रविवार, 23 मार्च 2025

कथाको साहित्यका अन्य विधासँगको सम्भन्ध👉👉

 

समानताः

१. दुवै आख्यान विधा भएको,

२.दुवैको वंशाणुक्रम एउटै,

३.दुवैमा गद्यात्मक शैलीको प्रयोग हुने,

४.दुवैमा तत्वगत विशेषताको मेल,

५.कथाको इतिहास र उपन्यासको इतिहास एउटै रहेको,

६.कथा सृजना गर्ने स्रष्टाको मानसिकता र उपन्यास सृजना गर्ने स्रष्टाको मानसिकता एकै किसिमको रहेको,

   असमानताः

१.कथाको कथानक छोटो हुन्छ भने उपन्यासको कथानक लामो हुन्छ ।

२.कथामा जीवनको एक पक्षको मात्र चित्रण हुन्छ भने उपन्यासमा जीवनको सर्वपक्षीय चित्रण हुन्छ ।

३. कथाको क्षेत्र सानो हुन्छ ।यसमा एउटा सानो संसार मात्र देख्न सकिन्छ भने उपन्यासमा जीवनको सर्वपक्षीय चत्रण हुन्छ ।यसमा व्यापक आयामलार्इ समेटिएको हुन्छ ।

४.कथामा पात्रहरूको प्रयोग कम मात्रामा हुन्छ भने उपन्यासमा पात्रहरूको उपस्थिति प्रचुर मात्रामा हुन्छ ।

५.कथाको एउटै उद्देश्य हुन्छ भने उपन्यास बहुउद्देश्यमा केन्द्रित रहन्छ ।

६.कथा एक बसाइमा पढि सकिन्छ भने उपन्यास पढ्न कम्तिमा पनि तीन घन्टा लाग्छ ।

 




समानताः

१.कथा र नाटक दुवै गद्य विधा हुन् ।

२.मौलिकताका दृष्टिले दुवै विधामा समानता पाइन्छ ।

३. नाटक मञ्चीय हुन्छ,त्यस्तै कतिपय कथापनि मञ्चनयोग्य मानिन्छ ।

४.दुवै विधामा पात्रको उपस्थिति अनिवार्य मानिन्छ ।

५.विषयवस्तु तथा भाषाशैलीका आधारमा पनि यी दुवै विधामा समानता पाइन्छ ।

६.नाटकमा संवादको अनिवर्यता हुन्छ ,त्यस्तै कतिपय कथामा पनि सम्वादको मिश्रण पाइन्छ ।

 असमानताः

१.       कथा आख्यानात्मक विधा हो भने नाटक सम्वादात्मक विधा हो ।

२.       कथामा कथानकता हुन्छ भने नाटकमा अभिनयात्मकता रहन्छ ।

३.       कथा पाठ्य विधा हो भने नाटक श्रव्य,दृश्य विधा हो ।

४.       संरचनात्मक हिसाबले कथा लघु आकारको हुन्छ भने नाटकको आकार ठुलो हुन्छ ।

५.       नाटक र कथामा कार्यव्यापार,प्रस्तुतिकरण,स्वरूप र शैलीका दृष्टिले फरक छ।

६.       कथालार्इ पढेर पनि आश्वादन गर्न सकिन्छ भने नाटकलार्इ श्रव्यदृश्यबाट मात्र आनन्द लिन सकिन्छ ।


      समानताः
 १दुवै विधामा गद्यात्मकता पाइन्छ ।
     २.दुवै विधाको विषय,परिवेश र आकारगत रूपमा संरचनागत समानता पाइन्छ ।
    ३. निबन्धको शैलीमा कथा र कथाको शैलीमा निबन्ध तयार गर्न सकिन्छ ।   
    ४.यी दुवै विधामा कलापक्षलार्इ जोड दिइन्छ ।
  ५.दुवैको आकार सानो हुन्छ ।
    ६.आजका कथाहरू अध्ययन र मनन गरी विचार तयार गरेर कथामा अभिव्यक्त गर्दछन् । जब विचारलार्इ कथामा प्रयोग गरिन्छ त्यसले निबन्धको स्वाद दिन्छ अनि निबन्धसँग नजिक देखिन्छ ।



    असमानताः

  १.निबन्ध व्यक्तित्व प्रधान वा वैचारिक हुन्छ भने कथामा निर्वैयक्तिकता हुन्छ ।

    २. कथामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा पात्रको उपस्थिति रहन्छ भने निबन्धमा पात्रको अनिवार्यता पर्दैन ।

          ३.कथामा वर्णनात्मक,विवरणात्मक एवम् व्याख्यात्मक शैलीको प्रयोग भएको हुन्छ भने निबन्धमा विश्लेषणात्मक शैली हुन्छ ।

          ४.  कथाले पाठकलाई भावनात्मक रूपमा प्रभावित गर्छ भने निबन्धले पाठकलाई बौद्धिक रूपमा प्रभावित गर्छ।

       ५. कथामा घटनाहरू र संवादहरू मार्फत सन्देश दिइन्छ भने निबन्धमा तर्कहरूलाई समर्थन गर्नका लागि उदाहरणहरू प्रयोग गरिन्छ।


     समानताः
 १.दुवै विधामा कल्पनाशक्ति प्रयोग पाइन्छ ।
   २.दुवै विधामा साहित्यिक शैलीको प्रयोग गरिएको हुन्छ ।
    ३. दुवै विधामा लेखक मार्फत आफ्ना भावनाहरू, अनुभवहरू, र विचारहरूलाई कलात्मक रूपमा अभिव्यक्त गरिन्छ ।
       ४. दुवै विधामा भाषाको सौन्दर्यलाई ध्यान दिइन्छ।
       ५. दुवै विधामा संक्षिप्तता र गहिराइ दुवै हुन सक्छन्।
      ६. दुवै विधामा सामाजिक प्रतिबिम्ब हुन सक्छ।
      ७. दुवै विधाको उद्देश्य पाठकलाई मनोरञ्जन गराउनु, भावनात्मक रूपमा जोड्नु, र कुनै नैतिक वा सामाजिक सन्देश दिनु हो।
असमानताः

       कथा एक काल्पनिक वा यथार्थवादी घटना वा चरित्रहरूमा आधारित कथात्मक रचना हो भने कविता एक कलात्मक र भावनात्मक अभिव्यक्ति हो जसमा छन्द, तुक र अलंकार हुन्छ।

       कथामा पात्रहरू हुन्छन् जसले कथानकलाई अगाडि बढाउँछन् भने कवितामा पात्रहरू हुँदैनन्। कविले आफ्नो विचारहरू र भावनाहरूलाई प्रस्तुत गर्छ।

       कथामा कथानक हुन्छ जसमा घटनाहरूको क्रमबद्धता हुन्छ भने कवितामा कथानक हुँदैन यसमा भावनाहरू, विचारहरू, र छविहरू प्रस्तुत गरिन्छ।

































नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...