रीङ् धातुमा क्रृन प्रत्यय लागेर रीति शब्दको निर्माण भएको हो यसको सामान्य अर्थ गमन प्रणाली भन्ने हुन्छ । काव्य शास्त्रमा यसलाई रीति भनिन्छ ।साहित्य वा काव्य सिर्जना गर्ने विशिष्ट प्रकारको पद्दतिलाईरीति भनिन्छ । यो एक प्रकारको ढंग वा तरिका हो ।जसमा व्यक्ति (स्रष्टा) को व्यक्तिगत तरिका वा ढंग भन्ने वुझिन्छ । स्रष्टाका भाव अभिव्यक्तिका लागि भाषाले एउटा गति र मार्ग लिएको हुन्छ ।त्यसलाई रीति भनिन्छ ।यो पद रचनाको एउटा विधि हो । यसको व्याख्या सर्वप्रथम वामनले गरेका हुन । उनले रीतिलाई काव्यको अात्मसँग तुलना गरेका छन् । भरतले नाट्य शास्त्रमा रीतिको उल्लेख गरेका छन् । उनले त्यहाँ रीतिलाई गुण भनेका छन् । त्यसै गरी भोज , दण्डी , कुन्तकले पनि रीति सम्भन्धी चर्चा गरेको पाइन्छ । वामनले रीति सम्भन्धी चर्चा गर्दै शब्द गुण र अर्थ गुण गरी दुई वर्गमा विभाजन गरेका छन् । वामनका अनुशार रीति पद रचनाको त्यो प्रकार हो जो दोषहरूवाट मुक्त होस् एवम् गुणहरू वाट अनिवार्य रूपमा र अलङ्कार वाट साधारण रूपमा परिमर्जित होस् । रीतिका वारेमा वामनका विचारमा ः-
- रीति विशिष्ट पदरचना युक्त काव्यको अात्म हो जुन शब्द र अर्थगत चमत्कार युक्त पदरचना हो ।
- रीति गुणात्मक हुन्छ ।
- रीति विशिष्ट काव्य शोभालाई बढाउँने तत्त्व अलङ्कार हो ।
रीतिलाई शैली पनि भनिन्छ । तर सामान्य रूपमा हेर्दा रीति र शैली एउटै भएतापनि विशिष्ट रूपमा हेर्दा रीति शैली भन्दा व्यापक हुन्छ । शैलीले स्रष्टाको व्यक्तिगत ढंगलाई संकेत गर्दछ जुन स्रष्टा पिच्छे फरकहुन्छ भने रीतिले व्यक्तिगत भन्दा अलि फराकिलो भइ विषयगत ढंग वा ताैर तरिकालाई समेटेको हुन्छ । रीतिमा निम्न कुराहरू रहेका हुन्छन् ः-
- विषय सापेच्छता हुन्छ ।
- पूर्व निर्धारित रहन्छ ।
- अध्ययन र अभ्यासको अावस्यकता पर्दछ ।
- शाश्वत तत्त्वलाई सङ्ग्रह गरेर प्रस्तुत गरिन्छ ।
- शास्त्र ,विज्ञान एवम् लोक व्यवहार सँग सम्भन्ध राख्दछ ।
The word rithi is formed by adding the suffix krun to the ring metal. Its general meaning is movement system. In poetry, it is called ritual. A specific type of method of creating literature or poetry is called ritual. It is a kind of method or method. In which the personal method or method of the person (creator) is understood. Language has a speed and a way to express the feelings of the creator. It is called ritual. It is a method of composing verses. It was first explained by Vamana. He has compared ritual to the spirit of poetry. Bharat has mentioned rituals in Natya Shastra. He called the ritual a virtue. Similarly, Bhoj, Dandi, Kuntak are also found to have discussed the rituals. Vaman discusses rituals and divides them into two categories, namely word quality and meaning quality. According to Vamana, ritual is a form of verse composition which is free from defects and essentially modified by virtues and simple by rhetoric. Vaman's thoughts on Ritika: -
Ritual is the essence of a poem with a specific composition, which is a composition with words and semantic miracles.
The ritual is qualitative.
Rhetoric is the element that enhances the specific poetic beauty.
Rite is also called style. But in general, ritual and style are the same, but in general, ritual is wider than style. Style refers to the individual style of the creator which varies from creator to style, while the style is slightly wider than the individual and includes thematic style or style. The procedure consists of the following:
The subject is relativity.
Remains predetermined.
Study and practice are required.
The eternal element is collected and presented.
Relates to science, science and folklore.
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें