गुरुवार, 8 अक्टूबर 2020

वक्रोक्तिका भेदहरू

 काव्यलार्इ सुन्दर र अाह्रलादकारी बनाउँन प्रयोग हुने घुमाउरो तथा चातुर्य पूर्ण जुन कथन हुन्छ त्यो नै वक्रक्ति हो । यसका संथापक कुन्तकले वक्रोक्तिका विभिन्न भेदहरूको उल्लेख गरेतापनि मुख्य भेद भने ६ वटा मात्र पाइन्छन । भषाको अाधारभूत तह देखि फलप्राप्तिको उपल्लो एकाइ सम्मलार्इ यसको अाधार बनाइन्छ । यसरी हेर्दा वक्रोक्तिका भेदहरू निम्न अनुशार छन्ः-

  • वर्ण विन्यास वक्रता
  • पद पूर्वार्ध -वक्रता 
  • पद परार्ध वक्रता 
  • वाक्य वक्रता 
  • प्रकरण वक्रता 
  • प्रबन्ध वक्रता

  • वर्ण विन्यास वक्रता
कुनै काव्य कृतिमा एक ,दुर्इ वा दुर्इ भन्दा बढि वर्णहरूको पुनरावेति द्वारा जुन साैन्दर्य सृजना हुन्छ  त्यसलनर्इ वर्णविन्यास वक्रता भनिन्छ । काव्यमा यसप्रकारको वक्रता यमक ,अनुप्रास अलङ्करको निकट रहन्छ । कुन्तकले वर्णविन्यास वक्रतामा वर्णको अावृति हुँदा श्रुति माधुर्य हुनुपर्ने जसका लागि सुन्दर वर्णको प्रयोग गरी वक्रता विचित्र किसिमको हुनुपर्ने विचार व्यक्त गर्दै रसानुकुल र अाैचित्य पूर्ण हुनु नै वक्रताको साैन्दर्य हो भनेका छन् ।जस्तैः-

हल्ली खल्ली छ कल्लिको चरणमा घन्कन्छ गल्लि पनि 
चिल्ली विल्ली उठाउँदो छ म यसैमा रल्लिन्छु सिल्लि पनि                                   चक्रपाणी चालिसे 

  • पद पूर्वार्ध -वक्रता
वाक्यमा वर्णहरूको संयोग द्वारा पदकोनिर्माण हुन्छ जसमा पदहरूको रखाइ क्रमले वाक्य निर्धारण हुन्छ । पदको पूर्वार्ध र उत्तरार्ध भाग हुन्छ । जसमा धातु (प्रकृति ) मूल शब्दमा देखापर्ने वक्रता पद पूर्वार्ध वक्रता हो । यसलार्इ प्रकृति वक्रता पनि भनिन्छ । यस्तो वक्रता व्याकरण सम्बन्धी प्रयोगमा चमात्कार हुन्छ । यसमा रूढि द्वारा कुनै शब्दमा वैचित्र्यको समावेश हुनु तथा यस्तै कुनै शब्दको प्रयोगको चमात्कारपूर्ण प्रयोग हुनु पद पूर्वध्द वक्रता हो । पद पूर्वाध्दका पनि उपभेदहरू छुट्याइएको पाइन्छ । जस्तैः- 

  • रूढि वैचित्र्य वक्रता 
  • पर्याय वक्रता 
  • उपचार वक्रता 
  • विशेषण वक्रता 
  • संवृत्ति वक्रता 
  • कृति वक्रता 
  • लिङ्ग वैचित्र्य वक्रता 
  • क्रिया वक्रता 
  • वृत्ति वक्रताअादि 
यसरी पदको अघिल्लो भाले काव्यलार्इ जुन साैन्दर्य प्रदान गर्ने क्षमता राख्दछ त्यसलार्इ नै पद पूर्वार्ध वक्रता भनिन्छ ।

  • पद परार्ध वक्रता 
जुन पदको पछिल्लो खण्डमा प्रयोग हुने अाधारमा सिर्जना हुन पुग्ने वक्रता तथा पदको उत्तरार्ध खण्डमा रहेको वक्रतालार्इ पद परार्ध वक्रता भनिन्छ ।शब्दमा चयन गरिने प्रत्यको कारण काव्यमा चमत्कार उत्पन्न हुन्छ त्यसलार्इ पद परार्ध वक्रता भनिन्छ । यसलार्इ पनि विभिन्न उपभेदहरूमा छुट्याइएको पाइन्छ । जस्तै ः-

  • काल वैचित्र्य वक्रता
  • वचन वक्रता
  • पुरूष वक्रता
  • कारक वक्रता
  • उपग्रह वक्रता
  • प्रत्यय वक्रता 
  • उपसर्ग वक्रता (निपात वक्रता)

  • वाक्य वक्रता
 वाक्यमा सिङ्गो वाक्यले प्रकट गर्ने वक्रता नै वाक्य वक्रता हो । वर्णनिय वस्तुको प्रस्तुतिमा उत्पन्न हुने वाक्यका तहवाट नै प्रकट हुने वक्रतालार्इ वाक्यवक्रता भनिन्छ । यसमा वाक्यका तहवाट अर्थमा चमत्कारी पन अाउँछ । यसलार्इ वस्तु वकृता ,वाच्य वकृता तथा अर्थ वक्रता पनि भन्ने गरिन्छ । वाच्य वक्रतालार्इ पनि दुर्इ भेदमा विभाजन गरिएको पाइन्छ । जसमा सहजा र अाहार्य रहेका छन् । सहजा अन्तर्गत स्वभाव प्रधान र रस प्रधान रहन्छ । त्यसमा पनि स्वभाव प्रधानमा सामान्य र सोभामय गरि छुट्याइएको पाइन्छ ।  

  • प्रकरण वक्रता
वाक्यहरूको समूह तथा अनच्छेदवाट उत्पन्न हुने वक्रतालार्इ प्रकरण वक्रता भनिन्छ । काव्य वा कथनका सिलसिलामा वेला वेला वा ठाउँ ठाउँमा एउटा प्रसङ्ग टुङ्गिएर वा नटुङ्गिकन अर्को प्रसङ्ग वा क्रमको चर्चा गर्दा क्षण वाट उत्पन्न  हुने वक्रतालार्इ प्रकरण व्रता भन्न सकिन्छ । स्रष्टाको वस्तु वर्णन वा विषय वर्णनको एउटा घटना वा प्रसङ्गको कथन नै प्रकरण वक्रता हुन अाउँछ । एेतिहासिक वा पाैराणिक वृत्तिवृत्तमा अाधारित खण्डकाव्य ,माहाकाव्य नाटक तथा कृतिमा स्रष्टाद्वारा प्रयुक्त माैलीक प्रसङ्ग वा घटना प्रकरण वक्रता हो । कुन्तकले यसका ८ प्रकारका वक्रता देखाएका छन् । जसवाट प्रकरण वक्रताको अाविर्भाव हुन्छ । 
  • भावपूर्ण स्थितिको उद्भावना द्वारा (सहयोगिको) 
  • उत्पाद्य लावन्य द्वारा(पाैराणिक कथामा कवि कल्पनाको स्पर्स दिएर )
  • प्रधान कार्यसँग सम्भन्ध प्रकरणहरूको उपकार्य -उपकारक भाव 
  • रोचक प्रसङ्गको स विस्तार वर्णन द्वारा 
  • प्रधान उद्देश्य सिद्धिका निम्ति गाैण प्रसङ्गहरूको उद्भावना द्वारा 
  • गर्भाङ्कनको योजना द्वारा (अङ्क भित्र अर्को गुप्त योजना ) 
  • पूर्वापर अन्विति क्रमद्वारा (मुख, प्रतिमुख , विमर्श , गर्भ )
  • विशिष्ट प्रकारको अतिरञ्जना द्वारा (विशिष्ट प्रकारको जल क्रिडा , चन्द्रोदय ,सूर्यअस्त ,वागवगैचा )
दुर्वासाद्वारा (क्रृषि) शाकुन्तलालार्इ श्राप दिने प्रसङ्ग(अभिज्ञान साकुन्तलम् लाटक) प्रह्रलादको ठाउँमा क्रोध , अावेगमा चढ्नु (प्रह्रलाद नाटक -सम) अादि प्रकरण वक्रता हुन् ।

      निष्कर्षमा भन्नुपर्दा अाख्यानात्मक कृतिका कथावस्तु प्रस्तुत गर्ने रोचक ,व्याङ्यात्मक ,रसात्मक तथा मनोरञ्जनात्मक तरिका वा पद्दति जसले कथानकलार्इ झनै चमत्कारी वनाउँछ त्यो नै प्रकरण वक्रता हो । 

  • प्रबन्ध वक्रता
प्रवन्ध वक्रता भन्नाले सिङ्गो कृतिको समग्र साैन्दर्यमा भनाै त्यसको मूल निष्कर्ष ,अभिप्राय लक्ष्य र उद्देश्यलार्इ जनाउँने गर्दछ । प्रकरण वक्रतामा एउटा प्रसङ्गलार्इ समेटिन्छ भने यसमा प्रकरणहरूको  संगम रहेको हुन्छ । महाकाव्य ,खण्डकाव्य ,उपन्यास ,नाटक अादि रचनाहरूको प्रभावात्मक उत्पन्न वक्रता नै प्रवन्ध वक्रता हो । कवि प्रतिभा अनन्त हुने हुनाले यस प्रकारका वक्रता पनि अनन्त हुन्छन् । मुख्य रूपमा यसका भेदलार्इ ६ प्रकारमा छुट्याइएको छ । 
  • मूलरस / अङ्गिरसको परिर्वतन वक्रता ः-इतिहास र पुराणमा प्रसिद्ध मूल काव्यमा उपयोग गरिएको रसलार्इ उपेच्छा गर्दै स्रष्टाले अर्कै रसको प्रयोग गर्दा परम्परित प्रसिद्ध मूल कथा नै परिवर्तन हुन पुग्दछ । 
  • समापन वक्रता (कथाको उपसंहार ) ः-मूल पात्रको चरमोत्कर्ष प्राप्त गरेपछि अनावस्यक सामान्य वर्णन नगरी कथा समापन गरिने अवस्था 
  • कथा विच्छेद अवस्था ः-कथाको चरमोत्कर्षमा पुग्दाको क्षणमा सहज विकासलार्इ अाधा पार्दै कथाको मध्यम भागमा नै मुख्य कार्य  सिद्धि गर्ने प्रक्रिया 
  • अनुवङ्गिक फल वक्रता ः-जुन प्रवन्ध काव्यमा निश्चित फल प्राप्तिका निम्ति सक्रिय गर्दै नायकलार्इ अगाडि वडाएको क्षेणमा नायकले केवल एउटा मात्र नभएर अनेकाै फल प्राप्त गर्दछ ।त्यस अवस्थामालार्इ अनुवङ्गिक फल वक्रता भएको मानिन्छ ।
  • नामकरण वक्रता ः-कृतिको कथावस्तुलार्इ ध्यानमा राखेरसोहि अनुरूप प्रतिनिधित्व हुने र चमत्कारीता झल्किने गरि कुशलता पूर्वक कृतिको नामाकरण चयन गर्ने पद्धतिलार्इ नामाकरण वक्रता भनिन्छ । 
तुल्यकथा वक्रता ः- स्रष्टाले कुनै एेतिहासिक / पाैराणिक एउटा मूल कथामा निर्भर भइ एक भन्दा बढि अनेक प्रकारका कथाहरूको रचना गर्नु तुल्य कथा वक्रता हुन्छ ।(मूख्य कथा वरावरकै अन्य कथा रचना गर्ने विधि )











्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...