शुक्रवार, 13 जून 2025

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा

परिचयः

 नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।  रङ्गमञ्चमा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ। साहित्यका अन्य विधाहरू श्रव्य विधा हुन् भने  नाटक अभिनेय दृश्य विधा   हो । नाटक श्रव्य नहुने त होइन तरपनि यो विधालाई चिनाउने मूल विशेषता नै अभिनेयात्मकता हो । त्यसैले यसलाई दृश्यविधा भनिएको हो ।पूर्वीय साहित्यमा इतिहास प्रसिद्ध वा लोकप्रसिद्ध कथावस्तु भएको, सन्धिले युक्त, धीरोदात वा विशिष्ट व्यक्ति नायक भएको, सुख दुःखको चित्रण गरिएको, वीर र शृङ्गाररस मध्ये कुनै एउटा रसले युक्त तथा प्रमुख भएको, बढीमा दश अङ्कसम्म विस्तारित एवम् चार पाँच जना मुख्य पात्र भएको काव्यलाई नाटक भनिन्छ पाश्चात्य परम्परामा पनि नाटकसम्बन्धी यस्तै धारणा पाइन्छ ।

 परिभाषाः

• तीनवटै लोकका भावको अनुकरण नै नाटक  हो ।     - भरतमुनी

• विभिन्न अवस्थाहरूको अनुकरण नै नाटक हो।         - धनन्जय

 • नाटक चित्रपट झैँ' समस्त विशेषताले भरिएको चित्र विचित्रको हुन्छ, अर्थात् दृश्य विधान गीत अभिनय आदि एवं रङ्ग प्रसाधनहरूले परिपूर्ण भएको हुनाले नाटक चमत्कारपूर्ण र आनन्ददायकहुन्छ ।       - वामन

   • नाटकमा सत्व रज र तम तीनै गुणको समावेश हुन्छ अत एव विभिन्न रुचि भएका मानिसहरूलाई समान रुपले आनन्द दिले एकमात्र माध्यम नाटक हो।          - कालिदास

• कुनै गम्भिर, स्वयंमा पूर्ण एवं सुनिश्चित आकारको कार्यको अनुभूति नाटक हो।      - अरस्तु

•  नाटक मानव जीवनको अनुकरण र रीतिहरुको दर्पण हो।               -  सिसेरो

• नाटक प्रकृति प्रतिबिम्बित हुने दर्पण हो ।  - भिक्टर ह्यु गो

• काव्यको सर्वगुण संयुक्त खेललाई नाटक भनिन्छ ।              - भारतेन्दु हरिश्चन्द्र

• नाटक देश काल, र वातावरण विशेषसित सम्बनिया नरनारीको जीवनलाई अभिनेता अभिनेतृ द्वारा वार्तालाप र कार्यका भरमा अभिनयगरी देखाइने कला हो।              - केशव प्र. उपाध्याय

         उपर्युक्त विभिन्न परिभाषाका आधारमा नाटकलाई यसरी परिभाषित गर्न सकिन्छकि नाटक मानव जीवनको अनुकरणात्कक विधाहो जुन अभिनेताद्वारा अभिनयमूलक ढङ्गामा संवादका वा दर्शकका निमित प्रस्तुत गरिन्छ । संवाद र कथोपकथनका माध्यमबाट मानव जीवनका विभिन्न क्रियाकलापहरुको अनुकरण गरी अभिनय मूलक पाठक वा दर्शकका निम्ति प्रस्तुत गरीने मनोरञ्जनात्मक साहित्यिक विधालाई नै नाटक भनिन्छ ।

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...