गोपाल
प्रसाद रिमालको ‘आमाको
सपना’ कविता
परिचय,
| गोपाल प्रसाद रिमाल |
जन्म - (१९७५-२०३०) काठमाडौँको लगनटोलमा
शिक्षा - प्रमाणपत्र तह
पहिलो रचना - वि.सं. १९९२मा शारदा
पत्रिकामा प्रकाशित "प्रति" शीर्षकको कविता
*प्रगतिवादी साहित्यकार,
*गद्यमा कविता लेखेको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै जस कमाउनेमा उनी पनि एक हुन् ।
*२०२० सालकमा मदन पुरस्कार, २०३०सालमा त्रिभुवन पुरस्कार
कृतिहरू - मसान(नाटक, वि.सं. २००३), यो प्रेम(नाटक, वि.सं. २०१५), आमाको सपना (कविता सङ्ग्रह
२०१९)
रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो गीत यिनैले लेखेका हुन् ।
कविताको विश्लेषण
आधुनिक नेपाली कवितामा गद्यलयलार्इ
भोयाउने स्वच्छन्दावादी – प्रगतीवादी कवि गोपालप्रसाद रिमाल (१९७५-२०३०) एक
क्रान्तिकारी कवि हुन् ।मदन पुरस्कार(२०१९) ,त्रिभुवन पुरस्कार (२०३०)जस्ता
उत्कृष्ठ पुरस्कारवाट पुरस्कृत भएका रिमालले आमाको सपना कविता सङ्ग्रह (२०२०) प्रकासित गरेका छन् । उनको उक्त
आमाको सपना कविता सङ्ग्रहमा सङ्ग्रहित ‘आमाको सपना’ शीर्षक कविता एक राष्ट्रवादी चिन्तनले
अतप्रोत भएको कविता हो ।यस कवितामा कविले आमा र छोरा पात्रलार्इ उपस्थित गरार्इ
समाजमा विध्दमान अन्याय ,अत्याचार तथा निरङ्कुशताको अन्त्य गर्न क्रन्तिरूपि छोरो जन्मने
र सो क्रान्तिले सबैलार्इ समान हक अधिकार दिलार्इ समाजमा शान्ति ल्याउने कुरा
प्रस्तुत गरिएको छ ।
प्रश्नोत्तरात्मक
शैलीमा रचिएको उक्त कविता एक गद्य कविता हो । यस कवितामा आमा भन्नाले नेपाल आमा र छोरोले सम्पूर्ण नेपाली जनतालार्इ
बुझिन्छ । त्यसै गरि आमाले जन्माउने नयाँ सन्तान भन्नाले
नेपाली नयाँ पुस्ता जसले देशमा क्रान्ति ल्याउन सक्छ । बिम्बात्मक शैलीलार्इ
अंगालेर लेखिएको उक्त कवितामा कवि रिमालले नेपाली जनतामा क्रान्तिकारी विचार आउनु पर्छ ।जुन विचार अटल भएर लड्न सक्ने अठोटका साथ अगाडि बढ्नु
पर्छ ताकि प्रतिगामीले रोक्न र टोक्न नसकोस । त्यस्तो छवि अहिलेका जनतामा पनि
नभएको भने होइन तर पैसा र कुर्चीका लागि अहिलेका जनताका अगुवाले प्रतिगामीहरूलार्इ
नै साथ दिए ।त्यसले देशलार्इ हानी पर्न गयो अर्थात नेपाल आमाको मन खिन्न भयो । त्यसैले देशलार्इ क्रान्ति चाहिएको छ ।
त्यो क्रान्ति अवस्य आउने छ र त्यो क्रान्तिमा नेपाली जनता
अवस्य होमिने छन् त्यसमा कयौ जनताको रगत वगेतापनि देशकैलागि वगेकाले सान्त्वना मिल्नेछ । पहिले
पनि देशमा क्रान्ति आएको थियो र देशमा विकास तथा देशको सुधार
भएको थियो । समाजलार्इ स्वतन्त्रता दिलाउन क्रान्तिको आवस्यकता पर्दछ त्यसैले क्रान्ति आउनु पर्छ ।भन्ने विचार कविले गरेका छन् ।
‘ जव आउछ क्रन्ति तव छाउछ शान्ति’ भनेझै समाजमा विद्धमान विसङ्गति ,विकृति,अन्याय ,अत्यचार
शोषण,दमन जस्ता कुराहरू जरा गाडेर बसेको छ । जसको जरा उखेल्न क्रन्ति नै एक विकल्प
हो ।जसले मात्र ती सम्पूर्ण कुराहरूलार्इ खरानी बनाएर देशमा शुसासन कायम गर्न सक्छ
। समाजमा भएका नराम्रो कुराहरूको अन्त्य गरार्इ देशमा स्वतन्त्रता र प्रजातन्त्रको
आवस्यक हुन्छ । जसले राष्ट्रको गौरवलार्इ वचार्इ सम्पूर्ण देशवासीहरूलार्इ गौरम्वित वनाउन सक्छ भन्ने विचार यस कविताले व्यक्त गर्न खोजेको छ
। देशलार्इ सधै स्वस्थ रूपमा बचाइरहनु पर्छ भन्नु नै यस कविताको उद्देश्य हो ।


No comments:
Post a Comment