भाषा विज्ञानका मूलभूत विशेषताः
भाषा वस्तुपरक
अध्ययनसँग सरोकार राख्ने विज्ञान भएकाले भाषा विज्ञान अन्तर्गत निश्चित
सिद्धान्तका आधारमा भाषाको अध्ययन गरी यसको निष्कर्ष निकालिन्छ । सामाजिक विषय
भएकाले यसको अध्ययन सामाजिक शास्त्रसँग सापेक्ष सम्बन्ध राख्दछ । यसले प्रामाणिक
तथ्यहरुलाई मात्र आधार बनाई भाषाको अध्ययन
गर्ने हुनाले काल्पनिक र सम्भावित नभई पूर्ण रूपले प्रामाणिक तथ्य प्रस्तुत गर्दछ
। यो एउटा निपूर्ण शास्त्रका रूपमा स्थापित भएको छ । यसमा उपयोग गरिने आधार पदधति
भरपर्दो र विश्वसनीय हुन्छ । कथ्य भाषाको लघु रूपदेखि बृहत् रूपसम्म समेटिने भाषिक
अध्ययनमा लेख्य भन्दा कथ्य भाषा बढी विश्वासनीय हुन्छ । भाषासँग
सम्बन्धित विभिन्न विषय, शास्त्र, पद्धति र उपकरण
उपयोग गरेर अध्ययन गर्दछ ।
त्यसैले यस्तो अध्ययन व्यवस्थित हुन्छ । विषयगत गाम्भीर्यता प्राप्त हुने विश्वास
हुन्छ । अध्ययन पूर्वाग्रह मुक्त, निर्वैयक्तिक र
वस्तुपरक हुने गर्दछ । यसले मानवेत्तर भाषाको पनि अध्ययन गर्दछ । यसरी विभिन्न
प्रविधि, प्रक्रिया र सिद्धान्तको
आधारमा व्यवस्थित अध्ययन हुने भएकाले भाषा विज्ञानलाई वैज्ञानिक अध्ययन भनिएको हो
। यिनै विविध पक्षहरुलाई आधार बनाई भाषा विज्ञानका विशेषताहरुलाई यस प्रकार
औँल्याउन सकिन्छ :
क) भाषा
विज्ञानमा भाषाको अध्ययन विश्लेषण हुन्छ । त्यसैले यो सुपरिभाषित, वस्तुनिष्ठ र प्रयोग परक हुन्छ ।
ख) भाषा विज्ञानमा प्रामाणिक तथ्यहरुलाई मात्र
विश्लेषणको आधार बनाइएको हुन्छ ।
ग) यसमा वस्तुपरक ढङ्गबाट सामग्रीको व्याख्या
विश्लेषण गरिने हुनाले यसको निष्कर्षबाट सार्वभौम सिद्धान्तको प्रतिपादन हुन्छ ।
घ) यसमा भाषिक व्यवस्थाको क्रमबद्ध व्याख्या
विश्लेषण गरिन्छ ।
ङ) अध्ययनका क्रममा सामग्रीको सङ्कलन, आलेखन, वर्गीकरण एवम् विश्लेषण सावधानीपूर्वक गरिन्छ । च) आवश्यकता अनुसार भाषासँग
सरोकार राख्ने विभिन्न विषय शास्त्रका विविध पद्धति र उपकरणलाई आफ्नो प्रयोजनका
लागि उपयोग गर्न सक्छ ।
छ) भाषाको अध्ययनमा विज्ञान जस्तै सूत्रात्मक
मितव्ययी ढाँचाको प्रयोग गरिन्छ ।
ज) जन्मका दृष्टिले कान्छो भइकन पनि भाषा
विज्ञान निपूर्ण शास्त्रका रूपमा स्थापित भइ सकेको छ । झ) भाषाको कथ्य रूपलाई
प्राथमिकता दिई अध्ययन विश्लेषण गर्दछ ।
ञ) भाषा
वैज्ञानिक अध्ययन आग्रह पूर्वाग्रह मुक्त हुने भएकाले यसको निष्कर्ष निर्वैयक्तिक
र वस्तु परक हुन्छ ।
ट) सूक्ष्मतादेखि
समग्रतासम्ममा विश्वास राख्ने भाषा वैज्ञानिक अध्ययन दोषमुक्त र सङ्क्षिप्त
निष्कर्ष दिने शास्त्र हो ।
ठ) कुनै पनि
विषयलाई सतही र हलुका रूपमा नहेरी विषयगत गाम्भीर्यमा यसले विश्वास राख्छ ।
ड) भाषा सामाजिक
विषय भएकाले यसको समाज सापेक्ष विश्लेषण गरिन्छ ।
ढ)भाषा विज्ञानले वर्णनात्मक, तुलनात्मक ऐतिहासिक सिद्धान्तलाई आधार मानेर
भाषाको व्याख्या विश्लेषण गर्दछ ।
ण) भाषा विज्ञानमा भाषिक पठन पाठन सिकाइ
प्रक्रिया, त्रुटि विश्लेषण जस्ता
प्रायोगिक पक्षको समेत अध्ययन विश्लेषण गरिन्छ ।
त) भाषा विज्ञानमा सार्वभौम व्याकरणको निर्माण गरी सबै भाषाको आआफ्नै व्याकरण
हुन्छ भन्ने मान्यता राखिन्छ ।
थ) यसले संसारका
भाषाहरु कुनै स्तरीय र अस्तरीय हुँदैनन्। सबै समान हुन्छन् भन्ने
मान्यता राख्दछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें