Privacy policy

Thursday, June 12, 2025

राजव र उनको एटलान्टिक स्टिट उपन्यासको विश्लेषण

 लेखक परिचयः

वास्तविक नामः जनार्दन पुडासैनी

जन्मः वि.सं. २०११

पहिलो रचनाः रोलर शीर्षकको कथा

उपन्यासः

  •  एटलान्टिक स्ट्रिट(२०६५) पहिलो उपन्यास
  •  भूमिगत लीला दुर्इहजार बत्तीस(२०६७)
  •  मोटेल अमेरिका(२०६७)

औपन्यासिक प्रवृत्तिः

१.डायस्फोरिकचेतनाको शक्ति,

२.मनोविश्लेषणात्मक,

३.उत्तर आधुनिकवादी प्रवृत्ति,

४.अस्तित्वादी,

५ विकृति विसङ्गगतिपूर्ण पाटोलाई उजागर गर्नु,

६. अन्तरर्राष्ट्रि परिवेशको प्रयोग,

७.भाषिक जटिलता,

८.जीवनमा पाएका सुख सुविधा सबै भ्रम हुन् भन्ने चिन्तन, 

एटलान्ट्रिक स्टिक उपन्यासको विश्लेषणः

सन्दर्भः

एउटा राष्ट्रमा जन्मिएर हुर्किएको व्यक्ति जहाँ उसले भाषा ,संस्कार र संस्कृति सिकिसकेको हुन्छ ,जुन भुगोललाई आफ्नो ठानेको हुन्छ त्यहाँबाट सुनिश्चित भविश्यको खोजिमा देशको माया,संस्कृति र संस्कारलाई पनि जोगाउँदै जब अर्को देशमा पुग्छ तब उसले पाउने शारीरिक,परिवारिक ,समाजिक ,भाषिक , साँस्कृतिक सबै खालका समस्याबाट कसरी जुध्नु पर्छ भन्ने कुरा यहा प्रस्तुत गरिएको छ ।

कथावस्तुः

गाँसबास ,कपास ,शिक्षा र सुभिधाको खोजिमा भाैतारिदै नेपालबाट विदेश (अमेरिका) पुगेका नेपालीहरूको प्रतिनिधि पात्रका रूपमा यहाँ सुनाम देखा परेको छ । दुई छोराछोरीलाई साथ लिएर अमेरिका पुगेको सुनाम उपध्यय रूपहरिको अपार्टमेन्टमा शरणलिन पुग्दछ ।केहि समयपछि अर्को अपार्टमेन्टमा बसी सानो तिनो काम खोज्दै राम्रो कामको खोजिमा निकै कष्ट पाएको हुन्छ ।रूपहरिकहाँ बस्दा काम भन्दा पनि बासस्थान नै ठूलो ठानेका उनीहरूले बल्लबल्ल एलम स्टेटको युवा दलाल एलेन मार्फत सेभेन्टिन एटलान्टिक स्ट्रिटको राम्रो  आधुनिक काठेघर भाडामा लिन्छन् । अपार्मेन्टको भाडा पनि उनीहरूलार्इ  सुहाउँदो हुन्छ तर सानो ।फ्रब्रुवरीमा अमेरिका छिरेका उनीहरू जुनसम्म यानकी ५ महिना सम्म अनिश्चितताका साथ उनीहरू बाँच्नु परेको हुन्छ । काम नभेटिएर भाैतारिनु पर्दाको समयमा मातृभूमीको यादले सताउँछ ।त्यसपछि ५ महिना पछि काम भेटेका सुनाम र उसकी स्वास्नी काममा त लाग्छन तर उसकी स्वास्नीको काम भने निकै खतरनाकपूर्ण हुन्छ । मेसिनको अगाडि बसेर काम गर्नुपर्ने हुनाले गर्मीको कारण त्याहाँ काम गर्दा ब्रा मात्र लगाएर काम गर्ने हुनाले उदण्ड केटाहरूबाट पनि उति नै डर हुन्थ्यो । केहि समयपछि सुनामको मेनेजरको कारणले उसले जागिर छोड्नु पर्छ त्यसपछि विभिन्न ठाउँहरूमा दरखस्ता दिन्छ तर कहि काम नपाएपछि निरास हुन्छ ।जागिर खोज्ने क्रममा वाल्यकालको साथी लसएन्जल्ससँग भेट हुन्छ ।उनीहरू देश,बाल्यकाल गाउघरको याद गर्छन् । त्यसपछिएउटा मदिरा पसलमा विज्ञान प्रधानसँग उसको भेट हुन्छ ।विज्ञान १७ वर्षदेखि एउटै पसलमा काम गर्दै हुन्छ ।भिषा सकिएर लुकेर काम गरेको र स्वास्नी छोरालार्इ पैसा पठाउने गरेको हुन्छ ।यी कुरा थाहा पाएपछि सुनामलार्इ पैतृक सम्पतिको भन्दा अाफ्ना अाफन्तका यादले व्याकुल भएको हुन्छ । होल अर्ग्यानिक फुड मार्केटमा दरखास्त दिएर हार्वड विश्वविद्यालयको परिसर भित्रको विद्दार्थी हिँडरूने गोरेटोबाट निस्किएर हार्वड स्क्वायर हुदै स्ट्रेट स्थित महान अमेरिकी कवि हेनरी वर्डस्वर्थ लङफेलेको एेतिहासिक निवासमा पुग्छ ।त्यहा काव्यवाचन गरेको देख्छ र उसलार्इ त्यो कविता अापेवासिका लागि लेखिएको महसुस हुन्छ । जागिर नपाएर छटपटाइरहेको सुनामलार्इ एक्कासी फुडमार्केटबाट फोन अाउछ र त्यहा बङ्गलादेशकी महिला नासरिन  रहेको कुरा थाह पाउछ । त्यहा समयमा पुग्छ ।उसको भेट नासरिनसँग त्यहि हुन्छ ।बङ्गलादेशको मुक्ति सङ्ग्रमको समयमा ५,६ वर्षको उमेरमा नेपाल अाएकी हुँदिरहिछे नासरिन ।यो कुरा थाहापाएपछि सुनामलार्इ अाफू नेपाली माटोमा नै काम गरिरहेको छु भन्ने महसुस हुन थाल्छ । नासरिनलार्इ भने अाफू पहिले कलेजमा पढाउने सम्मानित पेसामा रहेको तर पछि लोग्नेले ग्रिनकार्ड पाएपछि अमेरिका जानुपरेको र फुडमार्केटको कामबाट असन्तुष्ट भएको कुरा व्यक्त गरिएको छ ।सुनाम र उसकी श्रीमतीले पछिल्लो समयमा काम पाउन थालेको अनि भाैतिक सम्पति र कार जोड्दै गएपछि भने नेपालमा नै बसेको भए सम्पति जोड्न नसकिने तर्क गर्छन । सयरी यस उपन्यासको अन्त्य भएको छ ।

पात्रहरू

  • सुनाम उपाध्यय
  • हीरारत्न मालाकार
  • नसरिन
  • विज्ञान प्रधान

परिवेश

  • बाह्रय  परिवेशः मेरिकाको एटलान्टिक स्ट्रिट,लसयन्जल्स,
  • अान्तरिक परिवेशः नेपालको शोषण,दमन र समाजमा देखिने दमनिय अवस्थाको खोजि 
  • अन्यः काठमाडाैको शिवपुरी, स्यम्भु,प्याफल, बागबजार, घण्टाघर ,बङ्गलादेश , क्यालिफोनिया अादि

निश्कर्ष

  • मानिस जहापुगे पनि समाजमा नै रहन्छ ।
  • विदेशिन वाध्य भएका नेपालीले वैदेशिक भुमिमा भोग्नुपर्ने समस्यालार्इ देखाएको छ ।
  • डायस्पोरिक साहित्यमा पाइने द्वयैध मानसिकतालार्इ प्रस्तुत गरेको छ ।
  • विदेशमा बसेका मानिसहरूले पेसागत रूपमा मात्र कुराकानी गर्छन तर मित्रवत कुरा हुँदैन भन्ने सङ्केत गर्दै मानिसमा बढ्दैगएको भाैतिकवादलार्इ जोडेको छ ।
  • स्वदेशप्रतिको अनुराग र विदेमा कमाउन सफल भएको भाैतिक वस्तुको अलमलमा विदेशी भुमिमा बसेका मानिसको मानसिक द्वन्दलार्इ उतार्न सफल देखिन्छ यो उपन्यास । 






No comments:

वर्ण विज्ञान

वर्णविज्ञानको परिचयः वर्णहरूको वैज्ञािकन अध्यायन गर्ने   भाषाविज्ञानको   शाखा लाई  वर्ण विज्ञान भनिन्छ । यसमा भाषाका ध्वनि वा वर्णहरूको वैज्...