भट्टलोलट र उनको उत्पत्तिवाद
-भट्टलोलट प्रर्वतक
-भरतको रससूत्रलार्इ ख्याख्या गर्ने पहिलो व्याक्ति
पूर्वीय अाचार्य भरतले रससूत्रको प्रतिपादन गरे । उनले विभाव ,अनुभाव र व्यभिचारी भावको संयोगवाट रसको निष्पत्ति हुन्छ भनेर रसका वारेमा अाफ्नो नाट्यशास्त्रमा उल्लेख गरे उनले प्रतिपादन गरेको रससूत्रको व्याख्या गर्ने प्रयास प्रथम पटक नवाै सताब्दीका भट्टलोलटले गरे ।उनले निष्पत्ति शब्दको अर्थ कार्यकारण भन्नेअर्थ निर्धारण गरेकाले उनको व्याख्यालार्इ उत्पत्तिवाद भनिन्छ ।
यिनका अनुशार रस काव्यको मूल पात्रमा रहन्छ ।जुन मूलपात्रमा सुरक्षित रूपमा रहेको रस नै अभिनयकर्तामा उत्पन्न हुन्छ र अभिनयकर्तालार्इ दर्शक तथा पाठकले जव सक्कली चरित्र ठान्दछन् तव मूलपात्रमा रहेको रस उनिहरूमा उत्पन्न हुन्छ भन्ने मत राख्दछन ।नाटकको अभिनयका सन्दर्भमा नटनटीलार्इ नै नाटककोमूलपात्र ठान्ने भएकाले यसवादलार्इ अारोपवाद पनि भनिन्छ । उनको व्याख्या अनुशार कार्यकारणको शृङ्खला हेर्दा विभाव रसका उत्पादक , अनुभाव कार्य , व्यविचारी भाव पोषक र रस उत्पाद्य विषय हो भन्ने प्रष्ट हुन्छ।अर्थात रस र विभावको सम्भन्ध उत्पाद्य उत्पादकका रूपमा , रस र अनुभावको सम्भन्ध गम्य गमकका रूपमा र रस र व्यविचारी भावको सम्भन्ध पोष्य पोषकको रूपमा हुन्छ ।यिनका अनुशार मूलपात्रमा रसको उत्पत्ति हुन्छ त्यसपछि अनुकृया द्वारा रसको प्रतीति हुन्छ । मूल पात्रवाट दर्शकसम्म अार्इपुग्दा तिनतहवाट रस प्रतीति हुने गर्छ । यसमा डोरी देखेर सर्प सम्झिदाको भय त्रासको स्थितिलार्इ रस प्रतीतिको रूपमा लिएको छ । असत्य वस्तुलार्इ सत्य ठानिदा कहिलेकाहि सत्य वस्तुकै समान कार्य हुने गर्छ । अभिनयकर्ताले पनि केहिका लागि मूलपात्रमा अाफूलार्इ परिणत गराउदछ र दर्शकले पनि अभिनय हेरेर अाफूलार्इ उसैसँग तादाम्य गराउदछभन्ने स्थिति नै प्रतीतिको अवस्था हो ।
निष्कर्षमा भन्नुपर्दा भट्ट लोलटको उत्पत्तिवादले रसको उत्पत्ति काव्यको मूल पात्रमा हुनेकुरा प्रष्ट्याइएको पाइन्छ ।जसमा लेखकलार्इ उपेच्छा गरिएको पाइन्छ ।भने श्रव्य काव्यको पनि चर्चा पाइदैन ।
श्री शङ्कुक र उनको अनुमितिवाद
अनुमितिवादका व्याख्याता श्री शङ्कुक नैयायिक हुन् । जसले न्याय दर्शनको अाधारलिर्इ निष्पत्तिको खण्डन गर्दै अनुमितिवादको स्थापना गरेका हुन । यिनी विभाव ,अनुभाव र व्यविचारी भावलार्इ अनुमापक अर्थात अनुमान गर्ने सामग्री र रसलार्इ अनुमाप्य अर्थात अनुमानको विषय ठान्दछन् । शङ्कुकको भनाइ अनुशार धुवाँ देखेर वा देखेपछि त्यहाँ अागोको अनुमान गरेझै नट द्वारा मूलपात्रको अनुकरण गरिएको स्थितिमा नटलार्इ देखेर नै रसको अनुमान हुन्छ भन्ने थाहा पाइन्छ । यिनको अनुशार नटनटीले काव्यार्थ वुझेर वा विषयवस्तु पढेर विभावको अनुकरण गर्न सिक्दछ । अभिनय कलाको ज्ञानका कारण मूलपात्रको अनुकरण गरी नटनटीले अाफ्नो कार्य कुशलता मार्फत अभिनय जस्तो कृतिमता पनि वास्तविकता प्रतित हुने भन्दै शङ्कुकले प्रेक्षकको अनुमान शक्तिलार्इ रसाश्रित ठानेका छन् । त्यसकारण रस अनुमान माथि अाश्रित रहने कुरा व्याख्या गरेका हुनाले यसलार्इ अनुमितिवाद भनिएको हो । श्री शङ्कुकका व्याख्यामा रस अनुकार्य निष्ठ हुने ,रस उत्पाद्य नभइ अनुमाप्य हुने ,भावक तटस्थ रहने जस्तो कुरालार्इ अगाडि सारिएको छ ।
अतः न्याय शास्त्रको अनुमान ,पेमाण र चित्रतुरगन्यायका अाधाुमा रस अनुमानको विषय हो भन्ने कुरालार्इ यिनले प्रमाणित गरे चित्रतुरगन्याको कल्पना गर्दै जसरी चित्रको कल्पनामा चित्रकारको उपस्थिति अनिवार्य रहन्छ त्यसरी नै साहित्य रचना पछि पनि साहित्यकारको अस्तित्व मान्य हुनेकुरा वताएका छन् । त्यसैगरी नाटकको (काव्य ) सबै प्रपन्च प्रेक्षक (दर्शक ) का लागि भएकालाले प्रेक्षकको महत्त्व दर्शाएका छन् । उनको अनुमितिवादलार्इ पछिल्लो चरणमा दार्शनिकहरूले त्रुटिपूर्ण मान्दै अनुमानकोभरमा निजि अानन्दलार्इ प्राप्त गर्न सकिदैन भन्ने तर्क अघि सारेको पाइन्छ । चित्रको घोडा देखेर साचिकै घोडाको अनुमान हुनु , अनुकर्तालार्इ देखेर मूल पात्रको अनुमान गर्नु , रस जस्तो अन्तर स्करणको भावलार्इ अनुमानकै रूपमा हेर्नु यस वादका क्रृणात्मक पक्ष हुन् । श्रव्यकाव्यको रस निष्पत्ति वारे पनि यिनले वोलेको पाइदैन ।
भट्टनायक र उनको भुक्तिवादः
भरतको रसशुत्रको व्याख्या गर्ने क्रममा तेस्रो व्याक्ति देखापरेका छन् ,भट्टनायक । यिनले रसलार्इ न यो उत्पत्ति हो न त अनुमानको विषय नै यो त भोगपक्षसँग सम्भन्धित छ भनेका छन् । यिनका अनुशार निष्पत्तिको अर्थ भोग र संयोगातको अर्थ भोज्य भोजक भएको हुनाले यिनको व्याख्या सिद्धान्तलार्इ भुक्तिवाद भनिएको हो ।
रस प्रतीतिको निम्ति भावकत्व र भोजकत्व गरी दुर्इ तत्वको वर्णन यहाँ गरिएको छ । जसमा भावकले (दर्शक / पाठक)रसको भोग गर्छ अर्थात दर्शकका लागि रस भोगकारूपमा प्राप्त हुन्छ । लोल्लट , शङ्कुकले मूलपात्र , त्यसपछि क्रमशः नट र दर्शकमा रसानुभूति हुनेकुरा व्यक्त गरेका थिए भने यिनले रस सिधै पाठक /दर्शक / भावकमा रसको भोग गरिन्छ भन्ने मत अघि सारे यिनले श्रव्य दृश्य दुवैकाव्य विधामा रस हुनेकुरा व्यक्त गरेका छन् । जव भावकत्व व्यापार द्वारा साभारणीकरण हुन्छ तव परकिय भाव स्वकिय बन्छ अर्थात त्यो व्याक्ति मुक्त र सार्भभाैम हुन्छभन्नेकुरा यहाँ व्यक्त गरिएको छ । पूर्ववर्ति अाचर्यहरूले भन्दा फरक ढङ्गले रससूत्रको व्याख्या गरेका भूक्तिवादी भट्टनायकले रसको निष्पति प्रकृया अभिधा ,भावकत्व र भोजकत्व व्यापार द्वारा सम्पन्नहुने कुरा अाफ्नो धाराणामा राखे ।अभिधा भनेको काव्यको सोझो अर्थ हो । भावकत्व भनेको साधरणीकरणको स्थिति र भोजकत्व भनेको भावकत्व पछिको उत्कर्ष अवस्था हो जहाँ दर्शकका लागि रस भोगगकारूपमा प्राप्त हुन्छ।यसरी भावक नै रसको उपभोक्ता हो ।
भट्टनायकको रस विवेचनाको पनिअभिनव गुप्तले अालोचना गरेका छन् । गुप्तले यस सिद्धान्तलार्इ व्यञ्जनाको नाम दिदै निराधार तर्क मान्छदन् तापनि भट्टनायकको भूक्तिवादी सिद्धान्तको महत्व छुट्टै देखिन्छ।
अभिनव गुप्त र उनको अभिव्यक्तिवाद
पूर्वीय अाचर्य भरतको रस सूत्रको व्याख्या गर्ने परिपक्क व्याख्याकारका रूपमा अभिनव गुप्तलार्इ लिइन्छ । यिनले भट्टनायकको भूक्तिवादी सिद्धान्तलार्इ निराधार र शास्त्र सम्मत नभएको भन्दै खण्डन गरेका छन् । यिनले निष्पतिको अर्थ अभिव्यक्ति लगाएका छन् । त्यसकारण यिनको सिद्धान्तलार्इ अभिव्याक्ति वाद भनिन्छ । यिनले भट्टलोलटको अनुमानवाद ,भट्टनायकको साधारणिकरण सिद्धान्तलार्इ भने उपयोग गरेका छन् । त्यसै गरि ध्वनिवादी सिद्धान्त , मनोविज्ञान जस्ता विभिन्न सिद्धान्त र वादलार्इ पनि यिनले उपयोग गरेका छन् । यिनका मतमा वभावादी व्यञ्जक हुन् भने रस व्याङ्या हो । यिनको अनुशार रति अादि स्थायी भावहरू भावकका मनमा वासनाका रूपमा सुषुप्त अवस्थामा रहेका हुन्छन् । विभाव , अनुभाव तथा सञ्चारीभाव जुन लाैकिक जगतमा कार्यकारण र सहकारी कारणका रूपमा मानिन्छन् । तिनीहरूको व्यञ्जना वृति द्वारा साधारणीकरण हुन्छयस अवस्थामा विभावादिको विशिष्टरूप समाप्त भइ ती सामान्यीकृत अवस्थामा अाइपुग्दछन् ।भने सहृदय निष्ठ स्थनयी भावको समेत साधारणीकरण हुन्छ । त्यसपछि पाठक ,दर्शकले ब्रम्हानन्दको अनुभव गर्छ ।
यिनले अझ अगाडि वडेर भनेका छन् कि ,रसको अनुभूति गर्न जसको भावना जागरूक छ ,त्यसको त्यति रस ग्रहण गर्नसक्ने शक्ति हुन्छ र रसको अनुभव गर्न सक्छ । रस प्रतीतिका निमित्व नयाँ व्यापारको कल्पना गर्नु पर्दैन भनि व्यञ्जनावाट नै साधारणीकरण र अास्वादन सम्पन्न हुनेकुरा व्यक्त गर्दछन् । यिनका विचारमा रसको उत्पत्ति हुदैन ,उत्पत्ति त कार्यको हुन्छ । रस कार्य होइन ,कार्यता कारण नष्ट भएपछि पनि अस्तित्ववान हुनपुग्छ तर रस विभाव नष्ट भएपछि नष्ट हुन्छ भन्ने व्याख्या गर्दै विभावादिको उपस्थिति पछि नै रस प्रकासित हुने देखिन्छ भन्दछन् ।
निष्कर्षमा भन्नुपर्दा अभिनभ गुप्तले रस प्रेक्षकमा हुने र अानन्द दायक हुनेकुरा प्रमाणित गरेका छन् । यिनको यो व्यख्यालार्इ उत्तरवर्ती विद्धानहरूले पनि अनुशरण गरेका छन् ।