Privacy policy

Sunday, May 3, 2026

मानस्वर

 मानस्वरको परिचयः

संसारका सबै भाषामा पाइने स्वर ध्वनिहरूको प्रतिनिधित्व हुने गरी तयार पारिएको मानक चिन्हलाई मानस्वर भनिन्छ । कुनै पनि भाषामा रहेका स्वर ध्वनिहरूलाई  सही तरिकाबाट अध्ययन, विश्लेषण तथा मापन गर्ने सैद्धान्तिक आधार प्रदान गर्ने हुँदा  यसलाई मानक स्वर वा आदर्श स्वर पनि भनिन्छ ।मानस्वरका आधारबाट संसारका सबै भाषाको स्वरध्वनिलाई मापन गर्न सकिन्छ । मानस्वरहरु स्वरध्वनिको उच्चारण श्रवणको संयोजनमा आधारित हुन्छन् । मानस्वर स्वरहरुको निर्धारण गर्ने काल्पनिक बिन्दु हुन् । यी काल्पनिक बिन्दुहरु भाषा विशेषमा ठ्याम्मै नमिल्न पनि सक्छन् । कुनै पनि भाषाका स्वरहरुको निर्धारण यसकै निकटता, दूरता, समता र भिन्नताका आधारबाट गरिन्छ । सैद्धान्तिक स्वरभन्दा भाषा विशेषमा स्वरहरु के कति मात्रामा, कुन कारणबाट फरक छन् वा समान छन् भनी यसैसँग दाँजर मापन गर्न सकिन्छ। यसकै आधारमा कुन भाषामा कति स्वर छन भन्ने कुराको लेखा जोखा गरिन्छ ।

प्रसिद्ध भाषाशास्त्री डानियल जोनले संसारका सबै स्वरहरुको निर्धारण गर्न सकिने मानस्वरको सैद्धान्तिक रूपरेखा प्रस्तुत गरेका छन् ।  उनले ई. १९१८ मा मानस्वरको विकास गर्दै मानस्वरहरुको निर्धारणमा जिब्रोको उचाइ र पश्चता तथा ओठको गोलाइलाई आधार मानेका छन् । जोन‌द्वारा प्रस्तावितः सैद्धान्तिक स्वरलाई अन्तर्राष्ट्रिय ध्वनि तात्त्विक वर्णमालामा मानस्वर भनिन्छ। जोन्सका अनुसार मानस्वरलाई लेख्य आधारमा मात्र सिक्न कठिन हुन्छ। यिनको सही उच्चारण सिक्नलाई ध्वनि शास्त्रीबाट उच्चारण सम्बन्धी प्रशिक्षण पनि लिनु पर्छ ।

मानस्वर
भाषा वैज्ञानिक हेलवेगका अनुशार




मानस्वरलाई विभाजन गर्ने आधारहरु मध्ये जिब्रोको उचाइको निश्चित मात्रा र जिब्रोको खास भागको सक्रियताको निश्चित विन्दु किटान गरी छुट्याउन निकै कठिनाइ पर्छ। व्यक्ति र परिवेश अनुसार फरक हुन पनि सक्छ तर विभिन्न आधुनिक विद्युतीय उपकरणहरु‌द्वारा भाषा विशेषका स्वरहरुको सही निर्धारण गर्न चाहि सकिन्छ । यस्ता केही समस्या भए पनि मानस्वर व्यवस्थाले संसारका अरु विधि भन्दा सफलता हासिल गरेको छ।

 

No comments:

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...