दियो ,अादि थुपै गीत र गीतकारहरूयतिवेला देखा परेका छन् । धर्मराज थापा ,माधवप्रसाद घिमिरे ,गोबिन्द शर्मा ,म. वी.वि शाह,तरणीप्रसाद कोइरला,मातृका प्रसाद कोइरला ,योगमाया न्याैपाने अादिको महत्त्वपूर्ण भुमिका देखिन्छ । विस्तारित स्वरूप प्राप्त गरेको यो चरणको विशेषतालार्इ यसरी हेर्न सकिन्छः
क.गीतमा भावको एकान्वीति,निजात्मकता,लयात्मकता र अनुप्रासियताको प्रयोग ,
ख. श्रृङ्गार ,र्इश्वरभक्ति , राष्ट्र्प्रेम,स्तुति तथा जीवनका विरह,व्याथा, प्रकृति अादिको प्रयोग,
ग. जातिसुधार, पतिप्रेम,एकल महिलाका समस्या, सामाजिक विकृति तथा विसङ्गतिको उद्घाटन ,
घ. मानवतावाद,वश्ववन्धुत्वको भावना तथा धनि राष्ट्रले गरिब राष्टप्रति गरेको अन्यायको विरोध गरिएको ,
ङ. ,सबार्इ ,लहरी झ्याउरे जस्ता लोकलयका साथै केहि अागन्तुक शैलीको पनि प्रयोग भएको ,
यस समयमा गीतले अाफ्नो अाकर लिइ सकेको थियो । पहिलो चरणमा देखा परेका अभाव यस चरणमा अाइपुग्दा टुङ्गिएको पाइन्छ । मोतिराम भट्टले सुरूवात गरेका गीति विकासका लहरहरूलार्इ अन्य थुप्रै गीतकारहरूले साथ दिएको पाइन्छ । अाधुनि युगमा जस्तै विकासको अभाव देखिए तापनि यो प्रगतिको लहरको उदाहरणीय समयको अवस्था मान्न ससकिन्छ । मोतिरामभट्ट, माधव प्रसाद घिमिरे ,हीरादेवी गाइनेनी अादि यस चरणका केन्द्रिय प्रतिभा हुन् । रेडियो नेपालको अागमनसँगै यस चरणको अन्त्य र अाधुनिक युगको सुरूवात भएको मानिन्छ ।
ग.तेस्रो चरणः- विस्तारकाल (२००७ - हालसम्म )
वि. सं. २००७ सालमा रेडियो नेपालको स्थापनासँगै नेपाली गीति परम्पराले नयाँ युगको निर्माण गर्यो । यस चरणलार्इ पनि तीन भागमा वर्गीकरण गरेर नेपाली गीत परम्परालार्इ अध्यायन गरेको पाइन्छ ः
१.पहिलो मोड(२००७- २०१६)
२. दोस्रो मोड( २०१७ - २०४६)
१.पहिलो मोड(२००७- २०१६)
२००७ सालको परिवर्तनलगत्तै रेडियो नेपालको स्थापना भयो । सञ्चार क्षेत्रको विकासमा यो एउटा फड्को थियो । आधुनिक नेपाली संगीतको विकासतर्फ अघि बढ्न यसबाट अनुकूल परिस्थिति बन्न पुग्यो । जनसमक्ष आउन नपाएका कलाकार, गायक संगीतकारले थोरै भए पनि अवसर पाउन थाले । मा.रत्नदासले वरिष्ठ कलाकारको स्थान पाए । त्यससँगै नातीकाजी, जनार्दन सर्मा, कलानाथ अधिकारी, हरिप्रसाद रिमाल, शिवशंकर, रानुदेवी, कोइलीदेवी, कृष्णमान र अरू थुप्रै गायक कलाकारले रेडियो नेपालमा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउन सकेका थिए ।
झ्याउरे भाकामा राष्ट्रियता, देशभक्ति र जनजीवनलाई विषय बनाएर प्रस्तुत गर्ने धर्मराज थापा लोकप्रिय कवि एवं गायकका रुपमा समाजमा देखिए । त्यस्तै रेडियो नेपालबाट झलकमान गन्धर्वको ‘डाँफे चरीको गीत’ जस्तो गाथागीत र ‘हे बरै आमैले सोध्लिन् नि…’ बज्न थालेपछि नेपाली पहाडी जीवनमा जीवित रहेको गाइने गीतले आफ्नो औपचारिक अस्तित्व पाउन थाल्यो । सर्वप्रथम रेडियो नेपालमा हरिप्रसाद रिमालले शङ्कर लामिछाने द्वारा रचित मेरो दिल टुक्रा टुक्र बनेर शीर्षकको गीतिकविता गाएका थिए । त्यसपछि शिद्धिचरण श्रेष्ठद्वारा रचित हिमगिरी मण्डित सुगन्ध सोभित जय जय अामा नेपाल नामक शीर्षकको देशभक्ति पूर्ण भावले सजिएको गीत समरबहादुर मल्लले गाएका थिए । त्यसैगरि भैरब नाथ रिमालको माटो रम्छ, जिन्दगिका धुजाहरू , कहाँ छैन अाँशु ,पुष्प नेपालीको पुष्पाञ्जली, कृष्ण प्रसाद पराजुलीको अाँखाभरी सपना मुटुभरी गीत लगाएत थुपै सृजनाहरू यतिबेला देखिएका छन् ।
यो समयमा निर्माण भएका गीतका विशेषताहरूः
क. देशभक्ति पूर्ण भावका गीतहरू निर्माण ,
ख. र्इश्वर र प्रेम भावका गीतहरूको पनि निर्माण ,
ग. मानवीय प्रेम र प्रकृति प्रेमको उद्घाटन ,
घ.समसामयीक विषयवस्तुमा अाधारित गीतको निर्माण,
ङ. शहिदहरूको स्मणमा गीतको निर्माण ,
विभिन्न गीतकार ,सङ्गीतकार तथा गाएकहरूले अाफ्नो प्रतिभालार्इ उजिल्याउने अवसर यतिमिलेको देखिन्छ । नेपाली गीति जगतले राम्रो कोल्टो फेरेको हामी पाउँछाै । २०१६ साल सम्म मात्र यो मोडले गति लियो ।त्यस पछि राजनीतिक परिवर्तनसँगै दोस्रो मोडको उदय भयो ।
२. दोस्रो मोड( २०१७ - हाल सम्म)
२०१७ सालको राजनीतिक परिवर्तनपछि नेपाली संगीतले नयाँ मोड लिनपुग्यो । संगीतको संसारमा बच्चुकैलाश, नारायणगोपाल, तारादेवी, ज्ञानु राणा, मीरा राणा, इन्द्रनारायण र अरू धेरै कलाकारहरू प्रवेश गरे । धेरैजसो कलाकारको गायन यात्रा मा.रत्नदासकै संगीत पद्धतिको प्रभावमा अघि बढेको थियो ।
उता भारतको दार्जिलङमा नेपाली संगीतको एउटा नयाँ धारको विकास भइरहेको थियो अम्बर गुरुङको अग्रसरतामा । शरण प्रधान, कुमार सुब्बा, कर्म योञ्जन, शान्ति ठटाल, दिलमाया खाती, अरुणा लामा, जितेन्द्र बर्देवा आदि कलाकारहरूको ठूलो समूहको उदय भएको थियो । दार्जिलिङको यो समूहले काठमाडौंको गायनशैलीभन्दा फरक गरी पाश्चात्य र बंगाली संगीतको प्रभाव ग्रहण गरेको थियो ।
बीसको दशकमा गोपाल योञ्जन र अम्बर गुरुङ नेपालमा स्थायी बसोबास गर्न थालेपछि नेपाली संगीतमा एउटा नयाँ र सुखद अध्याय सुरु हुन्छ । गोपाल योञ्जन र नारायणगोपालको जोडीले आधुनिक नेपाली संगीतलाई आफ्नो मौलिक रूपमा श्रुतिमाधुर्यसँगै भावपूर्ण गायनको गुणात्मकता दिएर हिन्दी गीतसँग प्रतिस्पर्धा गर्न सक्नेगरी उचाइमा पु¥याएका थिए ।
अम्बर गुरुङले नेपाली संगीतलाई एउटा छुट्टै धार दिएका छन् । उनी विलक्षण प्रयोगवादी कलाकार थिए । सुरुताका उनका गीतहरू पाश्चात्य शास्त्रीय धुनहरूबाट बढी प्रभावित हुने गर्थे । तर पछिपछिका संगीतमा परिष्कारसँगै नेपालीपनको सुगन्ध पनि आउन थाल्यो ।
त्यसैगरी बीसकै दशकमा जन्मेको ’लेकाली समूह’ लोकसंगीतको लागि निकै लोकप्रिय बनेको थियो । यस सांगीतिक समूहले जिल्लाजिल्लामा गई कार्यक्रम प्रदर्शन गरेर आफ्नो ख्याति फिँजाएको थियो । यस समूहका अभियानकर्तामा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, इन्द्रनारायणहरू थिए ।
गोपाल योञ्जनमा हिन्दुस्तानी संगीतको लघुताबोध थियो कि भन्ने लाग्छ । उनले हिन्दुस्तानी संगीतमा पनि दक्खल छ भन्ने देखाउने विचारले होला ’मेरो पाउमा आज घुँगरु बाँध मायाले मलाई बोलायो…’ बोलको गीत मीरा राणाको युगलबन्दीमा गाएका थिए । हिन्दुस्तानी शास्त्रीय विधिमा गाइएको यो गीतमा नेपाली भाषामा गाउनुबाहेक नेपालीपन पाइँदैन । तर उनैले गाएको ’म त तिम्रो घनश्याम, तिमी मेरी राधा पियारी…’ गीतको आधार हिन्दुस्तानी संगीत भए पनि यसमा नेपालीपनको अनुभव हुन्छ ।
त्यसैगरी नारायणगोपालले आफ्नो गायनमा लोकलयमा हिन्दुस्तानी र पाश्चात्य संगीतको प्रभावलाई पचाएर एक छुट्टै रूपमा नेपाली संगीतलाई उचाइमा पु¥याइदिएका थिए ।
अर्का मीठो स्वरका धनी फत्तेमान राजभण्डारीले नारायणगोपालको संगीतमा गाएको ’वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले..’ ले उनको उच्च गायन क्षमतालाई प्रमाणित गर्छ । २०१७ सालपछिका कलाकारहरूमा बच्चु कैलाश, तारादेवी, मीरा राणा, ज्ञानु राणा उल्लेख गरिने नामहरू हुन् । कुनै समयमा लोकप्रिय बनेको ‘हात काट्यो बरै जालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले…’ गीतकी गायिका उजेली मैयाँ, ‘झलक्क हेर्दा चिनेझैँ लाग्छ, घर कहाँ तिम्रो भनन बटुवा…’ गायिका धर्मादेवी हुन् ।
त्यस्तै, ‘परदेश जाने लाहुरे दाइ, सम्चार पु¥याईदेऊ छोडेर जाने निठुरीलाई..’ गाउने सरला जोशी, ‘धेरै सम्झे धेरै हुन्छ,थोरै सम्झे थोरै हुन्छ…’ गाउने इन्द्रनारायण, कलानाथ अधिकारीका देशभक्तिका गीत गाएका छन् ।