शुक्रवार, 18 फ़रवरी 2022

के नपाल सानो छ ? निबन्ध

लेखक लक्ष्मीप्रसाद देवकोटा

परिचय,

         जन्म वि. सं. १९६६ कार्तिक २७

         जन्मस्थान- डिल्लीबजार , काठमाडौँ

         मृत्यु - वि. सं. २०१६ , भाद्र २९

         प्रकाशित निबन्धहरू प्रसिद्ध प्रबन्ध,लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रूखनेर

         शिक्षा बि.बिएल ,अङ्ग्रेजीमा एम ए

प्रवृत्ति

 निजात्मकता , स्वछन्दतावादी भाव, मानवतावाद, सौन्दर्य, प्रेम, विस्मय, असन्तोष, लोक साहित्य र लोकगित, अतीत प्रेम, मिथक, विम्व र प्रतीकको प्रयोग, हास्व्यव्यङ्ग्य निबन्धका, बौद्धिक प्रवृत्ति , जनपक्षिय भावना, संरचनामा असन्तुलन र काव्यात्मक निवन्ध लेखनको शैली पाइनु,

विवेचना

बहुमुखी प्रतिभाका धनि धुनिक नेपाली निबन्धकार लक्ष्मीप्रसाद देवकोटा (१९६६- २०१६) राष्ट्रप्रेमी , आत्मपरक निबन्धकारका रूपमा परिचित छन् । थुप्रै खण्डकाव्य ,महाकाव्य तथा नवकाव्यहरू सृजना गरेका देवकोटाले निबन्ध विधामा ३ओटा निबन्ध सङ्ग्रहहरू प्रकाशनमा ल्याएका छन् । बि. सं. १९९१मा पूर्णीमाको जलधि नामक कविता लिएर साहित्य आकाशमा देखिएका देवकोटाको पहिलो निबन्ध अषाढ पन्ध्र (१९९२) हो । महाकवि उपाधि(२००८) ,त्रिभुवा प्रज्ञा पुरस्कार (२०२३) जस्ता थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित देवकोटालार्इ सोर्गारोहण पश्चात साझा पुरस्कार (२०४५) प्रदान गरिएको थियो । यिनी शिक्षण पेशामा आबद्ध थिए । यिनले राजनीतिमा पनि आफ्नो क्षमता प्रदर्शन गरेको पाइन्छ । यसरी बिभिन्न क्षेत्रमा अग्रसर भएर राष्ट्रको सेवा गरेका देवकोटा स्वच्छन्दतावादी, कोमल हृदय भएका , प्रकृति प्रेमी तथा देशभक्ति र नेपाली भाषालार्इ मायाँ गर्ने व्याक्ति हुन् । “यिनको के नेपाल सानो छ ?”नामक निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहित छ । यसमा देवकोटाले नेपाल भौगोलिक रूपमा अरू देशको तुलनामा सानो देखिए तापनि वास्तवमा यहाँका विद्वान व्याक्तित्व ,संस्कृति ,भेषभुषा, भषाशैली, परिश्रमी हातहरू तथा प्राकृतिक सौन्दर्यले गर्दा वास्तवा अरू देशको तुलनामा यो ठूलो छ भन्न खोजेका छन् ।

नेपाल विश्वको नचित्रमा हेर्दा एउटा विन्दु देखिन्छ । महासागरमा एकबुँद त्यसै हराएको जस्तो लाग्छ । भौगत्रलिक रूपमा हेर्दा सानो भए पनि यो गुणात्मक रूपमा महान छ । यो आफैमा सार्भभौमसत्ता देश हो ।यहाका जनता स्वतन्त्र छन् । प्रकृतिले यसलार्इ मनमोहक वनाएको छ । सगरमाथाको सिरानी हाली हिमगिरी र अन्नपूर्णको काखमा मस्त भएको यो देशमा संसारमा पाइने सम्पूर्ण कुराहरू एकै ठाउँमा पाइन्छ । हिमनदीहरू ,झरनाहरू , हरियालीहरू , शुन्दर पहाडहरू र पखेराहरू यसका परिपूर्णता हुन् । सन्सारमा सात आश्चार्य कुराहरू नेपाल भित्रै छन् । जस्तैः- बेविलोनका ह्याङ्गिङ गार्डेन्स,वुलन बाग,तिनसय नायग्रा फल्स चिनका ठूला पर्खाल जस्त पर्खालहरू यहि छन् । त्यतिमात्र कहा हो र  संसारमा पाइने जीवजन्तुहरू पनि यहि छन् । बाग पालेको यो जंगलले बागलार्इ समात्ने वीर पुरूषहरू पनि जन्माएको छ । सुन्दरताले सजाएको प्रकृतिले महान साहित्यकारहरू जन्माएको छ । यहाका मानिसहरूका ओठमा गीतहरू ,हृदयका भावमा  कविता र जीवनशैलीमा उपन्यासहरू लुकेका छन । जुन विश्वका साहित्यकारका भन्दा महान र मार्मिक छन् । हलो , कोदालो ,हँसिया सँगसँगै गीत ,गजल र काव्यहरू सिर्जिनछन् यहाँ ।अरूका धेरै साहित्यका पुस्तकहरूका तुलनामा नेपाली एउटै काव्य काफि छ । एउटै काव्यमा पूर्णता छ । हिमालको जडिवुँटि ,पहाडको अन्न र तरार्इको जल यसको अर्को सम्पूर्णताको परिदृष्टि हो । जसरी नेपाली भुमी महान र विशाल छ त्यसरी नै यहाँका मानिसहरू पनि फरक प्रकृतिका छन् । अरूले अन्जान मानिसलार्इ हिंशक पशुको नजरमा हेर्दछन् अर्थात अन्जान मानिससँग बोल्न डराउछन् । तर नेपालीहरू अन्जान मानिसलार्इ पनि स्वागत र सत्कार गर्छन् । विदेशिहरू ढुङ्गालार्इ केवल ढुङ्गा मान्छन् तर त्यहि ढुङ्गालार्इ नै नेपालीले र्इश्वर मान्दिन्छन् । प्रकृतिको अंश एउटा सानो टुक्रालार्इ भगवान मानेर त्यसलार्इ पुज्ने नेपालीले हरेक चिजलार्इ पुजा गर्न जानेका छन् । पुजा गर्नु भनेको नै त्यो चिजलार्इ महत्त्व दिनु हो । यस्तो अवस्थामा विदेशिहरू विज्ञानको नाममा यन्त्रको पछि लाग्दछन् । नकि भावना र विवेकको त्यसैले विदेशिहरू यन्त्र मानव भइ सकेको अवस्थामा नेपालीहरूको भने ज्ञान सागर उर्लेको छ । सच्चा आर्य भावना वोकेका नेपालीहरू जसलार्इ जहापनि र्इश्वरको रूप देख्दछन् ।

   यहि नै मानवताको महानता हो । यहि नै मानवताको शौन्दर्य हो । विदेशको भुमी जता हेरे पनि सम्म मैदान भन्दा केहि देखिदैन ,जहाबाट चित्र झिकिएको छ जस्तो महसुस हुन्छ तर नेपाली भुमीमा कतै पहाड, कतै हिमाल , कतै तरार्इ कतै झरना, कतै खोलानाला आदि चिजले चित्रमा रङ भरिएको महशुश हुन्छ ।यदि स्वर्ग भन्ने चिज कतै छ भने त्यो स्वर्ग यहि नेपाल हो र साँच्चै भगवान छन् भने ती भगवान नेपाली हुन् भन्न सकिन्छ । यस्ता चिजहरूले गर्दा नेपाललार्इ अरूदेशको तुलनामा ठूलो बनाएको छ ।

   कुनै पनि कुरा आकारमा ठूलो हुँदैमा त्यो साँच्चिकै ठूलो हुँदैन ।ठूलो हुनको लागि  त गुण हुनु पर्छ । आकारले ठूलो र सानो भन्नु त मुर्खता हो । हेर्दा मानिस भन्दा हात्ती ठूलो हुन्छ । तर आफ्नो विवेकले हात्तीलार्इ मानिले आफ्नो इच्छा अनुशार काम गराउँछ । त्यस्तै हिरा मोती थोरै भए पनि त्यसको मूल्य धेरै हुन्छ । शरीरको मुटुको झल्का सबैभन्दा सानो भए पनि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । जसरी आफ्नी आमा संसारमा अरू चिज भन्दा ठूली हुन्छिन् त्यसरी नै आफ्नो मातृभुमी  पनि संसारको अरू चिज भन्दा महान हुन्छ ।

  नेपाली भुमी जति महान र पवित्र छ त्यति नै पवित्र ,मिठास र माधुर्य यसको भाषा र लिपि छ । यहाका संस्कृतिले यसलार्इ झन सजाएको छ भन्ने कुरा यस निबन्ध मार्फत अभिव्यक्त गर्न खोजिएको छ ।

    निष्कर्षमा भन्नुपर्दा आफ्नो देश सबैलार्इ प्यारो लाग्छ ।जुन चिज प्यारो हुन्छ त्यो चिज आफैमा महान हुन्छ । आफ्नो देश ,त्यहाको भाषा ,संस्कृति र सभ्यतालार्इ सबैले उति नै  सम्मान दिनु पर्दछ र उन्नति गर्नु पर्छ । अरूको नक्कल गर्नुको सट्टा आफ्नै भाषा । संस्कृतिको सम्बर्धा गर्नु पर्छ ।सुविधाको लोभमा विदेशिनुको सट्टा आफ्ना पौरखी हातहरू यहि फैलाउनु पर्छ । रगत र पसिना आफ्नै देशमा बगाएर नेपाली भुमिलार्इ संसारमा चिनाउनु पर्छ भन्ने सन्देश यस निबन्धले दिन खोजेको छ ।     

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...