वक्र र उक्ति शब्द मिलेर वक्रोक्ति शब्दको निर्माण भएको हो । जसमा वक्रोक्तिको अर्थ टेडेमेडेभन्ने हुन्छ र उक्तिको अर्थ भनाइ हुन्छ । अर्थात टेडेमेडे वा वाङ्गो प्रकारको भनार्इ भन्ने अर्थ हुन अाउछ । काव्यमा घुमाउरो तरिकावाट प्रस्तुतगरिने अविव्याक्तिलार्इ वक्रोक्ति भनिन्छ । वक्रोक्तिको प्रयोग भामहले अलङ्कारको चर्चामा अतिसयोक्ति अलङ्कारलार्इ वक्रोक्तिलार्इ लिएका हुन । वेदमा वक्रोक्तिको अर्थ कुटिलको रूपमा प्रयोग गरिएको छ । भामहले पनि अलाैकिक उक्ति वा विशिष्ट कथनलार्इ नै वक्रोक्तिका रूपमा लिएका थिए । वक्रोक्तिको स्थापना कुन्तकले गरेका हुन । उनले वक्रोक्ति काव्य जिवितम् भन्ने ग्रन्थवाट काव्यमा वक्रोक्तिको महत्त्व दर्शाएका हुन् । यस भनार्इले वक्रोक्तिले काव्यलार्इ जिवित वनाउँछ भन्ने हुन्छ । सामान्य रूपमा भनिएका भनार्इ भन्दा विशिष्ट प्रकारको भनार्इ नै वक्रोक्ति हो । कुन्तकका अनुशार लोक प्रचलित कथन भन्दा भिन्न कुनै वैचित्र्य पूर्ण कथन हो । वक्रोक्ति चिन्तन परम्परा स्थापना गर्न भूमिका खेल्ने केहि अाचर्यहरूको मतलार्इ यसरी हेर्न सकिन्छः-
१.भामह
यिनले काव्यलङ्कारमा सामान्य कथनलार्इ वार्ता मानेर अलाैकिक कथन वा काव्य वक्रतालार्इ महत्त्व दिन्छन । उनका विचारमा अलङ्कारको प्रार्दुरभाव वक्रोक्तिवाट नै हुन्छ । काव्य भनेको विशिष्ट कथन हो र त्यो कथन अतिशयोक्तिवाट प्राप्त हुन्छ भन्दै अतिशयोक्तिलार्इ वक्रोक्ति ठान्दछन् । उनले काव्यको अात्मा अलङ्कार र अलङ्कारको विज वक्रोक्ति ठानेका छन् । वक्रोक्ति विना वर्णनको विशिष्ट रूप फेला नपर्ने र अलङ्कारले नसजिए सम्म काव्य जीवित नहुने भएकाले भामहले वक्रोक्तिलार्इ काव्यमा महत्त्व दिएका छन् तर यिनी वक्रोक्तिवादी भने होइनन् ।
२.वाण भट्ट
अाफ्नो कव्य कृतिमा वक्रोक्तिको प्रयोग गर्ने पहिलो साहित्यकार वाण भट्ट हुन । उनको वक्रोक्तिलार्इ चातुर्य पूर्ण उक्तिका अर्थका रूपमा लिएका छन् । यिनले कतै परिहाँस पूर्ण कथन र कतै चातुर्य पूर्ण उक्तिकारूपमा प्रयोग गरेक छन् ।
३.दण्डी
दण्डीले काव्य र जगतलार्इ नै स्वभावोक्ति र वक्रोक्ति गरि दुर्इ भागमा विभाजन गरे जसमा सामान्य किसिमको उक्तिलार्इ स्वभावोक्ति मान्दै यसलार्इ चिरिच्याट्ट पारेर विशिष्ट प्रयोग गर्नुलार्इ वक्रोक्ति भनेका छन् । यसरी उनले स्वभावोक्तिको क्षेत्र शास्त्र र वक्रोक्तिको क्षेत्र काव्य ठानेका छन् । वक्रोक्तिमा श्लेषले साैन्दर्यको पूष्टि गर्दछ । भनेर भामहका भन्दा निश्चित अलङ्कारमा ल्याएर वक्रोक्तिलार्इ काव्यको एक भेद मानेका छन् ।
४.वामन
यिनी रीतिवादी हुन । यिनले सादृष्य लक्षणा वक्रोक्ति भन्दै लाक्षणिक उक्तिपूर्ण एक विशिष्ट अलङ्कारलार्इ वक्रोक्तिमा लिएका छन् ।
५.रूद्रट
रूद्रटले वक्रोक्तिलार्इ काव्य अलङ्कार तथा शब्द शाैन्दर्य कारक मात्रै वक्रोक्ति ठान्दै वक्रोक्तिलार्इ काकु वक्रोक्ति र श्लेष वक्रोक्ति गरी दुर्इ भागमा विभाजन गरेका छन्। जसमा उच्चारण र स्वरको उतारचडाव वाट निकालिने अभिव्यक्ति भङ्गिमा काकु वक्रोक्ति र अन्यमा श्लेष वक्रोक्ति रहनेकुरा वताउँछन् ।
६.अानन्दवर्धन
यिनले वक्रोक्ति र अतिसयोक्ति समान कुरा ठान्दै यसको प्रयोग प्रतिभा वान स्रष्टाले मात्र गर्न सक्ने अाैल्याउदै यसको प्रयोग अाैचित्यपूर्ण र प्रसङ्ग अनुकुल हुनुपर्छ भन्ने ठान्दछन् ।
७.अभिनय गुप्त
शब्द र अर्थ वक्रताको तात्पर्य लोकोत्तर रूपमा रहनु पर्छ भन्ने अभिनव गुप्तले लाेकोत्तरको वास्तविक अर्थ अतिख्याता हो भन्दै यसलार्इ सामान्य अलङ्कार मानेका छन् ।
८.भोजराज
यिनले वाङ्मयलार्इ ३ वर्गमा विभाजन गरि सोहि अनुरूप काव्य साैन्दर्य ३ किसिमको हुने उल्लेख गरेका छन् । यिनका अनुशार वाङ्मय स्वभावोक्ति वक्रोक्ति र रसोक्ति हुने देखिन्छ । यसको व्याख्या गर्दै गुण प्रधानता रहनेलार्इ वक्रोक्ति ,उपादि अलङ्कारको प्रधानता रहनेलार्इ वक्रोक्ति र विभाव ,अनुभाव र सञ्चारी भावको योगवाट रसको प्रकट हुनु रसोक्ति ठानेका छन् । यिनले पनि अलङ्कारको प्रधानतामा वक्रोक्ति जिवित रहने देखाएका छन् ।
९.कुन्तक
कुन्तक वक्रोक्ति वादका संस्थापक हुन । यिनले सवैको विचारलार्इ समेट्ने प्रयास गरेका छन् । वक्रोक्ति काव्य जिवितम् भनेर काव्यमा वक्रोक्तिको भूमिका महत्त्वपूर्ण ठानेका छन् ।
यसरी विभिन्न अाचार्यहरूले वक्रोक्तिका वारेमा अाफ्नो मत प्रकट गरेका छन् । जसमा कुन्तकले सबै प्रतिनिधित्त्व गरेका छन् । उनले वक्रव्यापारले युक्त काव्यको ज्ञातालार्इ अानन्द दिने रचनामा व्यवस्थित शब्द र अर्थ नै काव्य हो भन्दै कुन्तकले वक्रोक्ति नभइ ाव्य हुदै हुदैन भन्ने सिद्दान्तको स्थापना गरेका हुन् । यी वक्रोक्ति सम्भन्धी धारणालार्इ यसरी हेर्न सकिन्छः-
- लोक व्यवहारमा प्रसिद्द उक्ति भन्दा वैचित्र्य पूर्ण कथन जसले चमत्कार पूर्ण अर्थ जनाउँछ ।
- घुमाउरो भनार्इ
- वक्रक्ति काव्यको अात्मा
- भावनात्मक र अभावात्मक दुवै किसिमको हुने
- विचित्रको उक्तिमा वक्रोक्ति जीवित रहने अनि वक्रोक्तिमा काव्य जीवित रहने
- वैदग्ध भङ्गि भगिति नै वकोक्ति (कवि काव्यको कुशलता )
- कवि कर्म काैशलको चमत्कार युक्त वर्णन नै वक्राेक्ति
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें