शुक्रवार, 18 जून 2021

तिम्रो र हाम्रो मन एक होओस्👬👬👭👭 📙📘📗📖📕

 







माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते -२०७७ भाद्र २ गते ) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा ज्ञानपुष्प नामक कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्ट्रकवि' को उपाधिले सम्मान गरिएको छ।



सम्मान तथा पुरस्कार


राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा  पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ। वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त



तिम्रो र हाम्रो मन एक होओस्








कविताको विश्लेषण

यो कविता राष्ट्रकवि (२०६०)माधव प्रसाद घिमिरे (१९७६-२०७७) ले चैत वैशाख(२०६०) कविता संघ्रहमा संघ्रहित गरेका छन् । घिमिरे लम्जुङ्को दुराडाँडा भन्ने ठाउँमा जन्मेका थिए । ज्ञानपुष्प(१९९२-गोरखापत्र )नामक कविताबाट आफ्नो साहित्यिक यात्रा सुरू गरेका घिमिरेले गौरी खण्डकाव्य (२०१५) ,पापिनी आमा (२०१७),राष्ट्रनिर्माता (२०२३)जस्ता खण्डकाव्यहरू ,घामपानी(२०१०),नयाँ नेपाल(२०१३), बाल लहरी (२०२६) आदी जस्ता कविताहरू रचना गरेका छन् । त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३), आदीकवि भानुभक्त आचर्य पुरस्कार (२०५२) ,राष्ट्रकवि उपाधि (२०६०)जस्ता थुप्रै मान सम्मान प्राप्त गरेका कवि मानवतावादी ,स्वच्छन्दतावादी राष्ट्रपेम भाव धाराका कविता लेख्न रूचाउने कवि हुन् । उनले परिष्कारवादी शिल्पशैलीको प्रयोग गर्दै प्रकृतिलार्इ कविताको श्रोत वनाएका देखिन्छन् । यो कवितामा पनि कविले देशभक्तिको भाव अभिव्यक्त गर्दै मानवतावादी विचारहरू प्रस्तुत गर्न खोजेका छन् ।

 उक्त कवितामा कविले देशलार्इ यज्ञस्थलका रूपमा लिएका छन् र कामगर्ने सम्पूर्ण पेशाकर्मीलार्इ एउटै मन गरेर काम गरून भनेर मन्त्रन्छु अर्थात वारवार सम्झन्छु भनेका छन् । कविका विचारमा मानिस जुन देश पुगे पनि अर्थात आफ्नो आवश्यकताकोलागि जुनदेश पुगेपनि आखिर आफ्नो देशलार्इ विर्सनु हुँदैन र सबैले सबैको समान सम्मान दिदै एकै होउँ भन्ने भावना हुनुपर्दछ भन्नेकुरा व्यक्त गर्दछन् । संसारका सबै मानिसको शरीरमा उस्तै हृदय तत्त्व अर्थात जनेन्द्रियहरू हुन्छन् । त्यसैले उस्तै खाले आनन्द र अनुभवहरू भोग्दछन् । त्यसकारण सबै मानिस समान हुन् ।कोहि कसैलार्इ फरक देख्नु हुँदैन । मानिस जो जहाँ जसरी वसेको भएपनि मानव विकास र प्रगतिको लागि सबैले एउटै उद्यश्य वोक्नु पर्दछ । तेरो र मेरो भन्न छोडेर हाम्रो भनेर अगाडि बड्नु पर्दछ । भन्ने विचार कविले यस कवितामा व्यक्त गरेका छन्।सबै मानिसको जीवनशैलीमा समानता आओस भन्ने इच्छा कविले राखेका छन् ।

मानव सभ्यतालार्इ विषयवस्तु बनार्इ लेखिएको उक्त कवितामा मानव जीवन जिउने तरिका सबैले समान रूपमा प्राप्त गर्न पाइयोस् । कसैले उचो र निचोको भावना राख्न हुँदैन । समाज सुधार र विकासको लागि सबैको एउटै विचार र भावना हुनुपर्छ र एकजुट भएर लाग्नुपर्छ । जहासुकै वसेपनि मानिस मानिस कोहि फरक हुँदैन किनकि तिनिहरू सबैको सोच्ने ,वोल्ने र अनुभव गर्ने तरिका एउटै हो । त्यसैले सबैले समान व्यवाहार गरेर एकजुट भएर काम गरि मिलीजुली बस्नुपर्छ भन्ने भाव यस कवितामा प्राप्त गर्न सकिन्छ । निष्कर्षमा भन्नुपर्दा उक्त कविता मानवतावदी भावधारामा रचिएको छ । इन्द्राबज्रा र उपेन्द्र बज्रा मिलेर बनेको उपजाति छन्दको प्रयोग , सरल भाषा शैली र लयात्मक प्रस्तुती यसको विशेषता हो ।





अलङ्कारका भेदहरू 📑📑📑

 अलङ्कारको प्रयोग  रिगवेदबाट नै भएको थियो । त्यसैगरी अाचर्य भरतले नाट्यशास्त्रमा पनि ४ अलङ्कारको चर्चा गरेको पाइन्छ । तर यी विवेचना मात्र भएका थिए।अलङ्कार एक सम्प्रदाय हो । अलङ्कारलार्इ सम्प्रदायको रूपमा प्रस्तुत गर्ने अाचर्य भामह हुन् । यिनले अलङ्कारका वारेमा काव्यलङ्कारमा व्याख्या गरेका छन् । यिनले अलङ्कारलार्इ स्त्रीको शृङ्गारको रूपमा तुलना गरेका छन् । अलङ्कार विनाको काव्य वार्ता ठानेका छन् । भामहले अलङ्कारको संख्या ३८ मानेका छन् । त्यसैगरी भामहका समर्थक दण्डीले ३५, उद्भभटले ४०, वामनले ३३, रूद्रटले ५१ मम्मटले ७७, विश्वनाथ जगन्नाथ हुँदै अलङ्कारको संख्या१२५सम्म पुर्याएका छन् । यी सबैलार्इ समग्र रूपमा समेट्दा अलङ्कारलार्इ दुर्इ भागमा विभाजित गरिएको छ ।

क) शब्द अलङ्कार 

ख) अर्थ अलङ्कार 

क) शब्द अलङ्कार -

उचित शब्दको माध्यमवाट काव्यलार्इ अलङ्कृत पार्ने कार्यलार्इ शब्द अलङ्कार भनिन्छ ।जुन अलङ्कार शब्द विशेषका कारण सुन्दर वनेको हुन्छ । त्यस अवस्थामा त्यो शब्दलार्इ हटाइ त्यसको समानार्थी शब्दको प्रयोग गर्दा पहिलेको अलङ्कारको लोप हुन पुग्छ ।काव्यमा शब्दको अाश्रयले मात्रै चमत्कार प्रकट हुने तर शब्दको अभावमा अलङ्कार विहिन बन्ने प्रकारको अलङ्कार अवस्था नै शब्द खलङ्कार हो । शब्द अलङ्कार भित्र पनि अनुप्रास ,यमक र श्लेष गरी ३ उपभेदहरू रहेका छन् । 

अनुप्रास अलङ्कार 

काव्यमा प्रयोग हुन अाउने शब्दका वर्ण वा वर्ण समूह क्रमैसँग दोहोरिएर काव्यलार्इ सुन्दरता र मिठास बनाउँछ भने त्यस्तो अलङ्कारलार्इ अनुप्रास अलङ्कार भनिन्छ । जस्तै - पोखरेलीहरू पटुकी पहिरिएर पाल्पा पस्ने प्रचलन परापूर्वको परम्परा हो । 

 यस वाक्यमा प वर्ण क्रमश शब्दहरूको सुरूमा प्रयोग भइ वाक्यलार्इ अलङ्कृत गरेको छ । यस्तो अवस्थामा यदि क्रमभंग भयोभने अनुप्रास अलङ्कार हुँदैन ।यसका पनि उपभेदहरू छुट्याइएको छ । 

छेकानुप्रास

एक वा अनेक व्यञ्जन उस्तै क्रमले एक पटक मात्रै दोहोरिने पद्दति

वृत्यानुप्रास

एक वा अनेक व्यञ्जन धेरै पटक दोहोरिने पद्दति 

अन्त्यानुप्रास

पाउको अाधा वा अन्त्यमा अन्तिमअक्षर वा शब्द नै मिल्ने पद्दति

श्रुत्यानुप्रास

एकै स्थानवाट उच्चारण हुने वर्णहरू बारम्बार दोहोरिने पद्द्ति

लाटानुप्रास

उहि शब्द र अर्थको भिन्न भिन्न तात्पर्य वा अासयमा एक पटक पुनरूक्ति भर्इ उत्पन्न हुने अनुप्रास हो ।

     यसरी प्रवृत्तिका अाधारमा अनुप्रास अलङ्कारलार्इ पनि विभिन्न उपभेदहरूमा वर्गीकरण गरेको पार्इन्छ ।

अा) यमक अलङ्कार 

     यमकको शाब्दिक अर्थ जोडी हुन्छ । त्यसकारण अर्थ वेग्लै तर अाकारले मिल्दा वर्ण समूह दोहोरिने परिस्थिति को अलङ्कारलार्इ नै यमक अलङ्कार भनिन्छ । एकै खालका अक्षर समूह जुन सार्थक वा निरर्थक रूपमा उहि क्रमले दोहोरियो भने त्यसलार्इ यमक अलङ्कार भनिन्छ । 

इ) श्लेष अलङ्कार 

       एउटा शब्दलार्इ मोड्दा वा फोड्दा अनेक अर्थ लाग्ने अलङ्कारलार्इ श्लेष अलङ्कारभनिन्छ । यसमा वर्णहरूलार्इ मिल्दा वा छुट्याउँदा एउटै शब्दको भिन्न भिन्न अर्थ अर्थ प्रकट हुने गर्दछ । यसलार्इ पनि शब्द श्लेष र अर्थ श्लेष गरी २ भागमा बड्न सकिन्छ ।जहा शब्द र वर्णको विभाजन जोड्दा वा छुट्याउदा भिन्न अर्थ प्रकट हुने  अवस्था शब्द श्लेष हो भने पुरै वाक्यको समूच्च पंक्तिले दुर्इ अर्थ दिएमा त्यसलार्इ अर्थ श्लेष भनिन्छ । 

ख. अर्थअलङ्कार 

एउटा शब्दको कारणले भन्दा पनि पुरै वाक्यले काव्यमा जुन अलङ्कार पैदा गर्दा गर्दछ त्यसलार्इ अर्थअलङ्कार भनिन्छ । अर्थलङ्कारमा एउटा शब्दको सट्टा त्यसको पर्यावाची अर्को शब्द उत्पन्न हुन्छ , उत्तम श्रेणीको साैन्दर्य झल्किन्छ ,विशेष कुरा भनिन्छ ।अर्थलङ्कार भित्र पनि विभिन्न उपभेदहरूमा वर्गीकरण गरिएको पाइन्छ । ती हुन् 

क. उपमा अलङ्कार 

ख. रूपक अलङ्कार 

ग. अतिसयोक्ति अलङ्कार 

घ.उत्प्रेक्षा अलङ्कार 

ङ. दृष्टान्त अलङ्कार 

च. अर्थन्तरन्यास अलङ्कार

छ.स्वभावोक्ति अलङ्कार 

ज . समासोक्ति अलङ्कार 

झ . अप्रस्तुत अलङ्कार 

क.उपमा अलङ्कार

     कुनै एउटा चिज वा वस्तुलार्इ अर्को उस्तै वस्तु वा चिजसँग तुलना गरेर , उस्तै देखाएर प्रस्तुत गर्नु उपमा अलङ्कार हुन्छ । उपमा अलङ्कारलार्इ उपमेय , उपमान , साधारण धर्म र समान वाचक (वाचक शब्द) को अावस्यकता पर्दछ । 

उपमेय   जुन  वस्तु वा चिजलार्इ अर्को वस्तु वा चिजसँग समान गुण वा धर्मका अाधारमा दाँजिन्छ त्यसलार्इ उपमेय भनिन्छ । यसलार्इ विषय वा प्रकृति भनेको पनि पाइन्छ । 

उपमान  उपमेयसँग  तुलना हुन अाउने चिज वा वस्तु उपमान हो । समान धर्म - जहाँ एक वस्तुलार्इ तुलना अर्को वस्तुसँग दाँजेर गरिन्छ र उस्तै लक्षण र गुण प्रस्तुत गरिन्छ त्यहि समान गुण वा लक्षणलार्इ नै साधरण धर्म भनिन्छ । समान वाचक(वाचक शब्द)  दुर्इ वस्तु वा चिजलार्इ एक अापसमा लुलना गर्न अाउने तुलना वाची शब्दलार्इ समान वाचक शब्द भनिन्छ । यस्ता शब्दहरू झै , जस्तै, रूपि जस्ता तुलना गर्न अाउने शब्दहरू हुन् ।

ख.रूपक अलङ्कार

  कुनै वस्तुको रूपको अर्को वस्तुसँग अारोप गरेर ती दुर्इ अभेद देखाउनु नै रूपक अलङ्कार हो । यसमा उपमान र उपमेयमा एकता स्थापित गरि भेद हुँदा हुदै पनि अभेद देखार्इन्छ । गुण समानताका अाधारमा एउटा चिज वा वस्तुलार्इ अर्को चिज वा वस्तुको रूप दिइन्छ भने त्यो रूपक अलङ्कार हुन अाउँछ । 

उदाहरण ः नाट्यशाला छ अाकाश नाच्ने विजुली नटी 

जीवन एउटा संगम हो , जीवन कहालीलाग्दो भीर हो  ।

                                                       - लेखनाथ पाैडेल 

यसमा  पनि 

          क .माला अलङ्कार - 

एउटै उपमेय अनेक उपमानहरूको  अभेद अारोप गरिएमा 

    ख. परम्परित रूपक अलङ्कार-

        एउटा अारोपलार्इ निमित्त वनाएर अर्को अारोप गरिएमा 

ग. सावयक रूपक अारोप - 

  उपमान र उपमेयका अङ्ग र अङ्गिका बीच अभेदको अारोप गरिएमा 

घ. सन्देय रूपक अलङ्कार -

 वस्तुहरूका बीच  देखिने  समानता वस संयम भएको 

ङ. भ्रान्ति रूपक अलङ्कार -

कुनै समान वस्तु देखिएर उपमेयको तुल्य रूप भएमा 

ग. अतिसयोक्ति अलङ्कार  ः 

      अतिसयोक्तिको अर्थ ज्यादै  बढार्इ चढार्इ गरेको र उक्तिको अर्थ भनाइ भन्ने हुन्छ । अर्थात सामान्य वर्णको सट्टा अतिरञ्जनात्मक ढंगबाट प्रस्तुत गरिएको उक्ति अतिसयोक्ति अलङ्कार हुन्छ । यसमा उपमेयको उल्लेख नै नगरी उपमानसँग कुनै फरक नभएको देखाउनु यसको विशेषता हो । उताबाट अाइरहेकी एक शुन्दरीलार्इ देखेर  उ  चन्द्रमा हेर भियो भने युवतीको अनुहारलार्इ चन्द्रमाको रूपमा वर्णन गरिएको छ । यहाँ उपमेय (मुख) लुकेको छ तर चन्द्रमा र युवतीको मुखमा अभेद सम्भन्ध स्थापित गरिएको देखिन्छ ।यसरी सामान्य कुरालार्इ पनि अत्यन्त बढाएर चमत्कारपूर्ण ढंगले प्रस्तुत गर्नुनै अतिसयोक्ति अलङ्कार हो । यसलार्इ पनि ट भेदमा छुट्यार्इएको छ । 

ती हुन् ः 

क. भेदकातिसयोक्ति - अभिन्न वस्तुलार्इ भेद हो भनि देखाउनु 

ख. सम्भन्धातिसयोक्ति - योग्यतामा अयोग्यता र अयोग्यतामा योग्यता प्रस्तुति गरिन्छ 

ग. चपलासयोक्ति - कारणको ज्ञानबाट कार्य हुने वताइन्छ 

घ. अाक्रमातिशयोक्ति - कारण र कार्य एकसाथ हुने वताइन्छ । 

ङ. रूपकातिशयोक्ति - उपमानको सहायताले उपमेयको कथन गरिन्छ । 

च. अत्यन्ततिशयोक्ति- कारण भन्दा पहिले काम हुनुपर्ने वताइन्छ । 

      - चन्द्रमालार्इ चन्द्रमा हेर्छिन काैशी र अाकाश 

 स्वर्गकी अाटली हाँस्छिन याैटी अर्की छन् उदास 

                                      - देवकोटा (मुना मदन) 

घ) उत्प्रेक्षा अलङ्कार ः-

          प्रस्तुत र अप्रस्तुत वाक्यको सम्भन्ध स्थापित  उत्प्रेक्षा अलङ्कारमा हुन्छ ।यसमा उपमेयमा उपमानको संभावना कल्पना गरिन्छ । यस अलङ्कारमा होकि ,मानाैं झै प्रतित हुने झ- झल्को अाउने जस्ता शब्दहरूको प्रयोग भएको पार्इन्छ । जस्तै ः- तिम्रो अोठ मानाै ,पुष्प पत्र हो कि ?

यस वाक्यमा अोठ मानाै (उपमेय) र पुष्य पत्र (उपमान) अलग - अलग वस्तु भएपनि अोठ नै पुष्प पत्र हुन् भन्ने सम्भावना देअार्इएको हुनाले यो उत्प्रेक्षाअलङ्कार वन्न पुगेको छ । 

ङ) दृष्टान्त अलङ्कार ः- 

 दृष्टान्तको अर्थ उदाहरण भन्ने हुन्छ । यसमा एउटा उक्तिलार्इ अर्को उक्तिको उदाहरणबाट प्रमाणित गरिन्छ । अघिल्लो वाक्यको विचार र भावलार्इ पछिल्लो वाक्य वा पंङ्तिको भाव वा विचारले पुष्टि गर्ने काम गरिन्छ । उपमान र उपमेयमा साधरण धर्म , विम्व , प्रतिविम्व भएमा दृष्टान्त अलङ्कार वन्दछ । जस्तै ः- 

उपकारी गुणी व्याक्ति निहुरन्छ निरन्तर

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? -लेखनाथ पाैड्याल

यसमा पहिलो वाक्यलार्इ दोस्रो वाक्यले पुष्टि गरेको छ जहाँ गुणि व्यक्ति फलेको वृक्ष समान धर्म नम्रता भएर उपस्थित छन् । 

च) अर्थान्तरन्यास अलङ्कार ः- 

             अर्थान्तरन्यास भन्नाले एउटा भनाइलार्इ  अर्को भनार्इ द्वारा पुष्टि गर्नु वा समर्थन गर्नु भन्ने वुझिन्छ । यस अलङ्कार सामान्य भनार्इले विशेष भनाइलार्इ र विशेष भनाइले सामान्य  भनाइलार्इ समर्थन गर्दछ । यसमा कारणलार्इ कार्यद्वारा र कार्यलार्इ कारणद्वारा समर्थन गरिन्छ । जस्तै ः- 

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ।

मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । 

यसमा पछिल्लो पंतिको विशेष भनालार्इ पछिल्लो सामान्य भनार्इले पुष्टि गरेको हुनछ । 

छ) स्वभावोक्ति अलङ्कार ः- 

       कुनै  चिज वा वस्तुको स्वभाव गुण एवम् क्रियाकलाप जस्ताको तस्तै स्वभाविक ढंगले वाक्यमा (पंति ) उतार्नु नै स्वभावोक्ति हो । यसमा व्यक्ति ,प्राणी वा वस्तुको मिल्दो र सुहाउदो गुण वा वेहोरा प्रकटहुने गरि वर्णन गरिन्छ ।यो यथार्थ परक हुन्छ । जस्तै ः-कहिले वस्दछ छेउमा सडकको खुम्च्याइ छाती ,अनि 

कहिले हेर्दछ पूर्वतर्फ नभमा लाली चढ्योकी भनी 

काखि मन्तिर जोड्ले कर दुवै छापेर स्युस्यु गरी 

काम्यो लुग लुग त्यो गरीब विचरा त्यसमा दया गर्छ को ? 

                                                - भीमनिधि तिवारी 

ज) समासोक्ति अलङ्कार ः- 

         संक्षिप्त कथन नै समासोक्ति हो । यसमा एउटै उक्ति बाट दुर्इ अर्थको प्रतिति हुन्छ । यसमा प्रस्तुत वस्तुका समानता द्वारा अप्रस्तुत वस्तुको कार्य ,लिङ्ग ,विशेषण झल्किनेलार्इ  समासोक्ति अलङ्कार भनिन्छ । 

झ) अप्रस्तुत अलङ्कार ः- 

        अप्रस्तुतको अर्थ नै वर्णन नगरिएको भन्ने हुन्छ , त्यसकारण प्रस्तुतवाट अप्रस्तुतको अर्थ वुझ्नु नै  अप्रस्तुत अलङ्कार हो । उपमान द्वारा उपमेयको झल्को पाइने अलङ्कार अप्रस्तुत अलङ्कार हो ।

 गुलाफ जस्तो फुलेको दिल कोपिला हुदैन ।(देवकोटा )    




नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...