शुक्रवार, 18 जून 2021

तिम्रो र हाम्रो मन एक होओस्👬👬👭👭 📙📘📗📖📕

 







माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते -२०७७ भाद्र २ गते ) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा ज्ञानपुष्प नामक कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्ट्रकवि' को उपाधिले सम्मान गरिएको छ।



सम्मान तथा पुरस्कार


राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा  पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ। वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त



तिम्रो र हाम्रो मन एक होओस्








कविताको विश्लेषण

यो कविता राष्ट्रकवि (२०६०)माधव प्रसाद घिमिरे (१९७६-२०७७) ले चैत वैशाख(२०६०) कविता संघ्रहमा संघ्रहित गरेका छन् । घिमिरे लम्जुङ्को दुराडाँडा भन्ने ठाउँमा जन्मेका थिए । ज्ञानपुष्प(१९९२-गोरखापत्र )नामक कविताबाट आफ्नो साहित्यिक यात्रा सुरू गरेका घिमिरेले गौरी खण्डकाव्य (२०१५) ,पापिनी आमा (२०१७),राष्ट्रनिर्माता (२०२३)जस्ता खण्डकाव्यहरू ,घामपानी(२०१०),नयाँ नेपाल(२०१३), बाल लहरी (२०२६) आदी जस्ता कविताहरू रचना गरेका छन् । त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३), आदीकवि भानुभक्त आचर्य पुरस्कार (२०५२) ,राष्ट्रकवि उपाधि (२०६०)जस्ता थुप्रै मान सम्मान प्राप्त गरेका कवि मानवतावादी ,स्वच्छन्दतावादी राष्ट्रपेम भाव धाराका कविता लेख्न रूचाउने कवि हुन् । उनले परिष्कारवादी शिल्पशैलीको प्रयोग गर्दै प्रकृतिलार्इ कविताको श्रोत वनाएका देखिन्छन् । यो कवितामा पनि कविले देशभक्तिको भाव अभिव्यक्त गर्दै मानवतावादी विचारहरू प्रस्तुत गर्न खोजेका छन् ।

 उक्त कवितामा कविले देशलार्इ यज्ञस्थलका रूपमा लिएका छन् र कामगर्ने सम्पूर्ण पेशाकर्मीलार्इ एउटै मन गरेर काम गरून भनेर मन्त्रन्छु अर्थात वारवार सम्झन्छु भनेका छन् । कविका विचारमा मानिस जुन देश पुगे पनि अर्थात आफ्नो आवश्यकताकोलागि जुनदेश पुगेपनि आखिर आफ्नो देशलार्इ विर्सनु हुँदैन र सबैले सबैको समान सम्मान दिदै एकै होउँ भन्ने भावना हुनुपर्दछ भन्नेकुरा व्यक्त गर्दछन् । संसारका सबै मानिसको शरीरमा उस्तै हृदय तत्त्व अर्थात जनेन्द्रियहरू हुन्छन् । त्यसैले उस्तै खाले आनन्द र अनुभवहरू भोग्दछन् । त्यसकारण सबै मानिस समान हुन् ।कोहि कसैलार्इ फरक देख्नु हुँदैन । मानिस जो जहाँ जसरी वसेको भएपनि मानव विकास र प्रगतिको लागि सबैले एउटै उद्यश्य वोक्नु पर्दछ । तेरो र मेरो भन्न छोडेर हाम्रो भनेर अगाडि बड्नु पर्दछ । भन्ने विचार कविले यस कवितामा व्यक्त गरेका छन्।सबै मानिसको जीवनशैलीमा समानता आओस भन्ने इच्छा कविले राखेका छन् ।

मानव सभ्यतालार्इ विषयवस्तु बनार्इ लेखिएको उक्त कवितामा मानव जीवन जिउने तरिका सबैले समान रूपमा प्राप्त गर्न पाइयोस् । कसैले उचो र निचोको भावना राख्न हुँदैन । समाज सुधार र विकासको लागि सबैको एउटै विचार र भावना हुनुपर्छ र एकजुट भएर लाग्नुपर्छ । जहासुकै वसेपनि मानिस मानिस कोहि फरक हुँदैन किनकि तिनिहरू सबैको सोच्ने ,वोल्ने र अनुभव गर्ने तरिका एउटै हो । त्यसैले सबैले समान व्यवाहार गरेर एकजुट भएर काम गरि मिलीजुली बस्नुपर्छ भन्ने भाव यस कवितामा प्राप्त गर्न सकिन्छ । निष्कर्षमा भन्नुपर्दा उक्त कविता मानवतावदी भावधारामा रचिएको छ । इन्द्राबज्रा र उपेन्द्र बज्रा मिलेर बनेको उपजाति छन्दको प्रयोग , सरल भाषा शैली र लयात्मक प्रस्तुती यसको विशेषता हो ।





कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...