कथाका तत्त्वहरू
क कथानक
कथानक भनेको कथामा रहने घटना ,स्थिति ,अवस्था वा प्रसङ्गहरुको क्रमिक योजना हो । यसमा घटना र चरित्रको सुगठित विन्यास हुन्छ । कथामा घटनाहरुलाई प्रस्तुत गरिएको हुन्छ र ती घटनाहरु समयक्रममा नआई कार्य र कारणका क्रममा आएका हुन्छ । त्यसैले कथाबस्तु कार्यकारणसम्बन्धमा उनिएर आउने घटनाहरुको योजना हो । कथाकारको धारणा ,बिचार ,कल्पना ,बौद्धिकता ,प्रतिक्रिया आदिले राम्ररी खेल्न पाउँछन् । यस दृष्टिले कथानकले पाठकहरुमा कौतूहल सृजना गर्छ । यसको सङ्क्षिप्तता ,मौलिकता ,रोचकता ,क्रमबद्धता ,उत्सुकता ,प्रभावको एकता ,विश्वसनीयता पूर्णता आदि यसका गुणहरू हुन् । यसका स्रोतहरू इतिहास ,पुराण ,लोककथा वा दन्त्यकथा , समाज ,स्वैरकल्पना आदि हुन्छन् ।यी स्रोतहरुबाट कथाकारले कथा रचनाका लागि सामग्री निर्माण गरेका हुन्छन् ।
ख } पात्र वा चरित्र :- कथामा सहभागी व्यक्तिहरुलाई नै पात्र वा चरित्र भनिन्छ ! पात्र वा चरित्र कथाको अत्यन्त महत्त्वपूर्ण तत्त्व हो ! पात्र वा चरित्र सजीव मात्र होइन निर्जीव भए पनि व्यक्तिसरह चित्रण गरिएको हुनसक्छ ! पत्रले नै कथाका घटनाहरु वा प्रसङ्गहरुलाई अघि बडाउने कार्य गर्छन् ! पात्र वा चरित्रलाई विभिन्न आधारमा बर्गीकरण गरिन्छ ! पात्रको वर्गीकरणका आधाक यी हुन् :१.लिङ्ग :- लिङ्गका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } पुरुष र ख } स्त्री पात्र !२.कार्य :- कार्यका आधारमा पात्र तीन प्रकारका हुन्छन् : क } प्रमुख पात्र ख } सहायक पात्र र ग } गौण पात्र !३.प्रवृति :- प्रवृतिका आधारमा पात्र दूई प्रकारका छन् : क } अनुकुल पात्र ख } प्रतिकुल पात्र !४.स्वभाव :- स्वभावका आधारमा पात्र दूई प्रकारका हुन्छन् : क } स्थिर पात्र ख } गतिशील पात्र !५. आसन्नता :- आसन्नताका आधारमा पात्र दूई किसिमका हुन्छ : क } मञ्चीय पात्र ख } नेपथ्य पात्र !६.आबद्धता :- आबद्धताका आधारमा पात्र दूई किसिमका छन् : क } बद्धपात्र ख } मुक्तपात्र !७.जीवनचेतना :- जीवनचेतनाका आधारमा पात्र तीन प्रकारका हुन्छ : क } उच्च पात्र ख } मध्य पात्र ग } निम्न पात्र !ग } परिवेश :- कथामा घटनाहरु जहाँ घट्छन् ,पात्रहरु जहाँ -जहाँ कार्य गर्छन् ती ठाँउ र घटना घटेको अनि कार्य गरेका समयलाई परिवेश भनिन्छ ! त्यसैले कथाभित्र उल्लेख भएका स्थान ,काल र परिस्थितिलाई परिवेशका रुपमा चिनाइन्छ ! परिवेशको चित्रण कथाकारले सोझै वर्णन गरेर वा दृश्यका रुपमा उपस्थित गरेर सक्छ ! जे जसरी चित्रण गरे पनि परिवेशअन्तर्गत विभिन्न समय र स्थानका रीतिस्थिति ,आचार -व्यवहार ,चालचलन ,वेशभूषा ,रहनसहन ,सोचविचार ,जीवनशैली ,मानसिकता ,सांस्कृतिकता आदिले व्यक्त हुने अवसर पाएका हुन्छन् !घ } संवाद /कथोपकथन :- पात्र वा चरित्रहरुकोबीच हुने वार्तालाप वा कुराहहानीलाई संवाद भनिन्छ ! कथामा संवादको प्रयोग गरिन्छ तापनि यो नभई कथाको रचनानै हुव सक्तैन भन्न चाहि सकिन्दैन ! अत्याधुनिक कथामा यसको प्रयोग हुन वा नहुन सक्छ तर परम्परागत ढाँचामा रचिएका आधुनिक कथामा संवादको प्रयोग गरेर कथालाई सुन्दर कलात्मक बन्उँदै कथात्मक स्वरुपलाई सुगठित बनाइएको हुन्छ !ङ } भाषा-शैली :- कथा प्रस्तुत गरिने माध्यमलाई भाषा भनिन्छ ! कथा गद्य भाषामा लेखिन्छ ! कथाको भाषा सरल ,सहज र प्रवाहमय हुनुपर्छ ! क्लिष्ट ,दुरुह र जटिल भाषाको प्रयोगले पाठकवर्गलाई बाधा पर्छ ! कथामा प्रयोग गरिने भाषा बोलचालसरह हुनु असल हो ! कथामा प्रयोग गरिने भाषामा हुनुपर्ने गुणहरु प्रवाहात्मकता ,आलङ्कारिकता ,चित्रात्मकता ,प्रतीकात्मकता ,व्यांङ्ग्यात्मकता ,नाटकीयता ,भावात्मकता आदि !कथा अभिव्यक्त गर्ने ढङ्गलाई शैली भनिन्छ ! शैली कथा रचना गर्ने व्यक्तिको व्यक्तित्वलाई दर्शाउने तत्त्व हो ! शैली अन्तर्गत ध्वानि वा वर्णदेखि ,शब्द ,पदावली ,वाक्य ,अनुच्छेद ,आदि भाषिक तत्त्वहरुको विशिष्ट र सौन्दर्यपरक प्रयोग पर्दछन् ! त्यसैले कथालाई विशिष्ट रचना तुल्याउने तत्त्व हो ! कथा रचना गर्दा प्रयोग गर्ने शैलीहरु यस्ता हुन सक्छन् : वर्णनात्मक शैली ,विश्लेषणात्मउद्देश्यआत्मकथात्मक शैली ,संवादात्मक वा नाटकीय शैली , डायरी शैली ,पत्र शैली ,काव्यात्मक शैली ,लोककथात्मक शैली ,स्मृतिपरक शैली ,स्वप्न शैली ,मनोविश्लेषणात्मक शैली , शैली आदि !च } उद्देश्य :- कथा लेखिने मूल प्रयोजनलाई उद्देश्य भनिन्छ ! कथा अनेकौ उद्देश्यहरुले लेख्ने गरिन्छ ! कथा लेख्नाका अनेक उद्देश्य हुन्छन् र तिनैमध्ये आफ्नो रुचिको प्रमुख उद्देश्यलाई प्रकट गर्न कथाकारले कथा लेख्ने गर्छ ! कथामा प्रमुख उद्देश्यहरु हुन् : मनोरञ्जन ,शिक्षा ,आनन्द ,कुतूहलताको सृजना ,हास्यसृष्टि ,आदर्शको स्थापना ,सुधारको चेतना ,यथार्थ -चित्रण ,जीवनदर्शनको अभिव्यक्ति ,मनोवैग्यानिक वा मनोविश्लेषणको प्रस्तुति ,व्याङ्गात्मकता आदि !छ } दृष्टिविन्दु :- कथाको वर्णन गर्ने व्यक्ति वा समाख्यातालाई दृष्टिविन्दु भनिन्छ ! कुनै पनि कथा कसको आख्यान गो र त्यसलाई वर्णन गर्ने समाख्याता को हो भन्ने कुरा दृष्टिविन्दुले निक्यौल गर्छ ! कथाकारले आफ्नो अनुभूतिलाई सोझै आफ्नैतर्फबाट बताउन पनि सक्छ र अरु कोहीलाई पात्र बनाएर पनि प्रस्तुत गर्न सक्छ !
No comments:
Post a Comment