नारायण ढकालको परिचयः
नारायण ढकाल |
माताः शान्ता ढकालका
- पहिलो कृतिः२०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन
- कथासङ्ग्रहःसहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१)
- बालकथा सङ्ग्रहःमुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९)
- उपन्यासःपीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५)
- फुटकर कविताःप्रार्थना ,पहिलो घाम फुटकर कविता
सम्मान तथन पुरस्कारः
- उत्तम शान्ति पुरस्कार २०५
- लोकेन्द्र साहित्यिक पुरस्कार २०५४
- मैनाली कथा पुरस्कार २०५४
औपन्यासिक प्रवृत्तिः
- प्रगतिवादी
- ऐतिहासिक विषयबस्तुमा अाधारि उपन्यास लेखन,
- छुवाछुत मुक्त समाजको निर्माणका लागि विद्रोह,
- माक्सवादी चिन्तन,
- लैङ्गिक विभेदको अन्त्यको खोजि,
- समाजका अँध्यारा पलहरूको उद्घाटन,
- यथार्थवादी,
- अाशावादी श्वर,
- अाञ्चलिकता,
- भाैतिकवाद तर्फ लम्कदै गरेको मानिसको अमानवीय प्रवृत्तिको उद्घाटन,
- अव्यवस्थित समाज र त्यहाँका पात्रहरूको इतिवृत्तान्त यिनको उपन्यासको अर्को प्रवृत्ति हो ।
- प्रेतकल्प उपन्यास वि.सं. २०६५ सालमा संरचना गरिएको,
- वि.सं.१९७० को दशकमा नेपालमा भएका इतिहासका घटनको वर्णनमा आधारित,
- काठमाडाैं वरीपरीको गाउँका मानिसहरूको समस्यालार्इ सन्दर्भ बनाइएको छ।
- बाबु रामकृष्ण शर्मा र आमा मन्नोदरीको छोरो बालकृष्णको सुधारवादी सोच र त्यही सोचका कारण झेल्नु परेका आरोहावरोहका श्रृङ्खला अनि त्यसबाट प्राप्त संघर्षको शाश्वत प्रस्तुति ,
प्रेतकल्प ?
संस्कृत भाषामा लेखिएको गरुड पुराणको एक पाटो हो । जुन हिन्दू धर्मावलम्वीहरूले मानिस मरेको छैटौं दिनदेखि दशौं दिनसम्म वाचन गर्ने गर्दछन् ।सो पुराण लगाएपछि मरेका आत्माहरूले शान्ति प्राप्त गर्ने र नारकीय यात्रामा जानपुगेका आफ्ना आफन्तहरूलाई स्वर्गको गति दिने पुरानो पाठका रूपमा विश्वास गरिन्छ । त्यस पुराणमा नरकको वर्णन र रौरवीय यातनाहरुको वर्णन गरिएको छ । जसको श्रवणले मानिसलाई मरेपछि पनि यस्तो नारकीय यातना पाइदो रहेछ भन्ने बोध भएर डराएर सत्कर्म गर्दछ भन्ने जनविश्वास रहेको पाइन्छ ।
त्यही गरुड पुराण लगायत अन्य धार्मिक ग्रन्थहरूमा महिलालाई शिक्षादीक्षा दिन नहुने घरखेतमा मात्र सिमित हुनुपर्ने र सन्तान प्राप्तिमा पुरुष वा श्रीमान्लई साथ दिनु पर्ने भन्ने जुन यन्त्रवत् सिद्धान्तहरू थिए ती सिद्धान्त र सन्दर्भबाट तत्कालीन पितृ सत्तात्मक समाज वर्तमान समावेशी समाजको आँखाबाट खण्डित भएको देखिन्छ ।
गरुड पुराणजस्ता अनुशासनका पिन्जडाहरूले नारी र दलित जनजातिलाई कुजो बनाएको थियो । तिनीहरूले स्वतन्त्र रूपमा हिंड्डुल गर्नु, ठूलो जातकालाई होच्याएर बोल्नु वा खानपिन छोइदिनु भयानक अपराध मानिन्थ्यो । यसरी चौरसी लाख योनीको भयानक (हिन्दू धर्मशास्त्रअनुसार मरेपछि प्राप्त गरिन्छ भन्ने जन्म वा पुनर्जन्म, विभिन्न प्रणीमा पुनः जन्मिनु पर्ने भागाइ) आतङ्क देखाएर समाजलाई आफ्नो काबुमा राख्ने प्रयास धर्मग्रन्थहरूले गरेका थिए ।
त्यही गरुड पुराण लगायत अन्य धार्मिक ग्रन्थहरूमा महिलालाई शिक्षादीक्षा दिन नहुने घरखेतमा मात्र सिमित हुनुपर्ने र सन्तान प्राप्तिमा पुरुष वा श्रीमान्लई साथ दिनु पर्ने भन्ने जुन यन्त्रवत् सिद्धान्तहरू थिए ती सिद्धान्त र सन्दर्भबाट तत्कालीन पितृ सत्तात्मक समाज वर्तमान समावेशी समाजको आँखाबाट खण्डित भएको देखिन्छ ।
गरुड पुराणजस्ता अनुशासनका पिन्जडाहरूले नारी र दलित जनजातिलाई कुजो बनाएको थियो । तिनीहरूले स्वतन्त्र रूपमा हिंड्डुल गर्नु, ठूलो जातकालाई होच्याएर बोल्नु वा खानपिन छोइदिनु भयानक अपराध मानिन्थ्यो । यसरी चौरसी लाख योनीको भयानक (हिन्दू धर्मशास्त्रअनुसार मरेपछि प्राप्त गरिन्छ भन्ने जन्म वा पुनर्जन्म, विभिन्न प्रणीमा पुनः जन्मिनु पर्ने भागाइ) आतङ्क देखाएर समाजलाई आफ्नो काबुमा राख्ने प्रयास धर्मग्रन्थहरूले गरेका थिए ।
आफ्नो श्रीमान् मरेपछि मन, वचन र कर्मले उसैलाई सम्झदैं जीवन विताउनु हिन्दू धर्मको कृत्य वन्न पुगेको छ । तर श्रीमती मरेको एकदुई महिनामा नै कुनै पुरुषले बिहे ग¥यो भने त्यो आश्चर्यको कुरा भएन । यदि यही समाजमा महिलाले पति मरेको दुई महिनामा नै बिहे गरेको भए समाजले के सहजरूपमा स्वीकार गथ्र्यो ? सोझो उत्तर छ स्वीकार गर्ने थिएन, किनभने यो समाजका नीति निर्माता सबै पुरुष हुन् र उनीहरूकै बोल बाला छ समाजमा । अतः जवसम्म महिला र पुरुषका लागि समान रूपमा नीति र दायराहरू निर्माण हुन्नन्, नीति बनेर पनि व्यवहारमा लागु हुन्नन्, सामाजिक चेतनामा परिवर्तन आउ“दैन, महिला मुक्तिका लागि आन्दोलनको ज्वाराभाट दन्किदंैन तबसम्म महिलाहरू यसरी नै पुरुषको तप्केनीमा थिचिई रहनुपर्छ । जसले गर्दा विकसित र समावेशी सभ्य समाज निर्माण गर्नमा बाधा उत्पन्न गर्दछ ।
प्रेतः– मरेको, स्वर्गे भएको, मानिस मरेपछि प्राप्त हुने कल्पित योनी, मृत व्यक्तिको आत्मा मृतात्मा, पिशाचको एक जुनी ।
कल्पः– मृतक प्रेत योनीबाट मुक्त होस् भनी गरिने दाहसंस्कार, सुरुवात देखि सपिण्डीकरणसम्मको कर्म, माङ्गलिक तथा शुभकार्यको विधिविधान
कथावस्तुः
प्रेतको प्रतीकको रूपमा उपस्थित गराइएका यस उपन्यासका पात्रहरू न्याय र समानताका लागि तड्पिएका प्रेत आत्माहरू जस्तै बनेका छन् । त्यसैले तिनीहरूको मुक्तिको याचना गर्दै प्रेतकल्परूपि औपन्यासिक वैदिक कर्म गरिएको छ, अर्थात् उपन्यासका माध्यमबाट दलित र महिलाको मुक्तिका लागि प्रयास गरिएको पाइन्छ । जसमा स्वतन्त्रता र समान हकका मन्त्रहरू उच्चारण गरिएको छ ।जातीय छुवाछूतको आवाज उठाइएको छ । जातका कारण खाडल रहनु हुँदैन भन्ने कुरा नै यस उपन्यासको मुख्य विषयवस्तु हो ।
गाँस,बास,कपास,वाक स्वतन्त्रता स्वतन्त्ररूपमा सम्पत्ति आर्जन गर्न पाउनुपर्ने जस्ता मानिसका अाधारभूत आवश्यकताका विषयमा ध्यान नदिने तत्कालीन शासन व्यवस्थाले विधवा विवाहलाई मान्यता दिएको थिएन हुकुमी शासन अक्षरसः पालना नगर्दा सर्वस्वहरण हुन्थ्यो। यहि कुरा अहिले पनि कताकता फेरिन नसकेको भान हुन्छ भन्ने कुरा यस उपन्यासमा प्रस्तुत भएको छ । अतः दुःखपुर आझै सम्म पनि सुध्रिन सकेको छैन । दुःखपुरका जनताको अझै मुक्ति भएको छैन । आम जनताले प्रेत योनीबाट मुक्ति पाउनु पर्छ भन्ने यस उपन्यासको वास्तविक तात्पर्य हो।
स्वैरकल्पनाको सिर्जना गरि लेखिएको यस उपन्यासको प्रमुख पात्र बालकृष्णलाई जेलमा हालेर र खेतीपाती गर्न बन्देज लगाएर पनि अदृश्य शक्ति भूतहरूद्वारा काम गरेको देखाइएको छ । वास्तविक रूपमा समाजमा भूतको अस्तित्व छ छैन तर पनि समाजरूपि भूतको अस्तित्वले युगाैदेखि जरा गाडेर बसेको छ । यिनै भूत र प्रेतजस्ता पात्रहरुले उपन्यासलाई अझ रोचक बनाएका छन् । वास्तविक रुपमा समाजमा अदृश्य प्रेतहरु मुक्तिका लागि छटपटिएर आफ्ना अस्वाभाविक क्रियाकलाप देखाए झैं यस उपन्यासका पात्रहरु पनि उन्मुक्तिका लागि छटपटाइ रहेका छन् । भूत र प्रेतलाई नेपाली जनतासँग तादात्म्य स्थापित गराएर उपन्यासकारले नौलो प्रयोग गरेका छन् । तिनै अन्याय र अत्याचारको चपेटामा परेर भड्किएका प्रेतात्माको मुक्तिका लागि गरुडपुराणको वाचनशैलीमा वाचन गरिएको पाइन्छ उक्त उपन्यास ।सम्पूर्ण दुःखपुरवासीको उन्मुक्ति र त्यहाँका कुशासनको चीसो ठीहिबाट ढकालले प्रेतकल्प लगाएका छन् । विधवाको मुक्तिका लागि, शिक्षित युवाहरुको प्रतिभा स्वतन्त्ररूपमा प्रस्फुटनका लागि, जनमुखी न्यायका लागि, आफ्नो प्रतिभा चोरिने डरबाट स्रष्टाको मुक्तिका लागि र समाजमा एक्लो पारिएका क्रान्तिकारी बालकृष्णहरूका लागि उपन्यासले प्रेतकल्पको सन्तप्त कराहीबाट मुक्तिको प्रयास थालनी गरेको छ ।
उद्देश्यः
साहित्यले सामाजिक तन्त्रको अभिव्यक्ति गर्छ । त्यस ऐतिहासिक विकासका क्रममा अर्थको असमान वितरणका कारण विभिन्न वर्गहरु निर्माण हुुने र उपल्लो वर्गका मानिसले तल्लो वर्गका मानिसलाई सधैं दवाएर राख्छ भन्ने विचार लेखकको देखिन्छ । त्यही वर्गसङ्घर्षको सिद्धान्तको सेरोफेरोमा ‘प्रेतकल्प’ उपन्यास निर्माण भएको छ ।यस उपन्यासको प्रमुख पात्र बालकृष्ण संस्कृत शिक्षा अध्ययन गरेर पनि सुधारवादी सोच राख्ने पात्रका रूपमा उपस्थित भएको छ । ऊ संस्कृत पढेको समाजवादी व्यक्ति हो । साथै समाजका वुर्जुवा र सामन्तवादी विकृतिहरूको भण्डाफोरका साथै काले र धनविरे लगायतका पात्रहरूको निम्न आर्थिक अवस्था र दमयन्ती जस्ता विधवा नारीहरुको पीडा यस उपन्यासमा स्थापना गरिएको छ । बालकृष्ण निम्न मध्यम वर्गीय पात्र हो ।धनविरे, काले, बैठके, पाले आदि पात्रहरू निम्न वर्गका छन् । यिनै पात्रहरूका माध्यमबाट सामन्ती संस्कारको उत्खनन् गर्दै १९५०को दशकदेखि २००७ सालसम्मका घटना परिघटना र ऐतिहासिक तथ्यको औपन्यासिक प्रस्तुति यस उपन्यासमा प्रस्तुत छ । हुकुमी तन्त्रमा शासन चलाउन चाहने तत्कालीन प्रशासनका ठेकेदारहरूका कर्तुत र तिनीहरूले तल्लो वर्गका जनताहरूलाई दबाएर राखेको स्पष्ट चित्रण यस उपन्यासमा छ । तिनै ठेकेदारका विसङ्गत क्रियाकलापका कारण समाज सुधारको चेतना दिनप्रतिदिन जटिल बन्दै गएको छ । प्रतिक्रियावाद र सामन्तवादका खराव आचरणले सुधारको चाहनामाथि तुषारापात गरिदिएको छ । जनतालाई नोकर ठान्ने र आफूलाई सँधै मालिक वा भाग्य विधाता ठान्ने तत्कालीन प्रशासकहरू सामन्तवादी ढर्रामा नै आफ्नो शासनसत्ता टिकाएका छन् र त्यहीअनुसार न्याय दिने व्यवस्था गरेका छन् । कानुनका अभावमा महिलालाई भेदभाव गरिएको छ । कुमार बालकृष्णले विधवा दमयन्तीलाई विवाह गरेकै आधारमा उसलाई समाजबाट बहिस्कार गरिएको छ । दमयन्ती पात्र र कुमार बालकृष्णसँगको विवाहलई समाज र प्रशासनले नकारात्मक दृष्टिकोणबाट नियालेको छ । दमयन्ती दमित छे । विधवा महिलालाई पनि पुरुषलाई बरावर अधिकार दिनुपर्छ भन्ने आवाज दमयन्तीमार्फत उपन्यासले सशक्त ढङ्गबाट प्रस्तुत गरेको छ । नारीलाई उखुको लाक्रोजस्तो चुसेर फ्याकिने तुच्छ वस्तुका रूपमा प्रयोग गर्ने र निम्नवर्गका व्यक्तिको मानवीय अस्तित्वलाई निकृष्ट ठान्ने सामन्तवादी संस्कारको बिरोध गरिनु नै यस उपन्यासको उद्देश्य बन्न पुगेको छ ।
पात्रविधानः
- चन्द्रशमशेर, विष्णुभक्त, उसको छोरो रामभक्त, बबरशमशेर जस्ता उच्च कुलघरान भएका पात्रहरुः
१.जनतालाई सेबक ठान्ने र आफूलाई संधै मालिक वा भाग्य विधाता ठान्ने तत्कालीन प्रशासकहरू सामन्तवादी ढर्रामा नै आफ्नो शासनसत्ता टिकाएका छन् र त्यही अनुसार न्याय दिने व्यवस्था गरेका छन् भन्ने कुरा किटानी जाहेरी गरिएको छ । हुकुमी तन्त्रमा शासन चलाउन चाहने तत्कालीन प्रशासनका ठेकेदारहरूका कर्तुत र उनीहरूले तल्लो वर्गका जनताहरूलाई दवाएर राखेको स्पष्ट चित्रण यस उपन्यासमा छ ।
सुभद्रा, दमयन्ती(७ वर्षको उमेरमा विबाह भएको, वैधव्य जीवन विताएकी त्यहि समयमा कुमार बालकृष्णसँग भेट भएको र विबाह) , बालकृष्ण, शंखधर, रामजी भारद्वाज जस्ता मध्यम वर्गीय ग्रामीण पात्रहरूः १.मध्यम वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने चेतना आइसकेको छ । २.पं.बालकृष्ण हेपिएका जनताको मुक्तिका लागि लड्ने प्रतिद्धता जाहेर गर्दागर्दै देश निकाला भएको छ ।
१.मध्यम वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने चेतना आइसकेको छ । २.पं.बालकृष्ण हेपिएका जनताको मुक्तिका लागि लड्ने प्रतिद्धता जाहेर गर्दागर्दै देश निकाला भएको छ ।
- साम्बे सार्की, काले, चनमती, बहादुरे, सन्ते, धनवीरे आदि निम्नवर्गीय पात्रहरूः
निम्न वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने चेतना आउन सकेको छैन।
निम्न वर्गीय पात्रहरूमा सुधार आवश्यक छ भन्ने चेतना आउन सकेको छैन।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें