शुक्रवार, 28 मार्च 2025

नेपालमा राणाशासनको उदय र पतन

 

       नेपालमा राणाशासनको उदय र पतन👍👍👍👍👮👮

राणा शासनको उदयका कारणहरू

नेपालमा राणाशासनको उदय वि.सं. १९०३ सालदेखि २००७ सालसम्म १०४ बर्ष जङ्गबहादु कुँवर (राणा) र उनका सन्तानहरुले निरंकुश जहाँनियाँ शासन संचालन गरेका थिए । जङ्गबहादुर अत्यान्त शाहासिक, महत्वकाँक्षी र चतुर खेलाडी भएकाले पुस्तौं पुस्तादेखि चल्दै आएको राजाको अधिकार आफ्नो हातमा लिन सफल भएका थिए ।

नेपालमा कम उमेरको व्यक्ति राजगद्दीमा बस्नपर्ने अवस्थाको सृजना हुनु, राजनीतिक अस्थिरता र दरबारका भाइभारदार बीचमा गुटबन्दी हुनु, राजा राजेन्द्र विक्रम शाह कमजोर रास्वभावका हुनु, जेठी रानीको मृत्यु कान्छी रानी राज्यलक्ष्मीदेवीको हातमा सम्पपूर्ण अधिकार जानु, जङ्गबहादुर दरवारका विश्वास पात्र बन्नु, कम्पनी सरकारका राजदुतले नेपालको राजनीतिमा हस्तक्षप गर्नु लगायतका कारणले नेपालका राणा शासनको उदय हुन पुगेको थियो ।यो सँगै राणा शासनको उदय हुनमा केही तत्कालिन कारणहरु पनि छन।

     कान्छी रानीका प्रियपात्र गगनसिंह खवासको हत्या पछि रानी आक्रोसित भएर कोत हत्याकाण्ड घटाउनु र राजा राजेन्द्रका विश्वास पात्रका रुपमा उदाएका जङ्गबहादुर राणाको हत्या गर्ने रानी राज्यलक्ष्मीदेवीको योजना असफल हुनु तत्कालिन कारण थिए ।

कोतपर्वमा थापाहरुको हत्या भएपछि जङ्गबहादुरको उदय भएको थियो तर उनी पूर्ण शक्तिशाली भइसकेका थिएनन् । कोत हत्याकाण्ड पछि देशको सम्पूर्ण सैन्य शक्ति उनको हातमा गएको थियो । यस विचमा रानी राज्यलक्ष्मीदेवी जङ्गबहादुरलाई आफूले भनेको मानोस भन्नका लागि केही थप अधिकार पनि दिएकी थिइन ।

रानीको इच्छा युवराज सुरेन्द्र र राजकुमार उपेन्द्रको हत्या गरेर आफ्नो छोरा रणेन्द्रलाई युवराज बनाउने थियो । त्यही अनुसार उनले जङ्गबहादुरलाई दुई भाइको हत्या गरेर रणेन्द्रलाई राजकुमार बनाउन निर्देशन दिएकी थिइन । कोत हत्याकाण्ड पछि रानीबाट सुरेन्द्र र उपेन्द्रलाई बन्दी बनाएर राखिएको थियो ।तर यो कुरा जङ्गबहादुरले मानेनन् । राजकुमारको हत्या गर्ने जस्तो निच र गैरकानुनी कार्य आफ्नो तर्फबाट नहुने मात्र भनेनन् यदी त्यस्तो प्रयासमात्रै गरेपनि रानीलाई समेत कैद गर्न सक्ने भन्दै धम्की दिए । जङ्गबहादुरको मुखबाट यस्तो जवाफ पाएपछि रानी छाँगाबाट खसेजस्तो भइन ।त्यसपछि पछि रानीले जङ्गबहादुरको हत्या गर्ने योजना बनाइनजङ्गबहादुरको विरुद्धमा रानीलाई सहयोग गर्ने जिम्मा बस्नेत परिवारले लियो । वीरध्वर बस्नेतलाई रानीले जङ्गबहादुरको हत्या गर्ने जिम्मा दिइन । साथै जङ्गबहादुरको हत्या गरेको खण्डमा बीरध्वजलाई देशको प्रधानमन्त्री बनाउने आश्वासन दिइन र उक्त पद सन्तान दरसन्तानका लागि उपयोग गर्न पाउने लालमोहर पनि लगाइदिन । दरबारका पण्डित विजयराज पाण्डलाई यो कुराको साँक्षी राखिएको थियो ।वीरध्वजले भण्डारखालमा एक भोजको आयोजना गर्ने र त्यही भोजमा खानामा बिष राखेर जङ्गबहादुरको हत्या गर्ने योजना बनाए । साथै त्यस्तो अवस्थामा उनलाई विष खुवाउन नसकेमा गोली ठोकेर हत्या गर्ने निर्णय भयो । दरवारको यो निर्णय पण्डित विजयराज पाण्डे र दरवारकी सुसारे पुतलीले जङ्गबहादुरलाई भनिदिइ ।

यो कुरा थाहा पाएपछि जङ्गबहादुरुले आफ्ना भाइ भारदारहरुलाई हतिहारले सुसज्जित भएर बस्न आदेश दिए । जङ्गबहादुरले तयारी गरिरहेका वेलामा राजदरवारबाट भोजका लागि निम्तो आयो । आफ्नो साथमा ४ पल्टन सेना लिएर जङगबहादुर भण्डारखाल गए । जङ्गबहादुरलाई लिन वीरध्वज स्वयम आएका थिए । वीरध्वजले जङ्गबहादुरलाई रानीले दरवारमा बोलाएको कुरा भन्न पाउँदा नपाउँदै जङ्गबहादुरले त प्रधानमन्त्री भइसकिछसभने । त्यसविचमा रङ्गबहादुरले रणमेयर अधिकारीलाई वीरध्वजको हत्या गर्न निर्देशन दिए । उनले टुक्राटुक्रा पारेर वीरध्वजको हत्या गरे ।

त्यसपछि जङ्गबहादुर भण्डारखालमा गए । त्यहाँ दोहोरो झडप भयो । २३ जना शैनिकको मृत्यु भयो र कतिले जङ्गबहादुरसँग आत्मासमर्पण गरे भने कति जना भागे । त्यसपछि जङ्गबहादुरको शक्ति अत्याधिक बढ्यो । भण्डारखाल पर्व पछि जङ्गबहादुरलाई राजा राजेन्द्रले प्रधानमन्त्रीमा नियुक्त गरे । प्रधानमन्त्री भएपछि जङ्गबहादुरले भारदारी सभा बोलाए ।यो सभाले कोत र भण्डारखाल पर्व रानीको योजनामा भएको भन्दै दोषि ठहर गर्दै देश निकाला गर्ने निर्णय गर्यो ।

वि.स १९०३ मा एकतीस लाख नगद, १५ हजार बराबरको जिन्सी र ६०० सैनिकसहित राजा, रानी र दुईभाई छोरासहित बनारस गए । रानीलाई देशनिकाला गरेपछि जङ्गबहादुर झन शक्तिशाली भए । राजालाई जङ्गबहादुरले बारम्बार नेपाल आएर राजगद्दीका बस्ने पत्र पठाए । तर राजा राजेन्द्रले मानेनन् ।

राजाले नमानेपछि जङ्गबहादुरले वि.स १९०४ बैंसाख ३१ गते युवराज सुरेन्द्रलाई राजगद्दीमा राखेर राजेन्द्रलाई पदच्युत गरेको घोषणा गरे । जङ्गबहादुरले टुडिखेलमा भारदारी सभा बोलाए । उक्त सभाले सुरेन्द्र विक्रम शाह नेपालको नयाँ राजा भएको घोषणा गरियो । यसको बदला स्वरुप राजा सुरेन्द्रले जङ्गबहादुरलाई असिमित अधिकारीहरु सुम्पिए ।

बनारसमा बसेका राजेन्द्र विक्रम शाहले जङ्गबहादुरसँग बदला लिनका लागि लड्ने योजना बनाए । त्यही अनुसार आफ्ना सेनालाई बदला लिनका लागि अलौं भन्ने ठाउँमा पुगेका वेला जङ्गबहादुरले राजेन्द्रका सेना आएको थाहा पाएर आफ्ना सेना पनि त्यहाँ पठाए। अलौ भन्ने ठाउँमा भिषण भिडन्त भयो । राजेन्द्रका सेनाहरु नराम्ररी पराजित भए । त्यसपछि जङगबहादुर झन शक्तिशाली भए । यो घटनालाई अलौपर्व पनि भनिन्छ ।

अलौपर्व पछि सन १८४७ मा भारतले र १८४८ चीनले सुरेन्द्र विक्रम शाह नेपालको राजा भएको मान्यता दिए । त्यसपछि क्रमसः राजाबाट लालमोहर प्राप्त गर्दै जङ्गबहादुर नेपालका शक्तिशाली शासक बने । यसरी नेपालमा निरंकुश जहाँनियाँ तानाशाही राणा शासनको सुरुवात भयो ।

राणाशासन पतनका कारणहरू

पारिवारिक सङ्घर्ष

जङ्गबहादुकै समयमा पनि उनलाई सत्ताच्युत गर्ने धेरै प्रयासहरु भए तर सफल हुन सकेनन् । उनको मृत्युपछि भएको १९३८ साल १९४२ सालका पर्वहरुमा उनका भाइका छाेराहरुले जङ्गबहादुरका सन्तानहरु सबैलाई खतम गरि प्रधानमन्त्रीको नयाँ रोलक्रम तयार गरे जसमा धीरशमशेरका छोराहरु शक्तिशाली भए ।

सी क्लासका राणाहरूको निष्कासन

 चन्द्रशमशेरले राणा परिवारमा ए, बी र सीको वर्गीकरण गरि राणा परिवारमा वैमनस्यको अर्को बिज रोपे । जुद्धशमशेरले सी क्लासका राणाहरुलाई प्रधानमन्त्रीको रोलक्रमबाट हटाई देशनिकाला गरे जसले गर्दा सी क्लासका निष्कासित राणाहरु राणाशासन विरोधी भए ।

राणाविरोधी आन्दोलन

जङ्गबहादुरको समयमा राणाहरूको एकतन्त्रीय निरङ्कुश शासनको विरोध नै सुरु भएको थियो । प्रथम विश्वयुद्धपछि असगङ्ठित रुपमा विद्रोहका आवजहरु उठेको थियो तर चन्द्रशमशेरले दबाए । मकै पर्व, आर्य समाज आदिका रुपमा देखिएका विद्रोही आवाज चन्द्रशमशेरले नै दबाएका थिए । वि.सं. १९८७ पछि चर्खाप्रचार अभियान, प्रचण्ड गोरखा, महावीर स्कुल, पुस्तकालय पर्व, प्रजापरिषद, जयतु संस्कृतम् आदि सङ्गठित आन्दोलनको क्रम सुरु भयो ।

राजा त्रिभुवनको गद्दी त्याग र सशस्त्र संर्घष

वि.सं.२००७ कात्तिकमा राजा त्रिभुवनले नारायणहिटी दरबार त्याग गरी भारतमा शरण लिन गएपछि राणा विरोधी आन्दोलन चरम सीमामा पुग्यो र  वि.सं. २००७ सालमा फागुन ७ गते प्रजातन्त्रको घोषणा भएपछि राणाशासन अन्त भयो ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नाटकको परिचय र परिभाषा

     नाटकको परिचय र परिभाषा परिचयः   नट् धातुमा, ण्वुल् प्रत्यय लागेर नाटक शब्दको निर्माण हुन्छ र यसको शाब्दिक अर्थ अभिनय हुन अाउँछ ।     रङ...