किनाराको मान्छे👇
आँगनको पीपलमुनि, ऊ छायाँ मात्र गन्छ,
जराले पिएको पानीको, हिसाब कहिल्यै गर्दैन।
ढिकी रोएको रातभरि, उसलाई निद्रा मीठो,
बिहानीको रोटीमा भने, अधिकारको स्वाद मीठो।
बताससँग उड्न खोज्छ, पात बनेको मन,
हाँगाले थेगेको भारको, कहिल्यै भएन स्मरण।
दीयो उज्यालो मागिरह्यो, बाती हुन नचाहने,
किनारैबाट सागर नाप्ने, डुङ्गा भने नतार्ने।
No comments:
Post a Comment