Privacy policy

Monday, December 25, 2023

भाषा विज्ञानका मूलभूत विशेषताः

  भाषा विज्ञानका मूलभूत विशेषता

भाषा वस्तुपरक अध्ययनसँग सरोकार राख्ने विज्ञान भएकाले भाषा विज्ञान अन्तर्गत निश्चित सिद्धान्तका आधारमा भाषाको अध्ययन गरी यसको निष्कर्ष निकालिन्छ । सामाजिक विषय भएकाले यसको अध्ययन सामाजिक शास्त्रसँग सापेक्ष सम्बन्ध राख्दछ । यसले प्रामाणिक तथ्यहरुलाई मात्र आधार  बनाई भाषाको अध्ययन गर्ने हुनाले काल्पनिक र सम्भावित नभई पूर्ण रूपले प्रामाणिक तथ्य प्रस्तुत गर्दछ । यो एउटा निपूर्ण शास्त्रका रूपमा स्थापित भएको छ । यसमा उपयोग गरिने आधार पदधति भरपर्दो र विश्वसनीय हुन्छ । कथ्य भाषाको लघु रूपदेखि बृहत् रूपसम्म समेटिने भाषिक अध्ययनमा लेख्य भन्दा कथ्य भाषा बढी विश्वसनीय हुन्छ । भाषासँग सम्बन्धित विभिन्न विषय, शास्त्र, पद्धति र उपकरण उपयोग गरेर अध्ययन गर्दछ । त्यसैले यस्तो अध्ययन व्यवस्थित हुन्छ । विषयगत गाम्भीर्यता प्राप्त हुने विश्वास हुन्छ । अध्ययन पूर्वाग्रह मुक्त, निर्वैयक्तिक र वस्तुपरक हुने गर्दछ । यसले मानवेत्तर भाषाको पनि अध्ययन गर्दछ । यसरी विभिन्न प्रविधि, प्रक्रिया र सिद्धान्तको आधारमा व्यवस्थित अध्ययन हुने भएकाले भाषा विज्ञानलाई वैज्ञानिक अध्ययन भनिएको हो । यिनै विविध पक्षहरुलाई आधार बनाई भाषा विज्ञानका विशेषताहरुलाई यस प्रकार औँल्याउन सकिन्छ :

क) भाषा विज्ञानमा भाषाको अध्ययन विश्लेषण हुन्छ । त्यसैले यो सुपरिभाषित, वस्तुनिष्ठ र प्रयोग परक हुन्छ ।

 ख) भाषा विज्ञानमा प्रामाणिक तथ्यहरुलाई मात्र विश्लेषणको आधार बनाइएको हुन्छ ।

 ग) यसमा वस्तुपरक ढङ्गबाट सामग्रीको व्याख्या विश्लेषण गरिने हुनाले यसको निष्कर्षबाट सार्वभौम सिद्धान्तको प्रतिपादन हुन्छ ।

 घ) यसमा भाषिक व्यवस्थाको क्रमबद्ध व्याख्या विश्लेषण गरिन्छ ।

 ङ) अध्ययनका क्रममा सामग्रीको सङ्कलन, आलेखन, वर्गीकरण एवम् विश्लेषण सावधानीपूर्वक गरिन्छ । च) आवश्यकता अनुसार भाषासँग सरोकार राख्ने विभिन्न विषय शास्त्रका विविध पद्धति र उपकरणलाई आफ्नो प्रयोजनका लागि उपयोग गर्न सक्छ ।

 छ) भाषाको अध्ययनमा विज्ञान जस्तै सूत्रात्मक मितव्ययी ढाँचाको प्रयोग गरिन्छ ।

 ज) जन्मका दृष्टिले कान्छो भइकन पनि भाषा विज्ञान निपूर्ण शास्त्रका रूपमा स्थापित भइ सकेको छ । झ) भाषाको कथ्य रूपलाई प्राथमिकता दिई अध्ययन विश्लेषण गर्दछ ।

ञ) भाषा वैज्ञानिक अध्ययन आग्रह पूर्वाग्रह मुक्त हुने भएकाले यसको निष्कर्ष निर्वैयक्तिक र वस्तु परक हुन्छ ।

ट) सूक्ष्मतादेखि समग्रतासम्ममा विश्वास राख्ने भाषा वैज्ञानिक अध्ययन दोषमुक्त र सङ्क्षिप्त निष्कर्ष दिने शास्त्र हो

ठ) कुनै पनि विषयलाई सतही र हलुका रूपमा नहेरी विषयगत गाम्भीर्यमा यसले विश्वास राख्छ ।

ड) भाषा सामाजिक विषय भएकाले यसको समाज सापेक्ष विश्लेषण गरिन्

ढ)भाषा विज्ञानले वर्णनात्मक, तुलनात्मक ऐतिहासिक सिद्धान्तलाई आधार मानेर भाषाको व्याख्या विश्लेषण गर्दछ ।

ण) भाषा विज्ञानमा भाषिक पठन पाठन सिकाइ प्रक्रिया, त्रुटि विश्लेषण जस्ता प्रायोगिक पक्षको समेत अध्ययन विश्लेषण गरिन्छ ।

) भाषा विज्ञानमा सार्वभौम व्याकरणको निर्माण गरी सबै भाषाको आआफ्नै व्याकरण हुन्छ भन्ने मान्यता राखिन्छ ।

थ) यसले संसारका भाषाहरु कुनै स्तरीय र अस्तरीय हुँदैनन्। सबै समान हुन्छन् भन्ने मान्यता राख्दछ ।

) मानवेत्तर प्राणीहरुको भाषिक विनिमयसँग पनि भाषा विज्ञानले तुलनात्मक र व्यतिरेकी सम्बन्ध राख्द

No comments:

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...