शब्दवर्ग/ पदवर्ग
एक वा एक भन्दा बढी वर्णहरुबाट बनेको
स्वतन्त्र रुपमा प्रयोग हुन सक्ने भाषाको अर्थ युक्त एकाइलाई शब्द भनिन्छ | शब्द जब वाक्यमा प्रयोग हुन्छ तब त्यसलाई
पद भनिन्छ | यस्ता पद वर्गहरुलाई निम्नानुसार उल्लेख
गर्न सकिन्छ :–
क) नाम –
कुनै व्यक्ति,वस्तु,र अवधाराणा जनाउने शब्दहरुलाई नाम भनिन्छ
| यस्ता नामहरु व्यक्ति वाचक,जाति वाचक,समूह वाचक,द्रव्य वाचक,र भाव वाचक गरी पाँच प्रकारका हुन्छन् |
-व्यक्तिवाचक:- नेपाल, गोपाल,दशैं,सगरमाथा,विराटनगर आदि
-जाति वाचक :- देश,मानिस,चाड,हिमाल, जनावरआदि
-समूह वाचक :-
ताँती, झुप्पा, भीड, फौज, पल्टन, वर्ग आदि
- द्रव्य वाचक :- नुन,सुन,चिनी,पानी,तेल,घ्यू, आदि
- भाव वाचक :- दया,माया,हर्ष,खुशी,पढाइ,लेखाइ, आदि
नाम शब्दमा सामान्यतय को, के , कसले
,कसलार्इ प्रश्नको उत्तरमा आउँछ ।
जस्तै –
को उठ्छ ?
- भाइ, भिनाजु ,
हरि
चउरमा के वस्यो ?
-गार्इ, पाठो ,
घोडा
यो किताब कसले किन्छ ?
-
हरिले
जोकरले कसलार्इ हसायो ?
-
दर्शकलार्इ
कर्ता वा पुरकका रूपमा आउने
विशेषण वा क्रियाविशेषण वाक्यात्मक कार्यका आधारमा
नाम नै हुन्छन् ।
जस्तै मोटीले भारी बोकी ( कर्ता)
सरिताले कालालार्इ रोजिन (कर्म)
नामले विशेषणको विषेष्य
भइ काम गर्छ ।
जस्तै – अग्लो घर
पढेको मान्छे
ख) सर्वनाम –
नामको सट्टामा
प्रयोग भई नामको सरह काम गर्ने शब्दलाई सर्वनाम भनिन्छ |सर्वनामपाँच किसिमका छन् |
-पुरुष वाचक :- म,हामी,तँ,तिमी,तपाईं,हजुर,ऊ,उनी,ती,तिनी,यी,यिनी,यो,त्यो,यिनीहरु आदि |
-सम्बन्धवाचक:- जुन,जे,जो,जुनसुकै,जेसुकै,जोसुकै,कोही,केही,कुनै आदि |
-दर्शकवाचक:- यो,यी,यिनी,त्यो,ती,तिनी, आदि |
-प्रश्न वाचक :- को,के,कुन,कोको,केके,कुन कुन आदि |
-निज वाचक :- आफू,स्वयम्,आफैँ,निज आदि |
१.सर्वनामले वाक्यमा उद्देश्य वा कर्ताको काम गर्छ ।
जस्तै
– हामीले घरको काम गर्यौँ । (हामी – कर्ता/ उद्देश्य)
२.
सर्वनामले वाक्यमा विभिन्न पुरूषको रूपमा काम गर्छ ।
जस्तै
– म पाठ पढ्छु । (प्रथम पुरूष)
तिमी कथा लेख्छौ ।(द्वितिय पुरूष )
उनी भोली अमेरीका जाने छिन् । ( तृतिय पुरूष )
३.
सर्वनामले सकर्मक क्रियाको कर्म भएर काम गर्छ ।
जस्तै-
ग) विशेषण –
नाम वा सर्वनामको
विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ | नाम वा सर्वनाममा कति,कस्तो,कत्रो,कुन,कसको,जस्ता प्रश्न गर्दा आउने उत्तरहरु विशेषण हुन्छन् |
-गुणबोधक:- अग्लो,ठूलो,सानो,गाउँले,जङ्गली,पाल्पाली,प्राचीन,मासिक
विगत,कालो,निलो,सफा,हराभरा,फलामे,पन्यालो,उत्कृष्ट,निपूर्ण,सार्वजानिक आदि |
-परिणामबोधक:-धेरै,थोरै,आधा,कम,प्रशस्त,निकै,यथेष्ट,सबै,सम्पूर्ण आदि |
-सङ्ख्याबोधक
:- एक,दुई,पचास,लाख,चौथो,पाँचौ,पचासौं,प्रत्येक,हरेक आदि |
-सर्वनामिक:- यो भकुण्डो,जे काम,जुन ठाउँ,केही मान्छे,ती रुख आदि |
- भेदक:- मन्दिरको देश,हाम्रो संस्कृति,आफ्नी बहिनी आदि |
- कृदन्त :-धातुमा एको,एकी,एका,दो,ने प्रत्याय लागेर निर्माण हुने :
लेखेका,उठेकी,बस्दो,लेख्ने आदि |
घ) क्रियापद
क्रियापदले
कर्ताले गरेको काम,घटेको घटना,परिस्थिति वा अवस्था विशेषलाई सङ्केत गर्दै वाक्यलाई
टुङ्ग्याउंछ,|
जस्तै:
पढ्यो, गर्छन्, खेल्दैछन्, बसेकाछन्, गएछ, पढ्थे आदि |
ङ) क्रियाविशेषण / क्रियायोगी
समय, स्थान, कामको
तरिका तथा कारण बुझाउने शब्दलाई
क्रियाविशेषण भनिन्छ | यसलाई क्रियायोगी पनि भनिन्छ | क्रियाविशेषणले क्रियाविशेषणको विशेषता
बुझाएको हुन्छ | जस्तै:
आज,भोलि,हिजो/तल,माथि,वर,पर,अगाडि,पछाडि/
विस्तारै,सुस्तरी,राम्ररी,जोडले,लुसुक्क,भुसुक्क,कपाकप,फटाफट,पढ्न,खान,सुत्न,हाँस्न,र धातुमा
इ/एर/न/तै/दै/ता/दा/नाले/इन्जेल/उन्जेल/अरी प्रत्याय लागेर बनेका शब्द
क्रियाविशेषण हुन्छन् |
१.वाक्यमा क्रियाको वर्णन गर्छ ।
जस्तै – केटो टक्क
अडियो ।
२. विशेषणको विषेषता
पनि बुझाउछ ।
जस्तै - निमको पात निकै तितो छ ।
३.क्रियायोगिको विशेषता
जनाउँछ ।
जस्तै - उर्मिला असाध्यै
विस्तारै वोल्छे ।
४. वाक्यको अगाडिपट्टि आएर
पुरै वाक्यको विषेषता जनाउँछ ।
जस्तै – भाग्यले राम
परीक्षामा पास भयो ।
५.यसले कहिलेकाहि
विशेषण , क्रियाविशेषण र पुरै वाक्यको पनि विशेषता बुझाउँछ ।
६. यसलार्इ पहिचान गर्न
कहाँ , कहिले , कता किन , कसरी कतिपल्ट जस्ता
प्रश्न गर्नुपर्छ ।
च) नामयोगी
नामिक पदसँग (नाम,सर्वनाम र विशेषण) जोडिएर आउने एक प्रकारको अव्यय पदलार्इ नामयोगी भनिन्छ । यसले
वाक्यमा अर्को पदसँग अर्थगत सम्भन्ध जनाएको हुन्छ ।
जस्तै- प्रमोध खाटमाथि वस्यो ।(क्रियासँग)
रामभन्दा सुवोध ज्ञानी छ । (नामसँग )
नामयोगीले वाक्यमा समय,स्थान,रीति,अवधि,
दिशा,सहभाव,आदि सम्भन्ध जनाउँछ ।
जस्तै- स्थान –
माथि तल , मुनि , भित्र, बाहिर
काल- खेर ,
पूर्व , पश्चात,पल्ट , वित्तिकै ताका
रीति – झै ,
बमोजिम , |
जस्तै:
अघि,पछि,तल,माथि,भित्र,बाहिर,अनुसार,बमोजिम,सम्म,पर्यन्त,तिर,तर्फ,विना,बाहेक,सिवाय,सित,सँग आदि |
छ) संयोजक
दुई वा सो भन्दा बढी पद,पदावली,र उपवाक्यलाई जोड्न प्रयोग गरिने अव्यय
शब्दलाई संयोजक भनिन्छ | संयोजक सापेक्ष र निरपेक्ष गरी दुई
प्रकारका हुन्छन् |
जस्तै:- जब,तब,भनी आदि सापेक्ष हुनभने र,वा,तर आदि निरपेक्ष हुन् |
ज) विस्मयादिबोधक
आकस्मिक रुपमा
कुनै काम भयो वा घटना घट्यो भने व्यक्तिले प्रकट गर्ने हर्ष,खुसी,घृणा,आश्चर्य,दु:ख,सुख,पीडा,आदि मानिसका मनमा उत्पन्न हुने मानसिक संवेगलाई विस्मयादिबोधक भनिन्छ|
जस्तै: अहो,अरे,आम्मै,आहा,कठै,बिचरा,ऐय्या,स्याबास,वाह,धत्तेरी,हत्तेरी,कसम,नाइँ,अहँ आदि |
झ) निपात
आफ्नो स्वतन्त्र
रुपमा केही अर्थ नभएका तर वाक्यमा प्रयोग भएपछि अर्थलाई चमत्कारी बनाउने पदहरुलाई
निपात भनिन्छ |
जस्तै:
खै,पो,ट,नि,नै,रे,र,सायद,हँ,हगि,है,ल,ता, आदि |
विशेषत: नेपाली व्याकरणमा पदवर्ग
निम्न अवस्थामा विचलन हुने गर्छन् =
1.नामबाट विशेषणमा= नाम पदमा
षष्ठी विभक्ति लागेको अवस्थामा। जस्तै= राम= रामको
2. सर्वनामबाट विशेषणमा
विशेष गरी दर्शकवाचक सर्वनाम भएको अवस्थामा सर्वनामका साथ नाम पद आएमा। जस्तै=
त्यो यतै आयो( त्यो = सर्वनाम ), त्यो मान्छे यतै आयो।
(त्यो विशेषण )
3. विशेषणबाट क्रियायोगीमा
= विशेषणको पहिचानका लागि कस्तो, कत्रो, कति, कुन को उत्तरमा आउने
शब्द विशेषण हुने भनिए पनि= क्रियासङ्ग प्रत्यक्ष सम्बन्ध राख्ने अवस्थामा कति? को उत्तरमा आउने पदसमेत
क्रियाविशेषण हुने। जस्तै, रामले धेरै खाना खायो।(
धेरै विशेषण ) राम धेरै जान्ने/ सिपालु छ। ( धेरै= क्रियाविशेषण )
4 धातुबाट क्रिया बन्छ
भन्ने अवधारणाबाहेक विशेषण र क्रियाविशेषणमा = पढ् =धातु , धातुमा कालिक प्रत्यय
लागे क्रिया । त्यसबाहेक धातुमा ने, एको
लागेमा विशेषण अनि धातुमा न, नाले, दै लागे क्रियाविशेषण .
5.नामयोगीबाट
क्रियाविशेषणमा यदि नामिक पदसङ्ग एउटै डिकोमा जोडिएर आए नामयोगी।जस्तै तिमी मेरो
मुटुभित्र छौ। नायो
6. केही संयोजकबाट निपातमा
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें