शुक्रवार, 24 जून 2022

पीडा आरोहण । एकाङ्कीको विश्लेषण


परिचय

लेखक- कृष्णशाह यात्री


जन्म - वि.स.२०२३ उदयपुर,कट्टारी

शिक्षा - स्नातकोत्तर (आमसञ्चार तथा पत्रकारीता )

      - चलचित्र लेखन तथा निर्देशन विषयमा डिप्लोमाको उपधि प्राप्त

पहिलो नाट्य कृति - चिसो बस्ती (२०४७)

उनका कृतिहरू - 

क. नाटकः समय अवसान(२०६१), मान्छे / मान्छेहरू(२०६४) एकाङ्की,फुच्चे रोबोर्ट(२०६५) बाल नाटक सङ्ग्रह ,हिममाङको  ौरी (२०६५) बाल  नाटक , अतिरिक्त यात्रा (२०६७ ) ,जलपरी (२०६७) बाल नाटक ,पीडा आरोहण (२०६९)

ख. लघुकथाः शूक्ष्म शिखाहरू(२०५६) , आणविक अस्त्र (२०६५) , तारो (२०६९)

ग. बालकाव्य सङ्ग्रहः तिखेको सिंङ (२०६६) ,भूतको बाँसुरी (२०६७) 

सम्मान तथा पुरस्कारः कालो आकृति , दोषी स्वरूप , निर्वासित मनहरू विस्थापन आदि नाटक लेखन तथा निर्देशनबाट पुरस्कृत, राष्ट्रिय नाटक महोत्सव २०५८ का लागि नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानबाट सर्वोत्कृष्ठ नाट्य निर्देशन पुरस्कार

पत्रिका सम्पादनः ज्योतिपुञ्ज, थिएटर नेपाल डट .कम . पत्रिका

नाट्यगत प्रवृत्तिः

१. आधुनिक कालका उत्तरवर्ती नाटककार,

२. उत्तर आधुनिकतावादी,

३. प्रयोग धर्मी , प्रयोगवादी,

४. नविन विधि ,प्रविधि र शैलीका नाटक लेखन र निर्देशन,

५. रङ्गमञ्चमा अपाङ्ग भएकाहरूलार्इ सहभागी गराइ डायस्फोरा कृतिको मञ्चन गर्ने निर्देशक,

६. समसामयीक विषय ( युद्ध , दुर्घटना,मृत्यु, वेरोजगारी, पीडा आदी ) मा आधारित नाटक तथा एकाङ्की लेखन ,

 एकाङ्कीको  विश्लेषण

                  उत्तर आधुनिक कालीन ससक्त प्रतिभा ‘कृष्णशाह यात्रीʼ (२०३२) नाट्य विधाका प्रखर व्याक्तित्वका रूपमा चिनिन्छन् ।आम सञ्चार तथा पत्रकारीतामा स्नातकोत्तर गरेका यात्रीले चिसो वस्ती (२०४७) नामक नाट्य कृति लिएर नाट्य यात्रा सुरू गरेका थिए । समय अवसान(२०६१) ,मान्छे / मान्छेहरू (२०६४) अतिरिक्त यात्रा (२०६७) आदी थुप्रै नाटक / एकाङ्कीहरूका साथै लघु कथाहरू , बालनाटक सङ्ग्रहहरू , बालकाव्य सङ्ग्रहहरू ,पटकथा तथा चलचित्र लेखन पनि गरेका छन् । उनले सर्वोत्कृष्ट नाटक पुरस्कार (२०५८) , रङ्गमञ्च सफलता सम्मान (२०६८) ,रूपक कला स्मृति सम्मान (२०६८)  जस्ता थुप्रै पुरस्कारहरूबाट पुरस्कृत यात्री ज्योती पुञ्ज थिएटर डट. कम. पत्रीकाका सम्पादकका रूपमा कार्यरत छन् । आफ्ना नाटकमा नयाँ शिल्प र शैलीको प्रयोग गर्न रमाउने यात्रीले समसामयीक विषय युद्ध दुर्घटना ,मृत्यु बेरोजगारी आदी विषयलार्इ आफ्नो विषयवस्तु बनाएका छन् । उनले साङ्केतिक नाटक लेखि त्यसलार्इ बहिरा कलाकारहरूका माध्यमबाट मञ्चन गर्ने कार्य पनि गरेका छन् । नेपालमा भएको १० वर्षे जनयुद्ध र त्यसले निम्त्याएका दर्दनाक पीडालार्इ नै विषयवस्तु बनाइएको पीडा आारोहण (२०६९) एकाङ्कीमा सर्वसाधरण जनताले भोग्नु परेका यातनालार्इ मार्मिकताका साथ प्रस्तुत गरिएको छ । 

       यस एकाङ्कीमा अभय , शान्तादेवी ,अभय र शान्तादेवीको जेठो छोरो ,कान्छो छोरो ( सिद्धार्थ ) ,छोरी विनीता , समाचार वाचक सङ्केतक र नम्रता , अभयसँग कुरा गर्न आएका काल्पनिक पात्र अक्षर १, अक्षर २ अक्षर ३ , अक्षर ४ , जस्ता आदी पात्रहरूको समावेश देखिन्छ ।  अभय यस नाटकको घर मूली हो ।  ६१ बर्षको , पढेलेखेको सामान्य परिवारको व्यक्ति हो । ऊ एक द्वन्द पिडितको रूपमा देखिएको छ । उसले कथा लेख्न लागेबाट नाटकको सुरूवात हुन्छ । यस क्रममा साँझको सात बजिसकेको हुन्छ ।  ऊ टेलीभिजन खोल्छ । टेलीभिजनमा बिभिन्न खाले दुर्घटना र मृत्युका समाचारहरू सङ्केतकले वाचन गर्छ । त्यतिनै बेला अभयकि श्रीकती शान्तादेवी त्यहि पुग्छे । जेठो छोराको मृत्युको पीडाले विछिप्त अवस्थामा पुगेकि शान्तादेवीले समाचारको अातङ्कले अत्याएको भन्दै अाफ्नो पतिलार्इ समाचार बन्द गर्न लगाउछे र गरूङ्गा समाचार सुन्न र सुनाउन निषेध गर्छे । मानसिक रूपमा विरामी परेकी शान्तादेवी कुरा गर्दागर्दै थरथर काम्न थाल्छे । अभय श्रीमतीलार्इ सम्झाउन  थल्छ तर शान्ता सम्झने हालतमा हुन्न । उसलार्इ बम, बारूद ,एम्बुसका सपनाहरूले डराइराखेका हुन्छन् । जेठो छोरालार्इ सेनाले मारेको स्मरण गर्छे र वेहोस हुन्छे । छोरो सिद्धार्थको सहयोगमा शान्तादेवीलार्इ क्ष्यानमा लगेर आराम गराइन्छ । नाटकको दोस्रो खण्डमा आइपुग्दा अभय सोफामा वसी पत्रिका पल्टाउँछ । त्यतिवेला उसलार्इ अक्षरहरू आएर आतङ्कीत पार्छन् । अभयसँग कुरागर्न आएका अक्षरहरू क्रमसः आफ्नो परिचय दिदै आफूलार्इ जथाभावी प्रयोग नगर्न धम्कि दिन्छन् र त्यहाबाट विलाउँछन् । अभय आतङ्कित भइ कराउछ । अभय छोरो विदेश(क्यानडा) जाने कुरामा सहमत हुँदैन र देशमा बसेर सिद्धार्थले सो कुराको विरोध गरि देशमा कोहि सुरक्षित नभएकाले आफू विदेश जाने र पछि बाबुआमालार्इ पनि लैजाने कुरा गरि विदेश हिड्छ । सिद्धार्थको यात्राको क्रममा हवार्इ दुर्घटनामा परि मृत्यु हुन्छ । समाचारमा हवार्इ दुर्घटना भएको र सिद्धार्थको मृत्युको खवरले शान्तादेवीले आफ्नो विच्छिप्त व्यवहार प्रदर्शन गर्छे । त्यसैवेला छोरी गरिमा आइ दाइ चढेको हवाइजहाज दुर्घटना भएको कुरा अभयलार्इ सुनाउँछे यसरी यस एकाङ्कीको अन्त्य हुन्छ । 

        द्वन्दको भारमा परेका सर्वसाधरण जनताहरूको पिरमर्कालार्इ समेटिएको उक्त एकाङ्कीमा द्वन्दका कारण मानिस कसरी भयभित भएर बाच्न बाध्य छन् भन्ने कुरा देखाउन खोजिएको छ । सर्वसाधरण मानिसको चाहना भनेको परिवाका सबै सदस्य एकैसाथमा वसेर हाँसी खुसी रमाउने हुन्छ । उनीहरूलार्इ युद्ध, हिंसा र आतङ्क मन पर्दैन । शान्त आकाशमा आनन्दले निदाउन चाहन्छन् । उनीहरूमा कसैप्रति पनि क्रुरता, दुष्टता र कटुता हुदैन त्यसैले त्यस्ता सर्वसाधण मानिसहरूको भावनालार्इ जातोमा पिसिनु हुदैन । उनीहरूको भावनाको कदर नगर्दा र समाजमा द्वन्द फैलिदा मानसिक तनावका कारण अनेकन समस्या आउनुका साथै धेरै मानिसले अकालमा नै ज्यान गुमाउनु पर्छ । मानिसलार्इ कुनै विकास गर्नुको सट्टा ज्यान कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्छ । उन्नतिको बाटो बन्द हुन्छ । मानिस विदेशीन चाहन्छ । ज्यान जोगाउन भाैतारिदा भाैतारिदै देहान्तमा पुग्न सक्छ । त्यसैले युद्दद्वारा न्याय खोज्न भन्दा शान्ती र वार्ताद्वारा न्याय खोजी द्वन्द रहित स्वस्थ्य समाजको सिर्जना गर्नुपर्छ भन्ने आसय यस एकाङ्कीमा पाउन सकिन्छ ।  जीवनमा आफ्ना आफन्त गुमाएर बाच्नु भनेको सजाय भोगे बराबर हुन्छ । कुनै गल्ती विना नै सजाय भोग्दाको पीडा कस्तो हुन्छ भन्नेकुरा शान्तादेवी र अभय जस्ता पात्र मार्फत यहाँ प्रष्ट पार्न खोजिएको छ ।

       लेख्य सम्प्रेषण भरपर्दो र पारदर्शी हुनुपर्छ ।त्यसैले त्यसलार्इ सम्प्रेषण गर्दा शुद्ध र स्पष्ट तरिकाबाट गर्नुपर्छ । जसले गर्दा दोहोरो अर्थ नलागोस् । शब्दहरूमा पारदर्शीता , शुद्धता र स्तरियता घट्दै गइरहेको छ । त्यसलार्इ व्यवस्थित गरि सहि तरिकाबाट लेख , रचना र साहित्य निर्माण गरिनु पर्छ भन्ने विचार पनि यहाँ व्यक्त गर्न खोजिएको छ । 

       निष्कर्षमा भन्नुपर्दा स्वस्थ्य समाज निर्माणको लागि द्वन्द रहित शान्त वातावरणको व्यवस्था सबै मिलेर गर्नुपर्छ । सुचनाको माध्यम समाचार सम्प्रेषण गर्दा मानिसलार्इ नकारात्मक असर पर्ने तरिकाबाट गरिनु हुँदैन । सहि कुराको सहि तरिकाबाट व्यवस्थित शब्दहरूको सम्योजन  गरि सूचना सम्प्रेषण गरिनु पर्छ भन्ने कुराहरू प्रस्तुत गर्दै स्वस्थ समाजको चाहना यस एकाङ्कीमा गरिएको छ । सरल भाषाशैली आगन्तुक शब्दहरू नविन पात्रहरूको प्रयोगका साथै अभय , शान्तादेवी र सिद्धार्थ जस्ता पात्रहरूको दोहोरो अर्थका कारण एकाङ्की मार्मीक बन्न पुगेको छ ।



नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...