मंगलवार, 15 सितंबर 2020

काव्य गुण

                    सामान्यतय कुनै पनि वस्तुको दोष र वैगुनका विपरितार्थ रूपमा अाउने शब्द नै काव्य गुण हो । साहित्यका सनदर्भमा काव्य गुण भन्नाले साहित्यमा हुनुपर्ने गुण भनने वुझिन्छ । पूर्वीय अाचर्यहरू साहितयमा गुण अनिवार्य ठान्दछन् । कुनै प्रवचन , लेख रचना , काव्य कृति अादि शब्द प्रयोजन भएका श्रवण मनन गर्दा त्यसको प्रतिपाद्य अर्थ भित्रि भाव समेत भावकको हृदयमा कतै महको धारा झै सरर भिझ्दै गइ अानन्दमय अाश्वादन दिने गर्छ । यसै गरि कहि उत्तेजित गराएर हृदयलार्इ प्रदिप्त पारी विस्फुरित बनाउने हुनसक्छ । यी दुवै प्रकारका प्रतिपादित अर्थ विषय छर्लङ्ग भएर सुकेको तृण पुञ्जमा अग्नि शिखा झै फिजिदै गइ हृदयलार्इ ढाक्ने हुनुपर्छ । यिनै विशेष धर्मलार्इ अाधारभुत रूपमा रसको गुण भनिन्छ । 

                 गुणले काव्यको शोभा बढाउँछ ।  उपकार गर्ने ,वास्तविकता झल्काउने र रससँग मिलेर पाठकलार्इ कवित्वको उत्कर्षता प्रदान गर्दछ । काव्य गुणका वारेमा चर्चा गर्ने पहिलो व्याक्ति भरतमूनि हुन् । उनको काव्य दोषको चर्चामा दोषको विपरित काव्य गुण हुनेकुरा उल्लेख गरेका छन् । यस सन्दर्भमा उनले काव्यका दश गुणको दावी गरेका छन् । ती हुन् ः 

१.श्लेष 

२.समत 

३.समाधि 

४. उदप्ता 

५अोज 

६. कन्ति 

७. पद शाैकुमार्य 

८. अर्थ व्यक्ति 

९. प्रसाद 

१०. माधुर्य 

                  यसरी भरतले गरेको व्याख्यालार्इ भामहले शब्द र अर्थमा काबव्य गुण झल्किने कुरा व्यक्त गर्दछन् । उनले माधुर्य ,अोज र प्रसाद गुणलार्इ नै गुणका प्रकारमा सिमित ठान्दछन् । दण्डीका विचारमा गुणपनि एक प्रकारको अलङ्कार हो । यसले काब्यकै शोभा बडाउँछ । यिनका बिचारमा शब्द र अर्थका उपकार गर्ने तत्वका रूपमा लिदै वैदर्भी रीति र गाैणी रीतिका अाधारमा वैदर्भी रीतिमा दश वटा गुण अावश्यक हुने र गाैणी रीतिमा दश वटा गुण अावश्यक नहुने कुरा व्यक्त गर्दछन् । अग्निपुराणमा काब्यगुणलार्इ भावात्मक रूपमा व्याख्या गरिएको छ । यिनीहरूले गुणको शङ्ख्या १९ पुर्याएका छन् ।शब्दगत , अर्थगत र शब्दार्थोमय गरी गुणका तिनभेद देखाएका छन् । जसमा शब्दगत गुण अन्तर्गत  ःश्लेष ,लालित्य , गाम्भिर्य , शाैकुमार्य ,उदारता , सत्व , याैगिकी पर्दछन् । अर्थगत गुण अर्तरगत ः माधुर्य , कोमलता , उदारता ,प्राैढ , सामयिकत्व , संविधान  पर्दछन् भने शब्दार्थोमय अन्तर्गत ः उदारता ,पाक , प्रसाद , यथासंख्या , राग , साैभाग्य पर्दछन् । वामन काव्यको अात्म रीतिलार्इ ठान्दछन् । यिनले रीतिलार्इ काब्यको अात्म मान्दै गुणले काव्यमा शोभा दिने र काव्यलार्इ उत्कृष्ट बनाउने ठानेका छन् । यिनले पनि भरतकै गुणलार्इ अात्मसाथ गर्दै शब्द र अर्थका अाधारमा २० वटा बनाएका छन् । कुन्तकले काव्य गुणलार्इ सुकुमार विचित्र र उभयात्मक मार्ग भनि वर्गिकरण गरेका छन् । 

                 यसरी गुणका प्रकारका वारेमा विभिन्न विद्धानहरूले वर्गिकरण गरेको भेटिन्छ । यसमा भामहको मतलार्इ स्वीकार गरिएको पाइन्छ । भामह लगायत अानन्दवर्धन ,राजशेखर , मम्मट , हेमचन्द्र , विश्वनाथ अादिले गुणका तिन प्रकार छुट्याएका छन् । 

क) माधुर्य गुण 

ख)अोज गुण 

ग) प्रसाद गुण 

                                                               क) माधुर्य गुण

मानवीय हृदयमा हुने विभिन्न  इर्ष्या , डाहा , घमण्ड , कठोर र दुष्टतापूर्ण भावलार्इ पन्छाएर अानन्दमय लहरीमा मनलार्इ डुलाउँदै मनको शान्त ,गम्भिर , सरल ,प्रकृत , स्वच्छ र मधुर अवस्थामा पुर्याउन र यसै अवस्थालार्इ उजागर गर्ने विशेष गुण नै माधुर्य गुण हो । मानवीय मनको मधुर भावलार्इ व्यक्त गर्ने र सञ्चित गर्ने भावपूर्ण अभिव्यक्ति नै माधुर्य गुण अन्तर्गत पर्दछ । यस गुणमा बढि मात्रामा संयोग शृङ्गार ,विप्रलशमभ शृङ्गार र शान्त रसमा चमत्कृत देखिन्छ भने करूण रसमा उत्कर्षता नै प्राप्त हुन्छ । माधुर्य गुणलार्इ ङ , भ ,ण , न ,म, ट,ठ,ड,ढ,बाहेक अन्य वर्ण सँग भएको संयोग ,रेफ ,णकार समास नभएको वा भएपनि छोटो र थोरै समास भएको मधुर रचना अादिले अभिव्याञ्जन  गर्छ । 

जस्तै ः विना चन्द्रमा चन्द्रिकाको प्रकाश 

          हुँदै हुन्न ,यस्तै व्यवस्था छ खास 

         जहाँ होस जसो होस सदा एकनास 

       उदार्इ यिनै साथ गर्छिन विलास                                                                                          अादर्श राधव

                                                                            ख)अोज गुण

                    अोज गुण भन्नाले व्यक्तिमा हुने शक्ति तागत वा विशेष क्षेमता भन्ने बुझिन्छ । यसमा काव्य कृति वा रचना पढ्दा पाठकका मनमा जोस र उत्साह जागृत भइ चित्तलार्इ उदिप्त अवस्थामा राख्दछ र मानवीय अोजलार्इ उराल्दछ । खास गरी यो गुण राैद्र रस ,वीर रस , विभत्स रस बढि उपयोगी मानिन्छ । यस गुणमा समासको अधिकता ,द्वित्व , रेफ एवम् क्रृकार युक्त वर्ण बाट निर्मित पद संरचनालार्इ जोड दिनुका साथै ट,ठ,ड,ढ,श,ष वर्ण हुनु  स्वभाविक मानिन्छ । यसमा कठोर वर्णहरू र संयुक्त अक्षरवाट बनेका शब्दहरूको अत्याभिक प्रयोग हुन्छ । क ,च  ,ट, त, प सँग ग, ज , ड, द,व  र ख , छ , ठ ,थ ,फ सँग घ , झ, ढ  ,ध,भ को मेल भएको पाइन्छ । 

जस्तै ःम तिम्रो कात्तिके हैन भान्छे बाहुन हैन म

         म अाफ्नो कुलको राजा झोपडी नै भए पनि

       पैसा भन्दा मसजासै हो ठूलो मानिसको धन 

     यस्ता दुच्छर बोलीको वासमा पाउ हाल्दिनँ ।                                                               लक्ष्मीप्रसाद देवकोटा 

                                                                                 ग)प्रसाद गुण 

                 काव्य शास्त्रमा सरल , स्पष्ट र निर्मल अभिव्यक्ति जसमा पाठकले सरलता पूर्वक काब्य वोध गर्दछ र तत्कालै उसको मन प्रसन्न हुन्छ भने त्यसलार्इ प्रसाद गुण भनिन्छ । यसरी सुन्ने वित्तिकै सहज रूपमा अर्थवोध गर्न सकिने सरल र कोमल शब्दहरूको प्रयोग यहाँ पाइन्छ । सबै रससँग यसले सम्भन्ध राख्दछ तापनि शृगार र करूण रस अझ विशेष मानिन्छ । यसमा जसरी अागोमा घिउ थप्दा अागो बढी दन्कन्छ त्यसरी नै मानव हृदयमा भएका भावलार्इ व्याप्त र उदिप्त पार्ने काम प्रसाद गुणले गर्छ । 

जस्तै ः यो दुःखी भव हो , सबै वफल छन 

          काँढा यहाँ खालि छ 

       केही छैन नि जिन्दगी भनिलिने 

       यो अाँसुको बालि छ ।                                                                     लक्ष्मीप्रसाद देवकोटा 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...