गुरुवार, 16 सितंबर 2021

कविताका तत्त्वहरू

 


   कविता निर्माण हुने अवयवहरुलाई नै कविताका तत्वहरु भनिन्छ । कविताको संरचनापूर्ण हुनको लागि निम्न तत्त्वहरूको आवश्यक पर्दछ :-
  शीर्षक-
१.शीर्षकले कुनै पनि समग्र रचनाको प्रतिनिधित्त्व गरेको हुन्छ । 
२.यो संक्षिप्त र प्रतीकात्मक हुन्छ ।
३. कृतिमा वर्णन भएको विषय र शीर्षकको सङ्गति मिल्नुपर्छ ।
४शीर्षकले कविता कस्तो छ भन्ने जानकारी गराउँछ 

 .भा विचार

१.यो कविताको मेरुदण्ड वा केन्द्रीय तत्त्व हो ।  

२. भाव कविताको विषयवस्तुमा आधारित रहन्छ ।

३.भावले शब्दशब्द र समग्र रचनाको अर्थ प्रकट गर्दछ ।

४.सर्जकले मनमा उठेका तरङ्गविचारभावलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्ने क्रममा नै कविता प्रष्फुटित हुन्छ ।

.लयात्मकता

१. लय भनेको कविता उच्चारणका क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो ।

२. कवितामा प्रयोग हुने छन्दअनुप्रास आदि लय निर्माणका घटकहरु हुन् ।

३. पद्य कवितामा पाउश्लोक र छन्दले लय सिर्जना गराउँदछन्भने गध कवितामा वर्ण र शब्दको पुनरावृति  तथा अन्तर अनुप्रासका माध्यमले लय सिर्जना हुन्छ ।

४.कविताको आस्वादमा प्रभावकारिता र रोचकता थप्नु नै लयको मुख्य कार्य हो ।

 कवितालाई अन्य विधाभन्दा भिन्न देखाउने प्रमुख तत्त्व नै लय भएकाले लय कविताको महत्त्वपूर्ण तत्त्व हो ।

भाषा शैली

१.भाषा विचार आदान प्रदानको सशक्त माध्यम हो भने शैली अभिव्यक्तिको एक प्रकार ।

२.गध र पद्य दुवै शैलीमा कवितात्मक भाषा हुन जरुरी छ ।

३.जसमा बिम्बअलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ ।

४.शैली व्यक्ति पिच्छे फरक फरक हुन्छन् । 

सरलआलङ्कारिकनाटकीयवर्णनात्मक आदि शैली कवितामा प्रयुक्त हुन्छन् ।

कथन पद्दती

कथन पद्दती कविताको अभिव्यक्तिको प्रक्रिया हो ।

२.कविले कविता पाठकसम्म पु-याउन कुन रुपमा गरेको छकसको वर्णन गरेको छ भन्ने आधारमा कथन पद्दती निर्धारित हुन्छ ।

३.कवितामा महामी उपयोग गरिएको छ भने कवि प्रढाैक्ति , ऊत्योउनीतिनी आदि सर्वनाम प्रयोग गरिएकोलार्इ कविनिवद्दो प्रढाैक्ति भनिन्छ ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...