१फुटकर कविता
२.खण्डकाव्य/ मध्यम
रूप
३.महाकाव्य /बृहत
रूप
४. गीत / गजल
१फुटकर
कविता –
कविताको प्रस्तुतीको छोटो रूप वा ढाँचा नै
फुटकर कविता हो । फुटकर कवितालार्इ दुर्इ वर्गमा विभाजन गरेर हेरेको पाइन्छ जसमा
क.
लघुतम
रूप – फुटकर कवितामा पनि सबैभन्दा छोटो रूप अन्तर्गत यो पर्दछ । यसमा चार हरफ देखि
एक अनुच्छेद सम्मको कविताहरू पर्छन् ।यसमा भावको केवल निरिक्षण मात्र हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ ।
कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र
लोकसूक्तिहरू पर्दछन्
ख.
लघु रूप
– फुटकर कविताको लघुतम रूप भन्दा केहि ठूलो रूप लघुरूप हो । यसमा लघुतमको भन्दा
विस्तृत र खण्डकाव्य भन्दा सानो आकारका कविताहरू यस भित्र पर्दछन् ।यसमा थोरैमा दुर्इवटा श्लोक देखि सयौँ पंतिहरू हुन सक्छन् ।यसमा कुनै एक मनोदशा वा भावधाराको सिङ्गो अभिव्याक्ति
हुनु यसको विशेषता हो । पत्र पत्रिका,रेडियो ,टेलिभिजन र कवि गोष्ठीमा प्रस्तुत गरेका
अधिकांश कविता जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ।
२.खण्डकाव्य/ मध्यम रूप
फुटकर
कविता भन्दा लामो र महाकाव्य भन्दा छोटो कविताको रूप नै कविताको मध्यम रूप हो
।खण्डकाव्य र लामा कविताहरू यस अन्तर्गत पर्दछन् ।कविताको मध्यम रूपमा आख्यानिकरणको
प्रयोग हुन्छ । यसमा मानव जीवनको कुनै एक पक्षको उद्घाटन हुन्छ ।
३.महाकाव्य
/बृहत रूप
कविताको आयामको
हिसावले सबैभन्दा ठूलो आकार
यसमा हुन्छ ।यसमा कविले मानव जीवनको सम्पूर्ण पक्षहरू उद्घाटन गरेको हुन्छ । आख्यानात्मक
ढंगले प्रस्तुत गरिने कविताको यो रूपको सृजना गर्ने क्षमता सबै कविको नहुन पनि
सक्छ ।यसमा एकभन्दा बढि रसको प्रयोग गरिएको हुन्छ ।साथै कुनै समयको समाजिक
विषयवस्तु,ऐतिहासिक वा पौराणिक विषयवस्तुहरू समेटिएको हुन सक्छ ।
४.
गीत / गजल
गीत तथा गजल
फुटकर कवितासँग नजिक देखिन्छ । गीत विशेषत गाउनकोलागि निर्माण गरिन्छ । यसमा संगित
भरेर लालित्य थपिन्छ ।संगित यसको विशेषता हो ।यसमा रागात्मक तत्वको महत्व रहन्छ ।
गजलको मुख्य विशेषता भनेको नारी प्रेमका विषयमा गायन शैलीका माध्यमबाट संगितको साथ
प्रस्तुति दिनु हुन्छ ।यसमा हिजोआज देशप्रेम ,पारिवारिक तथा मानव प्रेमको प्रसङ्ग पनि
जोडिएको पाइन्छ । काल्पनिकता भन्दा वास्तविक यथार्थका कुराहरूको बहस उतारिन्छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें