भूपी शेरचन
परिचय
जन्म - विक्रम सम्बत् १९९२ पुस १२ गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो। सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा खास नाम - भूपेन्द्रमान शेरचन हो । मृत्यु - विक्रम सम्बत् २०४६जेठ १ गते शिक्षा – वि.ए. सम्म सेवा र संलग्नता – नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव(२०१५),नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य(२०३५) कृतिहरू - १. परिवर्तन (नाटक, २०१० ) २. नयाँ झ्याउरे (कवितासङ्ग्रह,२०१० ) ३. निर्झर (कवितासङ्ग्रह, २०१५ ) ४. घुम्ने मेचमाथि अन्धो मान्छे (कवितासङ्ग्रह, २०२५ ) ५.भूपी शेरचनका कविता(कवितासङ्ग्रह,२०५७)
सम्मान र पुरस्कार
– साझा पुरस्कार(२०२६) , गोरखा दक्षिणबाहु दोस्रो (२०४२)
प्रमुख प्रवृत्ति र विशेषता
स्वच्छन्दवादी – प्रगतिवादी कवि , निम्नवर्ग प्रति सहानुभूति र देशभक्तिको भावनाको प्रस्तुती, मानवतावादी चिन्तन र विश्ववन्धुत्त्वको भावना व्यंग्य कवि, क्रान्तिकारी कवि र जनताका कवि भनेर नेपाली कविता फाँटमा उचाइ बनाएका भूपी शेरचनका कविता सरल छन् तर व्यङ्ग्यात्मक छन्। समाजमा व्याप्त बेमेल कवितामा सरल रूपमा उतारेका छन्।यिनी मुख्यतय गद्यमा कविता लेख्ने गद्यकवि हुन् तर गद्यमा मात्र सिमित नभएर लोकलय र मात्रिक लयमा पनि आफ्नो कविता पस्केका छन् । सरल भाषा द्वारा गम्भिर भाव व्यक्त हुनु यिनको अर्को विशेषता हो । यिनका कवितामा शोषण ,अन्याय अत्यचार विरूदॄ असन्तुष्टि व्यक्त भएको पाइन्छ ।मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
असङ्ख्य रोग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि उपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमादेवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन? सबथोक छ।
मेरो चोक कविताको विश्लेषण
स्वच्छन्दवादी प्रगतिवादी कवि भूपि शेरचन (१९९२- २०४६)ले मेरो चोक कविता घुम्ने मेचमाथी अन्धोमान्छे (२०२५) कविता सङ्ग्रहमा सङ्ग्रहित गरेका छन् । उनको निर्झर(२०१५) ,नयाँ झ्याउरे (२०१०)जस्ता कवितासङ्ग्रह पनि प्रकाशित छन् । राष्ट्रपेमी कवि समाजिक विसङ्गति प्रति व्यङ्ग्यात्मक कविता लेख्न रूचाउने कवि शेरचनले साझा पुरस्कार (२०२६) ,गोरखा दक्षिणवाहु दोस्रो (२०४२) जस्ता सम्मान तथा पुरस्कार पाउन सफल देखिन्छन् । यिनको यस कवितामा काठमाडौंको विसङ्गति पूर्ण वास्तविकतालार्इ व्याङ्ग्यात्मक तरिकाबाट प्रस्तुत गरेका छन् ।
यस कवितामा काठमाडौं शहर भित्रको साँघुरो गल्लीमा एउटा चोक छ जसलार्इ मेरो चोक भनिएको छ । यहाँ कविले रोग ,भोक र शोक जस्ता कुराहरू छन् हर्ष छैन भन्दै देवताद्वारा निर्मित मानिस र मानिसद्वारा निर्मित देवता दुवै असन्तुष्ट छन् । किनकि मानिसलार्इ उपियाँ र रूपियाँले टोक्छ भने देवतालार्इ कसैले पुज्दैन भन्दै आफ्नो भावना व्यक्त गरेका छन् ।
प्रस्तुत कवितामा कविले काठमाडौं शहरको सामापिक परिवेशलार्इ व्याङ्ग्यात्मक ढंगवाट प्रस्तुत गर्न सफल देखिन्छन् । उनको विचारमा काठमाडौं शहर जुन देशको सबैभन्दा ठूलो शहर हो जहाँ मानिसहरू विभिन्न उद्देश्य वोकेर आउने गर्दछन् त्यहाँ मानिसहरूले दुःख सिवाय केहि पाएका छैनन् । उनिहरूले गाँस,वाँसर कपासको लागि मेहेनत गर्दा पनि जीवन काट्न मुस्किल परेको छ । वातावरणिय प्रदुषण र अभावले मानिसहरू दिनप्रतिदिन रोगी हुँदै गइरहेका छन् । अभाव र पिढाले गर्दा खुसिहुने दिन नै आउँदैन आर्थिक संकट र वातावरण प्रदुषणको प्रभावले दिनको चैन मात्र नभएर रातको निद्रापनि हराएको कुरा कविले व्यक्त गर्न खोजेको देखिन्छ । मानिसले आर्थिक संकट टार्न र जीवन निर्भाह गर्न मुस्किल पर्दै जानाले यहाँ देवतालार्इ पनि पुज्न छोडिसकेका छन् । जीवनसैली र त्यसले निम्त्याएका परिणाम ले मानिसको जीवनलार्इ सुखको सट्टा दुःख तिर धकेल्दै लैजाने संकेत कविले यहाँ व्यक्त गर्न खोजेका छन् र सरल, सहज जीवन शैलीको अपेच्छा गरेका छन् ।
मन्दिर नै मन्दरको शहर भनेर चिनिने काठमाडौं शहरलार्इ सधै देवताले कल्याण गरून र मानवले पनि प्रदुषण मुक्त सरल जीवन शैली अपनाएर आफूभित्र रहेको मानवतालार्इ सधै उजागर गरून भन्ने विचार यहाँ व्यक्त गर्न खोजिएको छ।
उत्तमम्
जवाब देंहटाएं