समानताः
१. दुवै आख्यान विधा भएको,
२.दुवैको वंशाणुक्रम एउटै,
३.दुवैमा गद्यात्मक शैलीको प्रयोग हुने,
४.दुवैमा तत्वगत विशेषताको मेल,
५.कथाको इतिहास र उपन्यासको इतिहास एउटै रहेको,
६.कथा सृजना गर्ने स्रष्टाको मानसिकता र उपन्यास सृजना गर्ने स्रष्टाको मानसिकता एकै किसिमको रहेको,
असमानताः
१.कथाको कथानक छोटो हुन्छ भने उपन्यासको कथानक लामो हुन्छ ।
२.कथामा जीवनको एक पक्षको मात्र चित्रण हुन्छ भने उपन्यासमा जीवनको सर्वपक्षीय
चित्रण हुन्छ ।
३. कथाको क्षेत्र सानो हुन्छ ।यसमा एउटा सानो संसार मात्र देख्न सकिन्छ भने
उपन्यासमा जीवनको सर्वपक्षीय चत्रण हुन्छ ।यसमा व्यापक आयामलार्इ समेटिएको हुन्छ ।
४.कथामा पात्रहरूको प्रयोग कम मात्रामा हुन्छ भने उपन्यासमा पात्रहरूको
उपस्थिति प्रचुर मात्रामा हुन्छ ।
५.कथाको एउटै उद्देश्य हुन्छ भने उपन्यास बहुउद्देश्यमा केन्द्रित रहन्छ ।
६.कथा एक बसाइमा पढि सकिन्छ भने उपन्यास पढ्न कम्तिमा पनि तीन घन्टा लाग्छ ।
समानताः
१.कथा र नाटक दुवै गद्य विधा हुन् ।
२.मौलिकताका दृष्टिले दुवै विधामा समानता पाइन्छ
।
३. नाटक मञ्चीय हुन्छ,त्यस्तै कतिपय कथापनि मञ्चनयोग्य मानिन्छ ।
४.दुवै विधामा पात्रको उपस्थिति अनिवार्य
मानिन्छ ।
५.विषयवस्तु तथा भाषाशैलीका आधारमा पनि यी दुवै
विधामा समानता पाइन्छ ।
६.नाटकमा संवादको अनिवर्यता हुन्छ ,त्यस्तै कतिपय कथामा पनि सम्वादको मिश्रण पाइन्छ ।
असमानताः
१.
कथा आख्यानात्मक विधा हो भने नाटक सम्वादात्मक विधा हो ।
२.
कथामा कथानकता हुन्छ भने नाटकमा अभिनयात्मकता रहन्छ ।
३.
कथा पाठ्य विधा हो भने नाटक श्रव्य,दृश्य विधा हो ।
४.
संरचनात्मक हिसाबले कथा लघु आकारको हुन्छ भने नाटकको आकार
ठुलो हुन्छ ।
५.
नाटक र कथामा कार्यव्यापार,प्रस्तुतिकरण,स्वरूप र
शैलीका दृष्टिले फरक छ।
६.
कथालार्इ पढेर पनि आश्वादन गर्न सकिन्छ भने नाटकलार्इ
श्रव्यदृश्यबाट मात्र आनन्द लिन सकिन्छ ।
असमानताः
१.निबन्ध व्यक्तित्व प्रधान वा वैचारिक हुन्छ भने कथामा निर्वैयक्तिकता हुन्छ ।
२. कथामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा पात्रको उपस्थिति रहन्छ भने निबन्धमा पात्रको अनिवार्यता पर्दैन ।
३.कथामा
वर्णनात्मक,विवरणात्मक एवम् व्याख्यात्मक
शैलीको प्रयोग भएको हुन्छ भने निबन्धमा विश्लेषणात्मक शैली हुन्छ ।
४. कथाले पाठकलाई भावनात्मक रूपमा प्रभावित गर्छ
भने निबन्धले पाठकलाई बौद्धिक रूपमा प्रभावित गर्छ।
५. कथामा
घटनाहरू र संवादहरू मार्फत सन्देश दिइन्छ भने निबन्धमा तर्कहरूलाई समर्थन गर्नका
लागि उदाहरणहरू प्रयोग गरिन्छ।
• कथा एक काल्पनिक
वा यथार्थवादी घटना वा चरित्रहरूमा आधारित कथात्मक रचना हो भने कविता एक कलात्मक र
भावनात्मक अभिव्यक्ति हो जसमा छन्द, तुक र अलंकार
हुन्छ।
• कथामा पात्रहरू
हुन्छन् जसले कथानकलाई अगाडि बढाउँछन् भने कवितामा पात्रहरू हुँदैनन्। कविले आफ्नो
विचारहरू र भावनाहरूलाई प्रस्तुत गर्छ।
• कथामा कथानक
हुन्छ जसमा घटनाहरूको क्रमबद्धता हुन्छ भने कवितामा कथानक हुँदैन यसमा भावनाहरू, विचारहरू, र छविहरू
प्रस्तुत गरिन्छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें