काब्य तथा साहित्यिक कृतिको श्रुति,दृष्य र वाचक तथा पठन वाट प्रप्त हुने अानन्द नै रस हो । पदार्थीय रसको अास्वादन जिव्रोले गर्दछ भने काब्यको अास्वादन भावनात्मक रूपमा मनले वा अात्मले गर्छ । रसलाई ब्रह्रमाको रूपमा पनि हेरिन्छ । ब्रम्ह्रानन्द हुनु भनेको अाफ्नो लक्ष्यमा पुग्नु हो ।अाफ्नो जीवनको लक्ष्य प्राप्त गर्दा जस्तो अानन्द हुन्छ त्यस्तै अानन्द रस प्राप्त गर्दा हुन्छ । रसका वारेमा सर्वप्रथम काव्यमा प्रयोग कसले गर्यो भन्ने मत भिन्नता रहेपनि प्रमाणिक अाधारमा रस प्रर्वतक भरत नै मानिन्छन् । विभाव ,अनुभाव ,र व्यविचारी भाव द्वारा रस निष्पत्ति हुन्छ भन्ने परिभाषा नै सर्वमान्य छ । यिनै विभाव ,अनुभाव ,व्यभिचारी भावलाई रसको अंग मानिन्छ । यिनै अंगहरूको संयोगवाट रस उत्पत्ति हुन्छ । त्यसकारण यिनै अंगहरूलाई नै रस सामग्री भनिन्छ ।
विभाव
व्यक्तिका मनमा स्थायी रूपमा रहने भावलाई विभाव भनिन्छ । अर्थात जसलाई वा जेलाई देखेर विभिन्न भावहरू पैदा हुन्छन् त्यसलाई नै विभाव भनिन्छ जसरी समून्द्रमा स्थीर रूपमा रहेको पानी भूइचालो ,ज्वालामूखी ,सूर्य ,हावा अादिको शक्तिले छाल र लहर पैदा गरिदिन्छ त्यसरी नै मानव मनमा स्थिर रूपमा रहेको स्थायी भावलाई जगाउने ,विउँझाउने वा सक्रिय वनाउँने सामग्री नै विभाव हो । विभाव पनि दुई प्रकारका हुन्छन् ।
ती हुनः
क . अालम्वन विभावः जसलाई देखेर स्थायी भाव उत्प्रेरित हुन्छ त्यसलाई अालम्वन विभाव भनिन्छ ।यसले सहृदयीका मनमा रत्यादि स्थायी भावको विकास गराउँछ ।काव्य (नाटक)का नाइकादी अालम्वन विभाव हुन ।अालम्वन विभाव पनि विषय रअाश्रय गरि दुई प्रकारका छन् ।
-जसमा भाव उत्पन्न हुन्छ त्यसलाई अाश्रय अालम्वन भनिन्छ ।
-जसलाई लक्ष्य गरेर भाव अंकुरित हुन्छ त्यसलाई विषय अालम्वन भनिन्छ ।
ख. उद्दीपन विभव ः काव्य वा नाटकमा उपस्थित वा वर्णित हाश्रय विभावका चितमा जागृत रत्यादि स्थायीभावलाई अरू उद्दीप्त वा विस्तारित गर्ने मानसिक तथा प्राकृतिक वातावरणलाई उद्दीपन विभव भनिन्छ ।उद्दीपन विभव अान्तरिक र बाह्रय गरीदुई प्रकारका हुन्छन् ।
- अालम्वनका निजी गुण,हाउभाउ , चेष्टा तथा पहिरन गरगहना अादि अान्तरिक उद्दीपन हुन ।
-विषय अालम्वनमा उद्वुद्ध रति अादि स्थायी वृत्तिलाई प्रदीप्त राखिराख्न सघाउने वसन्तको समय ,कोइलीको अावाज , वगैंचा ,एकान्त स्थल सुन्दर र एकान्त कोठा ,वनपाखा फूल फूलेको माैसम अादि बाह्रय परिस्थिति र परिवेषलाई बाह्रय उद्दीपन विभव भनिन्छ।
अनुभाव
विभिन्न कारणवाट हृदयमा उद्वुद्धरत्यादि भावलाई बाहिर प्रकाशित गर्ने अङ्ग व्यापारलाई अनुभाव भनिन्छ।लोक जीवनमा यसलाई कार्य भनिन्छ भने साहित्यमा यसलाई अनुभाव भनिन्छ। स्थायी भाव जागृत भएपछि देखापर्ने शारीरिक ,मानसिक परिवर्तनलाई अनुभाव भनिन्छ।जस्तै मुठी पार्नु ,अाँखा रातो बनाउनु , ,दाँत किट्नु , कपाल कन्याउनु अा दि काइका , वाचिक , सात्वीक , र अाहार्या गरी अनुभावदि ।का चार भेद छन्।
१.काइकाःमनमा उत्पन्न भावलाई शारीरिक चेष्टाद्वारा व्यक्त गर्नु काइका अनुभाव हो ।
२.वाचिकः वोलीका माध्यमवाट भाव व्यक्त गर्नु वाचिक अनुभाव हो ।
३.अाहार्यः गरगहना ,पहिरनद्वारा भाव व्यक्त गर्नु अाहार्य अनुभाव हो ।
४.सात्वीक ः मानसिक अावेगलाई व्यक्त गर्नु सात्वीक अनुभाव हो ।
अनुभावमा सात्वीक भावलाई वढि महत्त्व दिइन्छ । भावकको विचारलाई सुख दुःख अादि भावनाका माध्यमवाट प्रस्तुत गर्नु नै सात्वीक भाव हो । सात्वीक भावहरू अाठ प्रकारका हुन्छन्।
स्तम्भ -चेतना सून्य हुनु(अति हर्ष , अतिभय, विशेष व्याकुलता ,ताप तथा पिडनवाट उत्पन्न हुन्छ । )
स्वेद - पसिना अाउनु (भयङ्कर अावेश ,हर्ष ,लज्जा, रोग,श्रम ,सन्ताप अादिवाट उत्पन्न हुन्छ । )
कम्प - काम्नु
वैवण्य - रङ वदलिनु
अश्रु - रूनु
प्रलय -टुट्नु (वछप्त हुनु) -मोह, मद अादिवाट
रोमान्च - जोशमा अाउनु
स्वरभङ्ग - स्वरमा परिवर्तन अाउनु (क्रोध , भय , हर्ष अादिवाट )
व्यविचारी भाव (सञ्चारी भाव)
स्थीर रूपमा नरहने वा चलायमान हुने भावहरू नै व्यविचारी भाव वा सञ्चारी भाव हुन्। स्थायीभावमा कहिले प्रकट हुने र कहिले अप्रकट हुने चलनशील अवस्थामा रहने भावलाई व्यविचारी भाव भनिन्छ । यिनले स्थायी भावलाई विकसित गर्छन र रसलाई फिजाउने काम गर्छन । विभाव र अनुभाव पछि सञ्चारण हुने हुनाले यिनलालई सञ्चारी भाव पनि भनिन्छ । व्यविचारी भावको संख्या ३३ रहेको छ ।
ती निम्न प्रकारका छन् ः
निर्वेद
अावेग
दैन्य
श्रम
मद
जडता
अग्रता
मोह
विवोध
स्वप्न
अपस्मार
गर्व
मरण
अालस्य
अमर्ष
निन्द्रा
अवहित्था
अाैत्सुक्य
उन्माद
शङ्का
स्मृति
मति
व्याधि
त्रास
हर्ष
असूया
विषद्
घृति
चपलता
ग्लानी
चिन्ता
तर्क
शङ्का
स्मृति
मति
व्याधि
अपहित्था
स्थायी भाव
सहृदयका हृदयमा सांस्कारिक वासनाका रूपमा स्थायी र स्थिर रूपमा रहने भाव हो । यी भावहरू सुसुप्त अवस्थामा हुन्छन् र विभावादिले जागृत गराएपछि रसरूपमा परिणत हुन्छन् । अाचर्य भरतले यसलाई जसरी नरहरूका वीच नरेश र शिष्यहरूका वीच गुरू श्रेष्ठ हुन्छन् त्यसरी नै सम्पूर्णभावहरू मध्य स्थायी भाव श्रेष्ठ छ भनेका छन् । जव िवभाव ,अनुभाव र व्यविचारी भावको समिश्रण हुन्छ तव स्थयी भावको सिर्जना हुन्छ र त्यहि स्थायी भावको माध्यमवाट रस उत्पन्न हुन्छ यस्ता स्थायी भावहरू ९ प्रकारका छन् ।
रती(प्रेम) शृङ्गार
हास(हँसो) हास्य
शोक करूण
क्रोध राैद्र
उत्साह वीर
भय भयानक
घृणा वीभत्स
विस्मय(अाश्चार्य) अद्भूत
शान्ति शान्त