कथाकार इन्द्रबहादुर रार्इ र उनको खीर कथाको विश्लेषण
इन्द्रबहादुर रार्इ |
जन्मः १९८४ साल माघ १७ गते (दार्जिलिङ)
मृत्युः२०७४ साल फागुन २२ गते
शिक्षाः अङ्ग्रेजी साहित्यमा एम्ए
इन्द्रबहादुर राईले आफ्नो कलम प्रखर, प्रगाढ र प्रबल भएपछि नेपाली साहित्याकाशमा तेस्रो आयामको स्वरूप छर्न थाले । त्यसबेला राईसँग तेस्रो आयाममा भाग लिनेहरूमा ईश्वरबल्लभ र बैरागी काइँला थिए ।
त्यसै आयामको विषयमा इन्द्रबहादुर राईले नै पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए– ‘‘तेस्रो आयामको विषयको ‘तेस्रो आयामले। बोधित हुन्छ वस्तुको लम्बाइ चौडाइपछिको गहिराइ, मोटाइ वा घनत्व । तब के नेपाली साहित्यमा त्यसअघि घनत्व भएका कृतिहरू थिएनन् ।
‘तेस्रो आयाम’को आन्दोलन ‘फूलपातपतकर’ नामक पत्रिकाबाट घोषणा गरेका थिए ।
कृतिः
कथासङ्ग्रहः(१) ‘विपना कतिपय’ (२०१८),
(२) ‘कथास्था’ (कथ्यसहित) (१९७२ ई.)
(३) ‘कठपुतलीको मन’ (१९८९ ई.) ।
उपन्यासः ‘आज रमिता छ’ (२०२१)
निबन्धसङ्ग्रहः ‘सामाजिक पहाड र खोला’
समालोचनात्मक सम्पादित कृतिः‘भानुभक्तका कृतिअध्ययनहरू’ (२०२६)
कथागत प्रवृत्तिः
१.लीलालेखन,
२.प्रयोगावादी,
३.वृत्तकारिय शैलीको प्रयोग,
४.निम्नवर्गीय मानिसहरूको जटिलतम समस्यालार्इ प्रस्तुत,
५.क्लिष्ट भाषाशैलीको प्रयोग,
६.अान्चलिकता,
७.अायमेली चिन्तन,
८.बिम्ब,प्रतिकको प्रयोग,
९ं अस्तित्ववादी चिन्तन।
खीर कथाः
महान् भन्न मनलाग्ने हरियो नीलो जलराशिको बग्दो फैलावट माथिका सुप्तझैं बालुवाहरूमा अनेकौ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पंखा लागेर वरपरका जम्मै झार जंगलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर भित्र कतै छुट्टै छलललको आवाज, कतै भिन्दै भुरुरुरुहरू पनि भएको र बजेको याद आउँथ्यो ।
विशेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रैका थिए, उछिनी उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो ।
गान्तोकबाट फर्किएको त्यसदिन त्यसै र त्यहीँ टिस्टामा मैले बास पारेको थिएँ । डाकबंगलाका कोठाहरू मर्मत गरिंदै रहेछ । मलाई दिएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो थियो । छेवैको सेटको कोठामा जम्मै डाकबंगला मर्मत गर्ने बढाई, राज, रंगवाला र कुल्लीहरूले डेरा बनाएका रहेछन् । र, तिनीहरू नै हुन् यस कथाका घटना । विशेष दिन बनाएर आज तिनीहरू कोठाभरि थुप्रैका थिए, उछिनी उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो ।तिनीहरूले खीर पकाइरहेका थिए ।
खानेकुराको कुरा गरेको मन पर्दैन मलाई । तरै केही नलागेर सुनिरहेँ । दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलंगमाथि बेडिंग फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका प
इन्द्रबहादुर राई
सिहालेको अर्कै रंगको उज्यालो रुखका पात र हाँगाका अभेक ठाउँहरूलाई पनि छोइराख्न पुगेको थियो ।
‘खीर खानु नै हो भने, एक पावा चामललाई दुई सेर दूध चाहिन्छ’, ओढार परेका चङ्कला आँखाको चित्र दिने एउटा स्वरले किटान गरी गरी भनिरहेको थियो – ‘यति हाम्रो चामललाई दश सेर दूध चाहिन्छ । कति सेर हाल्यौ ?’
‘तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।’
‘कति सेर हाल्नु र ? चार सेर त हाल्या हो ।’, ‘टिस्टाजस्तो जग्गामा चार सेर नाथु दूधको खीर खाएको, थुक्क ?’ त्यही अघिको स्वरले भन्यो । ‘चार सेर दूध हालेको खीर !’ पनि भन्यो : यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेछ । ‘खीर खानु नै हो भने, धेरै चिज चाहियो, एउटा बूढो स्वर माथि चढ्यो’, ‘पहिले त तिमीहरूको चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको ।’ अलुवा नै किनिसक्नु छैन रैछ यहाँ, गम्म परेको मान्छेको जस्तो स्वर बोल्यो –‘रंगुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।’
‘ठिक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा ।’ अर्कोले सघायो तत्कालै ।
‘चिज पाइयो र खीर खाने नै हो भनेदिखि भनेको,’ उसले नहारी भन्दै गयो– ‘नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो, मगमग बासना आउँछ । दश बाह्र सेर खाँट्टी दूधमा पकाउनू । पानी दूध र पन्द्र सेर लाग्छ । पाँच सेर पानी सुकाउनुलाई पकाउँदा पकाउँदा चामल जति फुटेर सब लिटो भइसक्छ । खोले । मट्ठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लो सग्लै बसेको ठर्रो हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरे जम्मै डढेको गन्हाउँछ, मुनिको पर्नेलाई ।’
‘दाँत माझेको जस्तो हुन्छ,’ भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।
एकछिनपछि अर्कै एक स्वर एक छेउदेखि उम्ल्यो – ‘दूध मात्रै ओइराएर हुन्छ ? पेश्ता चाहिन्छ, किसमिस, हाडे बादाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ । ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिसपछि छोड्नु पर्छ । अगाडि छोड्दा फट्छ ।’
‘त्यो सब हालेर के हुन्छ ?’ एउटा उत्सुक सुरिलो स्वरले सोध्यो ।
‘स्वादको लागि, बासनाको लागि, तागतको लागि ।’, झ्याउँ झ्याउँती त्यसलाई सबले कराए ।
‘पल्केलास् ! अझै त्यही भत्र्सनाको रहलपहलजस्तो कसैले भन्दै थियो ‘सपनातिर खीर खोजिहिँड्लास् । त्यसरी मन बुझाउलास् ।’
‘त्यसरी यहाँ खीर पकाएको छ भने वासना उ पर बाटोमा हिँड्नेको नामका लाग्छ,’ अर्कोले भन्यो ।
याद गरेर यति बेला मैले तिनीहरूको खीरको बासना सुँध्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन ।
‘तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।’, बूढोले भनि पनि हाल्यो । ‘क्यै नहेरी, गज्जबकै खीर खाउँभन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ’, प्रतिवादमा आयो उत्तर चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सम्नुपर्छ ।’
सबजना सामसुम भए ।
त्यही सामसुमलाई म पनि रुङरिहेको रहेछु । विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थालेँ । फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुंगा लडेर आएकोलेझैं उनीहरूको बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।
‘सब चिज जुटाएर मात्रै कहाँ हुन्छ, पकाउने सिप हुनुपर्छ’ , एउटाले थाल्यो, सेतो वाफजस्तो ।
‘जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानु पर्यो,’ अर्कोले थप्यो ।
‘उसो भए मुस्किल रैछ खीर खान !’ तेस्रोले तीतो करायो ‘असम्भव रैछ ।’, हाँसो अलिअलि रोक्न नसकी मैले बाहिर हेरेँ । सब सामान्यजस्तै थियो । साँझका काला रुखहरू नहल्ली उभिरहेका थिए ।
‘चलाऊ चलाऊ, ऐले डढ्छ यै पनि !’
‘पाक्यो होला, अब त ।’
‘पाक्यो, पाक्यो !’
‘त्यतिको पाकेकै हो ’
‘पाकेछ पाकेछ,’ भएर भाँडा उतारियो । अलि परपर सबैजना हटेको र एक दुईले ठाउँ रोजेर ओगटेको अनुमान आयो ।
खाँदा खाँदै एकजनाले सोध्योः ‘के के गन्हाएको जस्तो लाग्छ ?’
‘त्यस्तै लाग्छ ।’
जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?
‘दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दैछु ।’ कुन्नि कसले भन्यो । शंका मर्दै बौरँदै गरिरह्यो ।
‘चिनी लागेनछ ।’ भनेर एकजनाले एकदुई कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्याे ।
‘खीर’ मा खानु नै हो भने,’ फेरि त्यही सुरुमा पकाउने मान्छे खाँदै बोल्दै थियो– ‘चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ । रंग निस्किन्छ ।’
‘गुँड पनि कालो गुँड होइन, खजुरको पानापाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।’ दोस्रोले लगत्तै सुधा¥यो ‘कालो गुँड हालेको त कसरी खानु, छयाः ।’
‘छयाः है, कति खानुको कुरा गरेको ? कति दिनमा के खीर खाएको हो होइन, बडेबडे कुरा हाँकेर मलाई त कुरीकुरी लागिसक्यो ।’, यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्न खोजेको थियो मैले बुझेँ ।
एकदुई गाँसमा तिनीहरू व्यस्त भए ।
‘चिनी हालेको गुलियो दूधभात जस्तो मात्रै भ’छ ।’ मोटो स्वरले भन्दा जम्मै तिनीहरू एक्कासि हाँसिनिस्के । पकाउनु सिपालु स्वर सबभन्दा लामो हाँसिरहृयो । उसले रोकिँदै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे ।
आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो ‘जीवन’ जस्तो रहेछः जीवनलाई यसरी यो बाँच्नुपर्ने, जीवनलाई उसरी यो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरुले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरुकै खीर जस्तो भइरहन्छ । जुन तिनीहरुले कुरा गरेको आदर्श खीरको व्यंग्य जस्तो मात्र थियो ।
जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?
सन्दर्भः
मानिसले अादर्श जीवनको परिकल्पना गरेका हुन्छन् तर यथार्थमा थुप्रै अपुग,समस्या र संघर्षसंग सम्झाैता गर्नुपर्छ भन्ने सन्दर्भलार्इ प्रस्तुत गरिएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें