Privacy policy

Sunday, May 3, 2026

कथाका तत्त्वहरू

कथाका तत्त्वहरू

 क कथानक
कथानक भनेको कथामा रहने घटना ,स्थिति ,अवस्था वा प्रसङ्गहरुको क्रमिक योजना हो । यसमा घटना र चरित्रको सुगठित विन्यास हुन्छ । कथामा घटनाहरुलाई प्रस्तुत गरिएको हुन्छ र ती घटनाहरु समयक्रममा नआई कार्य र कारणका क्रममा आएका हुन्छ । त्यसैले कथाबस्तु कार्यकारणसम्बन्धमा उनिएर आउने घटनाहरुको योजना हो । कथाकारको धारणा ,बिचार ,कल्पना ,बौद्धिकता ,प्रतिक्रिया आदिले राम्ररी खेल्न पाउँछन् । यस दृष्टिले कथानकले पाठकहरुमा कौतूहल सृजना गर्छ । यसको सङ्क्षिप्तता ,मौलिकता ,रोचकता ,क्रमबद्धता ,उत्सुकता ,प्रभावको एकता ,विश्वसनीयता पूर्णता आदि यसका गुणहरू हुन् । यसका स्रोतहरू इतिहास ,पुराण ,लोककथा वा दन्त्यकथा , समाज ,स्वैरकल्पना आदि हुन्छन् ।यी स्रोतहरुबाट कथाकारले कथा रचनाका लागि सामग्री निर्माण गरेका हुन्छन् ।

ख } पात्र वा चरित्र :- कथामा सहभागी व्यक्तिहरुलाई नै पात्र वा चरित्र भनिन्छ ! पात्र वा चरित्र कथाको अत्यन्त महत्त्वपूर्ण तत्त्व हो ! पात्र वा चरित्र सजीव मात्र होइन निर्जीव भए पनि व्यक्तिसरह चित्रण गरिएको हुनसक्छ ! पत्रले नै कथाका घटनाहरु वा प्रसङ्गहरुलाई अघि बडाउने कार्य गर्छन् ! पात्र वा चरित्रलाई विभिन्न आधारमा बर्गीकरण गरिन्छ ! पात्रको वर्गीकरणका आधाक यी हुन् :
१.लिङ्ग :- लिङ्गका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } पुरुष र ख } स्त्री पात्र !
२.कार्य :- कार्यका आधारमा पात्र तीन प्रकारका हुन्छन् : क } प्रमुख पात्र ख } सहायक पात्र र ग } गौण पात्र !
३.प्रवृति :- प्रवृतिका आधारमा पात्र दूई प्रकारका छन् : क } अनुकुल पात्र ख } प्रतिकुल पात्र !
४.स्वभाव :- स्वभावका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } स्थिर पात्र ख } गतिशील पात्र !
५. आसन्नता :- आसन्नताका आधारमा पात्र दूई किसिमका हुन्छ : क } मञ्चीय पात्र ख } नेपथ्य पात्र !
६.आबद्धता :- आबद्धताका आधारमा पात्र दूई किसिमका छन् : क } बद्धपात्र ख } मुक्तपात्र !
७.जीवनचेतना :- जीवनचेतनाका आधारमा पात्र तीन प्रकारका हुन्छ : क } उच्च पात्र ख } मध्य पात्र ग } निम्न पात्र !
ग } परिवेश :- कथामा घटनाहरु जहाँ घट्छन् ,पात्रहरु जहाँ -जहाँ कार्य गर्छन् ती ठाँउ र घटना घटेको अनि कार्य गरेका समयलाई परिवेश भनिन्छ ! त्यसैले कथाभित्र उल्लेख भएका स्थान ,काल र परिस्थितिलाई परिवेशका रुपमा चिनाइन्छ ! परिवेशको चित्रण कथाकारले सोझै वर्णन गरेर वा दृश्यका रुपमा उपस्थित गरेर सक्छ ! जे जसरी चित्रण गरे पनि परिवेशअन्तर्गत विभिन्न समय र स्थानका रीतिस्थिति ,आचार -व्यवहार ,चालचलन ,वेशभूषा ,रहनसहन ,सोचविचार ,जीवनशैली ,मानसिकता ,सांस्कृतिकता आदिले व्यक्त हुने अवसर पाएका हुन्छन् !
घ } संवाद /कथोपकथन :- पात्र वा चरित्रहरुकोबीच हुने वार्तालाप वा कुराहहानीलाई संवाद भनिन्छ ! कथामा संवादको प्रयोग गरिन्छ तापनि यो नभई कथाको रचनानै हुव सक्तैन भन्न चाहि सकिन्दैन ! अत्याधुनिक कथामा यसको प्रयोग हुन वा नहुन सक्छ तर परम्परागत ढाँचामा रचिएका आधुनिक कथामा संवादको प्रयोग गरेर कथालाई सुन्दर कलात्मक बन्उँदै कथात्मक स्वरुपलाई सुगठित बनाइएको हुन्छ !
ङ } भाषा-शैली :- कथा प्रस्तुत गरिने माध्यमलाई भाषा भनिन्छ ! कथा गद्य भाषामा लेखिन्छ ! कथाको भाषा सरल ,सहज र प्रवाहमय हुनुपर्छ ! क्लिष्ट ,दुरुह र जटिल भाषाको प्रयोगले पाठकवर्गलाई बाधा पर्छ ! कथामा प्रयोग गरिने भाषा बोलचालसरह हुनु असल हो ! कथामा प्रयोग गरिने भाषामा हुनुपर्ने गुणहरु प्रवाहात्मकता ,आलङ्कारिकता ,चित्रात्मकता ,प्रतीकात्मकता ,व्यांङ्ग्यात्मकता ,नाटकीयता ,भावात्मकता आदि !
कथा अभिव्यक्त गर्ने ढङ्गलाई शैली भनिन्छ ! शैली कथा रचना गर्ने व्यक्तिको व्यक्तित्वलाई दर्शाउने तत्त्व हो ! शैली अन्तर्गत ध्वानि वा वर्णदेखि ,शब्द ,पदावली ,वाक्य ,अनुच्छेद ,आदि भाषिक तत्त्वहरुको विशिष्ट र सौन्दर्यपरक प्रयोग पर्दछन् ! त्यसैले कथालाई विशिष्ट रचना तुल्याउने तत्त्व हो ! कथा रचना गर्दा प्रयोग गर्ने शैलीहरु यस्ता हुन सक्छन् : वर्णनात्मक शैली ,विश्लेषणात्मउद्देश्यआत्मकथात्मक शैली ,संवादात्मक वा नाटकीय शैली , डायरी शैली ,पत्र शैली ,काव्यात्मक शैली ,लोककथात्मक शैली ,स्मृतिपरक शैली ,स्वप्न शैली ,मनोविश्लेषणात्मक शैली , शैली आदि !
च } उद्देश्य :- कथा लेखिने मूल प्रयोजनलाई उद्देश्य भनिन्छ ! कथा अनेकौ उद्देश्यहरुले लेख्ने गरिन्छ ! कथा लेख्नाका अनेक उद्देश्य हुन्छन् र तिनैमध्ये आफ्नो रुचिको प्रमुख उद्देश्यलाई प्रकट गर्न कथाकारले कथा लेख्ने गर्छ ! कथामा प्रमुख उद्देश्यहरु हुन् : मनोरञ्जन ,शिक्षा ,आनन्द ,कुतूहलताको सृजना ,हास्यसृष्टि ,आदर्शको स्थापना ,सुधारको चेतना ,यथार्थ -चित्रण ,जीवनदर्शनको अभिव्यक्ति ,मनोवैग्यानिक वा मनोविश्लेषणको प्रस्तुति ,व्याङ्गात्मकता आदि !
छ } दृष्टिविन्दु :- कथाको वर्णन गर्ने व्यक्ति वा समाख्यातालाई दृष्टिविन्दु भनिन्छ ! कुनै पनि कथा कसको आख्यान गो र त्यसलाई वर्णन गर्ने समाख्याता को हो भन्ने कुरा दृष्टिविन्दुले निक्यौल गर्छ ! कथाकारले आफ्नो अनुभूतिलाई सोझै आफ्नैतर्फबाट बताउन पनि सक्छ र अरु कोहीलाई पात्र बनाएर पनि प्रस्तुत गर्न सक्छ !

मानस्वर

 मानस्वरको परिचयः

संसारका सबै भाषामा पाइने स्वर ध्वनिहरूको प्रतिनिधित्व हुने गरी तयार पारिएको मानक चिन्हलाई मानस्वर भनिन्छ । कुनै पनि भाषामा रहेका स्वर ध्वनिहरूलाई  सही तरिकाबाट अध्ययन, विश्लेषण तथा मापन गर्ने सैद्धान्तिक आधार प्रदान गर्ने हुँदा  यसलाई मानक स्वर वा आदर्श स्वर पनि भनिन्छ ।मानस्वरका आधारबाट संसारका सबै भाषाको स्वरध्वनिलाई मापन गर्न सकिन्छ । मानस्वरहरु स्वरध्वनिको उच्चारण श्रवणको संयोजनमा आधारित हुन्छन् । मानस्वर स्वरहरुको निर्धारण गर्ने काल्पनिक बिन्दु हुन् । यी काल्पनिक बिन्दुहरु भाषा विशेषमा ठ्याम्मै नमिल्न पनि सक्छन् । कुनै पनि भाषाका स्वरहरुको निर्धारण यसकै निकटता, दूरता, समता र भिन्नताका आधारबाट गरिन्छ । सैद्धान्तिक स्वरभन्दा भाषा विशेषमा स्वरहरु के कति मात्रामा, कुन कारणबाट फरक छन् वा समान छन् भनी यसैसँग दाँजर मापन गर्न सकिन्छ। यसकै आधारमा कुन भाषामा कति स्वर छन भन्ने कुराको लेखा जोखा गरिन्छ ।

प्रसिद्ध भाषाशास्त्री डानियल जोनले संसारका सबै स्वरहरुको निर्धारण गर्न सकिने मानस्वरको सैद्धान्तिक रूपरेखा प्रस्तुत गरेका छन् ।  उनले ई. १९१८ मा मानस्वरको विकास गर्दै मानस्वरहरुको निर्धारणमा जिब्रोको उचाइ र पश्चता तथा ओठको गोलाइलाई आधार मानेका छन् । जोन‌द्वारा प्रस्तावितः सैद्धान्तिक स्वरलाई अन्तर्राष्ट्रिय ध्वनि तात्त्विक वर्णमालामा मानस्वर भनिन्छ। जोन्सका अनुसार मानस्वरलाई लेख्य आधारमा मात्र सिक्न कठिन हुन्छ। यिनको सही उच्चारण सिक्नलाई ध्वनि शास्त्रीबाट उच्चारण सम्बन्धी प्रशिक्षण पनि लिनु पर्छ ।

मानस्वर
भाषा वैज्ञानिक हेलवेगका अनुशार




मानस्वरलाई विभाजन गर्ने आधारहरु मध्ये जिब्रोको उचाइको निश्चित मात्रा र जिब्रोको खास भागको सक्रियताको निश्चित विन्दु किटान गरी छुट्याउन निकै कठिनाइ पर्छ। व्यक्ति र परिवेश अनुसार फरक हुन पनि सक्छ तर विभिन्न आधुनिक विद्युतीय उपकरणहरु‌द्वारा भाषा विशेषका स्वरहरुको सही निर्धारण गर्न चाहि सकिन्छ । यस्ता केही समस्या भए पनि मानस्वर व्यवस्थाले संसारका अरु विधि भन्दा सफलता हासिल गरेको छ।

 

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...