रविवार, 11 अक्टूबर 2020

रीति र गुण

                   काब्य रचनाको पद्धति वा तरिकालार्इ रीति भनिन्छ । रीति र गुणको सम्भन्ध घनिष्ट रहेको हुन्छ । पद रचना गर्ने तरिका रीति हो । जुन तरिका वा पद्धति द्वारा पद रचना हुन्छ । त्यो रचनाले गुणको निर्माण गर्दछ । जसको कारण काव्य सार्थक बन्दछ  ।यसलार्इ वामन , दण्डी जस्ता विद्वानहरूले रीति गुणमा अाश्रित रहने कुरा वताएका छन् । यी दुवैमा जो जसमा अाश्रित रहेपनि काव्यमा यी दुवै एक अर्काका परिपुरक हुन भन्न सकिन्छ । वामनले काव्यको अात्मा रीति हो भनेका छन् ।यी सबै कुराको मध्यमर्गीको रूपमा देखा परेका अानन्दवर्धनले गुण र रीतिलार्इ अभिन्न मान्दा रीतिले गुणको अाश्रयमा रस व्यक्त गर्दछ । भन्ने विर्सनु हुँदैन भन्दै रीति पद रचना , गुण पदपदरचनाको शोभापरक  तत्त्व हो जसले पदरचनामा प्राण भरि पद रचनालार्इ अाकर्षक बनाउँछ भनेका छन् । यसरी हेर्दा रीति र गुणको सम्भन्ध नङ् र मासुको जस्तो रहन्छ । गुण अनुशार रीतिको नामाकरण हुने र रीति अनुशार गुणको उपस्थिति रहन्छ ।रीतिको अा?य नपाइ गुणलार्इ अलगिन पर्ने र गुणको अाश्रय विना रीतिले अाफ्नो संरचना फेला पार्न नसक्ने हुन्छ । त्यसकारण यी दुवै बिच अन्योन्याश्रित सम्भन्ध रहन्छ । रीतिका मुख्य ३ भेद रहन्छन् । जसमा वैदर्भी  रीति माधुर्य गुणसँग ,गाैणी रीति अोज गुण सँग र पञ्चाली रीति प्रसाद गुण सँग सम्भन्धित छन् । वैदर्भी रीतिको अाधार हुने अोजगुण चित्तलार्इ पगाल्ने किसिमको भावले युक्त हुन्छ अर्थात मधुर रचना शृङ्गार करूण र शान्त रस यसका पहिचान हुन । गाैणी रीतिको अाधार हुने अोज गुण चित्तलार्इ उत्साहा द्वारा विस्तारित पार्ने किसिमको तेजिलो हुन्छ । यसमा लामो समास युक्त कठोर पदरचना पाइन्छ । वीर , विभत्स र राैद्र रस यसमा निर्माण हुन्छ । त्यसै गरी पञ्चाली रीतिको अाधार हुने प्रसाद गुण  सहजै चित्तमा व्याप्त हुन सक्छ। यो सवै रीति र रसमा स्वीकार्य हुन्छ ।यसमा सहजै अर्थवोधहुने सरल पद रचनाको प्रयोग रहेको हुन्छ । 

           यसरी रीति गुणको अाश्रयमा निर्माण भइ काव्य साैन्दर्य निर्माण भइ काव्य साैन्दर्य निर्माणमामहत्वपूर्ण भुमिका निर्भाह गर्दछ । गुणलार्इ अात्म र रीतिलनर्इ शरीर सँग तुलना गर्न सकिन्छ । गुणको कारण रस निर्माण हुन्छ भने रीतिले गुण र रस दुवैलार्इ व्यक्त हुन सहायता प्रदान गर्दछ । यो बाहिरी वर्ण वा पदरचना सँग सम्भन्धित भएको हुनाले रस र गुण अनुकुल कोमल कठोर र स्पष्टार्थक सँग सम्वन्धित रहन्छ ।

The method or method of composing poetry is called ritual. Ritual and virtue are closely related. The method of composing verses is ritual. The method by which the verse is composed. That creation creates virtue. Due to which poetry becomes meaningful. Scholars like Vaman and Dandi have said that it depends on ritual qualities. In poetry, it can be said that both of them are complementary to each other, even if they are dependent on them. Vamana says that the soul of poetry is ritual. Anandavardhana, who appears as the mediator of all these things, considers virtue and ritual as integral, and ritual expresses juice in the shelter of virtue. It should not be forgotten that ritual verse composition is an ornamental element of quality verse composition which makes the composition of verses attractive throughout the soul. Seen in this way, the relationship between rituals and virtues is like that of nails and meat. Rites are named according to the virtues and virtues are present according to the virtues. The virtues are separated without the origin of the virtues and without the shelter of the virtues the ritual cannot find its structure. Therefore, there is an interdependent relationship between the two. There are three main types of rituals. In which Vaidarbhi rituals are associated with sweetness, singing rituals are associated with Oz virtues and Panchali rituals are associated with Prasad virtues. Ojaguna, which is the basis of Vaidarbhi ritual, has a kind of melting mood, i.e. sweet composition, adornment, compassion and calm juice are its hallmarks. The Oz quality, which is the basis of the singing style, is kind of quick to expand the Chitta by enthusiasm. It has a hard structure with a long compound. Vir, Vibhatsa and Raidra Rasa are formed in it In the same way, the offerings based on the Panchali ritual can easily permeate the mind. It is acceptable in all rituals and juices. It uses simple verse compositions that are easily understood.


           In this way, the poetic beauty plays an important role in the construction of the poetic beauty. The qualities can be compared to the soul and the ritual body. Juice is formed because of virtue, while ritual helps to express both virtue and juice. Since it is related to the external character or structure, it is related to the soft, hard and clear meaning that suits the juice and quality.

शनिवार, 10 अक्टूबर 2020

रीति र शैली

               शैली शब्दको निर्माण शील धातुबाट भएको हो । यसको अर्थ स्वभाव भन्ने हुन्छ । जसले व्यक्ति स्वभावलार्इ जनाउँछ ।यो भाव अभिव्याक्तिको एउटा तरिका वा ढंग भन्ने नै हुन्छ । अङ्गग्रेजीको स्टाइल वाट नेपालीमा शैलीका रूपमा भित्रिएको यो शब्द पूर्वीय साहित्यको रीतिसँग मिल्दो देखिन्छ । अझ रीतिले काव्यको वरिपरि रहेर मात्र व्यवाहार गर्दछ भन्ने शैलीले लोक व्यवाहार ताैर तरिकालनर्इ पनि अोगट्न थालेको छ । रीति सागुरीदै र शैली झ्याङ्गिदै गइरहेको छ ।

        रीति र शैली दुवै पर्यायका रूपमा देखिन्छ । यी दुवैले अभिव्यक्ति गर्ने भएकाले यसमा समानता देखिनु स्वभाविक पनि हो । यसलार्इ विस्तृत रूपमा केलाउँदा भने शैलीले व्यक्तिमा महत्त्व दिन्छ भने रीतिले विषयमा महत्त्व दिएको हुन्छ ।त्यसकारण रीतिलार्इ सिद्धान्तका रूपमा अध्यायन गरी निश्चित प्रकारमा छुट्याउँन र केलाउँन सकिन्छ भनेशैलीका भेदहरू केलाउँनअफ्ठ्यारो छ । शैली व्यक्ति सापेच्छ हुने हुनाले रीतिमा जस्तो पूर्व योजना हुदैन । शैलीले रीतिको तुलनामा कवि चमत्कार र नविनता ल्याउँछ। यसकलागि अध्यायन र अभ्यास भन्दापनि कवि प्रतिभा बढि महत्त्व हुन्छ । परिष्कृत नभइ स्वच्छन्दता र शास्त्र नभइ कला शैलीको विशेषता हो । 

         शैली र रीतिलार्इ विस्तृत रूपमा केलाउँदा शैली व्यक्तिसँग र रीति पद्धतिसँग सम्वन्धित देखिन्छन् । जव व्यक्तिले रीतिलार्इ अपनाएर अाफ्ना सिर्जनाहरू अभिव्यक्त गर्दछ त्यसमा उसको व्यक्तिगत गुणहरू पनि झल्किन्छन ती व्यक्तिगत गुणहरू झ्याङ्गिदै पछि त्यसले नै  रीतिको रूप लिन पुग्छ । यसरी रीति परम्परा हो र त्यो परम्परालार्इ शैलीले गति निर्धारण गर्दछ र परिवर्तन र नविनता पनि दिने गर्दछ । 

The word style is derived from metal. It means nature. Which refers to the nature of the person. This expression is a way or manner of expression. This word, which was introduced in Nepali as a style, seems to be similar to the style of Eastern literature. Moreover, the style of behaving only by being around poetry has begun to take shape in folklore. The style is changing and the style is changing.


        Both style and style are seen as synonymous. Since both of them express themselves, it is natural to see similarities in it. When it is examined in detail, the style gives importance to the person and the ritual gives importance to the subject. Since the style is relative to the person, there is no pre-planning like in the ritual. Poetry brings miracles and novelty to the genre. For this, poet talent is more important than study and practice. It is characteristic of art style without sophistication and without scripture.


         A closer look at the style and mannerisms reveals that the style is related to the person and the method. When a person expresses his creations by adopting rituals, his personal qualities are also reflected in them. Thus ritual is tradition and that tradition is determined by style and also gives change and innovation.


रीति सिद्धान्त

रीङ् धातुमा क्रृन प्रत्यय लागेर रीति शब्दको निर्माण भएको हो यसको सामान्य  अर्थ गमन प्रणाली भन्ने हुन्छ । काव्य शास्त्रमा यसलाई रीति भनिन्छ ।साहित्य वा काव्य सिर्जना गर्ने विशिष्ट प्रकारको पद्दतिलाईरीति भनिन्छ । यो एक प्रकारको ढंग वा तरिका हो ।जसमा व्यक्ति (स्रष्टा) को व्यक्तिगत तरिका वा ढंग भन्ने वुझिन्छ । स्रष्टाका भाव अभिव्यक्तिका लागि भाषाले एउटा गति र मार्ग लिएको हुन्छ ।त्यसलाई रीति भनिन्छ ।यो पद रचनाको एउटा विधि हो । यसको व्याख्या सर्वप्रथम वामनले गरेका हुन । उनले रीतिलाई काव्यको अात्मसँग तुलना गरेका छन् । भरतले नाट्य शास्त्रमा रीतिको उल्लेख गरेका छन् । उनले त्यहाँ रीतिलाई गुण भनेका छन् । त्यसै गरी भोज , दण्डी , कुन्तकले पनि रीति सम्भन्धी चर्चा गरेको पाइन्छ । वामनले रीति सम्भन्धी चर्चा गर्दै शब्द गुण र अर्थ गुण गरी दुई वर्गमा विभाजन गरेका छन् । वामनका अनुशार रीति पद रचनाको त्यो प्रकार हो जो दोषहरूवाट मुक्त होस् एवम् गुणहरू वाट अनिवार्य रूपमा र अलङ्कार वाट साधारण रूपमा परिमर्जित होस् । रीतिका वारेमा वामनका विचारमा ः-

  • रीति विशिष्ट पदरचना युक्त काव्यको अात्म हो जुन शब्द र अर्थगत चमत्कार युक्त पदरचना हो । 
  • रीति गुणात्मक हुन्छ । 
  • रीति विशिष्ट काव्य शोभालाई बढाउँने तत्त्व अलङ्कार हो । 
रीतिलाई शैली पनि भनिन्छ । तर सामान्य रूपमा हेर्दा रीति र शैली एउटै भएतापनि विशिष्ट रूपमा हेर्दा रीति शैली भन्दा व्यापक हुन्छ । शैलीले स्रष्टाको व्यक्तिगत ढंगलाई संकेत गर्दछ जुन स्रष्टा पिच्छे फरकहुन्छ भने रीतिले व्यक्तिगत भन्दा अलि फराकिलो भइ विषयगत ढंग वा ताैर तरिकालाई समेटेको हुन्छ । रीतिमा निम्न कुराहरू रहेका हुन्छन् ः-

  • विषय सापेच्छता हुन्छ ।
  • पूर्व निर्धारित रहन्छ । 
  • अध्ययन र अभ्यासको अावस्यकता पर्दछ । 
  • शाश्वत तत्त्वलाई सङ्ग्रह गरेर प्रस्तुत गरिन्छ । 
  • शास्त्र ,विज्ञान एवम् लोक व्यवहार सँग सम्भन्ध राख्दछ ।

The word rithi is formed by adding the suffix krun to the ring metal. Its general meaning is movement system. In poetry, it is called ritual. A specific type of method of creating literature or poetry is called ritual. It is a kind of method or method. In which the personal method or method of the person (creator) is understood. Language has a speed and a way to express the feelings of the creator. It is called ritual. It is a method of composing verses. It was first explained by Vamana. He has compared ritual to the spirit of poetry. Bharat has mentioned rituals in Natya Shastra. He called the ritual a virtue. Similarly, Bhoj, Dandi, Kuntak are also found to have discussed the rituals. Vaman discusses rituals and divides them into two categories, namely word quality and meaning quality. According to Vamana, ritual is a form of verse composition which is free from defects and essentially modified by virtues and simple by rhetoric. Vaman's thoughts on Ritika: -

Ritual is the essence of a poem with a specific composition, which is a composition with words and semantic miracles.
The ritual is qualitative.
Rhetoric is the element that enhances the specific poetic beauty.
Rite is also called style. But in general, ritual and style are the same, but in general, ritual is wider than style. Style refers to the individual style of the creator which varies from creator to style, while the style is slightly wider than the individual and includes thematic style or style. The procedure consists of the following:
The subject is relativity.
Remains predetermined.
Study and practice are required.
The eternal element is collected and presented.
Relates to science, science and folklore.

शुक्रवार, 9 अक्टूबर 2020

स्वभावोक्ति

     वाक्यमा प्रयोग हुने भनाइ वा उक्ति स्वभावोक्ति हो । सामान्य वोलचालको भाषा जुन स्वभाविक रूपमा प्रकट हुन्छ त्यसलार्इ नै स्वभावोक्ति भनिन्छ । वक्रोक्ति भन्दा यसमा भाषिक सरलता र सहजता हुन्छ । यसमा सहज र स्वभाविक भाषा शैलीको प्रयोग भइ साहित्य निर्माण भएको हुन्छ । यसमा पनि कुनै न कुनै रसको निर्माण गर्ने  क्षमता हुन्छ ।स्वैर कल्पना र घुमाउरो शैली भन्दा यसले यथार्थता र सहज अभिव्याक्तिको अपेच्छा राख्दछ । यसको विषय स्वभाविक हुन्छ भने शैली सामान्य रहन्छ । केहि विद्वानहरूले स्वभावोक्तिमा साहित्यको निर्माण हुनुपर्छ भन्ने खालका मतहरू राखेको पाइन्छ । उदारणको लागि प्लेटोले जीवनको हुवहु वर्णनलार्इ नै साहित्य ठान्दछन्। साहित्यमा कल्पना नभरी यथार्थ रूपमा प्रकट भएको जीवनको वास्तविक प्रस्तुति जसले गर्दा साहित्य मार्फत सत्यको अन्वेषण गर्न सकियोस भन्ने ठान्दछन । प्लेटोको विचारलार्इ खरस्तुले समर्थन गर्न सक्दैनन् ।यथार्थकुरालार्इ कल्पनाले पुन सिर्जना गरि साहित्य निर्माण गर्नु पर्दछ भनेका छन् । त्यसै गरी भामहले साहित्यमा गणना नै गरेका छैनन् । यिनले वक्रोक्ति नभएको वर्णनलार्इ वार्ता भनेका छन् । दण्डीले स्वभावोक्तिमा स्वतह अाकर्षित गर्न सक्ने गुण हुन्छ भन्दै साहित्यमा यसलार्इ स्वीकारेका छन् । त्यसै गरी यिनले त स्वभावोक्तिमा अलङ्कार पनि हुने कुरा वताएका छन् । कुन्तकले भने स्वभावोक्तिमा अलङ्कार हुने कुराको विरोध गर्दै यो स्वभाविक उक्तिमा अलङ्कार नहुने तर्क व्यक्त गर्दछन् । 

    साहित्यमा स्वभाविक अभिव्यक्ति नै स्वभावोक्ति हो । जसमा अभिधा शक्तिको प्रयोग भएको हुन्छ । यो सरल र सहज खालको हुन्छ । जसलार्इ केहि विद्वानले साहित्यमा स्वीकारेका छन् भने केहिले चाहि साहित्य भन्दा परको कुरा ठानेका छन् । 



A statement or utterance used in a sentence is a natural expression. The language of ordinary speech that appears naturally is called eloquence. It has linguistic simplicity and ease rather than irony. Literature is created using natural and easy language style. It also has the ability to create some kind of juice. The theme is natural and the style is simple. Some scholars are of the opinion that literature should be built on nature. For example, Plato considers literature to be the exact description of life. They think that literature is a real representation of real life that is not imaginary but real, so that truth can be explored through literature. Kharatu cannot support Plato's ideas. He has said that literature should be created by imagining reality. Similarly, Bhamah has not counted in literature. He described the talks as "non-negotiable". Dandi has accepted this in literature saying that it has the quality of being able to attract self-expression in nature. In the same way, he has said that it is also an ornament in nature. Kuntak, on the other hand, opposes the use of rhetoric in nature and argues that it should not be rhetorical in natural speech.


    In literature, natural expression is natural expression. In which the title power is used. It is simple and easy. Some scholars have accepted it in literature while others have considered it as something beyond literature.

गुरुवार, 8 अक्टूबर 2020

वक्रोक्तिका भेदहरू

 काव्यलार्इ सुन्दर र अाह्रलादकारी बनाउँन प्रयोग हुने घुमाउरो तथा चातुर्य पूर्ण जुन कथन हुन्छ त्यो नै वक्रक्ति हो । यसका संथापक कुन्तकले वक्रोक्तिका विभिन्न भेदहरूको उल्लेख गरेतापनि मुख्य भेद भने ६ वटा मात्र पाइन्छन । भषाको अाधारभूत तह देखि फलप्राप्तिको उपल्लो एकाइ सम्मलार्इ यसको अाधार बनाइन्छ । यसरी हेर्दा वक्रोक्तिका भेदहरू निम्न अनुशार छन्ः-

  • वर्ण विन्यास वक्रता
  • पद पूर्वार्ध -वक्रता 
  • पद परार्ध वक्रता 
  • वाक्य वक्रता 
  • प्रकरण वक्रता 
  • प्रबन्ध वक्रता

  • वर्ण विन्यास वक्रता
कुनै काव्य कृतिमा एक ,दुर्इ वा दुर्इ भन्दा बढि वर्णहरूको पुनरावेति द्वारा जुन साैन्दर्य सृजना हुन्छ  त्यसलनर्इ वर्णविन्यास वक्रता भनिन्छ । काव्यमा यसप्रकारको वक्रता यमक ,अनुप्रास अलङ्करको निकट रहन्छ । कुन्तकले वर्णविन्यास वक्रतामा वर्णको अावृति हुँदा श्रुति माधुर्य हुनुपर्ने जसका लागि सुन्दर वर्णको प्रयोग गरी वक्रता विचित्र किसिमको हुनुपर्ने विचार व्यक्त गर्दै रसानुकुल र अाैचित्य पूर्ण हुनु नै वक्रताको साैन्दर्य हो भनेका छन् ।जस्तैः-

हल्ली खल्ली छ कल्लिको चरणमा घन्कन्छ गल्लि पनि 
चिल्ली विल्ली उठाउँदो छ म यसैमा रल्लिन्छु सिल्लि पनि                                   चक्रपाणी चालिसे 

  • पद पूर्वार्ध -वक्रता
वाक्यमा वर्णहरूको संयोग द्वारा पदकोनिर्माण हुन्छ जसमा पदहरूको रखाइ क्रमले वाक्य निर्धारण हुन्छ । पदको पूर्वार्ध र उत्तरार्ध भाग हुन्छ । जसमा धातु (प्रकृति ) मूल शब्दमा देखापर्ने वक्रता पद पूर्वार्ध वक्रता हो । यसलार्इ प्रकृति वक्रता पनि भनिन्छ । यस्तो वक्रता व्याकरण सम्बन्धी प्रयोगमा चमात्कार हुन्छ । यसमा रूढि द्वारा कुनै शब्दमा वैचित्र्यको समावेश हुनु तथा यस्तै कुनै शब्दको प्रयोगको चमात्कारपूर्ण प्रयोग हुनु पद पूर्वध्द वक्रता हो । पद पूर्वाध्दका पनि उपभेदहरू छुट्याइएको पाइन्छ । जस्तैः- 

  • रूढि वैचित्र्य वक्रता 
  • पर्याय वक्रता 
  • उपचार वक्रता 
  • विशेषण वक्रता 
  • संवृत्ति वक्रता 
  • कृति वक्रता 
  • लिङ्ग वैचित्र्य वक्रता 
  • क्रिया वक्रता 
  • वृत्ति वक्रताअादि 
यसरी पदको अघिल्लो भाले काव्यलार्इ जुन साैन्दर्य प्रदान गर्ने क्षमता राख्दछ त्यसलार्इ नै पद पूर्वार्ध वक्रता भनिन्छ ।

  • पद परार्ध वक्रता 
जुन पदको पछिल्लो खण्डमा प्रयोग हुने अाधारमा सिर्जना हुन पुग्ने वक्रता तथा पदको उत्तरार्ध खण्डमा रहेको वक्रतालार्इ पद परार्ध वक्रता भनिन्छ ।शब्दमा चयन गरिने प्रत्यको कारण काव्यमा चमत्कार उत्पन्न हुन्छ त्यसलार्इ पद परार्ध वक्रता भनिन्छ । यसलार्इ पनि विभिन्न उपभेदहरूमा छुट्याइएको पाइन्छ । जस्तै ः-

  • काल वैचित्र्य वक्रता
  • वचन वक्रता
  • पुरूष वक्रता
  • कारक वक्रता
  • उपग्रह वक्रता
  • प्रत्यय वक्रता 
  • उपसर्ग वक्रता (निपात वक्रता)

  • वाक्य वक्रता
 वाक्यमा सिङ्गो वाक्यले प्रकट गर्ने वक्रता नै वाक्य वक्रता हो । वर्णनिय वस्तुको प्रस्तुतिमा उत्पन्न हुने वाक्यका तहवाट नै प्रकट हुने वक्रतालार्इ वाक्यवक्रता भनिन्छ । यसमा वाक्यका तहवाट अर्थमा चमत्कारी पन अाउँछ । यसलार्इ वस्तु वकृता ,वाच्य वकृता तथा अर्थ वक्रता पनि भन्ने गरिन्छ । वाच्य वक्रतालार्इ पनि दुर्इ भेदमा विभाजन गरिएको पाइन्छ । जसमा सहजा र अाहार्य रहेका छन् । सहजा अन्तर्गत स्वभाव प्रधान र रस प्रधान रहन्छ । त्यसमा पनि स्वभाव प्रधानमा सामान्य र सोभामय गरि छुट्याइएको पाइन्छ ।  

  • प्रकरण वक्रता
वाक्यहरूको समूह तथा अनच्छेदवाट उत्पन्न हुने वक्रतालार्इ प्रकरण वक्रता भनिन्छ । काव्य वा कथनका सिलसिलामा वेला वेला वा ठाउँ ठाउँमा एउटा प्रसङ्ग टुङ्गिएर वा नटुङ्गिकन अर्को प्रसङ्ग वा क्रमको चर्चा गर्दा क्षण वाट उत्पन्न  हुने वक्रतालार्इ प्रकरण व्रता भन्न सकिन्छ । स्रष्टाको वस्तु वर्णन वा विषय वर्णनको एउटा घटना वा प्रसङ्गको कथन नै प्रकरण वक्रता हुन अाउँछ । एेतिहासिक वा पाैराणिक वृत्तिवृत्तमा अाधारित खण्डकाव्य ,माहाकाव्य नाटक तथा कृतिमा स्रष्टाद्वारा प्रयुक्त माैलीक प्रसङ्ग वा घटना प्रकरण वक्रता हो । कुन्तकले यसका ८ प्रकारका वक्रता देखाएका छन् । जसवाट प्रकरण वक्रताको अाविर्भाव हुन्छ । 
  • भावपूर्ण स्थितिको उद्भावना द्वारा (सहयोगिको) 
  • उत्पाद्य लावन्य द्वारा(पाैराणिक कथामा कवि कल्पनाको स्पर्स दिएर )
  • प्रधान कार्यसँग सम्भन्ध प्रकरणहरूको उपकार्य -उपकारक भाव 
  • रोचक प्रसङ्गको स विस्तार वर्णन द्वारा 
  • प्रधान उद्देश्य सिद्धिका निम्ति गाैण प्रसङ्गहरूको उद्भावना द्वारा 
  • गर्भाङ्कनको योजना द्वारा (अङ्क भित्र अर्को गुप्त योजना ) 
  • पूर्वापर अन्विति क्रमद्वारा (मुख, प्रतिमुख , विमर्श , गर्भ )
  • विशिष्ट प्रकारको अतिरञ्जना द्वारा (विशिष्ट प्रकारको जल क्रिडा , चन्द्रोदय ,सूर्यअस्त ,वागवगैचा )
दुर्वासाद्वारा (क्रृषि) शाकुन्तलालार्इ श्राप दिने प्रसङ्ग(अभिज्ञान साकुन्तलम् लाटक) प्रह्रलादको ठाउँमा क्रोध , अावेगमा चढ्नु (प्रह्रलाद नाटक -सम) अादि प्रकरण वक्रता हुन् ।

      निष्कर्षमा भन्नुपर्दा अाख्यानात्मक कृतिका कथावस्तु प्रस्तुत गर्ने रोचक ,व्याङ्यात्मक ,रसात्मक तथा मनोरञ्जनात्मक तरिका वा पद्दति जसले कथानकलार्इ झनै चमत्कारी वनाउँछ त्यो नै प्रकरण वक्रता हो । 

  • प्रबन्ध वक्रता
प्रवन्ध वक्रता भन्नाले सिङ्गो कृतिको समग्र साैन्दर्यमा भनाै त्यसको मूल निष्कर्ष ,अभिप्राय लक्ष्य र उद्देश्यलार्इ जनाउँने गर्दछ । प्रकरण वक्रतामा एउटा प्रसङ्गलार्इ समेटिन्छ भने यसमा प्रकरणहरूको  संगम रहेको हुन्छ । महाकाव्य ,खण्डकाव्य ,उपन्यास ,नाटक अादि रचनाहरूको प्रभावात्मक उत्पन्न वक्रता नै प्रवन्ध वक्रता हो । कवि प्रतिभा अनन्त हुने हुनाले यस प्रकारका वक्रता पनि अनन्त हुन्छन् । मुख्य रूपमा यसका भेदलार्इ ६ प्रकारमा छुट्याइएको छ । 
  • मूलरस / अङ्गिरसको परिर्वतन वक्रता ः-इतिहास र पुराणमा प्रसिद्ध मूल काव्यमा उपयोग गरिएको रसलार्इ उपेच्छा गर्दै स्रष्टाले अर्कै रसको प्रयोग गर्दा परम्परित प्रसिद्ध मूल कथा नै परिवर्तन हुन पुग्दछ । 
  • समापन वक्रता (कथाको उपसंहार ) ः-मूल पात्रको चरमोत्कर्ष प्राप्त गरेपछि अनावस्यक सामान्य वर्णन नगरी कथा समापन गरिने अवस्था 
  • कथा विच्छेद अवस्था ः-कथाको चरमोत्कर्षमा पुग्दाको क्षणमा सहज विकासलार्इ अाधा पार्दै कथाको मध्यम भागमा नै मुख्य कार्य  सिद्धि गर्ने प्रक्रिया 
  • अनुवङ्गिक फल वक्रता ः-जुन प्रवन्ध काव्यमा निश्चित फल प्राप्तिका निम्ति सक्रिय गर्दै नायकलार्इ अगाडि वडाएको क्षेणमा नायकले केवल एउटा मात्र नभएर अनेकाै फल प्राप्त गर्दछ ।त्यस अवस्थामालार्इ अनुवङ्गिक फल वक्रता भएको मानिन्छ ।
  • नामकरण वक्रता ः-कृतिको कथावस्तुलार्इ ध्यानमा राखेरसोहि अनुरूप प्रतिनिधित्व हुने र चमत्कारीता झल्किने गरि कुशलता पूर्वक कृतिको नामाकरण चयन गर्ने पद्धतिलार्इ नामाकरण वक्रता भनिन्छ । 
तुल्यकथा वक्रता ः- स्रष्टाले कुनै एेतिहासिक / पाैराणिक एउटा मूल कथामा निर्भर भइ एक भन्दा बढि अनेक प्रकारका कथाहरूको रचना गर्नु तुल्य कथा वक्रता हुन्छ ।(मूख्य कथा वरावरकै अन्य कथा रचना गर्ने विधि )











्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र

शुक्रवार, 2 अक्टूबर 2020

वक्रोक्ति सिद्दान्त

वक्र र उक्ति शब्द मिलेर वक्रोक्ति शब्दको निर्माण भएको हो । जसमा वक्रोक्तिको अर्थ टेडेमेडेभन्ने हुन्छ र उक्तिको अर्थ भनाइ हुन्छ । अर्थात टेडेमेडे वा वाङ्गो प्रकारको भनार्इ भन्ने अर्थ हुन अाउछ । काव्यमा घुमाउरो तरिकावाट  प्रस्तुतगरिने अविव्याक्तिलार्इ वक्रोक्ति भनिन्छ । वक्रोक्तिको प्रयोग भामहले अलङ्कारको चर्चामा अतिसयोक्ति अलङ्कारलार्इ वक्रोक्तिलार्इ लिएका हुन । वेदमा वक्रोक्तिको अर्थ कुटिलको रूपमा प्रयोग गरिएको छ । भामहले पनि अलाैकिक उक्ति वा विशिष्ट कथनलार्इ नै वक्रोक्तिका रूपमा लिएका थिए । वक्रोक्तिको स्थापना कुन्तकले गरेका हुन । उनले वक्रोक्ति काव्य जिवितम् भन्ने ग्रन्थवाट काव्यमा वक्रोक्तिको महत्त्व दर्शाएका हुन् । यस भनार्इले वक्रोक्तिले काव्यलार्इ जिवित वनाउँछ  भन्ने हुन्छ । सामान्य रूपमा भनिएका भनार्इ भन्दा विशिष्ट प्रकारको भनार्इ नै वक्रोक्ति हो । कुन्तकका अनुशार लोक प्रचलित कथन भन्दा भिन्न कुनै वैचित्र्य पूर्ण कथन हो । वक्रोक्ति चिन्तन परम्परा स्थापना गर्न भूमिका खेल्ने केहि अाचर्यहरूको मतलार्इ यसरी हेर्न सकिन्छः-

१.भामह 

यिनले काव्यलङ्कारमा सामान्य कथनलार्इ वार्ता मानेर अलाैकिक कथन वा काव्य वक्रतालार्इ महत्त्व दिन्छन । उनका विचारमा अलङ्कारको प्रार्दुरभाव वक्रोक्तिवाट नै हुन्छ । काव्य भनेको विशिष्ट कथन हो र त्यो कथन अतिशयोक्तिवाट प्राप्त हुन्छ भन्दै अतिशयोक्तिलार्इ वक्रोक्ति ठान्दछन् । उनले काव्यको अात्मा अलङ्कार र अलङ्कारको विज वक्रोक्ति ठानेका छन् । वक्रोक्ति विना वर्णनको विशिष्ट रूप फेला नपर्ने र अलङ्कारले नसजिए सम्म काव्य जीवित  नहुने भएकाले भामहले वक्रोक्तिलार्इ काव्यमा महत्त्व दिएका छन् तर यिनी वक्रोक्तिवादी भने होइनन् ।

२.वाण भट्ट

अाफ्नो कव्य कृतिमा वक्रोक्तिको प्रयोग गर्ने पहिलो साहित्यकार वाण भट्ट हुन । उनको वक्रोक्तिलार्इ चातुर्य पूर्ण उक्तिका अर्थका रूपमा लिएका छन् । यिनले कतै परिहाँस पूर्ण कथन र कतै चातुर्य पूर्ण उक्तिकारूपमा प्रयोग गरेक छन् ।

३.दण्डी 

दण्डीले काव्य र जगतलार्इ नै स्वभावोक्ति र वक्रोक्ति गरि दुर्इ भागमा विभाजन गरे जसमा सामान्य किसिमको उक्तिलार्इ स्वभावोक्ति मान्दै यसलार्इ चिरिच्याट्ट पारेर विशिष्ट प्रयोग गर्नुलार्इ वक्रोक्ति भनेका छन् । यसरी उनले स्वभावोक्तिको क्षेत्र शास्त्र र वक्रोक्तिको क्षेत्र काव्य ठानेका छन् । वक्रोक्तिमा श्लेषले साैन्दर्यको पूष्टि गर्दछ । भनेर भामहका भन्दा निश्चित अलङ्कारमा ल्याएर वक्रोक्तिलार्इ काव्यको एक भेद मानेका छन् । 

४.वामन

यिनी रीतिवादी हुन । यिनले सादृष्य लक्षणा वक्रोक्ति भन्दै लाक्षणिक उक्तिपूर्ण एक विशिष्ट अलङ्कारलार्इ वक्रोक्तिमा लिएका छन् । 

५.रूद्रट

रूद्रटले वक्रोक्तिलार्इ काव्य अलङ्कार तथा शब्द शाैन्दर्य कारक मात्रै वक्रोक्ति ठान्दै वक्रोक्तिलार्इ काकु वक्रोक्ति र श्लेष वक्रोक्ति गरी दुर्इ भागमा विभाजन गरेका छन्। जसमा उच्चारण र स्वरको उतारचडाव वाट निकालिने अभिव्यक्ति भङ्गिमा काकु वक्रोक्ति र अन्यमा श्लेष वक्रोक्ति रहनेकुरा वताउँछन् । 

६.अानन्दवर्धन

यिनले वक्रोक्ति र अतिसयोक्ति समान कुरा ठान्दै यसको प्रयोग प्रतिभा वान स्रष्टाले मात्र गर्न सक्ने अाैल्याउदै यसको प्रयोग अाैचित्यपूर्ण र प्रसङ्ग अनुकुल हुनुपर्छ  भन्ने ठान्दछन् ।

७.अभिनय गुप्त

शब्द र अर्थ वक्रताको तात्पर्य लोकोत्तर रूपमा रहनु पर्छ भन्ने अभिनव गुप्तले लाेकोत्तरको वास्तविक अर्थ अतिख्याता हो भन्दै यसलार्इ सामान्य अलङ्कार मानेका छन् ।

८.भोजराज

यिनले वाङ्मयलार्इ ३ वर्गमा विभाजन गरि सोहि अनुरूप काव्य साैन्दर्य ३ किसिमको हुने उल्लेख गरेका छन् । यिनका अनुशार वाङ्मय स्वभावोक्ति वक्रोक्ति र रसोक्ति हुने देखिन्छ । यसको व्याख्या गर्दै गुण प्रधानता रहनेलार्इ वक्रोक्ति ,उपादि अलङ्कारको प्रधानता रहनेलार्इ वक्रोक्ति र विभाव ,अनुभाव र सञ्चारी भावको योगवाट रसको प्रकट हुनु रसोक्ति ठानेका छन् । यिनले पनि अलङ्कारको प्रधानतामा वक्रोक्ति जिवित रहने देखाएका छन् । 

९.कुन्तक 

कुन्तक वक्रोक्ति वादका संस्थापक हुन । यिनले सवैको विचारलार्इ समेट्ने प्रयास गरेका छन् । वक्रोक्ति काव्य जिवितम् भनेर काव्यमा वक्रोक्तिको भूमिका महत्त्वपूर्ण ठानेका छन् । 
         यसरी विभिन्न अाचार्यहरूले वक्रोक्तिका वारेमा अाफ्नो मत प्रकट गरेका छन् । जसमा कुन्तकले सबै प्रतिनिधित्त्व गरेका छन् । उनले वक्रव्यापारले युक्त काव्यको ज्ञातालार्इ अानन्द दिने रचनामा व्यवस्थित शब्द र अर्थ नै काव्य हो भन्दै कुन्तकले वक्रोक्ति नभइ ाव्य हुदै हुदैन भन्ने सिद्दान्तको स्थापना गरेका हुन् । यी वक्रोक्ति सम्भन्धी धारणालार्इ यसरी हेर्न सकिन्छः-

  • लोक व्यवहारमा प्रसिद्द उक्ति भन्दा वैचित्र्य पूर्ण कथन जसले चमत्कार पूर्ण अर्थ जनाउँछ ।
  • घुमाउरो भनार्इ 
  • वक्रक्ति काव्यको अात्मा 
  • भावनात्मक र अभावात्मक दुवै किसिमको हुने 
  • विचित्रको उक्तिमा वक्रोक्ति जीवित रहने अनि वक्रोक्तिमा काव्य जीवित रहने 
  • वैदग्ध भङ्गि भगिति नै वकोक्ति (कवि काव्यको कुशलता )
  • कवि कर्म काैशलको चमत्कार युक्त वर्णन नै वक्राेक्ति 


गुरुवार, 1 अक्टूबर 2020

ध्वनिका भेदहरू

 ध्वनि शब्दको सुरूवात व्याकरणको स्फोटबाट भएको हो  भनिन्छ । साहित्यमा ध्वनिलार्इ प्रवेश गराउने अाचार्य अानन्दवर्धन हुन । ध्वन्यलोक नामक उनको ग्रन्थमा ध्वि सम्वन्धी मान्यता र सिद्दान्तको व्याख्या गरिएको छ । ध्वनिलार्इ काव्यमा स्थापित गर्ने क्रममा ध्वनि काव्यको अनिवार्य तत्त्व अात्मको रूपमा हेरिएको छ । यसलार्इ विभिन्न भेद उपभेदहरूमा वर्गीकरण गरेर अाचार्यहरूले अध्यायन गरेको पाइन्छ ।समग्र मान्यताहरूलार्इ एकै ठाउँमा राखेर हेर्दा ध्वनिलार्इ तिन वर्गमा विभाजन गरेो पाइन्छ । ती हुनः- 

क)रस ध्वनि 

ख) वस्तु ध्वनि 

ग) अलङ्कार ध्वनि 

                  क)रस ध्वनि 

          जुन वाक्यमा वाच्यर्थ र व्याङ्ग्यार्थ एकै साथ प्रकट हुन्छ र रसको अभिव्याक्ति प्रधान रहन्छ ,त्यसलार्इ रस ध्वनि भनिन्छ । अर्थात जुन व्याङ्ग्यार्थ विभाव ,अनुभाव र व्यविचारीभावको संयोगमा अाधारित हुन्छ त्यस्तो ध्वनि रस ध्वनि हो । जसलार्इ पाठकलेसजिलै वुझ्ने हैसियत राख्दछ।यसमा काव्यकृतिको रचनामा वर्ण विषयमा भन्दा अभिव्यक्त रसको प्रधानता रहन्छ ।जस्तै ः-
      यो एकान्त विहार,यो चहकिलो शृङ्गार ,यो चाँदनी  
      यो शैया फूलको लताभवन यो ,यस्ती प्रिया कमिनी 
       यो माैका ,वय यो ,महा प्रणय यो स्वर्गीय यो काैतुक 
     यो सम्पूर्ण कुरा चटक्क भुल्ने धिक्कार नालायक           लेखनाथ पाैडेल (सूक्ति सिन्धु)
         यी पंतिहरूमा विप्रलम्भ शृङ्गार रस भएको छर्लङ्ग देखिन्छ । वाच्यार्थ संग  संगै विप्रलम्भ शृङ्गार रस ध्वनित भएको देखिन्छ । 

        ख) वस्तु ध्वनि ः-

     जुन काव्य कृतिमा विषयवस्तु नै प्रधानभएर अाएको हुन्छ । त्यस्तो ध्वनिलार्इ वस्तु ध्वनि भनिन्छ । यस्ता प्रकारका रचनाहरूमा वाच्यर्थ पछि विषयवस्तु नै प्रधान भइ प्रकट हुने गर्दछ । अभिव्यक्तिका अन्य पक्ष गाैण भइ वक्ताको मूल अासय अनुरूपको विषयवस्तुको प्रमुखता रहने व्याङ्ग्यार्थलार्इ नै वस्तु ध्वनिका रूपमा व्याख्या गरिन्छ । जस्तै ः- 
मिल्दैन पथिक !नक्कली पथरीलो गाउँमा यहाँ केही।
वस,मह-गो -रसको धारा स्वाद लिनामा भए स्नेही ।                      सोमनाथ सिग्देल 
     यी पंतिमा नक्ली वस्तु नपाइने वरू मह ,घिउ ,दुध ताजा र सक्कली पाइने उल्लेख गर्दै यसमा रस भए वस भन्ने वाच्यार्थमा महग्गो रस (ग्रामीण नारीको रस रूपी याैवन ) चाख्नने भए वस भन्ने प्रेम क्रिडारूपी विषयवस्तु व्याङ्यार्थमा प्रकट भएको हुनाले यो वस्तुध्वनि हुन पुग्यो । 

ग) अलङ्कार ध्वनिः-

       जुन काव्य कृतिमा वाच्यार्थ वोधपछि अलङैकार ध्वनित हुन्छ  त्यसलार्इ अलङ्कार ध्वनि भनिन्छ । यसमा वर्ण्य-वस्तुको भन्दा वर्णनमा प्रयुक्त अलङ्कारको अभिव्याक्ति प्रमुख रहन्छ । जुन ठाउँमा अलङ्कारको प्रयोग भएको हुन्छ ,त्यस्तो काव्य कृतिमा अलङ्कार ध्वनित भएको हुन्छ । वाच्यार्थ पछि अलङ्कार ध्वनित हुने व्याङ्यार्थ नै अलङ्कार ध्वनि हो । जस्तैः-
प्रभु नि भावनामा वसाएँ 
मन भवन दुवै यी नाथलार्इ चढाएँ । 
नय विनय दुवै छन् उहाँका पियारा 
भनि भक्त सारा गर्दछन पुकार ।।                      सोमनाथ सिग्द्याल
      यी माथिका पंतिहरूमा प्रयोग भएका मन -नमन नय -विनय जस्ता अलङ्कारलार्इ प्रयोग गरी व्याङ्यार्थ उमारिएको छ । यी विरोध अलङ्कारलार्इ प्रमुख रूपमा उभ्याएको हुनाले यस प्रकारको अभिव्यक्तिलार्इ अलङ्कार ध्वनि भनिन्छ । 

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...