रविवार, 1 जून 2025

ध्रुवचन्द्र गाैतम र उनको भीमसेन ४को खोजी उपन्यासको विश्लेषण ।

 ध्रुवचन्द्र गाैतमको परिचयः


जन्मः वि. सं. २००१ साल पुस २ 

शिक्षाःनेपाली विषयमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका 

पेशाः प्राध्यापन कार्य

 कृतिहरूः

  • पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको,
  •              पहिलो अाख्यान(कथा) एक यात्रा अनुभूति(रूपरेखा पत्रिकाः२०२०)
  • अन्त्यपछि(२०२४),
  • बालुवा माथि(२०२८),
  • डापी(२०३३),
  • कट्टेल सरको चोटपटक(२०३७),
  • अलिखित(२०४०),
  • एक शहरमा एक कोठा((२०४०),
  • निमित्त नायक(२०४३),
  • स्व. हीरादेवीको खोज(२०४५),
  • उपसंहार अर्थात् चौथो अन्त्य(२०४८),
  • बाढी(२०५६),
  • आकाश विभाजित छ(सहलेखनः२०३२),
  • ज्यागा(सहलेखनः२०५०),
  • सहस्राब्दीको अन्तिम प्रेमकथा,तथाकथित,फूलको आतङ्क,अग्निदत्त अग्निदत्त,जेलिएको,दुबिधा अादि उपन्यासहरूका साथै थुप्रै कथा,नाटक तथा कविताहरूमा कलम चलाएका छन् ।

पुरस्कारः


औपन्यासिक प्रवृत्तिः

                                        यिनका उपन्यासमा मानवीय जीवनमा अस्तित्वको प्रश्नप्रेम  त्यसबाट उत्पन्न समस्याप्रेमजन्य विकृति  विसङ्गतिविवाहित  अविवाहित नारी मनस्थितिआर्थिक अभावबाट उत्पन्न समस्याबेरोजगारी  त्यसबाट सिर्जित अन्य सामाजिक समस्यारहस्यात्मकतासहरिया दुष्प्रवृत्तियौनजन्य समस्या आदि अनेक विषयवस्तुको मार्मिक अभिव्यञ्जना पाइन्छ ।त्यसैगरी संरचनागत थप नौलोपनाविषयवस्तुगत व्यापकताप्रस्तुतिगत विविधता  स्वैरकल्पनाको आधिक्यता पाइन्छ ।          आर्थिक अभावराजनैतिक सामाजिक विकृति विसङ्गतिबाट उत्पन्न सामाजिक समस्या  त्यही पीडाकै बीचमा जीवन धानी रहेको मान्छेको अस्तित्वको खोजी गरिएको पाइन्छ ध्रुवचन्द्र गौतमका औपन्यासिक प्रवृत्तिहरू निम्न छन् :–
  •  सामाजिकआर्थिकराजनैतिक एवं मानवीय विकृति  विसङ्गतिप्रति व्यङ्ग्य,
  •  मानवीय जीवनको मूल्यहीनताको उपेक्षा अनि जीवनमूल्यको खोजी,
  • परम्परित लेखनपद्धतिभन्दा भिन्न विषयवस्तुशैलीशिल्पको खोजी,
  •  सहरिया जीवनका सङ्गतिहीनता  कुरूप यथार्थको चित्रण,
  •  मान्छेका वैयक्तिक  मनोगत कमीकमजोरीप्रति व्यङ्ग्य,
  •  अयथार्थको माध्यमबाट यथार्थको प्रकटीकरण गर्ने स्वैरकल्पनात्मक प्रविधिको प्रस्तुति,
  •  अतियथार्थादी लेखन,
  •  काठमाडौं उपत्यकाका कुरूपतानग्नतादण्डहीनताविद्रुपात्मकता  त्रासद स्थितिको अभिव्यक्ति,
  •  श्यामव्यङ्ग्यको प्रारम्भ गरी त्यसको उच्चतम प्रयोग,
  •  अउपन्यास संरचनामा प्रस्तुति,
  •  विम्बप्रतीकको प्रयोग गरी जनसामान्य भाषाको प्रयोग,
  •  अनौपचारिक लेखन,
  •  वृतकारिय ढाँचा         

क.सन्दर्भः 

  • नेपाली समाजको सामाजिक ,अार्थिक र राजनैतिक समस्या तथा विकृतिको अन्त्यको लागि मिथकीय ,श्वयरकल्पनाको प्रयोग गरी निर्माण भएको उपन्यास,
  • पाैराणीक,एेतिहासिक र समकालीन समयको त्रिकोणात्मक प्रयोगगरी  भिमशेन पात्रको खोजी गरेको देखाउदै नेपालमा शुयोग्य सासकको अावस्यक भएको र खोजी गरिनु पर्छ भन्ने विषय उठान गरिएको छ ।

ख. कथावस्तुः

              सूत्र उपन्यासका रूपमा रहेको यस उपन्यासको कथावस्तु मुलुक गरिबीको मारमा परेको छ। समाजमा व्याप्त भोक, रोग, असुरक्षा, अभाव, भ्रष्टता, नातावाद, कृपावाद आदि जस्ता विकृति एवम् विङ्गतिलाई प्रस्तुत गर्दै मिथक मार्फत क्रान्तिचेत प्रस्तुत गरिएको छ। गरिबीको रापका कारणले मुलुकबासी विकल्पको खोजीमा छन् । मुलुकका गरिबहरूको दुर्दशाको अतिरिक्त बौद्धिक व्यक्तिहरूमा देखिएको विदेश पलायनको प्रसङ्‌ग गम्भीर बनेको छ। स्वैरकल्पनाका माध्यमबाट अघि बढेको कथानकले मुलुक छोडेर गएको एक समूह 'एकाचक्र' नगरी पुगेको, त्यहाँको तर्कासुर नामको शासनाधिपतिका तर्कका आधारमा बाँचेको, उसको इच्छाअनुसार आफ्ना जनताको वध गर्दै खाने गरेको देखे पनि त्यहाँका बासिन्दाले केही गर्न नसकेको देख्दा जनताको निरीहपनलाई उपन्यासले उठाएको मात्र होइन तर्कासुर जस्ता राक्षस मनोवृत्ति बोकेको व्यक्तिलाई पराजित गर्न भीमसेन ४ को खोजी गर्ने काम पनि यस उपन्यासमा भएको देखिन्छ। 

उपन्यासको कथाको सुरुआत एउटा घुसखोर हाकिम र इमानदार कर्मचारीको घरबाट हुन्छ। 

लेखक स्वयम् र दाजु अमरको प्रस‌ङ्ग पनि यहाँ प्रस्तुत गरिएको छ। दुवैका ४ सन्तान भएपनि अमर तस्करी, गुण्डागर्दी आदि कुकृत्य गरी परिवारलाई सुख दिएको र आफू इमानदार भएर परिवारलाई गरिबी जीवन बिताउन बाध्य बनाइएको विषयलाई उपन्यासले कथावस्तुको रूपमा लिएको छ।

वर्तमान युगमा नेपालीहरूले भोग्नुपरेको स‌ङ्कटपूर्ण स्थिति, पीडा, व्यथा र वेदना मात्र होइन नेपाल र नेपालीको वर्तमान अवस्थासँग यहाँका शासकवर्ग, पूँजीपति वर्ग, कर्मचारीवर्गको वास्तविक कुप्रवृत्ति चरित्रका कारण राज्य जर्जर अवस्थामा पुगेको झलक उपन्यासमा उतारिएको देखिन्छ । 

यसैक्रममा मुलुकमा रहेको भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, नातावाद, कृपावाद बौद्धिक जगत् आजित भएर डाक्टर, इन्जिनियर, वैज्ञानिक, लेखक आदि व्यक्तिहरू अमेरिकातिर पलायन हुने तरखर रहेको देखिन्छ।

यसरी सरल, सज्जन, इमानदार र जनसेवी प्रवृत्तिका कर्मचारी तथा बौद्धिकवर्ग उपेक्षित भई अमेरिका जाने क्रममा कोसीको जलसयरबाट कोलम्बसरूपी यात्रा गरी अगाडि बढ्ने क्रममा 'एकाचक्र' नगरीमा पुग्दछन् । 

त्यहाँ एकतन्त्री शासन अनि त्यहाँको अन्याय र अत्याचारसँग परिचित हुन पुग्दछन् । त्यहाँ उनीहरू एक गरिबको घरमा बस्न पुग्दछन् । अनि, उनीहरूले थाहा पाउँछन्, गरिबकी आमा सिकिस्त बिरामी हुनु, हाकिमले तलव पेश्की नदिनु, एउटा वृद्धले पेन्सन नपाउनु, कांमुरले आफ्नो इच्छा मुताविक मानिसलाई नै भोजन गर्दै आएको कथालाई उपन्यासले चुनेको छ । फेरि अचम्म बौद्धिक र बुद्धिजीवीलाई भोजन बनाएको छैन । कारण उनीहरूको चेतनाको प्रभाव आफूमा पर्छ भन्ने डर पनि रहेको छ तर्कासुरलाई। एकदिन तर्कासुरले दुःख, सुख गरी बहिनीको विवाहको अवस्था मिलाउँदै गरेको एउटा गरिब किसानलाई आफ्नो भोजनको लागि बोलायो। यसले घर समाजमा नै हाहाकार मच्चायो । यसरी सधै डराएर कति बस्ने, तर्कासुरको बधका लागि उपायको खोजी लेखक सहितका विद्रोही युवकहरूबाट हुन थाल्यो। यसक्रममा एउटा युवकले यो तर्कासुरको बध गर्ने कुनै भीमसेन होला त ? भन्यो। अनि, सम्पूर्ण बौद्धिकवर्ग, डाक्टर, शिक्षक, इन्जिनियर सबै मिलेर भीमसेनको खोजी गर्न थाले । 'एकाचक्र' नगरी पुगेका काठमाडौंबासीहरू तर्कासुरको बध गर्नका लागि महाभारतकालीन बलवान् 'भीमसेन' बाट समस्या समाधानको आशा गरेर त्यसतर्फ लागे पनि । तर सफल भएनन् । यसपछि पहिलो र दोस्रो भीमसेनबाट अपेक्षित रूपमा काम हुन नसकेको प्रसङ्गले चौथो भीमसेनको खोजीमा काठमाडौंबासी लागेको कुरा उपन्यासमा अघि सारिएको छ। स्वैरकल्पनाको प्रयोगका माध्यमबाट उपन्यासकारले आफ्ना दृष्टिकोण अघि सार्दै तर्कासुरले काठमाडौंबासीलाई काठमाडौंमा नै नपुऱ्याएर बरु 'एकाचक्र' लाई नै काठमाडौँ बनाइदिने वचनबद्धताअनुसार काठमाडौंका महत्त्वपूर्ण ऐतिहासिक स्थानहरूको निर्माण गराए। त्यहाँ कुनै पनि कुराको कमी हुन नदिने वचनबद्धता जाहेर गरिएअनुसार काठमाडौंबासीले निरीक्षण गरिसकेपछि केही कमी फेला फ्यो भने काठमाडौं फर्कने निहुँ बनाएर अनुरोध गरेको र निरीक्षणको क्रममा नारायणहिटी दरबार नबनाएको फेला पारेपछि कचकच गर्न थालेको तर्कासुरले जानीबुझिकन नारायणहिटी दरबार नबनाएको जवाफ दिए । त्यसपछि काठमाडौंबासीले तर्कासुरलाई हराएको र तर्कासुरले पनि उनीहरूसँगै छाड्ने घोषणा गरेको भएपनि तर्कासुरको क्रियाकलाप काठमाडौंबासी समूह काठमाडौं आइपुग्दा वास्तविक रूपमा काठमाडौं नै 'एकाचक्र' भइरहेको पत्ता पाइसकेपछि त्यहाँको शासक तर्कासुर राक्षसको पञ्जाबाट मुक्ति पाउन भीमसेनको खोजीमा लागेको प्रसङ्ग उपन्यासमा रहेको देखिन्छ। यसरी खोजी गर्दा 'एकाचक्र' नगरीमा तीनवटा भीमसेन रहेको देखिन्छ। द्वापरयुगका भीमसेन बाहेक यी तीनमा कुन वीरशाली होला, त्यो पहिला जान्नु पर्ने देखिन्छ। यो जान्नका लागि 

भीमसेनको खोजी गर्दा पहिलो भीमसेन भिसा लागेर अमेरिका गएको भेटियो, दोस्रो उनीहरू आउनुपूर्व नै मरिसकेको भन्ने जानकारी आयोतेस्रो भीमसेनलाई भने देश निकाला गरिएको भने पनि 'एकाचक्र' मै भूमिगत रहेको छ भन्ने सुनियो। अब तेस्रोको खोजी गर्दा कारागारमा रहेको पत्ता लाग्यो

 हेर्दा द्वापरयुग कै भीमसेन जस्तै देखिन्थ्यो। उसको शरीर, खानपान, सबै नै महाभारतकालीन भीम जस्तै तर उसमा अलिकति पनि हिम्मत र आँट भने देखिँदैन। उसले कारागारमा रहँदा तस्करीबाट भोजनको प्रबन्ध मिलाएको थाहा हुन्छ आफू बाहिर आउँदा खानपिनको व्यवस्था गर्न नसक्ने भएकाले आफूलाई जेलमा नै पुऱ्याइदिनका लागि लेखक लगायतका सबैलाई भनेको देखिन्छ

 यसपछि सबैजना समस्यामा पर्छन् । रपनि उसलाई हिम्मत र आँट दिन पछि पर्दैनन् । तिमी शक्तिशाली छौ, वीर छौ, बहादुर छौ तिमी तर्कासुरबाट मुक्त गराउन सक्छौ भनेर अनुरोध गर्दछन् । सबैका कुरा सुनिसकेपछि उसले भन्यो- 'आफू नामको मात्र भीमसेन भएको र तर्काशुरकोमा गयो भने उसले भजन बनाउन सक्ने हुनाले नजाने कुरा गर्छ । तर, 

नागरिकले उसका कुराप्रति सहमति जनाउँदैनन् । बरु उल्टै फेरि उसको शक्तिलाई मलजल प्रदान गर्दै तिमीलाई आफ्नो शक्ति नै थाहा छैन, तिमी शक्तिशाली छौ । हनुमानलाई पनि आफ्नो शक्ति थाहा थिएन, अरूले देखाइदिएका हुन् । त्यस्तै हौ तिमी पनि

 तिमी तर्कासुरलाई मार्न सक्छौ यसरी सबै नागरिकले भनेपछि भीमसेन बाध्य भएर सुरलाई बध गर्न भनेर जान्छ। अनि, तर्कासुर कहाँ गएको केही दिनपछि मुस्कुराउँदै आफू प्रधानमन्त्री भएको सुनाउँछ। यसरी यो उपन्यासको कथावस्तु समाप्त भएको छ ,

पात्रविधानः 

विश्वका मानवसमाजले बेहोरेको अभाव, अस्थिरता, असुरक्षा, अविश्वास र असङ्‌गति आदिका सन्त्रासबाट क्षुब्ध, क्रोधित र अत्यन्त वितृष्णाबोधक मनोबिम्ब बोकेका पात्र यस उपन्यासमा रहेका छन्।
 'एकाचक्र' नगरीको शासक दुष्ट, निर्दयी, स्त्रीलोलुप, राक्षसी प्रवृत्ति बोकेको पात्र छ । 
यस्तो परिवेश र जीवनवृत्तभित्र अनन्त भोगाइ, एकै परिवारभित्र अनन्त भोगाइ, एकै मनोरचना भित्रका अनन्त विसङ्गत अनुभूति बोकेका पात्र रहेको यस उपन्यासका केही पात्रका चर्चा यहाँ गरिन्छ : 

शासक तर्कासुर ः

                प्रस्तुत उपन्यासको खलपात्रको रूपमा रहेको तर्कासुर शासकको रूपमा रहेको छ। ऊ 'एकाचक्र' नगरीको शासक हो उसमा दुराचार, अनैतिकता, अव्यवस्था र अमानवीयताका दुष्कृति बोकेर हिँडेको छ।  'एकाचक्र' नगरीको तर्कासुरलाई उपन्यासमा प्रतीकात्मक रूपमा उभ्याइएको छ।  प्रजातन्त्रको नाममा जुन लुटतन्त्र नेताले चलाइरहेका छन्, त्यसको प्रतिबिम्बको रूपमा तर्कासुर देखापरेको छ । रावणजस्तै मायवी पात्रको रूपमा देखिएको उक्त पात्र सुरा र सुन्दरीमा रमाउने व्यभिचारी प्रवृतिको छ  जसका कारण यस पात्रमा सदाचार, सद्व्यवहार, नैतिक आदर्श, बौद्धिकता र सत्वृत्तिजस्ता कुरा खोज्नु भनेको बालुवा निचोरेर पानी निकाल्नु जस्तै देखिन्छ ।   निर‌ङ्कुश तानाशाहको प्रतिबिम्बका रूपमा तर्कासुरदेखापरेको  छ ।

भीमसेनः 

         भाैतिकतातिर रमाउदै गरेको अाजको मानिसको मानवीय धर्म ,मूल्य मान्यता  हराउँदै गएको छ भन्ने कुरा यस उपन्यासको पात्र तेस्रो भीमसेनबाट देखाउन खोजिएको छ ।उसको केही भिन्न स्वभावका कारण जेलमा परेको छ । शारीरिक रूपमा परयुगको भीमसेनजस्तो देखिए पनि वास्तविकतामा त्यस्तो हुँदैन। यो वैयक्तिक स्वार्थमा बलियो छ। धेरै नै खाना खान्छ । जेलमा रहँदा आफ्नो खानाको व्यवस्था तस्करहरूबाट गराउँछ । मानवीय सम्वेदना नभएको भ्रण्ट र पतितहरूको सङ्गत गर्ने ,अाफ्नो फाइदाको मात्र वास्ता गर्ने अात्म केन्द्रित देखिन्छ ।पहिलो भिमशेन भिषा लिएर अमेरिका गएको ,दोस्रो भिमशेन मरिसकेको र तेस्रो भिमशेन माथि  जनताले अास गर्दा उ पनि स्वार्थी र सत्तालोलुप भएको देखाउदै अहिलेका नेताहरूको प्रतिनिधित्व थराइएको छ ।

परिवेशः

             श्वेरकल्पनात्मक रूपमा निर्माण गरिएको  यो उपन्यासको परिवेश पनि काल्पनिक देखिएको छ । एकाचक्र भन्ने राज्यको कल्पना गरी काठमाडाैंसँग तुलनिय गरिएको पाइन्छ ।त्यसैगरी काठमाडाैंको मठ मन्दिर, सडक , भवन जस्ता सङ्चनाको पनि उल्लेख गरिएको छ ।  निरङ्कुश शासन व्यवस्थाको झल्को देखिने यस उपन्यासमा स्वार्थले लुप्त भएका भ्रष्ट नेताहरूको चरित्रलार्इ उदाङ्गो बनाइ  व्यवस्था फेरिए पनि अवस्था जस्ताको तस्तै रहेको वास्तविकता देखाउने प्रयास गरिएको छ ।

भाषाशैलीः

            सरल बोलीचालीको भाषाको प्रयोग गरी लेखिएको उक्त उपन्यासमा पात्र अनुकुलको भाषाको प्रस्तुति पाइन्छ । शुत्रात्मक शैलीमा प्रस्तुत भएको देखिने यस उपन्यासका लेखकले विभिन्न बिम्बहरूको प्रयोग गरेको उनाले भाषामा केहि ल्किष्टता पनि पाउन सकिन्छ । मिथकियता,व्यङ्ग्यात्मकता ,श्वेरकल्पना जस्ता कुराहरूले उपन्यासलार्इ झनै उच्चता दिएको छ ।

उद्देश्यः

        अहिलेको अव्यवस्थित शासन व्यवस्थामा देखिएको असक्षमता नै यो उपन्यासको मूल विषयवस्तु हो । भाैतिकवादतिर लम्कदै गएको समाज र व्यक्तिवादी हुदै गएको शासन व्यवस्थाको व्याङ्ग्या गर्दै वेरोजगारीका कारण एकथरी युवा विदेशीएका छन् भन्ने अासय भिमशेन १ पात्रको माध्यमबाट देखाइएको छ । अर्कोथरी युवाहरू भाैतारिदा भाैतारिदै सकिएको भन्ने अासय भिमशेन २ ले सङ्केत गरेको छ भने अर्को बाँकिरहेका केहि युवाहरू गरिबीका कारण अल्मिएका र उनीहरू पनि धनी बन्ने र समृद्ध जीवन जीउने अवसर कुरेका त्यसैलार्इ जनताले केहिगर भनि जिम्मेवारी सुम्पि भोट दिएर कुर्चीमा पठाउँदा  उनीहरूको बाहिरी छबी असल जस्तो देखिए पनि सत्तामा पुगेपछि स्वार्थी र भ्रष्ट नै हुने प्रवृत्तिलार्इ भिमशेन ३ पात्रको उपस्थिको माध्यमबाट देखाउने प्रयास गरिएको छ । जनताले शुशासनको लागि असल मान्छेको खोजि गरिरहेको सङ्केत गर्दै नयाँ भिमशेन ४ को खोजि गरिएको पाइन्छ । 
            स्वार्थी र भाैतिकवादी हुदै गएका नेताहरूका कारणले देशमा भ्रष्टचार ,अन्याय ,अत्यचार,गरिबी,व्यराेजगार माैलाएको छ ।त्यसैले समता मूलक समाज र राष्ट्को हितको लागि असल नेतृत्वको अावस्यकता भएको कुरा प्रष्ट् पार्दै  समता मूलक समाज र बलियो राष्ट्रको चाहना यो उपन्यासको उद्देश्य हो ।

शीर्षक सार्थकताः

          मुलुकमा देखिएका विभिध समस्याका पछाडिका कारण खोतल्दा त्यसका कारक तत्त्वका रूपमा नेतृत्व गर्न असफल भइरहेका नेताहरू हुन् रसफल नेतृत्वको खोजि गर्न जरूरी छ भन्ने देखाउनका लागि यहा उपन्यासकारले महाभरत कालिन भिमशेनको परिकल्पना गरेका छन् । युवाहरूको प्रतिकको रूपमा भिमशेन १,२,३र ४ पात्रको निर्माण गरि कथावस्तुको अन्तिममा भिमशेन ४को खोजि गरी कथावस्तुको अन्त्य गरिएको हुनाले उपन्यासको शीर्षक उपन्यासको पात्र र कथावस्तुसँग पनि जोडिएको हुनाले उपन्यासको शीर्षक सार्थक देखिन्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...