Privacy policy

Wednesday, February 23, 2022

शङ्कर लामिछाने र उनको गोधूलि संसार निबन्ध

 

लेखक परिचय

जन्म -(वि.सं. १९८४ चैत ५ - वि.सं. २०३२ माघ १०)

* ब्रेन ट्युमर रोगबाट निधन भयो।

शिक्षा – आर्इएस्सी सम्म

पुरस्कार-उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन: प्याज'ले वि.सं. २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

प्रथम प्रकाशित निबन्ध – हाम्रो समाजमानारीको महत्त्व (२००३)

कृतिहरू - *फुटकर रूपमा थुप्रै कविता*कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (वि.सं. २०२५)

*निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब'(वि.सं. २०२८) ,'गोधूलि संसार' (वि.सं. २०२७) 'शङ्कर लामिछाने' (वि.सं. २०३२) 'एब्स्ट्रयाक्ट चिन्तन: प्याज' (वि.सं. २०२४)

निबन्धात्मक प्रवृत्ति –

*त्मपरक निवन्धकार,

*पूर्वीय पाश्चात्य साहित्य, दर्शनको अध्यायनबाट प्राप्त चिन्तन व्यक्त गर्नु ,

*जीवनलार्इ नाङ्गो सत्यको रूपमा प्रस्तुत गर्नु ,

*अमूर्त लेखन शैलीको प्रयोग गर्नु ,

* चेतन प्रभाह शैलीको प्रयोग ,

*सामाजिक विकृति र विसङ्गतिप्रति व्याङ्ग्या,

*इतिहास,धर्म, संस्कृति दि विभिन्न विषयमा धारित निबन्ध लेखन,

*वद्धिक ,प्रयोगधर्मी,चिन्तनशिलता

निबन्ध



निबन्धको विश्लेषण

अस्तित्ववादी निबन्धकारका रूपमा परिचित शंकर लामिछाने (१९८४-२०३२) एक ससक्त प्रतिभा हुन् । उनले वि.सं. २०१३सालमा समाजमा नारीको महत्व नामक निबन्ध पहिलो पटक प्रकाशनमा ल्याएका थिए । सामाजिक यथार्थता,विसङ्गति,विक्रिति प्रति व्याङ्या जस्ता कुराहरू यिनका साहित्यमा पाइन्छ । यिनले एब्स्ट्रयाक चिन्तन प्याज (२०२४),गोधूलि संसार (२०२७),बिम्ब प्रतिबिम्ब(२०२८) जस्ता निबन्ध सङ्ग्रहहरूका साथै थुप्रै साहित्य सृजना गरेका छन् । २०२४ सालमा मदन पुरस्कार प्राप्त गरेका लामिछानेको गोधूलि संसार निबन्ध गोधूलि संसार निबन्ध सङ्ग्रहमा सङ्ग्रहित छ ।यस निबन्धमा निबन्धकारले फूलार्इ नै गोधूली संसारमा भेट्टाएको एथार्थ अभिव्याक्ति प्रस्तुत गरेका छन् ।

      उक्त निबन्धमा जीवनको नैरास्यताको उल्लेख गरिएको छ । नैरास्यताले नै सबैभन्दा दुःखी तुल्याउँछ । जब जीवनमा नैरास्यताले बास गर्छ तब दिनहरू मूल्यहिन भइदिन्छन्  उपलब्धि विनाका दिनहरू मृत्युसँग सापट मागेजस्ता बोझिला हुन्छन् । जुन व्यज सहित चुक्ता गर्नु पर्छ जस्तो महसुस निबनधकारले गरेका छन् । भिम दर्शन रोकाको एक्लै उदास उदास छु म कवितालार्इ सम्झदै त्यहि कवितालार्इ फ्नो जीवनसँग तुलना गर्दै ठ्याक्कै मिलेको अनुभव उनले गरेका छन् । निबन्धकारले कादम्विनीमा छापिएको ठट्टालार्इ उद्घृत गर्दै फू बामपुढ्के भएको र इतिहासले सधै फूलार्इ इरेजर बनार्इ रहेकोकुरा व्याक्त गर्दछन् ।निबन्धकारले फू रक्सि पिउँदा होसमा उने र ँखा खोल्दा होस हराउने कुरा व्यक्त गर्दै रक्सिले मात्दा कसैको इरेजर हुनु नपर्ने र रक्सिले छोड्दा अरूको इरेजर बन्नुपर्ने कुरा व्यक्त गर्दछन् । यस्तो अस्थिर अवस्थाहरू सृजनाहुने मानव जीवनलार्इ लामिछनेले अमर गुरूङका गीत संगितसंग तुलना गर्दै उनले हार्मोनियमा चिप्लेटि खेलेका लाहरूलार्इ सम्झदै लाहरूमा पनि मन मुटु हुने कुरा व्यक्त गर्दै लाका स्पर्श फरक ठाउँमा फरक अनुभूति हुने कुरा व्यक्त गर्दै आफूलार्इ र आफ्नो जीवनलार्इ तुलनिय ठान्दछन् । लेखक आफूलार्इ वेस्यासँग तुलना गर्दै इतिहासले पैसा तिरेर विर्यपात गरेको भावनाको कल्पना गरेका छन् । लेखक आफूलार्इ भगवान शंकरसँग पनि तुलना गर्छन् । तर आफूलार्इ सर्वाहारी नपाएको देख्दछन् ।

    यसरी यस निवन्धमा निवन्धकार शंकर लामिछानेले आफूलार्इ र आफ्नो अन्तर मनलार्इ खोतलेर चिन्ने कोशिस गरेका छन् । उनले लेखक जस्ता सामाजिक मानिसहरूको अस्तित्वको खोजि गरेका छन् । मानव जीवनलार्इ नियाल्दा जव मानव सचेत र सभ्यताको नजिक पुग्छ तब उसलार्इ नैरास्यताले पनि सताउँछ ।समाजको चाहना र आवस्यकता पुरा गर्दा गर्दै आफ्नो जीवन जिउन नै भुल्छ । बाहिरी आबरणले पुरिदै जान्छ । त्यहि नै उसलार्इ मुस्किल पर्दै जान्छ । आफ्नो आवस्यकता र चाहनाबाट सुरू गरेको समाज सेवाले आफूलार्इ नै भूल्लाकि भन्ने डर पैदा गर्छ । सृजना गर्ने सर्जकहरूले इतिहास निर्माण गर्दा गर्दै इतिहासले भने सर्जकलार्इ नै विर्सने कोसिस गर्छ र नयाँ सर्जकको खोजि गर्छ । मानव जीवनमा सभ्यता,संकार र विज्ञानले आडम्बर बढाउँदै लगेको छ । आडम्बरले मानिस कृतिम तथा अप्राकृतिक बन्न थालेका छन् । सभ्यता र विकासको नाममा परिवर्तन भइरहेको जीवनशैलीले मानिसलार्इ झनै चिन्तित र भयभित बनाउँदै लगेको छ । यसरी विकास र सभ्यताले मानिसलार्इ अन्धकार तिर धकेलेको कुरा यस निबन्धमा व्याक्त गर्न खोजिएको छ ।

      विकास र सभ्यताको नाममा मानव जीवनलार्इ कठिन र निरासता बढाएको छ । जति विज्ञानको निर्माण हुँदै  गएको छ त्यति नै प्रकृति हराएको छ । प्रकृतिको वास्तविकतामा जीवन जिउनुको आनन्द अन्यत्र नहुने कुरा यहाँ व्यक्त गरिएको छ । साथै सर्जकलार्इ आडम्बर विनाको सृजना र इतिहासलार्इ सर्जकको संवर्धन गर्न आह्रवान गरिएको छ ।

     निष्कर्षमा भन्नुपर्दा जति मानिसले विकास गर्छ त्यति नै उलार्इ झनै दबाब बढ्न जान्छ ।  आफ्नो उद्देश्य प्राप्तिको लागि मानिस स्वार्थी हुन्छ । स्वार्थी मानिसहरूले इरेजरको रूपमा दल्न पाइन्जेल सोझा मानिसलार्इ दलिरहन्छन् । लोभ र स्वार्थले गर्दा अरूलार्इ पिडा दिने र आफूलार्इ अगाडि बढाउन खोज्ने परम्पराले गर्दा मानव जीवन झन –झन बोझिलो बनेको र निस्वार्थ मानव जीवनको चाहना यहाँ गरिएको छ ।





 



No comments:

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...