सोमवार, 20 सितंबर 2021

कविताका उपविधाहरू


१फुटकर कविता

२.खण्डकाव्य/ मध्यम रूप

३.महाकाव्य /बृहत रूप

४. गीत / गजल

१फुटकर कविता

  कविताको प्रस्तुतीको छोटो रूप वा ढाँचा नै फुटकर कविता हो । फुटकर कवितालार्इ दुर्इ वर्गमा विभाजन गरेर हेरेको पाइन्छ जसमा

क.    लघुतम रूप – फुटकर कवितामा पनि सबैभन्दा छोटो रूप अन्तर्गत यो पर्दछ । यसमा चार हरफ देखि एक अनुच्छेद सम्मको कविताहरू पर्छन् ।यसमा भावको केवल निरिक्षण मात्र हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन्

ख.    लघु रूप – फुटकर कविताको लघुतम रूप भन्दा केहि ठूलो रूप लघुरूप हो । यसमा लघुतमको भन्दा विस्तृत र खण्डकाव्य भन्दा सानो  कारका कविताहरू यस भित्र पर्दछन् ।यसमा थोरैमा दुर्इवटा श्लोक देखि सयँ पंतिहरू हुन सक्छन् ।यसमा कुनै एक मनोदशा वा भावधाराको सिङ्गो अभिव्याक्ति हुनु यसको विशेषता हो ।  पत्र पत्रिका,रेडियो ,टेलिभिजन र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश कविता जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ।

२.खण्डकाव्य/ मध्यम रूप

फुटकर कविता भन्दा लामो र महाकाव्य भन्दा छोटो कविताको रूप नै कविताको मध्यम रूप हो ।खण्डकाव्य र लामा कविताहरू यस अन्तर्गत पर्दछन् ।कविताको मध्यम रूपमा ख्यानिकरणको प्रयोग हुन्छ । यसमा मानव जीवनको कुनै एक पक्षको उद्घाटन हुन्छ ।

३.महाकाव्य /बृहत रूप

कविताको यामको हिसावले सबैभन्दा ठूलो आकार यसमा हुन्छ ।यसमा कविले मानव जीवनको सम्पूर्ण पक्षहरू उद्घाटन गरेको हुन्छ । आख्यानात्मक ढंगले प्रस्तुत गरिने कविताको यो रूपको सृजना गर्ने क्षमता सबै कविको नहुन पनि सक्छ ।यसमा एकभन्दा बढि रसको प्रयोग गरिएको हुन्छ ।साथै कुनै समयको समाजिक विषयवस्तु,ऐतिहासिक वा पौराणिक विषयवस्तुहरू समेटिएको हुन सक्छ ।

४. गीत / गजल

गीत तथा गजल फुटकर कवितासँग नजिक देखिन्छ । गीत विशेषत गाउनकोलागि निर्माण गरिन्छ । यसमा संगित भरेर लालित्य थपिन्छ ।संगित यसको विशेषता हो ।यसमा रागात्मक तत्वको महत्व रहन्छ । गजलको मुख्य विशेषता भनेको नारी प्रेमका विषयमा गायन शैलीका माध्यमबाट संगितको साथ प्रस्तुति दिनु हुन्छ ।यसमा हिजोज देशप्रेम ,पारिवारिक तथा मानव प्रेमको प्रसङ्ग पनि जोडिएको पाइन्छ । काल्पनिकता भन्दा वास्तविक यथार्थका कुराहरूको  बहस उतारिन्छ ।

 

 

 

 


गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ कविताको विश्लेषण

 

गोपाल प्रसाद रिमालको ‘आमाको सपना कविता

परिचय,

गोपाल प्रसाद रिमाल

जन्म - (१९७५-२०३०)  काठमाडौँको लगनटोलमा

शिक्षा -  प्रमाणपत्र तह

पहिलो रचना -  वि.सं. १९९२मा शारदा पत्रिकामा प्रकाशित "प्रति" शीर्षकको कविता
*प्रगतिवादी साहित्यकार
,

*गद्यमा कविता लेखेको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै जस कमाउनेमा उनी पनि एक हुन् ।

*२०२० सालकमा मदन पुरस्कार, २०३०सालमा  त्रिभुवन पुरस्कार
कृतिहरू - मसान(नाटक, वि.सं. २००३),  यो प्रेम(नाटक,  वि.सं. २०१५), आमाको सपना (कविता सङ्ग्रह २०१९)

रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो गीत यिनैले लेखेका हुन् ।



कविताको विश्लेषण

धुनिक नेपाली कवितामा गद्यलयलार्इ भोयाउने स्वच्छन्दावादी – प्रगतीवादी कवि गोपालप्रसाद रिमाल (१९७५-२०३०) एक क्रान्तिकारी कवि हुन् ।मदन पुरस्कार(२०१९) ,त्रिभुवन पुरस्कार (२०३०)जस्ता उत्कृष्ठ पुरस्कारवाट पुरस्कृत भएका रिमालले माको सपना कविता सङ्ग्रह (२०२०) प्रकासित गरेका छन् । उनको उक्त माको सपना कविता सङ्ग्रहमा सङ्ग्रहित ‘आमाको सपना शीर्षक कविता एक राष्ट्रवादी चिन्तनले अतप्रोत भएको कविता हो ।यस कवितामा कविले मा र छोरा पात्रलार्इ उपस्थित गरार्इ समाजमा विध्दमान अन्याय ,अत्याचार तथा निरङ्कुशताको अन्त्य गर्न क्रन्तिरूपि छोरो जन्मने र सो क्रान्तिले सबैलार्इ समान हक अधिकार दिलार्इ समाजमा शान्ति ल्याउने कुरा प्रस्तुत गरिएको छ ।

   प्रश्नोत्तरात्मक शैलीमा रचिएको उक्त कविता एक गद्य कविता हो । यस कवितामा मा भन्नाले नेपाल मा र छोरोले सम्पूर्ण नेपाली जनतालार्इ बुझिन्छ । त्यसै गरि माले जन्माउने नयाँ सन्तान भन्नाले नेपाली नयाँ पुस्ता जसले देशमा क्रान्ति ल्याउन सक्छ । बिम्बात्मक शैलीलार्इ अंगालेर लेखिएको उक्त कवितामा कवि रिमालले नेपाली जनतामा क्रान्तिकारी विचार उनु पर्छ ।जुन विचार अटल भएर लड्न सक्ने अठोटका साथ अगाडि बढ्नु पर्छ ताकि प्रतिगामीले रोक्न र टोक्न नसकोस । त्यस्तो छवि अहिलेका जनतामा पनि नभएको भने होइन तर पैसा र कुर्चीका लागि अहिलेका जनताका अगुवाले प्रतिगामीहरूलार्इ नै साथ दिए ।त्यसले देशलार्इ हानी पर्न गयो अर्थात नेपाल माको मन खिन्न भयो । त्यसैले देशलार्इ क्रान्ति चाहिएको छ । त्यो क्रान्ति अवस्य उने छ र त्यो क्रान्तिमा नेपाली जनता अवस्य होमिने छन् त्यसमा कय जनताको रगत वगेतापनि  देशकैलागि वगेकाले सान्त्वना मिल्नेछ । पहिले पनि देशमा क्रान्ति एको थियो र देशमा विकास तथा देशको सुधार भएको थियो । समाजलार्इ स्वतन्त्रता दिलाउन क्रान्तिको वस्यकता पर्दछ त्यसैले क्रान्ति उनु पर्छ ।भन्ने विचार कविले गरेका छन् ।

   जव उछ क्रन्ति तव छाउछ शान्ति भनेझै समाजमा विद्धमान विसङ्गति ,विकृति,अन्याय ,अत्यचार शोषण,दमन जस्ता कुराहरू जरा गाडेर बसेको छ । जसको जरा उखेल्न क्रन्ति नै एक विकल्प हो ।जसले मात्र ती सम्पूर्ण कुराहरूलार्इ खरानी बनाएर देशमा शुसासन कायम गर्न सक्छ । समाजमा भएका नराम्रो कुराहरूको अन्त्य गरार्इ देशमा स्वतन्त्रता र प्रजातन्त्रको वस्यक हुन्छ । जसले राष्ट्रको गरवलार्इ वचार्इ सम्पूर्ण देशवासीहरूलार्इ गरम्वित वनाउन सक्छ भन्ने विचार यस कविताले व्यक्त गर्न खोजेको छ । देशलार्इ सधै स्वस्थ रूपमा बचाइरहनु पर्छ भन्नु नै यस कविताको उद्देश्य हो ।

 


शुक्रवार, 17 सितंबर 2021

गुरुवार, 16 सितंबर 2021

कविताका तत्त्वहरू

 


   कविता निर्माण हुने अवयवहरुलाई नै कविताका तत्वहरु भनिन्छ । कविताको संरचनापूर्ण हुनको लागि निम्न तत्त्वहरूको आवश्यक पर्दछ :-
  शीर्षक-
१.शीर्षकले कुनै पनि समग्र रचनाको प्रतिनिधित्त्व गरेको हुन्छ । 
२.यो संक्षिप्त र प्रतीकात्मक हुन्छ ।
३. कृतिमा वर्णन भएको विषय र शीर्षकको सङ्गति मिल्नुपर्छ ।
४शीर्षकले कविता कस्तो छ भन्ने जानकारी गराउँछ 

 .भा विचार

१.यो कविताको मेरुदण्ड वा केन्द्रीय तत्त्व हो ।  

२. भाव कविताको विषयवस्तुमा आधारित रहन्छ ।

३.भावले शब्दशब्द र समग्र रचनाको अर्थ प्रकट गर्दछ ।

४.सर्जकले मनमा उठेका तरङ्गविचारभावलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्ने क्रममा नै कविता प्रष्फुटित हुन्छ ।

.लयात्मकता

१. लय भनेको कविता उच्चारणका क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो ।

२. कवितामा प्रयोग हुने छन्दअनुप्रास आदि लय निर्माणका घटकहरु हुन् ।

३. पद्य कवितामा पाउश्लोक र छन्दले लय सिर्जना गराउँदछन्भने गध कवितामा वर्ण र शब्दको पुनरावृति  तथा अन्तर अनुप्रासका माध्यमले लय सिर्जना हुन्छ ।

४.कविताको आस्वादमा प्रभावकारिता र रोचकता थप्नु नै लयको मुख्य कार्य हो ।

 कवितालाई अन्य विधाभन्दा भिन्न देखाउने प्रमुख तत्त्व नै लय भएकाले लय कविताको महत्त्वपूर्ण तत्त्व हो ।

भाषा शैली

१.भाषा विचार आदान प्रदानको सशक्त माध्यम हो भने शैली अभिव्यक्तिको एक प्रकार ।

२.गध र पद्य दुवै शैलीमा कवितात्मक भाषा हुन जरुरी छ ।

३.जसमा बिम्बअलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ ।

४.शैली व्यक्ति पिच्छे फरक फरक हुन्छन् । 

सरलआलङ्कारिकनाटकीयवर्णनात्मक आदि शैली कवितामा प्रयुक्त हुन्छन् ।

कथन पद्दती

कथन पद्दती कविताको अभिव्यक्तिको प्रक्रिया हो ।

२.कविले कविता पाठकसम्म पु-याउन कुन रुपमा गरेको छकसको वर्णन गरेको छ भन्ने आधारमा कथन पद्दती निर्धारित हुन्छ ।

३.कवितामा महामी उपयोग गरिएको छ भने कवि प्रढाैक्ति , ऊत्योउनीतिनी आदि सर्वनाम प्रयोग गरिएकोलार्इ कविनिवद्दो प्रढाैक्ति भनिन्छ ।


ऋषिराज बराल र उनको ‘पछवरिया टोल’ कथाको विश्लेषण

 

षिराज बराल र उनको पछवरिया टोल कथा

परिचय,


जन्म - २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिला पोखरी गाविस

शिक्षा – एम्. ए.नेपाली तथा पिएचडी(विद्यावारिधि)

सेवा तथा संलग्नता – त्रिवि सहप्राध्यापक, त्रिकोण ,प्रभात , कलम सम्बोधन, नयाँ संस्कृति,योजना जस्ता पत्रपत्रिकाको सम्पादक ,नेपाल टेलिभिजनका महाप्रबन्धक

पहिलो प्रकाशित कथा –त्माको अन्तरालबाट(२०३२)जागृतसाप्ताहिक पत्रिकामा प्रकाशित

पकाशित कृतिहरू - 'भावना' (उपन्यासः२०३४), 'गाउँको कथा भन्छु है त' (कथा संग्रहः२०४२), 'भग्नावशेष' (कथा संग्रहः २०४४), 'कामरेड हुतराज राजधानी प्रस्थान '(उपन्यासः २०४८), 'बयान' (कथा संग्रहः २०५२) 'वनमान्छेको कथा' (कथा संग्रहः २०५४), 'सैन्यउपहार' (कथा संग्रहः २०५८), 'पैयुँ फुल्न थालेपछि' (कथा संग्रहः २०६३), 'ऋषिराज बरालका प्रतिनिधि कथाहरू' (कथा संग्रहः २०६७) दि

षिराज बरालको कथागत प्रवृति

१.प्रगतिवादी चिन्तन,

२.नेपाली समाजमा रहेका शोषण, दमन र विकृतिको चित्रण,

३.सामाजिक रूपान्तरणको चाहना,

४. माक्सवादी चिन्तनबाट प्रभावित,

५.क्रान्तिकारी भाव चिन्तन,

६.ग्रमिण परिवेशमा केन्द्रित,

७. प्रहरी दमन,सामाजिक र्थिक शोषण आदिका विरूद्धमा आवाज ,

८. द्वन्दात्मक भौतिकवादी चिन्तनलार्इ (विचार) आफ्नो कथामा कलात्मक रूपमा प्रस्तुत

कथाको सन्दर्भ

१.    वनमान्छेको कथा (२०४५) नामक कथा सङ्ग्रहमा संग्रहित,

२.    तरार्इको कुनै गाउँमा मुसहरको टोल छ ।त्यहाँ कोहि पहाडियाहरू,यादव श्रेष्ठ,अन्सारीहरू छन् ।पहिला यो टोलको नाम मुसहर टोल थियो ,पछि पञ्चायत टोल ,राम लक्षमण टोल ,नयाँ टोल जस्ता नामहरू राखियो ।यो मुल टोल भन्दा पश्चिम तिर भएकाले पछबरिया टोलका नामले प्रख्यात  छ ।

कथाका पत्रहरू

१.कैलाशवा-प्रमुख पात्र (नायक)

२.अनवर अख्तर – सहायक पात्र (खल पात्र)

३.शुकदेव , शिवशरण , धनपत , रामबहादुर – सत/अनुकूल पात्र

४.बिन्देश्वर मास्टर ,चधरी मास्टर हबलदार  - असत/प्रतिकूल पात्र

  शिवशरणकी जहान , फेकु ,राम रतन ,सर्इ ,सरेश्वर , सुन्दरवा , भोला चधरी आदि गौण पात्र वा चरित्र हुन् ।

 










कथाको विश्लेषण

  प्रगतिशील धारालार्इ पक्रेर साहित्य सृजना गर्ने ऋषिराज बराल (२००९) को जन्म सिन्धुलीमा भएको हो । उनले वि.सं. २०३२ सालमा त्माको अन्तरालबाट नामक कथा जागृत सप्ताहिक पत्रिकामा प्रकाशित गरि फ्नो साहित्यिक यात्रा सुरू गरेका थिए ।गाउँको कथा भन्छु है त (२०४२) भग्नावशेष (२०४४) बयान (२०५२) दि कथा सङ्ग्रहका साथै उपन्यास ,समालोचना तथा निबन्धहरू सृजना गरेका छन् ।  नेपाली समाजमा वद्धमान शोषण ,दमन ,अत्यचार ,विकृति विसङ्गति जस्ता कुराहरूलार्इ प्रस्तुत गर्दै सामाजिक रूपान्तरणको कामना उनका साहित्यिक विशेषता हुन् । उनको बनमान्छेको कथा (२०५४) नामक कथा सङ्ग्रहमा सङ्ग्रहित पछबरिया टोलकथामा तरार्इको जनजीवनको प्रस्तुतीका साथै सोझा सिधा नागरिकहरूका ँखामा कसिङ्गर फ्याकेर नेताहरूले कसरी राजनीति गर्दछन् भन्ने कुरा यहाँ देखाउन खोजिएको छ ।

  उक्त कथामा स्थानिय ठाउँको नामबाट कथाको शीर्षक चयन गरिएको छ । जम्मा जम्मी सत्तरी असी घर भएका पछबरिया टोलको नाम कसैले पञ्चायत टोल ,कसैले राम लक्षमण टोल र कसैले नयाँ टोल पनि भन्ने गरेका छन् । यो मुख्य टोलको पश्चिम पट्टि भएकाले यो पछबरिया टोलको नामले प्रख्यात छ । यहाका मानिसहरू अशिक्षित र अभाव ग्रस्त छन् । उनिहरूको कसैको जग्गा छैन ,भएको जग्गाको पनि लालपुर्जा छैन । जम्मा पाँच सय एकाउन्न भोट संख्या छ त्यहा । चुनावको अवसर पारेर विभिन्न छापका नेताहरू टोलमा इ झुटो श्वासन दिन्छन् । कैलाशवा , शिवशरण , धनपत जस्ता टोलका व्याक्तिहरूले भोट बहिस्कार गर्ने निर्णय गर्छन् । भोट फ्नो पक्षमा नउने भएपछि प्रसासनको मिलेमतोमा टोलमा गो लगान्छ ।धनजनको नोक्सान हुन्छ । प्रहरिले गाउँको निर्दोश मान्छेलार्इ रोप लगाउँछ । रेडियो मार्फत उग्रवादीले गो लगाएको र मन्त्रीद्वारा राहात वितरण भनि झुटो प्रचार गरिन्छ । अर्को दिन फेरी नेताहरूले नाचगानको योजना गरि भोट माग्छन् । त्यसलार्इ त्यहाका मानिसहरूले बहिष्कार गर्छन् र कथाको कथानक अन्त्य हुन्छ ।

   तरार्इको ग्रमीण भेगमा बस्ने निम्न वर्गीय मुसहर गाउँका जनताहरूको सामाजिक , आर्थिक परिवेशलार्इ प्रस्तुत गर्दै हाम्रो समाजमा प्रजातन्त्र ,राजनैतिक परिवर्तन केवल टोलको नाम केवल विकासको नाममा परिवर्तन गरिन्छ तर कुनै सुधार गरिदैन ,कुनै ठोस कार्य गरिदैन । नेताहरू चुनावको बेलामा मात्र भोटमाग्न जाने र अनेकन आश्वासन दिलाउने र भोट आफ्नो पक्षमा पार्ने काम बाहेक केहि गर्दैनन् । आफ्नो निहित स्वार्थको लागि उनीहरू जुनसुकै हद पनि पार गर्ने गर्छन् । अशिक्षित र निम्नवर्गीय जनताको फाइदा उठाएर उनीहरूलाई दास बनाउने र खरिद बिक्रि गर्ने काम गरि सत्तामा जाने गर्छन् भन्ने कुराको यथार्थ प्रस्तुति यस कथाले देखाउन खोजेको छ । समाजमा असल र खराब दुबै खाले मानिस हुन्छन् । खराब मानिसको छिट्टै पहिचान गर्नु पर्छ । आफ्नो अधिकार र हकको लागि कसैको बहकाउमा नपरि लिनु पर्छ । मानिसमा ढिलो चाँडो चेतना अवस्य उँछ त्यसकारण जनताको हकअधिकार कसैले हनन गर्न पाउदैनन् भन्ने कुरा यहाँ पाइन्छ ।

  मैथिली भाषाको प्रयोग ,बहल पात्रको प्रयोग ,तरार्इंको ग्रामीण परिवेशको चिनारीका साथै निम्न वर्गीय जनता माथि जन्ने सुन्ने व्याक्तिले शोषण ,उच्च वर्गीय भनाउदा समाज सेवाको नाममा कसरी नाङ्गो रूपमा शोषण गर्छन् भन्ने विषयवस्तु यहा उठान गरिएको छ । उच्च र सामन्ती वर्गले निम्न निमुखा वर्गलार्इ कसरी शोषण गर्छ भन्ने यथार्थता को प्रस्तुती नै यस कथाको विशेषता हो ।

 

 

 


नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...