Privacy policy

Saturday, May 9, 2026

हो ,म स्वार्थी

 

हो ,म स्वार्थी !

👩 Follow💃 
कविता
नारीको चिनारी 

म स्वार्थी भएकोमा,
तिमी खुलेर घृणा गर।
वर्षौँ बाँडेको उज्यालो,
आज आफ्नै तिर फर्कँदा डर।

सधैँ चुल्होमै जल्दिरहूँ,
त्यही नियम ठान्यौ भने—
एकदिन धुवाँ ननिस्किँदा,
मेरो अस्तित्वमाथि प्रश्न गर।

म मुस्काउँदा दोष देख,
आफ्नो लागि बाँचेँ भने।
तर सम्झ, नदी थाकेको दिन,
किनाराले पनि रुनुपर्नेछ भने।

हो, म स्वार्थी भएकी छु,
अब आफैँलाई रोजेकी छु।
त्यसैले तिमी घृणा गर,
म पहिलोचोटि बाँच्न खोजेकी छु।

No comments:

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...